सार्वजनिक जमिनको चिर हरण

काठमाण्डौ उपत्यकाका स्थानीयबासीहरू पनि साह्रै ढिलो मात्र उठ्ने गर्छन् । उनीहरूले सोह्रखुट्टे पाटी जोगाउन सकेनन् । धरहरा जोगाउन सकेनन्, सुन्धारा जोगाउन सकेनन्, अन्य धेरै सत्तलहरू जोगाउन सकेनन् । धरहराको सट्टामा अर्कै टावर निर्माण भइरहेको छ, बिरोधै छैन, मौलिकता खोई ? दरबार क्षेत्रमा परम्परागत स्वरुपको घर बनाउने भन्ने मापदण्ड बिपरित आधुनिक स्वरुपको घर धमाधम बनाइरहेका छन् । आफ्नो ठाउँको शुन्दरता भनेको त आफ्नो मौलिकताहो नी । खै त्यसको पालना गरेको ? ९५ प्रतिशत ढुंगेधाराबाट पानी खस्दैन, त्यसको मुहान जोगाउने काममा लागेको कतैबाट पनि सुनिंदैन ।

 

२०७२ साल बैशाख १२ गते गएको भुइँचालोको एकदिन अगाडी एकाबिहानै उपत्यकाबासीलाई त्यो भुइँचालो बिर्सिसक्यौ कि भनेर ५.२ रेक्टर स्केलको कम्पनले झस्काइदियो । संयोग नै मान्नु पर्छ यतीबेला उपत्यकाबासीले वर्षौं देखि अतिक्रमीत हुँदै आएको खुलामञ्च सम्झिन पुगेका छन् ।

 

खुलामञ्च टुँडिखेलको एउटा भागमात्रै हो । यतीका वर्ष सम्म यो कुनै जमानाको एशियाकै ठूलो चौर क्रमशः मासिंदै गएर खुम्चिँदा–खुम्चिँदा आजको रूपमा आई पुग्दा पनि सबै जना टुलुटुलु हेरेर बसिरहेका छन् । हामीले बिभिन्न काल खण्डमा यसको खण्डिकरणको ’boutमा सुन्दै र पढ्दै आइरहेका छौं । रत्नपार्कको नाममा एक भाग ओगटियो, खुलामञ्चको रूपमा अर्को भाग घेरियो, सैनिक मञ्चको नाममा अर्को भाग नासियो, सहिदगेटको नाममा बीचको भाग काटियो, सैनिक मुख्यालय अगाडीको भागको त खोसिइने क्रम जारी नै छ, दशरथ रङ्गशालाको नाममा बाँकी भाग पनि समाप्त पारियो ।

 

 

राजधानीमै सबैको आँखा अगाडी त सार्वजनिक जग्गा यसरी अतिक्रमण हुन्छ भने मोफसलको हालत के होला ? पशुपती मन्दिर, होटल ह्यात, बालुवाटारको जग्गाको ताजा हालखबर निर्लज्ज तरिकाले भुमाफियाहरूले आँखै अगाडी खाईरहेको हामी सबैले देखिईरहँदा पनि कसैलाई कारवाही भएको खबर अहिले सम्म कतै आएको छैन । अब आयोग बनाउने रे । एकातिर यस्ता आयोगका रिपोर्टहरू सार्वजनिक गर्न त आनाकानी गर्छन् भने अर्कोतिर अहिले सम्म कतिओटा आयोगको रिपोर्ट कार्यान्वयन भएको छ ?

 

खुलामञ्चको खाली सटर माथी डोजरले पेलेको जसरी हरेक गैरकानूनी संरचनालाई नपेले सम्म यो आयोग सायोग भनेको तातेका जनतालाई केही समय सेलाउने मौका दिने र आँखामा छारो हाल्ने सिवाय केही पनि हैन । गैर कानूनी भनिसकेपछि त सिधै कार्यान्वयनमा जाने होइनर ?

 

अहिले राजधानीको कुनै खोलाको किनार अतिक्रमण हुनबाट बाँकी छैन । केहि समय अगाडी सम्म कच्ची छाप्रै छाप्रो देखिन्थ्यो अहिले धमाधम ढलान गरेको पक्की घरहरू निर्माण भइरहेको छ । सारा जनताले देख्छन् तर त्यही बाटो दिनको दशचोटी ओहोर दोहोर गर्ने सम्बन्धीत निकायले न देख्छ, न सुन्छ, आफ्नै मस्तीमा रमाइरहन्छ, देख्दै देख्दैन । प्रधानमन्त्री, मन्त्री, सरकारी निकायका हाकिमसाहेव, मेयर, उपमेयरको त कुरै छाडौं, वडा अध्यक्ष र वडा सदस्यले समेत पनि देख्दैनन् ।

 

सानो सार्वजनिक जमिन भेट्योकी टोलको एउटा टाठो बाठो निस्कन्छ र आफ्नो अध्यक्षतामा मन्दिर बनाउने समिती गठन गर्छ अनि चन्दा उठाउँछ, पुराण बाचन गर्न लगाउँछ, सप्ताह लगाउँछ, कलश यात्रा गराउँछ, वडा देखि मन्त्रालय सम्म धाउँछ र गणेश, शिव, दुर्गा जस्ता देवी देवताको मुर्ती किनेर ल्याउँछ र चाहिए जती जमिनको कित्ता काँट गर्छ, वरिपरी छेकवार लगाउँछ, मानौं त्यो ठाउँको हकदार उही नै हो, जमिन आफ्नै हो । त्यहाँ मन्दिर बनाउँछ, उद्घाटन गर्न ठूलै हस्तिको आगमन हुन्छ । त्यो हस्तीले घाँटीमा खादा र माला भिरेर सक्दो भाषण गरेर जान्छ । उसले मन्दिर को कुनै पक्ष्य पट्टि पनि ध्यान दिंदैन । देवता बस्ने घर भनेपछि नक्सा पास पनि गर्न नपर्ने, न ट्राफिक जामको मतलव, न सडक पेटी चाहिन्छ भन्ने ज्ञान, न यती ठाउँ खुल्लै छाड्नु पर्छ भन्ने शिक्षा । भगवानको मन्दिर भनेपछि कसैले बिरोध पनि नगर्ने, गर्न इच्छा भएपनि डराउने । यसरी अतिक्रमणको चपेटामा पर्ने र पार्ने काम निरन्तर भइरहेको छ ।

 

काठमाण्डौ उपत्यकाका स्थानीयबासीहरू पनि साह्रै ढिलो मात्र उठ्ने गर्छन् । उनीहरूले सोह्रखुट्टे पाटी जोगाउन सकेनन् । धरहरा जोगाउन सकेनन्, सुन्धारा जोगाउन सकेनन्, अन्य धेरै सत्तलहरू जोगाउन सकेनन् । धरहराको सट्टामा अर्कै टावर निर्माण भइरहेको छ, बिरोधै छैन, मौलिकता खोई ? दरबार क्षेत्रमा परम्परागत स्वरुपको घर बनाउने भन्ने मापदण्ड बिपरित आधुनिक स्वरुपको घर धमाधम बनाइरहेका छन् । आफ्नो ठाउँको शुन्दरता भनेको त आफ्नो मौलिकताहो नी । खै त्यसको पालना गरेको ? ९५ प्रतिशत ढुंगेधाराबाट पानी खस्दैन, त्यसको मुहान जोगाउने काममा लागेको कतैबाट पनि सुनिंदैन ।

 

शहरका बजारक्षेत्रका आधुनिक भवनहरूमा अण्डरग्राउण्ड पार्किङ्ग भएका घरहरूले त्यसलाई कपडा पसल, रेष्टुरेण्ट, गोदाम आदिलाई भाडामा लगाएका छन् र सवारी साधनहरूलाई सडक पेटीमा पार्किङ गर्न बाध्य पारिरहेका छन् । यसलाई पनि कसैले देख्दै देख्दैन । पसल अगाडी एक हातमात्रै खाली ठाउँ बाँकी भए पनि त्यसलाई हजारौं रुपैयाँ मा पानीपुरी, चटपटे, चिया, दुनोट जस्ता खानेकुराहरू वा महिला पुरुषका भित्री वस्त्र, श्रृंगारका सामान जस्ता वस्तुहरू बेच्ने पसललाई भाडामा लगाइ सकेको हुन्छ । यसलाई हेर्ने निकाय कुन होला ? यो पनि त एक किसिमको जमिन अतिक्रमण नै हो भनेर बुझ्ने र बुझाउने को होला ?

 

घरभरि अटाई नअटाई भाडामा मानिस राखेको हुन्छ । ती मानिसहरूको एक जनाको एउटा मोटर साईकल हुन्छ । राख्ने ठाउँ अति साँघुरो हुन्छ । भुकम्प तथा आगलागी भएर अपरझट भाग्नु पर्यो भने समयमै खुला ठाउँमा पुग्न भ्याउलान् ? अगाडी बाटोमा पुगे पनि फेरी अरु सवारी साधनहरू मस्तले पार्किङ गरिदिएको हुन्छ । त्यहाँ बाट अझ अगाडी कसरी पुग्ने होला ? अतिक्रमण यती नै र यस्तै प्रकारको भन्ने नै छैन । सके सम्म सबैले गरेकै छन् मात्र असर कती जनालाई र कहिले पर्छ भन्ने नै हो । गर्नेले गरेको देख्दैन, बुझ्दैन । देखे पनि नदेखे जस्तो गर्छ, बुझे पनि नबुझे जस्तो गर्छ ।

 

सरकारले यो सबै कुरालाई ध्यानै दिएको छैन । प्रतिपक्ष कहाँ छ भनेर सबैले खोजिरहेको बेला भीमसेन दास कतै देखिनु भयो । हो काँग्रेसले गर्ने आन्दोलन भनेको यस्तै हुनु पर्छ । अब घाम र पानीमा जनता सुकाएर गर्ने आन्दोलनको औचित्य छैन । जनतालाई प्रत्यक्ष असर परेको समस्याहरूलाई टोल–टोल, घर–घर बाट उठाउँदै लैजाऊ, राष्ट्रिय स्तरमा तुल टाँगेर, झण्डा बोकेर मात्रै आन्दोलन गर्नु पर्छर ? जनताले दिनदिनै भोगेको समस्यालाई बोक्नु भयो भने झण्डा नबोके पनि भोली भोट तपाइँहरुलाई नै दिन्छन् । सिद्धान्तै नमिल्ने र संविधान नै नमान्ने पार्टीको आडमा मौसमी र कर्मकाण्डीय आन्दोलनको औचित्य नै छैन ।

 

मात्र ४ वर्ष अगाडी गएको, राष्ट्रपतिदेखी भिखारी सम्मलाई सडकमा बास बस्न बाध्य पारेको घटना कति छिटै मानसपटलबाट हराउन सकेको होला ? भुकम्पलाई मात्र हो र, आगलागीलाई पनि खुला ठाउँ चाहिन्छ, शुद्ध हावा खानलाई पनि खुला ठाउँ चाहिन्छ, डुल्न, मन बहलाउन, गफ गर्न, भाषण गर्न, घाम ताप्न, शितल खान, बिरोध गर्न, पनि खाली ठाउँकै आवश्यकता पर्छ । त्यसैले शहरको कुरुपपनको जगेर्ना गर्न, मौलिकता जोगाउन, आपत विपत पर्दा सहारा लिन देखि शुद्ध वातावरणमा रमाउन समेत भुमाफियाबाट सार्वजनिक जमिन जोगाउने प्रक्रियालाई सम्बन्धित सबै सरोकारवाला तथा निकायहरूले समयमै ध्यान दिनु अति जरुरी भै सक्यो, जरुरी मात्र होइन अति नै ढिलो पनि भइसक्यो ।