राजनीतिज्ञले यसरी गर्छन्, पोलिटिकल करप्सन !

–डा उपेन्द्र देवकोटा

मान्छे नभएका मान्छेहरुबाट हामी शासित भैरहेका छौं ।
जो आहार, निद्रा, भय, मैथुनमा मात्र सिमित छ, जसको मुखमा धर्म छैन, जो सदाचारी छैन, ब्यभिचारी छ, भ्रष्टाचारी छ त्यो मान्छे होइन ।

 

 

 

भ्रष्टाचारवारे बोल्न डा उपेन्द्र देवकोटा रत्नपार्क आइरहेको छ, ’cause भ्रष्टाचार महारोग हो, यसबाट छुटकारा पाउनै पर्छ, होइन भने यसले हामीलाई सिध्याउछ ।

 

हाम्रो राजनीतिक नेतृत्वले भारतबाट गलत कुरा मात्र सिक्यो । म उनीहरुले भारतबाट एउटा कुरा मात्र सिकुन् भन्ने चाहन्छु । भारतबाट उनीहरुले राष्ट्रबाद मात्र सिकुन् । भारतीयहरु राष्ट्रवादी छन् । देशको एक टुक्रा माटो गुमाउनु पर्यो भनेर ज्यान फ्याँक्छन् । तर यो देशका नेताहरुले भारतबाट केही पनि सिकेनन्, राष्ट्रवादको नाममा र पनि सिकेनन् । शायद र मात्र सिकेहोलान्, ‘र’ बाट परिचालन भएकाले । राष्ट्रबाद सिकेनन् ।

 

भारतीय नेताहरुबाट यिनले सिकेका धेरै कुरा मध्ये म आज तपाईहरुलाई एउटा कुरा मात्र भन्छु । भारतीय नेताहरु मध्ये यिनीहरुको हिरो को हो ? लालु यादव, पप्पु यादव र मुलायम सिंह यादव ! बिहारमा अहिले नाटक भैरहेछ, लालुको छोराले अरबौंको भ्रष्टाचार गरेको छ । उ उप मूख्यमन्त्री छ । त्यो लालु यादवको परिवारको राजनीतिक दर्शन यिनीहरुको बाइवल भएको छ, गीता भएको छ र कुरान भएको छ ।

 

यो देशको राजनीति लालु, मुलायम र पप्पुको जस्तो परिवारवाद, भ्रष्टाचार गुण्डा पैसा आतंकवादी राजनीति गर्दैछन् । सिके पनि मोदीको जस्तो सिक न । लल्लुयादव यिनको हिरो यिनको पुनराबृति लल्लु हो ।
धेरै वर्षअघि बडामहाराज पृथ्वीनाराणले भनेका थिए, घुष दिने र खाने बराबरी दोषी हुन् । तपाई हामीले नदिए कसरी खान्छ त्यसले घुष ? पृथ्वीनारायणले उतिबेलै भनेका थिए तर अहिले नेपालमा घुष दिने मानिसलाई कारवाही गर्ने कानून छ कि छैन ? त्यस मानेमा यो देशमा बहुसंख्यक जनताले भ्रष्टाचार गरेको छ, कि घुष खाएको छ कि घुष खुवाएको छ !

 

 

 

 

अब यो देशको सबैभन्दा कडा कानून त्यो हो, जसले भ्रष्टाचारी समात्छु भनेर नाटक गर्छ । यसअघिका वक्ताहरुले पनि त्यसमाथि धेरै आशा गर्नुभयो अख्तियार दुरुपयोग निवारण आयोग ! अब अख्तियारले भ्रष्टाचार गरेका कस्लाई समात्छ ?

 

अख्तियारले सरकारी कर्मचारी बाहेक अरु कतै पनि छुन पाउदैन । कति छन् यो देशमा कर्मचारी ? २–३ प्रतिशत मात्र यो देशमा कर्मचारी छन् । यस्तो लंगडो कानून बनाइएको छ यो देशमा जस्ले ९७ प्रतिशत भ्रष्टाचारीलाई समात्ने कानून नै छैन । अनि तपाई भ्रष्टाचार मौलायो भनेर रत्नपार्कमा भाषण गर्नु हुन्छ । विडम्बना हो कि होइन ? ’cause भ्रष्टाचार कर्मचारीले मात्र ग¥यो भनेर समात्ने अख्तियार छ ।

 

यो देशमा भ्रष्टाचार कस्ले गर्छ ? राजनीति गर्ने मान्छेले गर्छ भ्रष्टाचार । त्यसलाई पोलिटिकल करप्सन भन्छन् । राजनीति गर्ने मान्छेले, पोलिटिकल करप्सन गर्ने मान्छेले नीति आफ्नो अनुकूल बनाउछन् र नीति नियमभित्र बसेर भ्रष्टाचार गर्छन् । यसलाई भन्छन्, पोलिसी लेबलको करप्सन । उ चोखो देखिन्छ । उस्लाई समात्ने कानून बनाउदैन । आफूलाई जन्जीर लगाउने कानून कुनै मूर्खले बनाउदैन ।

 

अब यसको निकास के त ? सर्बत्र भ्रष्टाचार छ । सबै भ्रष्टाचारको चेन, कानून लाग्ने ठाउबाट माथि उठेका छन् । नेताहरु कानून माथि आइरहेछन् । यो देशको सबैभन्दा ठूलो विडम्बना भनेको समयमा चुनाव नहुनु र राजनीतिक दलको संचालन पारदर्शी भएन । यहाँबाट शूरु गर्नुपर्छ ।

 

तपाईले सानो उद्योग धन्दा चलाउनु भएको छ भने हिसाव किताव छ कि छैन भनेर आन्तरिक राजस्व विभागको मान्छे घुष खाने निहुमा आएर तपाईको कागजपत्र खोतल्छ । तर कानूनले दिएको अधिकार प्रयोग गरेर कुन राजनीतिक दलको हिसाव किताव खोतलेको छ अहिलेसम्म ?

 

’em पनि कानूनद्वारा पार्टी संचालनको हिसाव किताव देखाउन बाध्य छन् । तर देखाइदैन ।
चुनावको बेला अरबौं रुपैयाँ असुलिन्छन् । हिसाव भने ठिक्क । पाँच लाख रुपैयाँ आम्दानी भयो र पाँच लाख रुपैयाँ खर्च भयो । खाली निर्वाचन आयोगलाई मूर्ख बनाउन लागि अडिटिंग हुन्छ । त्यो अडिट खोज्न कोही जाँदैन, गयो भने भोलि उसले राजदूत हुने पद पाउदैन । त्यसको प्रमोशन हुँदैन ।

 

यसरी अपारदर्शी आर्थिक क्रियाकलाप भएका राजनीतिक दलहरु जसमा अरबौं रुपैयाको लेनदेन हुन्छ । देखाउने बेलामा हजार लाख देखाएर नक्कली अडिटिंग रिपोर्ट पेश गरेर निर्वाचन आयोगबाट दर्ता नविकरण गरेर तपाई हामीकहाँ भोट माग्न आउछन् । चिच्याउछन्, छक्याउछन्, गुण्डा प्रयोग गर्छन । तर्साउछन्, गोद्छन् । फकाउछन्, फुल्याउछन् र भोट लिएर फेरि सांसद बन्छन् । पाँचवर्ष ब्रम्हलुट गर्छन् ।

 

 

 

 

चुनावको हिसाब किताव पनि देखाउनु पर्ने बाध्यता छ तर देखाउदैनन् । संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय अभिसन्धि जस्को नेपाल हस्ताक्षरकर्ता हो, त्यसबाट विदेशमा लुकाएको पैसा पनि फिर्ता गर्ने प्रावधान छ । तर किन यिनीहरु त्यस अनुसारको कानून बनाउदैनन् ?

 

यिनीहरुले बिदेशमा पैसा लुकाएका छन् ! अहिले भारतमा भ्रष्टाचार गरेर विदेशमा पैसा लुकाउने विरुद्ध धुमधाम अभियान चलेको छ । त्यो पनि सिथिल भयो मोदीले गर्न सकेनन् । किन सकेनन् ? ’cause उसका आफ्ना मान्छेले पनि लुकाएका होलान् ! नेपालको त कुरै छाड्नोस हामी त भारतको जस्तो अवस्थामा पनि पुगेकै छैनौं ।

 

संयुक्त राष्ट्रसंघको भ्रष्टाचारविरुद्धको अभिसन्धिले बाहिर गएको पैसा देशभित्र फिर्ता ल्याउने अधिकार दिएको छ । यी भ्रष्टाचारीलाई इन्टरपोल लगाएर थुन्ने अधिकार दिएको छ । आइएनजीओ÷एनजीओलाई अख्तियार अन्तर्गत राख्ने अधिकार दिएको छ । त्योसंगै राजनीतिक नेतृत्वलाई पनि राखेको छ । तर हामी तिनलाई केही पनि गर्दैनौं । बरु अख्तियारलाई खुम्च्याउदै खुम्च्याउदै लिएर खाली दुइ प्रतिशत कर्मचारीमा मात्र सिमित गरिएको छ, त्यसमा पनि सेना पर्दैन ! अनि त्यो अख्तियारले न्याय दिएन भनेर हामी कराइरहेका छौं !

 

बैधानिक तरीकाले भ्रष्टाचार गर्न मिल्ने गरी यो संबिधान बनाइएको छ । यो संविधान र यसअनुकूलका कानूनमा रहेर भ्रष्टाचार रोकिदैन । जसले अन्तर्राष्ट्रिय अभिसन्धिहरुलाई उलंघन गरेको छ । त्यसअनुकूका राष्ट्रिय नीति नियम बनाइएन र हामीलाई अन्तर्राष्ट्रिय कानूनले दिएको अधिकार पनि प्रयोग गर्न सकेनौं । र, भ्रष्टाचारीलाई उन्मूक्ति दियौं ।

 

त्यो रोक्ने एउटै मात्र उपाय हो, यो संबिधान बदलौं । यिनीहरुलाई सत्ताबाट च्युत गरौं । त्यती हिम्मत छ भने तपाई र तपाईका बच्चाहरुको भविष्य छ होइन भने हामीजस्ता डाक्टर बिरामी हेर्दाहेर्दै बिचमा आउछौं, कराउछौं जान्छौं । केही हुँनेवाला छैन ।

 

तपाईहरुको नियती ’emको भरिया हुने र यो देशमा मुलायम सिंह यादव र लल्लु यादवको जस्तो शासन चल्छ अब । त्यही खालमा हाम्रा नेताहरु गैसके । यहाँ परिवारवाद र अल्पतन्त्र छ ।

 

यसलाई लोकतन्त्र भनेर ‘टिप्न विर्सेको घिरौंलो’ जत्रो नाक बनाएर बस्नुको कुनै तुक छैन । यो भ्रममा नपर्नोस् । तपाईहरु गैर नागरिक भैसक्नु भयो, नागरिकता भैभैकन पनि यो देशमा । यो देशको सरकारमा तपाईको कुनै सहभागीता हुनेवाला छैन । तपाईले तिरेको करको पैसामा भ्रष्टाचारीहरुले पन्ध्रकरोडको मोटर चढ्ने ? के गुन लगाएका छन् यिनले देशमा र पन्ध्र करोडको मोटर चढ्ने ? के गुन लगाएर तपाईले र मैले तिरेको ट्याक्सबाट सेक्युरिटी गार्ड अगाडि र पछाडि लगाएर हिड्ने ? सेक्युरिटी गार्डलाई पनि यस्तालाई सुरक्षा दिनुपर्दा कति लज्जा हुँदो हो ? यिनीहरुको गन्तब्य अन्तै हुनुपर्ने, यिनैलाई सेक्युरिटी दिएर बस्नु पर्ने ?

 

जो आहार, निद्रा, भय, मैथुनमा मात्र सिमित छ जसको मुखमा धर्म छैन, जो सदाचारी छैन, ब्यभिचारी छ, भ्रष्टाचारी छ त्यो मान्छे होइन । यी मान्छे नभएका मान्छेहरुबाट हामी शासित भैरहेका छौं । यसको विद्रोह गर्नु विरोध गर्नु आमनेपालीको कर्तब्य हो । गर्न सक्नु हुन्न भने तपाईहरु जस्ता लाछी मान्छेहरुले जे भोग्नु भएको छ त्यो तपाईहरुको लागि उपयुक्त हो ।