सकारात्मक उर्जाका सात स्रोत

छोरीले जिज्ञासा राखिन्, बुवा निन्द्रा लागे पछि केहि गर्न सक्दिन तर निदाएर उठेपछि फेरि पढ्न किन सकिन्छ र होमवर्क संझिइन्छ पनि ? अनि भोक र थकाई लाग्दा ढलेको अंखोरा र करुवा पनि उठाउन सकिन्न । तर अलिकित खाएपछि कसरी फुर्तिलो बनिन्छ हँ ?

 

 

सानी छोरीले जिज्ञासा राखिन्, बुवा निन्द्रा लागे पछि केहि गर्न सक्दिन तर निदाएर उठेपछि फेरि पढ्न किन सकिन्छ र संझिइन्छ पनि ? अनि भोक र थकाई लाग्दा ढलेको अंखोरा र करुवा पनि उठाउन सकिन्न । तर अलिकित खाएपछि किन फुर्तिलो बनिन्छ हँ ?

 

छोरीको जिज्ञासाले मथिङ्गल रन्थनायो । यस्ता जिज्ञासा मेरा मनमा पनि बारम्बार आउने गर्छन तर मैले छोरीसंग यी प्रश्न गरेको थिइन, आज उसैले मसंग गरी ।
खोला किन उँधो बगेको ? हावा किन नदेखिएको ? घाम लागेपछि किन तातो पनि उज्यालो पनि हुन्छ ? चन्द्रमा–ताराले किन न्यानो हुँदैन ? यी र यस्ता जिज्ञासा प्रत्येक बालबालिकामा आउछन् ’cause आफूमा पनि आएका थिए । यिनैलाई आधार बनाएर वैज्ञानिकहरुले नयाँ कुरा पत्ता लगाई रहेछन् ।
तर आज चर्चा गर्न लागिएको भने छोरीका जिज्ञासावारे मात्र हो । जससको संबन्ध २२ वर्षअघि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित मुख्यवक्ता विपश्यनाचार्य डा.सत्यनारायण गोयन्काको कार्यक्रमसंग जोड्न खोज्दैछु । कार्यक्रम संयोजक थिए डा.रुप ज्योति । गोयन्काको प्रबचनबाट अनौठो उर्जा प्राप्त भयो ।

 

प्रशिक्षणमा मूल शिक्षकको रुपमा गोयन्काले बुढानिलकण्ठ स्थित विपश्यना ध्यान केन्द्रमा दश दिने शिविर सञ्चालन गर्ने कुराको सामान्य जानकारी पाईयो । ज्योतीसंग शिविरमा बस्न अनुरोध गरें । त्यहि दिन राति उनले फोनमा सबै सीट पुरा भएकोले इच्छुकलाई लब्बीमा बसेर सहभागिता गराउन गुरुजीले स्वीकृति दिएको बताए । अग्रिम रजिष्ट्रेशन नगरिएकोले गोयन्काले सञ्चालन गर्ने त्यो शिविरमा सहभागी बन्ने घिड्घिडो रहिरह्यो । निकै पछि विपाश्यना केन्द्रको दश दिने शिविरमा सहभागी बने । कोर्ष पूरा गरें ।
आँखा बन्द गर्न भने

शुरुका दिन सामान्य अभ्यास गरियो । दुबै आँखा बन्दगरि ध्यान मुद्रामा बसियो । नाकको प्वालबाट सास भित्र पसेको र बाहिर निश्केको अबलोकन गर्ने अभ्यास थियो । पत्रकारीता पढ्दाका मित्र मदन लम्साल (हाल अभियान दैनिकका सम्पादक) पनि सोहि शिविरमा सहभागि रहेछन् । दश दिनको सामुहिक बसाईमा एउटै कोठामा भएकोले एक अर्कालाई देख्यो कि हाँसोको फोहोरा छुटेको छुट्यै । के को ध्यान एकीकृत हुनु ?

 

तेश्रो दिनबाट भने ध्यान बरालिन छाड्यो । क्रमश केन्द्रीत हुन थाल्यो । गोयन्काको प्रवचनले ।

 

आचार्य गोयन्काको प्रवचन हेर्न र सुन्न पाइयो । गोयन्काले आफ्नो प्रवचनमा थुप्रै कथाहरु सुनाउनु भयो । गौतम बुद्धका अनेक कथा, विभिन्न सम्प्रदाय, संस्कार, सभ्यता, संस्कृति आदि’bout बताउनु भयो ।

 

गोयन्काले हामीलाई जीवनभर जन्म देखि मृत्यु सम्म प्राप्त हुने उर्जाका श्रोतहरु बताउनु भयो ।

 

सुन्दा सामान्य लाग्ने

 

सुन्दा सामान्य लाग्ने । त्यति ध्यान नदिइने । ए हो र ? भन्ने खालका कुरा । तर यसले नै हामी के कस्तो हुने ? कसरी जीउने ? थाहा पाइयो ।

 

कसरी सकारात्मक उर्जा प्राप्त गर्ने ? जीवनमा उज्यालो ल्याउने । उर्जाशील भएर सकृय रहने । सार्थक जीवन जिउने कला, कौशलता र त्यसको लागि आबश्यक प्रकाश कहाँबाट प्राप्त हुन्छ ।

 

सहज रुपले कसरी अधिकतम उर्जा प्राप्त गर्न सकिन्छ । जीवनको अर्थ, परिभाषा र व्याख्या गर्न मिल्ने तत्व बोध गर्ने माध्यम र विधिको व्याख्या भयो । यिनै जानकारीले छोरीका जिज्ञासा मेटाउने आधार दिए ।
जुन सुकै जात । धर्म । पेशा । व्यवसाय । तह । लिङ्ग । रङ्ग । वर्ग । भाषा । संस्कृति । सम्प्रदायको ।
सामाजीक, आर्थिक, राजनीतिक हैसियतको व्यक्तिका लागि पनि एउटै किसिमको प्रभाव हुने उर्जाका सात श्रोतहरु बताउनु भयो, आचार्य गोयन्काले ।

 

के हुन् ती उर्जाका श्रोत ? कहाँबाट प्राप्त हुन्छ ? हामीलाई उर्जा !

 

उर्जाको पहिलो स्रोतः
अक्सिजन श्वास प्रश्वास

 

हामीमा प्राप्तहुने उर्जाको पहिलो स्रोत श्वास प्रश्वास हो । अक्सिजन हो । स्वास प्रश्वास हामी देख्दैनौ, तर अनुभव गछौं । स्वच्छ वातावरण भएको स्थानमा स्वस्थ्य श्वास प्रश्वास गर्न पाउँछौ । अत्यधिक उर्जा पाउँछौ ।

 

भनाइ नै छ–सास छ, हामी छौ । सास छैन, हामी छैनौं ! केहि असजिलो हुन्छ हामी स्वतहः लामो स्वास लिन्छौं । तत्काल उर्जा प्राप्त गर्न हामी लामो श्वास लिने गर्छौं ।

 

आफ्नो श्वास प्रश्वास प्रक्रियाको अबलोकन गर्ने क्रिया विपश्यनाको पहिलो खुड्कीलो पनि हो । जप, तप, ध्यान, योगाभ्यास गरेर हामी श्वास प्रश्वास प्रक्रिया बलियो बनाउछौं । त्यसबाट अत्यधिक उर्जा प्राप्त गर्न , अनुलोम विलोम, भस्त्रीका, कपालभाँती, भ्रामरी, अग्नीसार क्रिया, बाह्य प्रणायाम, नाडि सोधन, सितली, उज्ययी, प्रणायाम आदि गर्छौं । हामी जे जति अभ्यास गछौं, त्यसबाट उर्जा प्राप्त गछौं ।
नविर्सौं, स्वास प्रस्वास उर्जाको पहिलो स्रोत हो ।

 

उर्जाको दोश्रो स्रोत:

 

भोजन अर्थात पानी, खाद्यान्न, खाना, फलफुल
जन्मनु भन्दा पहिले हामी आमाको गर्वमा रहँदादेखि नै आमाले खाएका खाने कुराहरुबाट उर्जा प्राप्त गछौं । निश्चित समयावधि गर्वमा बसेपछि जन्मन्छौं ।
हामी जब जन्मछौं, आमाको दुधबाट हामीले उर्जा प्राप्तगर्न थाल्छौ । विस्तारै अन्य खाद्यान्न वा अन्न, पानी, फलफुल आदिबाट शरीरलाई आबश्यक तत्व र उर्जा पाउँछौ ।

 

जब हामीलाई भोक लाग्छ । तिर्खा लाग्छ । अनि केहि गर्न सक्दैनौं ।

 

हामीमा उर्जा कम हुन्छ । त्यसैले भोक तिर्खा लागेको समयमा केहि गर्न सक्दैनौं ।
जब खान्छौ । पिउँछौं तब उर्जा प्राप्त गछौं र फेरि क्रियाशील हुन सक्छौं । तन्दुस्त हुन्छौं ।
उमेर अनुसार हाम्रो शरीरमा आवश्यक खाद्यान्नको आबश्यकता हुन्छ । त्यसको सहि सन्तुनबाट हामीले उर्जा प्राप्त गछौं ।

 

भोजनका विषयमा थुप्रै धारणा र बुझाइ छ । पूर्वीय मान्यता अनुसार सात्विक, राजसी र तामसी भोजन जसबाट शरीरमा फरक फरक किसिमको प्रभाव पर्दछ । सत् रज र तम गुण उत्पन्न गर्ने कुराहरु पनि भोजन नै हो । त्यसैले भोजन प्रत्येक उमेर समुहको लागि फरक फरक हुन्छ ।

 

उर्जाको तेश्रो स्रोतः
निन्द्रा वा आराम

 

देख्दा, सुन्दा र भन्दा सामान्य लाग्ने तर हाम्रो लागि अपरिहार्य कुरो, जन्मदेखि मृत्युसम्म नभई नहुने कुरा निन्द्रा हो ।

 

जब निन्द्रा लाग्छ, केहि गर्न नसक्ने हुन्छौं । सुत्छौं । आराम गछौं । निदाउँछौ । व्यूँझदा उर्जा प्राप्त भएको अनुभव गछौं । कुन उमेर समुहले कति समय सुत्ने भन्ने कुरा चिकित्सा विज्ञान र जीव विज्ञान, व्यवहार विज्ञान आदिले फरक फरक किसिमले व्याख्या र सिफारीस गरेका छन् तर सारमा निन्द्रा अर्को उर्जाको स्रोत हो ।
उर्जा प्राप्त गर्न जसरी भोजन गर्नु पर्छ त्यसैगरि सुत्नु पनि उर्जा प्राप्तीको स्रोत हो । सम्पुर्ण रुपमा उर्जा प्राप्त गर्न सबै उमेर समुहका व्यक्तिहरुले कम्तीमा छ देखि आठ घण्टा सुत्नु पर्छ । निदाउनु पर्छ । निद्रा पु¥याउनु पर्छ ।

 

उर्जाको चौथो स्रोत:
ज्ञान

 

विज्ञानले भन्छ, खोज अनुसन्धानले मान्छेलाई उर्जा दिन्छ । ज्ञानले उर्जा प्राप्त हुन्छ ।
हामीलाई हाम्रो घरको भान्साको कुन स्थानमा चुलो, सलाइ वा लाइटर छ भन्ने कुरा उज्यालो भएको समयमा थाहा छ भने बत्ति वा उज्यालो नभएको वा राती वा अँध्यारोमा पनि हामी छाम्छाम् छुम्छुम् गर्दै भान्सामा गएर बत्ती बाल्न सक्छौं । तर कुनै नौलो ठाउँमा गएर अध्यारोमा बत्ति बालौं भनियो भने पनि सक्दैनौं ।
हामीले बत्तिबाल्न सक्नु भनेको उर्जा प्राप्त हुनु हो भने बत्ति बाल्न नसक्नु भनेको हामीलाई ज्ञान नहुनु वा उर्जा प्राप्त नहुनु हो ।

 

 

उर्जाको पाँचौं स्रोत: 
सौर्य

 

संसारको अस्तित्व नै सौर्य उर्जाबाट भएको बैज्ञानीकहरुको व्याख्या छ । आध्यात्मिक गुरु, विपश्वीहरुमा पनि यहि कुराले स्थान पाएको छ । सौर्यको प्रयोगबाट मानव शरिरमा, सृजनामा समेत प्रत्यक्ष प्रभावहुने हुँदा मानिसले प्रत्यक्ष सुर्यको प्रकाश, किरण र तापबाट उर्जा प्राप्त गरिरहेको हुन्छ ।

 

उर्जाको छैटौं स्रोत:
गुरुत्वाकर्षण

 

गुरुत्वाकर्षण कै कारण प्राणीहरु जीउन सक्षम भएका हुन् । हिंड्डुल गर्न सक्छन् । सामान ओसारपसार गर्न सक्छन् । ओरालो सजिलै हिड्न सकिन्छ । गुडाउने साधन बनाउँदा त्यसले सहजता प्राप्त हुन्छ । उडाउने साधनको प्रयोगमा गुरुत्वाकर्षणको मापनबाट नै त्यसको गति मापन गरि बैज्ञानीकहरुले उर्जाको प्रयोग गरिरहेका छन् ।
सर आईज्याक् न्यूटनको व्याख्या भन्दा पहिले पनि वेदमा उर्जाका श्रोतहरुको व्याख्या भएको पाइन्छ ।

 

उर्जाको सातौं स्रोत ः
शारीरिक एवं मानसिक क्रियाशीलता

 

उर्जाको अर्को श्रोत मानिसको शारीरिक एवं मानसिक क्रियाशीलता हो । बोल्दा जसरी उर्जा नाश हुन्छ, त्यसैगरि उर्जाको सृजना पनि भईरहेको हुन्छ । मौन बस्दा उर्जा सञ्चीति हुन्छ । हाम्रा ज्ञानेन्द्रीयहरु, नाक (सुँघ्न) कान (सुन्न), आँखा (हेर्न), छाला(तातो–चिसो), जिब्रो(स्वाद) आदिका लागि क्रियाशील हुन्छन् ।
ती अंगहरुले आफ्नो क्रियाशिलताको लागी उर्जा पैदा गर्छन् । नष्ट गर्छन । साथै रुपान्तरण पनि गर्छन् । हाँस्दा, रुँदा, दौड्दा, शारीरिक अभ्यास गर्दा, ध्यान, तप, जप, भजन, गाएन, संङ्गित, किर्तन, कला, सृजना आदिबाट पनि हामीले उर्जा प्राप्त गर्दछौं ।
यी उर्जाको माध्यमबाट नै मानिसहरु उमेर सँगसँगैं बढ्ने गर्छन् । वाल, युवा, जवान, पौढ, बृद्ध र मृत्यु हुने सास्वत कुरा हुन् जसलाई हामीले ख्याल गर्दैनौं । उर्जा पैदा गर्ने, नष्ट गर्ने, रुपान्तरण गर्ने र पुन सृजनागर्न हामीले केहि अभ्यास गर्न सक्छौं । विपश्यनाबाट केहि सिक्न सक्छौं ।

 

यी सात कुरा हाम्रा उर्जाका स्रोतहरु हुन् । यसको आधारभुत ज्ञान प्रत्येक मानिसमा हुनु अनिवार्य छ भन्दै आचार्य गोयन्काले दिएको प्रवचनको सम्झना वा भनौंन ज्ञान अझै ताजै थियो र मैले छोरीलाई यिनै कुरा बताएँ ।

 

मेरा कुरा सुनेर छोरीले केहि बुझे जस्तो, केहि नबुझे जस्तो गरिरहिन् ।
तर जब उनी स्वयं बालबालिकाहरुको लागि आयोजित तीन दिने विपश्यना कोर्ष (आनापाना ध्यान शिविर) पुरा गरिन् । घर फर्किएर मलाई उल्टै प्रश्न गर्न थालिन् ।
हामीले प्राप्त गर्ने उर्जाका स्रोत के के हुन् रे बाबा ?