पृथ्वीको एक परिक्रमा एक वर्ष

भगवान कृष्णको परलोक भएको दिनबाट “कलियुग” शुरु भएको ६१२० वर्ष व्यतित भैरहेछ । विश्वमा प्रचलित सम्पूर्ण सम्वतहरु मध्य प्राचिन सम्वत “कलिगत सम्वत” ६१२० सबैभन्दा पुरानो हो । यस प्रकार दुनियामा कुनै सम्वत महत्वपुर्ण घटनापश्चत कुनै सम्वत महापुरुषको नामबाट र कुनै सम्वत राज्य परिवर्तन एवं ऋण मोचनबाट चलाईएका छन् । कलिगत सम्वत महाभारत युध्दपछि भगवान श्रीकृष्णले ८२ वर्षको उमेरमा नस्वर शरीर त्यागेपछि यसै दिनदेखि कृष्ण कलिसम्वत चल्दै आएको हो ।

 

 

कालिदासबहादुर राउत क्षत्री

 

ज्ञाताहरुले पृथ्वीको उत्पति साढे चारकरोड वर्ष पुरानो मानेका छन र चन्द्रमाको पनि त्यति नै । पृथ्वीबाट सूर्यको दुरी १४ करोड ९६ लाख किलोमिटर छ । पृथ्वीले सूर्यको परिक्रमा ३६५ दिनमा गरिसक्छ । पृथ्वीको यही एक फन्कोलाई एकवर्ष व्यतित भएको मानिन्छ । एक सूर्योदयबाट अर्को सूर्योदयको अवधि सम्मलाई एक दिवारात्री (२४ घण्टा) गणना गरिन्छ ।

 

 

यस प्रकार ३६५ दिवारात्री व्यतित पश्चात पूरा एकवर्ष वित्छ । जसलाई हामी सम्वत द्वारा गणना गर्ने गछौं । सेकण्ड, मिनट, घण्टा, रातदिन, हप्ता, महिना हुदै सूर्योदय र सूर्यास्तसँगै विगतका कालव्यतित भएझै २०७५ साल पनि आफै परिवर्तन भएर २०७६ सालमा परिणत भएको छ । यो संसारमा विभिन्न देश एवं समुदायहरुले सम्वतको गणना वेग्लावेग्लै ढंगबाट गर्नेगर्छन्न तथापि पृथ्वीको एक परिक्रममा लाई नै वर्षदिन सबैले मान्दछन् । नेपालको परिप्रेक्ष्यमा पौराणिक कथनअनुसार हजारौं वर्षहरुको कालखण्डलाई “युग” मा पनि विभक्त गरेका छन ।

 

तदनुरुप प्रारम्भिक कालखण्डको युगलाई “शिवयुग” अर्थात “सत्ययुग” भनेका छन् । दोश्रो कालखण्डको युगलाई “राम युग” अर्थात “त्रेतायुग” मानेका छन् । यस पछिको तेश्रो कालखण्डको युगलाई “कृष्णयुग” अर्थात “द्वापर युग” मानेका छन् । द्वापरयुग ८ लाख ६३ हजार ९९२ वर्ष व्यतित पश्चात कलियुग आरम्भ भएको पौराणिक कथन छ । जुनदिन सम्वत आरम्भ भएको कथन छ । भगवान कृष्णलाई परममित्र सुधामाले सोध्दा प्रतयुत्तरमा “मानिस जन्मदा र मृत्युवरण गर्दा धेरै कष्ट भोग्छन, गर्भावस्थामा पनि पिरोअमिलो आयाले खादाको असरको पीडा भोग्नुपर्छ । त्यस्तै प्राण छुटदा पनि धेरै कष्ट भोग्नुपर्छ । यसरी मानिस कष्टपूर्वक जन्मेर कष्टपूर्वक नै परलोक हुन्छन ।

 

भगवान कृष्णको परलोक भएको दिनबाट “कलियुग” शुरु भएको ६१२० वर्ष व्यतित भैरहेछ । विश्वमा प्रचलित सम्पूर्ण सम्वतहरु मध्य प्राचिन सम्वत “कलिगत सम्वत” ६१२० सबैभन्दा पुरानो हो । यस प्रकार दुनियामा कुनै सम्वत महत्वपुर्ण घटनापश्चत कुनै सम्वत महापुरुषको नामबाट र कुनै सम्वत राज्य परिवर्तन एवं ऋण मोचनबाट चलाईएका छन् । कलिगत सम्वत महाभारत युध्दपछि भगवान श्रीकृष्णले ८२ वर्षको उमेरमा नस्वर शरीर त्यागेपछि यसै दिनदेखि कृष्ण कलिसम्वत चल्दै आएको हो ।

 

विक्रम सम्वत शक सम्वत नेपालमा राज्य परिवर्तन पश्चात चलाईएका हुन । प्राचिनयुगमा कान्तिपुर राज्य भएको कालखण्डमा गाउकै स्वरुपमा रहेको बेला एकजना महाजनले ऋणमोचन गरेर नेपाल सम्वत चलाइएको थियो । वि.सं. भन्दा ८७८ वर्षको कान्छो छ । अहिले ने.सं.११४०, ईस्वी सम्वत २०१९ र वि.सं. २०७६ हो । नेपालमा प्रचलित वि.सं. प्रत्यक वर्ष बैसाख १ गतेबाट प्रारम्भ हुन्छ । पतझर भएर उराठ लाग्दो पर्यावरण समाप्त भएर अर्थात शिशिर ऋतुको विदाई लगत्तै नयाँ नयाँ मुना नवीन अंकुरण नवोदीत पालुवा पल्लवी संसारको रमणीय आनन्दको दैलो उघ्रिएको छ । वषन्त ऋतुको आगमनले खुसीका अश्रुपात तथा कोसी महाकालीको ओठमा ललित्य मुस्कुराएका छन् । लोकतन्त्रको प्रादुभाव पश्चात मंगोलियन नस्लको विभिन्न सम्वत “ल्होसार” धुमधामपूर्वक प्रचलित छन् ।

 

कुनैपनि देशमा प्रत्यक समुदायले नववर्षलाई हर्षोल्लासका साथ स्वागत गर्दछन । “ल्हो”को मतलव वर्ष र “सार” को अर्थ “नयाँ” हो । तिव्वति तथा मंगोलियन समुदायले १२ वटा जीव जन्तुको नामबाट “ल्होसार” नववर्ष मनाउने गर्छन । चीनको तथा मंगोलीयन संस्कृति समृध्द भएकै कारण चीनमा परिवारका सबै सदस्यहरु एकैठाउमा भेला भै रातभर जग्गा बसी ल्होसारमा आमाबाबु तथा मान्यजनलाई आदरभाव व्यक्त गरी आशिर्वाद प्राप्त गर्ने र मिष्ठान ग्रहण गर्दछन् । यसैगरी नेपालमा पनि मेवामिष्ठान ग्रहण गरागर गरेर शुभकामना आदन प्रदान गर्ने गर्छन । भारतमा पनि यसैगरी मिष्ठान खाएर आदान प्रदान गरेर नववर्ष मनाउछन् ।

 

अमेरिकामा नववर्षको दिन समाजका प्रतिष्ठित व्यक्तिहरु जसले समाजमा प्रसंशनिय योगदान गरेको छ, त्यस्तालाई नववर्षको दिन सम्मानार्थ अभिनन्दन गर्ने परम्परा छ । अफ्रीकामा नववर्षको दिन सामुहिक रुपले विवाह गर्ने विवाह गर्ने–भोजभतेर गर्ने परम्परा छ । इन्डोनेशियामा आफन्त बीच मैत्री भावपूर्ण नयाँ लुगा लगाएर शुभकामना आदान प्रदान गर्ने गरिन्छ । जर्मनीमा पानि भरिएको धातुको भाडामा मुद्रा (पैसा) खसाएर त्यसको आकृतिलाई नियालेर यसवर्षको भविष्यवाणी गर्ने परम्परा छ ।

 

जापानमा नयाँवर्ष लाई “याबुरी” भन्छन् । शुध्दजल पिउने गर्छन । यावुरी पिएपछि आयु वृध्दि र शरीरमा आरोग्य प्राप्त हुन्छ भन्ने जापानिजमा विश्वास छ । नववर्षको दिन चंगा उडाउनुको साथै बालबालिकालाई अक्षराम्भ गर्ने प्रचलन छ । नवर्षको आगमनमा घरहरु हरिया रुखहरुले सजाउनुको साथैताजा जल पिउछन । थाईल्याण्डमा मानिसहरु नववर्षको दिन बौध्द मन्दिरमा गै पुजाआराधना गर्नुका साथै आ–आफनो घर सिंगारेर मनमोहक पार्छन । नववर्षको पहिलोदिन मिष्ठान खाएमा वर्षेभरी मिठो खानपाउने विश्वास थाई जनताको छ । पोर्चुगलमा नववर्षको दिन साढे जुधाएर रमाइलोको अनुभूति गर्ने गरिन्छ ।

 

फ्रान्समा नववर्षलाई “वार्सली दिवस” का रुपमा मनाइन्छ । यो दिन दिपावली गरी हर्षोल्लासका साथ मनाइन्छ । विभिन्न देशमा आ–आफनै शनातन संस्कृति अनुरुप मनाएको भन्दा फरक आफनो आत्मालाई आफूले आफैलाई विधिपूर्वक पुजा गर्ने विशिष्ट परम्परा छ । खासगरी नेवार समुदायले नेपाल सम्वत नववर्ष प्रारम्भको दिन स्वपुजा गर्ने विशिष्ट परम्परा छ ।

 

विक्रम सम्वतको प्रचलन’bout संक्षिप्त किंवदन्ति यस्तो छ । भारतका तत्कालिन उजैनमा विष्णु नामक तपस्वी ईश्वरको उपासनामा रहेकोबेला यीनको पुरुषत्व पतन भएछ । सो पुरुषत्व जमिनमा खस्न नपाउदै पिपलमा अडिएछ । त्यही बखतमा क्षत्री वंशज कुलपुत्री चन्द्रावतीले सो विर्यग्रहण गरीछन् । यसरी पुरुषत्वको संसर्ग विनानै क्षत्री कुलिन चन्द्रावतीले तेजस्वी विक्रमादित्य (आयोनिज) जन्माइन । विक्रमादित्यका दाजु भतृहरीले राजगद्दी त्याग गरी तिर्थाटन जादा त्यसैबेला भाई सिंहासनमा आरुढ भए । विक्रमादित्य उज्जैनको राजा भएपछि तत्कालिन हिन्दुस्तानको ३२ राज्यलाई पराजित गरी एकिकृत गरे । उज्जैन साम्राज्य स्थापित गरी त्यस्को सम्राट बने ।

 

पराक्रमी सम्राट विक्रमादित्य ले एकदिन अनौठो सपना देखेछन् । सम्राटले नेपालमा आएर ४ स्वरुपमा विभिन्न स्थानमा प्रकट भएको देखेछन् । उज्जैनको देवी उग्रताराले काठमाण्डौ उपत्यकाको चार दिशामा रहेका बज्रयोगिनी, खडगयोगिनी, विजयस्वरी र गुत्यश्वरी दशेन गर्न निर्देश गरेको पौराणिक कथन छ । तदनुरुप विक्रमादित्य तिर्थाटनमा काठमाण्डौ आउदा विशालनगरमा धर्मागत नामका राजा थिए । विक्रमादित्यले अनेकौ चुनौतिको सामना गरेर पराक्रमी ठहरीएकोले राजा धर्मागतले आफनो उत्तराधिकारी घोषणा गरे बमोजिम इतिहासमा सर्वप्रथम महाराजाधिराजको उपाधि पाउने पहिलो राजा विक्रमादित्य हुन भन्ने किंवदन्ति छ ।

 

नेपालमा चालु विक्रम सम्वत जसको नामबाट चल्यो ती महाराजाले आफनो पुत्र विक्रमकेशरीलाई सुम्पेर बज्रयोगीनी प्रांगणमा पुगी तदनुरुप देहत्याग गरेको जनश्रुति छ । विक्रम सम्वत २०७५ वर्ष अघि प्रारम्भ गर्दा त्यतिवेला बज्रयोगिनीले गोप्य कुरा तत्कालिन राजा भूपकेशरीलाई विक्रम सम्वत तीनहजार वर्ष सम्म मात्र कायम रहने भविष्यवाणी गरेका थिए भन्ने किंवदन्ति छ । यस प्रकार विक्रम सम्वत सन्चालन भएको ५८ वर्ष पश्चात जिसस क्राईष्टको सम्झनामा उनका अनुयायीहरुले ईस्वी सम्वत प्रयोगमा ल्याएका थिए । तदनुरुप वि.सं. र ई.सं.५८ वर्षले जेठा–कान्छा छन् । विक्रम सम्वत नेपाल र भारतको राष्ट्रिय सम्वत हो । पछि सत्रौ सताब्दिमा १७५७ मा अंग्रेजको उपनिवेश भएपछि ईस्वी सम्वत भारतमा प्रचलित भएको हो । नेपालमा पनि ईस्वी सम्वत प्रचलित छ । सूर्यवंशी लिच्छवी वंशज शासकले नेपालमा त्यतिवेला शक सम्वत चलाएका थिए ।