पहाड भनेको पहाड नै हो
पहाड जो हेर्नमा सुन्दर देखिन्छ, जहांकाहरु आकाश नजिक बस्न पाइरहेका छन् भनेर बाहिरकाहरु दगं पर्छन् त्यो पहाडमा जीवन कस्तो छ ? नेपाली पहाडी जीवनका ’boutमा धेरै लेखियो भनिन्छ, धेरै पाटाहरुलाई केलाईयो भनिन्छन् तर पहाडलाई लेख्नु भनेको अझै पहाड नै छ ।
पत्रकार मोहन मैनालीद्धारा प्रकाशित ’’उपल्लो थलो ’’ नामक पुस्तकबाट उच्च पहाडी क्षेत्रको जनजीवनका ’boutमा एउटा बुझाई उजागर गरेको छ । यो पुस्तक वि.संं. २०६९ मा प्रकाशित भएको हो । गोरखाको उत्तरीभेगमा आज पनि मध्ययुगीन जीवन चलिरहेको झल्काउछ । पहाड जो हेर्नमा सुन्दर देखिन्छ, जहांकाहरु आकाश नजिक बस्न पाइरहेका छन् भनेर बाहिरकाहरु दगं पर्छन् त्यो पहाडमा जीवन कस्तो छ ? नेपाली पहाडी जीवनका ’boutमा धेरै लेखियो भनिन्छ, धेरै पाटाहरुलाई केलाईयो भनिन्छन् तर पहाडलाई लेख्नु भनेको अझै पहाड नै छ ।
पहाडको वास्तविकता सतहमा ल्याउंनु पहाड जस्तै दुसाध्य छ । पुस्तकले उत्तरी गोरखाको जनजीवनलाई बाहिर ल्याइएका छन् र त्यो भोगाई नेपाली उपल्लो थलोको नियति नै हो । आफ्नो जिउ ज्यान जोखिममा राखेर पत्रकार मैनालीले पहाड पस्किने काम गरेका छन् । पहाडलाई बुझने र बुझाउने जमर्को गरेका छन् र यसले यतिखेरको नेपाली समाजमा चलिराखेका अनेकौ बहसहरुलाई दृष्टिचेत दिन सक्छ ।
“२०१५ सालमा राजा महेन्द्र कालो तारे घोडा चढेर गोरखाको पौवा भन्ज्याङ गएका थिए रे । राजनीति गर्नेहरु संसारका सबै मानिसका सबै समस्या समाधान गर्न सक्छु भन्ने भ्रम दिने गरी जसलाई भेटदा पनि तिम्रो के समस्या छ भनी सोध्ने गर्छन् भने जस्तै महेन्द्रले पनि सोधेका थिए रे ।
त्यति बेला यहांका तारानाथ आमगाईले राजालाई कांक्रो चढाए र आफुले भोगेको दुख सुनाए — यो गाउंभरि न चरनका वस्तुले पानी खान पाउंछन्, न बस्तिका मानिसले तिर्खा मेटन पाउंछन्, न त बाटो हिडने बटुवाले घांटी भिजाउन पाउछन् । यी काकाकुलले धित मर्ने गरी पानी खाएको देखेर मर्न पाउंछु कि भन्ने आशा छ सरकार । राजा महेन्द्रले “हुन्छ पाउछौ’’ भन्ने जवाफ दिएका थिए रे ।
गाई वस्तुले, गाउंका मानिसले र बटुवाले धित मर्ने गरी पानी खाएको हेर्न नपाईकन तारानाथ विते । त्यसपछि धेरै वर्षसम्म तिर्खा मेटने उपाय कसैले गरेन । तारानाथले महेन्द्रलाई विन्ती विसाएको ३५ वर्ष पछि उनको सपना पुरा भयो तर राजा अथवा सरकारले गर्दा होइन । ’’ जुग जुगको तिर्खा शिर्षक अन्तरगत सिमल खण्ड र सिखरजुगंको पानीको कथा बयान गर्देै पत्रकार मैनालीले एउटा विकासे संस्थाको सहयोगमा गाउंलेले आफै यो काम गरेको बताएका छन् ।
तराईमा कृषि आधारित जीवनपद्धतिको सन्दर्भमा एउटा उखान छ रे, “बरु बुढो बाउ मरोस तर बैल नमरोस’’ यसको आशय थियो, बांकी परिवारको जीवन धान्ने सहारा गोरु गुमाउन नपरोस् । ठ्याकै उपल्लो थलोको जुन ठाउंमा भेडा नै सर्वपुजी छ, त्यस ठाउंमा एउटा पाठा मर्दा कति पीडा हँुदो हो ।
स्तकका एक पात्र उरसिंह गुरुगंले भनेका छन — “पाठा भुसुक्कै भए (मरे) भने गोठाला चिलिम माथि चिलिम हुन्छन् अर्थात गोठाला ध्वस्त हुन्छ ।” त्यहां शिक्षा, स्वास्थ्य, खाना, पानी, समाजिक सम्बन्ध ,स्रोतको उपयोगको कतिको समस्या छ, त्यसलाई पुस्तकले मसिनो तरिकाले छरपस्टाएको छ ।
आजको युगमा गंगाबहादुरले भारी बोकेर हिडन मिल्ने खालको गोरेटो बाटो मागं गरेका छन् । समग्रमा पुस्तकले मोैलिक प्रश्न पनि उठान गरेको छ , कुनै पनि ठाउं धनी हुनकालागि त्यहांका प्राकृतिक र सास्कृतिक सम्पदा अनि मानव शक्तिको उपयोगमा राम्रो तालमेल भएको छ कि छैन त्यसले अर्थ बोक्दछ । प्राकृतिक , सास्कृतिक सम्पदा र मेहनति मानिस हुदैमा त्यहांका बासिन्दा समृद्ध हुन्छ भन्ने ठोकुवा हुदैन ।
नेपालको दक्षिणी भू भाग जो समतल छ, अर्थात तलबाट अग्ला, परका , सजिलै पुग्न नसकिने उपल्लो थलोको ’boutमा आपसी बुझाई र तालमेललाई फराकिलो बनाउनु युगको हांक हो । तराईका बासिन्दाहरुमा पहाडका ’boutमा धेरै अधुरो सूचना छ ।
पहाडकाहरु रोजीरोटिकालागि तल झर्दा थोरबहुत सूचना तलका ’boutमा पाईराखेका हुन्छन् । सूचनाको प्रसारले एक अर्कावीचको सम्बन्धलाई परिभाषित र परिपक्व बनाउन टेवा दिन सक्छ , थोरबहुत भइराखेको पनि छ । यस दिशामा वार्तमानिक नेपालमा मिडिया र साहित्यले अझ बढि काम गर्न सक्छ ।
पछिल्ला केही साहित्यिक प्रकाशनहरुले तराई र पहाडका यथार्थ चित्र पस्किने काम शुरु गरेको छ । लेखकहरु आफ्नो स्वतन्त्रचेतको प्रयोग गर्दै भूगोलजन्य पृष्ठभूमिलाई समाजसमक्ष ल्याउने र बुझाईको धरातललाई फराकिलो बनाउने काम गरिराखेका छन् । नेपाली मिडिया पनि यो दिशामा क्रमश सवेदनशीलता देखाउदै गईरहेको छ ।
नेपालको विविधता केवल मौसम सम्बन्धि पर्यवेक्षकहरुकालागि मात्र “पहेली’’ छैनन् , राजनीतिकर्मिहरुलाई पनि यो एउटा अबुझ गुत्थि रहेको देखिदैछ । आफ्नो देशको भूगोल र त्यहां बसोबास गर्ने बासिन्दाको जीवन प्रणाली नबुझिकन समग्रमा मुलुकको कुनै एउटा हिस्सा विशेषको मात्र वकालत गरेर पार पाउन सकिदैन ।
यतिखेर सबैले आ–आफ्नो कुरा मात्र गरिराखेका छन् । आ– आफ्ना भूगोलमा यसो हुनु पर्ने , त्यसो हुनु पर्ने माग दावी गर्दैछन् । यो माँगको क्रम रोकिएको छैन । नयाँ संरचनाको परिकल्पनाको बहसमा नेपाली राज्य, राज्य सञ्चालनको प्रक्रिया तथा राज्य र समाजका विभिन्न समूहहरु बीचको आपसी सम्वन्धलाई आधार मानेर विश्लेषण गर्ने क्रम बढेको छ ।
विभिन्न तहका बहसमा राजनीतिक संस्था र सामाजिक समूहहरुको सम्वन्ध तथा भूमिकाका ’boutमा फरक तथा प्रतिस्पर्धी विचारहरु व्यक्त भएको पाइन्छ । फरक स्थान वा अवस्थितिवाट हेर्दा हरेक सवालमा भिन्न बुझाई र भिन्न दृष्टिकोण पाइनु स्वभाविक हो ।
एउटा भूगोलमा गरिएको माग दावी अर्को भूगोलकालागि विरोधाभाषी वा असहज पनि हुनसक्छ , यसको हेक्का प्राय: लाई छैन । समकालिन राजनीतिको दुखान्त पक्ष भनेको हामी विगतलाई खोतल्ने प्रयास त गर्दर्छौ, इतिहासलाई आजको चुनौतिसंग जोडेर व्याख्या गर्ने काम त गर्छौ तर मुलुकको भूगोललाई चिन्ने र छाम्ने प्रयत्न गर्दैनौ । मुलुकको भूगोललाई चिन्न र बुझन सक्नु भनेको एटलसमा सर्सति नियाले जस्तो सहज र सरल होइन ।
सबै वासिन्दालाई आफु भन्दा फरकको भूगोलको ’boutमा जानकारी गराउन त्यस ठाउंको अवलोकन यात्रा नै गराउन सकिदैन, त्यो सम्भव पनि छैन । विभिन्न सरकारी र गैरसरकारी प्रतिष्ठानहरुले अन्तरभूगोल अवलोकन कार्यक्रमहरु चलाई राखेका छन र यस्ता कार्यक्रमहरुबाट केही खास असर पनि परिराखेका छन् ।
प्राय के देखिन्छ भने अवलोकन यात्राहरु पहाडका सुगम सदरमुकामहरुमा केन्द्रीत छन् । तर छोटो अवधिको यात्राले भूगोलजन्य पृष्ठभूमि र परिस्थितिप्रति गहिरो बुझाई निमार्ण गर्न सकिदैन । यसकालागि मिडिया र साहित्य अगाडि आउन सक्छ र आउनु पनि पर्ने हो । तराईको भूगोलको सहजताले गर्दा मिडिया मार्फत यहांका कुराहरु कुनै न कुनै रुपमा आइरहेका हुन्छन् तर विकट पहाडमा सन्नाटा छ । दुर्गम पहाडका बस्तिहरुमा जीवनको गति कस्तो छ, अझै पनि अनुमान गर्नु पर्ने अवस्था छ ।
काठमाण्डौ अझै पनि आफैमै मस्त छ, उसलाई आफै अप्ठयारो नपरेसम्म उसले अन्य भूगोलका अप्ठयाराहरुलाई अनुभव गर्न सकिराखेका हुदैन । यसै कारणले काठमाण्डौप्रति अन्य भूगोलका बासिन्दाहरुमा एक प्रकारको आक्रोस देखिन्छ ।
समान्यत: सहज र सुगम मानिएको तराई–मधेसको समस्या सुन्न र सुनाउन त काठमाण्डौलाई आन्दोलन नै पर्खिनु पऱ्यो । यतिखेरको राजनीतिक संकट भनेको मुलुकका विभिन्न भूभागका आवाजहरु काठमाण्डौको ढोका ढकढकाउन आईपुगेको हो ।
आवाजहरुको कोलाहलले गर्दा काठमाण्डौ आफै भित्र थुनिएको छ । उसका आफै भित्रका गुम्सनहरु त छदै थिए , बाहरी मागहरुको कोलाहलले उ झन थिचिन पुग्यो । काठमाण्डौ यतिखेर थिचिएको छ ।
हिजोसम्म काठमाण्डौको मानसिक उपनगरका रुपमा चिनिएका थलोहरु आफ्नो पहिचान र स्वाभिमान खोज्दै काठमाण्डौ आईपुगेको छ । तर थिचिएको काठमाण्डौ निकासकालागि केही नेताहरुको विवेकको पर्खाईमा छ ।
अहिलेको अवस्थामा २०६३ को जनआन्दोलन मार्फत नेपाली समाजमा के कस्ता आशाहरु जागे र त्यस उपरान्त राज्यलाई कसरी व्यवस्थित गर्ने प्रयत्न भयो ? नयाँ संविधानले राज्यलाई तीन तहको बनोटमा लगे, स्थानीय तह, प्रदेश र संघ । स्थानीय तहको तेस्रो तहको चुनाव प्रदेश नं. २ मा हुने तैयारी भई राखेको छ तर अहिले पनि धेरै कुराहरु काठमाण्ठौसंगै जोडिएको छ ।
तराईमा भएको बाढी पिडितको उद्धार, राहत र पुर्नस्थापनको सवालमा केन्द्रमाथि नै भर पर्नु परेको छ । त्यसैले काठमाण्डौको वर्चस्वमा अहिले पनि कमी आएको छैन । यहीनिर प्रश्न उठ्छ–राज्य समय संगसंगै विकसित हुने विषय हो वा मनपरी तरिकाले काटछाँट गर्ने विषय हो ।
स्थानीय तहको निर्वाचन दुई चरणमा भई सकेर पनि आवश्यक कानुनको कमीले गर्दा अधिकार र कामविहिनको अवस्था छ । कतै कतै मनपरीतन्त्र हावी छ । समय र संगतले मानिसका सोंचाईमा बदलाव आउदै जान्छ । राज्यलाई फरक फरक अवस्थितिवाट हेर्दा फरक फरक रुपमा ठम्याउन सकिन्छ, यो स्वभाविक र जायज हो तर फरक फरक बुझाईमा साझापन ल्याउने काम राज्य, नागरिक समाज र मिडियाको हो ।
०४६ र ०६३ को जनआन्दोलन र त्यसका पुरकका रुपमा भएका अन्य आन्दोलनहरुले मुलुकका विभिन्न भूगोलमा आफ्ना कुरा राख्ने सचेतना ल्याइदिएको छ । सचेतनाले आफ्ना क्षेत्रका समस्या र सरोकारलाई उजागर गराई दिएको छ । तर यी उठिरहेका स्वरहरुवीच तारतम्यता मिलाउनु पर्ने खांचो छ ।
मुख्य दलहरु तारतम्यता मिलाउन नसक्दा अहिलेको संकट देखिएको हो । राजनीतिक नेतृत्व सबैलाई तुष्टिकरण गर्न खोज्दछन् र आफैमा अलमलिन्छन् ।
संविधान सभाबाट संविधान घोषणा हुने बेला सबैेले आफ्नै ठाउंमा सबै थोक खोज्दै थिए र कतिपय अवस्थामा एक अर्का ठाउंको बासिन्दाहरु माझ बुझाईको कमिले विरोधी स्वरहरु गुन्जिन थालेका थिए । कतिपय ठाउंमा आफैमा झडप हुने तनावको स्थिति पनि थियो ।
मुख्यत: के हो भने यस मुलुककोलागि भूगोलको विविधता पनि आफैमा एउटा यथार्थ हो साथै यसले तलदेखि उपल्लो थलोसम्मकोलागि जोडिएर राखि दिएको छ । भूगोलले दिने अस्तित्व, अवसर र अप्ठयाराहरुलाई बुझने र बुझाउने प्रयत्न नागरिक संवाद मार्फत काठमाण्डौले गर्न सक्यो भने उसको बोझ हलुको हुन सक्छ र मुलुकले स्थायी दिशा ग्रहण गर्न सक्छ ।
त्यसैले काठमाण्डौले नागरिक संवादको अभ्यासलाई चारैतिर बढाउने तपस्या गर्नसक्नु पर्छ ।