सात घण्टामा सांसदका सात सुझाव !

 

प्रसंसनीय खोजको प्रथम राष्ट्रिय सम्मेलन (७० साल पुस २४–२६ गते) पोखरामा हुँदै थियो । परिकल्पना नेपाल नामक सकारात्मक सामाजिक रुपान्तरण गर्ने संस्थाको एक अभियन्ता र श्रोत व्यक्तिका रुपमा तीन युवा सांसदहरु, चन्द्रभण्डारी नेपाली काँग्रेस, रविन्द्र अधिकारी एमाले र रेखा शर्मा एमाओवादीसँग समय मिलाई कार्यक्रम स्थलसम्म लैजाने व्यवस्थापनको जिम्मेवारी पंतिकारको थियो ।

 

माननीय चन्द्र भण्डारी पिताजी सहित २४ गते जाने भए । दुई युवा सांसद रविन्द्र अधिकारी र रेखा शर्मा भने २३ गते नै जाने निधो भयो । सँगै प्राध्यापक प्रकाश पौडेल पनि थिए । चारै जना मेरो ड्राइभरीमा पोखरा जाने भयौं ।

 

दिउसो तीन बजे काठमाण्डौबाट यात्रा शुरुभयो ।

 

बाटोभर प्राध्यापक पौडेलका अनुभव, सांसदहरु रेखाजीले जनयुद्धताका भोगेका यातना, पिडा र रविन्द्रजीका समाज परिवर्तन गर्ने सपनाका कुरा सुन्दै तरङ्गीत हुँदै हुँईकियो । यात्रा रोचक र रमाईलो हुँदैगयो ।

 

काठमाण्डौबाट पोखरा आफैं ड्राईभ गरेको यो मेरो चौथो पटक थियो । कार चलाउँदै गर्दा धेरै पटक मोबाईलमा घण्टी बज्यो । म एक हातले मोवाइ उठाउँदै कुरा गर्न खोज्दै थिएँ ।

 

गाडि पनि चलाउँने र फोनमा कुरागर्नु ज्यादै नराम्रो हो भन्दै रविन्द्र अधिकारीले मोबाइल उठाउन ठ्याम्मै रोके । पछि त हाम्रो छलफल नै राजमार्गमा सवारी चलाउँदा गर्न हुने र नहुने विषयमा घनिभुत भयो ।

 

त्यतीबेला विधायकसंग भएका कुराले अहिले पनि ड्राइभरको सिटमा बस्ने वित्तिकै मेरो मन, मस्तिष्क र हात गोडालाई स्वचालित रुपमा परिपालना गराउन थालिहाल्छन् ! शायद सांसद महोदयहरुलाई पनि यी कुराले त्यत्तीकै प्रभाव पारेको हुुनुपर्छ ’cause यसो नभएको भए उहाँहरुलाई बेलाबेला अभिवादन गर्न नै पाइन्नथ्यो !
यस विषयमा जोजससंग जहाँ कुराकानी भयो कि साथीभाइ र इष्टमित्र, परिवारजन तथा मेरा विद्यार्थी पनि सोधिरहन्छन्, के हुन् ती टिप्सहरु ? हाँस्दै, टार्दै र फुर्सदमा भनौंला भनेर पन्छाइएका कुरा आज यो स्तंभमा होलसेलमा सबैलाई जानकारी गराउदैछु ।

 

सात घण्टा बढीको त्यो यात्रामा सांसद र प्राध्यापकसंग भएका घनिभूत कुराहरु जसले मलाई यात्रामा अनुशासित गुरुजी बनायो, सात बुँदे आचार संहिता बनाएर त्यसैमा सबै ज्ञान, बुद्धि, विवेक र अनुशासनलाई समेट्ने प्रयत्न गर्दैछु । आगे पाठकहरुकै मर्जी …!

 

पहिलो: गति सिमित र वढि भार नबोकौं 

 

‘हतार गरे भन्न सकिन्न, ढिलो गरे अबश्य पुगिन्छ !’

 

‘अत्यधिक गति जीवनको क्षति !’

 

‘तपाईलाई घरमा परिवारका सदस्यले पर्खिरहेका छन् !

 

यस्ता सन्देश मुलक साइनबोर्ड राजमार्गमा पाप्रा उप्किएका भए पनि बेलाबेला पढ्न पाइन्छ ।

 

सबारी चलाउनेहरुले उति महत्व नदिए पनि हरेकका मनमा गढेर बसेका छन् यी वाक्य ।

 

सबारीसाधन चलाउँदा बढी भार, अत्याधिक गतिमा सबारी चलाउने र गति सिमित, घुमाउरोबाटो, उकालो ओरालो, अत्याधिक दुर्घटनाहुने स्थान, चिप्लो, भिरालोबाटो, कजवेमा पनि ट्राफिक संकेतहरुलाई वेवास्ता गर्दै सवारी हाँक्नेहरुले भोगेको पिडा बताइनसक्नुका हुन्छन् ।

 

दोस्रो: ट्राफिक नियमको अवज्ञा नगरौ 

 

ट्राफिक नियम उलंघन गर्नुलाई अझै यहाँ बहादुरी गरेको ठानिन्छ तर एउटै गल्तीले नारायणहरि भएको धेरैले हेक्का राखेका हुँदैनन् । वास्तवमा ट्राफिक नियमको पालना पुलिसको लागि होइन, मेरो आफ्नै लागि हो ! यत्तिकुरा मनन गर्न नसकेर अमूल्य जीवन नष्ट भैरहेछ ।

 

सबारी साधन चलाउँने लाईसेन्स लिँदा लिखित परिक्षा पास गरि ट्राएल समेत दिँदा सवारी नियमका थुप्रै नियमहरु, ट्राफिक संकेतहरुको ’boutमा जानकारी हुनुपर्छ ।

 

रातो,पहेंलो र हरियो बत्तिका साथैं जेब्राक्रसिङ्ग, लेनको व्यवस्था, एक तर्फि, दूईतर्फि, दाँया वा बाँया मोड्न निषेध जस्ता साधारण भन्दा साधारण चिन्ह र नियमहरुको समेत अवज्ञा गर्दै र साँघुरो वा मोड, घुम्ति, कजवे र गलत साइडबाट ओभरटेक गर्दा सबारी दुर्घटना हुने गरेका छन् ।

 

जस्तो सुकै असहजतामा पनि ट्राफिक नियमको पालना गरेमा दुर्घटनाकम हुन्छ भन्ने जगजाहेर छ ।

 

उदाहरणको रुपमा भनौं न मध्यरातको समय, सडकमा अन्य सवारी साधनपनि गुडिरहेका छैनन् । पैदल यात्रु हुने कुरै भएन । अगाडि रातो बत्ति बल्यो । कति जनाले रातो बत्ति बलुन्जेल सबारी रोकेर बस्छौं ?
यो त एउटा उदाहरण मात्र हो । प्रत्येक पल ट्राफिक नियमको उलंघन हुने गर्छ, त्यसैले प्रत्येक क्षण उसको टाउकोमा दूर्घटना मडारिइरहेको हुन्छ ।
नियमको पूर्ण रुपमा परिपालन गरौ, सदाका लागि दूर्घटनालाई टाढा भगाऔं ।

 

तेस्रो: सवारी चुस्त राखौं, अल्छि नबनौं ।

 

सबारी साधन निर्जिव वस्तु हो । यसको जीवन ड्राइभरको हातमा हुन्छ । नियममा बसेर गाडी चलाउदा त्यसले महान बहादुर वा विद्वानले गर्न नसक्ने काम गर्छ ।

 

तर यसको दूरुपयोग गर्ने हो भने तत्काल दुर्घटना मात्र निम्तिइन्न, सबैकुरा समाप्त नै हुन्छ ।

 

त्यसैले सवारी साधन चलाउँदा एकसिलेटर, गेयर, ब्रेक, स्टेरिङ्ग, हर्न आदि हमेसा चलाई रहनु पर्छ । ती शोभाका लागि होइनन्, प्रयोगका लागि हुन् ।

 

तर कतिपय अबस्थामा गतिसिमित गर्न हामी ब्रेक थिच्न अल्छि गर्नसक्छौ । गेयर डाउन गर्नुपर्ने समयमा अल्छि गरि बल्जफ्ती अघि बढ्छौं । जसको कारण दुर्घटना हुन सक्छ ।

 

हर्न बजाउन निषेध गरेको बाहेकका स्थानमा समेत हर्न बजाउन अल्छि गर्दा विपरित दिसाबाट आएको सबारी साधनलाई जानकारी नहँुदा ठोक्किन सक्ने संभावना हुन्छ ।

 

सवारी साधन रोकि राखेको ठाउँबाट निस्कदा सबैकुरा जाँचगर्ने बानिले सबारी सधैं कन्डिसनमा छ छैन जानेर मात्र अगाडि बढिन्छ । अल्छि नगरौं, सधैं ध्यान दिऔं ।

 

चौथो: तनाव, रिस, आवेगको नियन्त्रण गरौ 

सबारी साधन चलाउने त्यसमा सवार यात्रु, कतिपय सन्दर्भमा घरपरिवारका सदस्य वा साथीभाइहरुसँग लम्की–चम्की, चिच्याई– चिच्याई, तनाव, रिस र आवेगमा आइ सहयात्रीसंग रिसाएर अनियन्त्रीत किसिमले सबारी साधन हुईंक्याउन पुगिन्छ ।

 

सबारी चालक कदापी बहकिन हुँदैन र उस्ले म सवारी साधन चलाई रहेको छु भन्ने कदापि विर्सन मिल्दैन । प्रधानमन्त्री, मन्त्री, सांसद, पत्रकार, डाक्टर, हिरो हिरोइन जो भए पनि उस्ले सवारी चलाईरहेको समयमा यतिखेर म ड्राइभ गर्दैछु भन्ने विर्सन कदापि हुँदैन ।

 

यो महान से महान ड्राइभरले पनि विर्सन नहुने गायत्रीमन्त्र हो ।
बिर्सियो कि दुर्घटना हुनसक्छ । ड्राइभरले तनाव, रिस, आवेग र संवेगमा सवारी साधन चलाउन हुँदैन ।

 

ड्राईभिङ्ग सिटमा बसुन्जेल म ड्राइभर हुँ भन्ने कसैले पनि विर्सन हुँदैन र एकछिन पनि भुल्न मिल्दैन ।

 

पाँचौं: मादक, लागु पदार्थ सेवन नगरौं

 

शहरमा साँझ पर्न थालेपछि ट्राफिक प्रहरीहरुले ठाँउ ठाउँमा ब्रेथलाईजर लगाएर ड्राइभरले मादक पदार्थ सेवन गरे नगरेको जाँच गर्ने गर्छन् ।
केहि बर्षदेखि राजधानी र विषेशगरी हाईवेहरु र शहरहरुमै पनि विहान, दिउँसो वा अपरान्ह मादक पदार्थ वा लागुपदार्थ‘ सेवन गरी सवारी चलाएको रहेछ भने पक्राउ परिन सक्छ । जो सभ्य शहरको सामान्य नियम हो ।

 

मादक पदार्थ वा अन्य कुनै पनि नशाजन्य पदार्थ सेवन गरी सवारी साधनको ड्राईभिङ्ग सिटमा नबसौं । स्टरिङ्ग नसमातौं ! यसलाई जीवनको मूल्य मान्यता बनाऔं र यो आफ्नै लागि हो भन्ने ठान्ने मात्र होइन, पालना पनि गरौं ।

 

कतिपय सूर्तिजन्य पदार्थको सेवनले समेत मानशिक एवं शारीरिकरुपमा प्रभाव पार्छन् । धुम्रपान र सुर्तीजन्य पदार्थ सवारी चलाउनेले यात्रा भर सेवन नगरौं । सकिँदैन भने सवारी साधन रोकेर मात्र त्यसको प्रयोग गरौं । यसले सवारी दुर्घटना नियन्त्रणमा मद्धत गर्छ ।

 

छैटौं: चल्ती गाडीमा मोवाईल नचलाऔं

मोवाईल फोन उठाएर ह्याण्ड फ्री गरि कुरागर्न लाग्दा पनि माननीयहरुले आपत्ति जनाए । सबारी दुर्घटनाको प्रमुख कारणमा पर्ने यो क्रियाकलाप अभिसापको रुपमा देखिएकोछ ।

 

कतिपय सवारी साधन चलाउँदै गर्दाका चालकहरुले समेत मोवाईमा कुरागरि रहेको देखे पछि यसको पूर्ण पालना हुनुपर्ने निष्कर्ष निकाल्यौं ।

 

शुरुमा त शहरी क्षेत्रमा ट्राफिक प्रहरीले निगरानी गर्ने गरेको थियो तर अचेल त्यसमा खासै ध्यान दिएको पाइन्न । यो ट्राफिक प्रहरी भन्दा पनि यात्रुहरु र चालक स्वंयले नियन्त्रण र निषेध गर्नु पर्ने कुरा हो ।

 

कतिपय स्थानमा त ट्राफिक प्रहरीहरु नै पनि मोटरसाईकल चलाउँदै हेल्मेटमै मोबाई घुसारेर लामो समयसम्म कुरा गरिरहेका भेटिन्छन् । युवा–विद्यार्थीका त यी सामान्य हर्कत नै हुन् ।

 

एक हातले स्टेरिङ्ग चलाउने र अर्को हातले मोवाई कानमा जोडेर माईक्रो, मिनिबस, टेम्पो, निजी गाडी र ट्याक्सि चलाउनेहरुको त विगविगि नै छ ।

 

सातौं: निन्द्रा वा थकानमा सवारी नचलाऔं

स्वस्थ व्यक्तिले सबारी साधन चलाउदा मात्र यात्रा सहज हुन्छ । तर विरामी अबस्थामा रहेकाहरुले समेत सबारी चलाएको दुर्घटना पछि मात्र थाहा हुँदो रहेछ ।

 

आफैंले आफैंलाई ढाँटेर दुर्घटना ननिम्त्याऊ । यो आत्मघाती काम नै हो । विशेषगरि लामो दुरिको सबारी र निरन्तर वा चाडपर्वमा हुने सबारी दुर्घटनाहरुमा निद्रा र थकानको असर अत्यधिक रहन्छ ।

 

थकान र निद्राको अबस्थामा जबरजस्त सबारी नचलाऔं । दुर्घटनाबाट आफू पनि बचौं अरुलाई पनि बचाऔं ।

 

पढ्दा, सुन्दा र हेर्दा सामान्य झैं लाग्ने उपरोक्त सात कुरा मात्र हेक्का राखेर पालना गर्ने हो भने दुर्घटनाका समाचारमा कमि आउने निश्चित छ । यी हरफ लेख्दै गर्दा नेपाल ट्राफिक प्रहरीको वेभसाईट सर्च गरी गत तीन बर्षमा भएका सबारी दुर्घटना र त्यसले पु¥याएका हानी–नोक्सानीहरुको तुलनात्मक विवरण हेरौ, तस्वीर आफैं छ्याँग हुन्छ ।