अनैतिकताको पराकाष्ठा

यतिबेला विद्यार्थी संगठनहरु के गर्दैछन् ? वर्तमान विद्यार्थी नेताहरु र भुतपुर्व विद्यार्थी नेताहरु कता गए ? आफ्ना माऊ पार्टी र आफ्ना नेताहरुको बचाऊ गर्नु पर्यो भने मैदानमा आउन एक सेकेण्ड ढिलो गर्दैनन् तर विद्यार्थीलाई नै प्रत्यक्ष मार परेको यती संवेदनशिल विषयमा कहिं कतैबाट बोलेको पनि सुनिंदैन ।

 

 

प्रदेश नम्बर दुईमा चैत्र १४ गतेको विज्ञान विषयको एसईईको प्रश्नपत्र बाहिरियो । परीक्षा सकिईसकेपछि उक्त दिनको परीक्षा रद्द भएको घोषणा गरियो र पुनः परीक्षाको मिति तोकियो । तर, लगत्तै, त्यसको भोलीपल्टपनि सामाजिक शिक्षाको प्रश्नपत्र बाहिरियो । त्यसदिन परीक्षा नै नदिई परीक्षा रद्द भएको घोषणा गरियो । पुनः परीक्षाको मिति अहिले सम्म तोक्न सकिएको छैन ।

प्रश्नपत्र जादुमय भएर वा आफैं बाहिरिंदैन । त्यसलाई परीक्षा भन्दा पहिला नै बाहिर ल्याउने कुकर्म अवश्य पनि कुनै मानिसले नै गरेको हो । आठ ओटा जिल्लाका ७० हजार ५६८ परीक्षार्थीहरुको भविष्य माथीको खेलवाड गर्ने व्यक्ति वा व्यक्तिहरु कती निडर रहेछन् भन्ने कुरा को प्रमाण उनीहरुको यो प्रक्रियाले नै देखिईसक्यो । सिबिआई र बिभिन्न प्रकारका गठन भएका समितिहरुले दोषी पत्ता लगाउँछन् कि लगाउँदैनन् त्यो भविष्यमै थाहा होला तर प्रश्न यस्तो कुकर्म गर्ने आँट मानिसहरुमा आउँछ कसरी भन्ने नै हो ? जब राज्यका संयन्त्रहरु फितलो हुन्छन् तब मानिसमा यस्तो कार्य गर्ने आँट आउँछ । हत्या, बलात्कार, घुसखोरी, कमिशन, दलाली, ठगी, झुठो विवरण, दुर्घटना, कुटपिट जस्ता अनेकौं कुकर्महरुमा संलग्न भएका व्यक्तिहरुले सफाईपाईरहेको, अपराधीहरुलाई राजनीतिक पार्टी वा नेताहरुले संरक्षण गरिरहेको, पैसाको अगाडी जस्तै ठूलो अपराधलाई पनि जित्न सकेको जस्ता दृश्यहरुलाई टुलुटुलु हेरिरहेका अन्य व्यक्तिहरुमा पनि पनि यस्तो कार्य गर्ने हिम्मत आएको हो ।

यदि जुनसुकै वा जस्तो प्रकारको अपराधमापनि संलग्न व्यक्तिहरु, ऊ चाहे जतीसुकै शक्तिशाली भएतापनि, कानून भन्दा माथी कोही छैन भन्दै कारवाही भएको देखिने हो भने अपराध गर्न अग्रसर मानिसले अपराध गर्नु भन्दा अगाडी दशचोटी सोच्न बाध्य हुन्छ, अनि मात्र यस्ता प्रकारका आपराधिक र अनैतिक कार्य गर्ने आँट गर्न सक्दैन।

एसईई दिने विद्यार्थीहरुको उमेर भनेको १५, १६ वर्षको हो । ती कलिला विद्यार्थीहरुले घर बसेर आउँदो परीक्षाको तयारी गरेर बस्नु पर्ने बेलामा आन्दोलन गर्न सडकमा जानु पर्ने ? परिक्षा दिने हातमा घाउ, चोटपटक लाग्यो भने के हुन्छ ? अझ त्यती मात्र होइन, प्रहरी सँगको मुठभेडमा अश्रुग्याँस हुँदै गोली समेत चल्यो भने त्यसबाट हुने बिकराल अवस्थाको जिम्मा कसले लिन्छ ?

यतिबेला विद्यार्थी संगठनहरु के गर्दैछन् ? वर्तमान विद्यार्थी नेताहरु र भुतपुर्व विद्यार्थी नेताहरु कता गए ? आफ्ना माऊ पार्टी र आफ्ना नेताहरुको बचाऊ गर्नु पर्यो भने मैदानमा आउन एक सेकेण्ड ढिलो गर्दैनन् तर विद्यार्थीलाई नै प्रत्यक्ष मार परेको यती संवेदनशिल विषयमा कहिं कतैबाट बोलेको पनि सुनिंदैन । दुई नम्बर प्रदेशमा गएर मुख देखाउनुत कता हो कता काठमाण्डौमै पनि कहिं कतै केहि बोलेको सुनिंदैन । यहि हो, बिना एजेण्डा र आफ्नो वर्गको भन्दा अरु वर्गको एजेण्डामा बढ्ता जोड दिंदाको परिणाम । आफ्ना छोराछोरीले विश्वविद्यालयको पढाई सकेर जागिर खाइसक्दा पनि आफू चाहिं विद्यार्थी नेता नै हुँ भन्दै कुर्सि ढाकिरहँदाको परिणाम । अहिलेका विद्यार्थी नेताहरुले विद्यार्थी र ’emले भोग्नु परेका समस्याहरुमा भन्दा आफूलाई फाइदा हुने विषयमा समग्र विद्यार्थी आन्दोलानलाई केन्द्रिकृत हुन सिकाईरहेका छन् ।

तराई क्षेत्र पहिला देखिनै तत्कालिन एसएलसीको लागि बदनाम नै थियो । स्वयं हरिवंश आचार्यको “चिना हराएको मान्छे” मा पनि यसको ’boutमा उनले प्रष्ट लेखेका छन् । चिटले भरिएको बोरा, झ्याल झ्यालमा चिट समात्न दिने र त्यसलाई सघाउने केन्द्र भित्र र बाहिरका व्यक्तिहरु, शिक्षक र प्रहरी समेत पनि त्यसको मद्दत कर्ता, यो दृश्य कुनै अखवारको पानामा मात्र होइन, टेलिभिजनको रंगिन पर्दामा स्पष्ट सँग देखिएकै हो । झन् अहिले आएर अर्को विकराल रुप देखियो ।

अहिले आएर प्रदेश र केन्द्र बीचमा पनि दोषारोपणको जुहारी चलेको छ । को सहि र को गलत भन्ने प्रमाणित गर्ने काम सडकबाट हुने होइन । यती सम्वेदनशील विषयमा आफ्नो मन्त्रालय अन्तर्गतको लापरवाहीले हजारौं विद्यार्थीहरुको भविष्यमाथी खेलवाड भएको हुनाले शिक्षा मन्त्रीले नैतिकता देखाउनु पथ्र्यो । हुनत नैतिकता भन्ने कुरा व्यक्तिको आफ्नो–आफ्नो व्यक्तिगत सोचाई हो, यसमा कसले कसरी लिन्छ भन्ने उसको विवेकमा भर पर्दछ । यदि ओलाङचुङगोलामा कसैले व्यक्तिगत कारणले आत्महत्या गर्छ भने पनि काठमाण्डौमा रहेको संघिय सरकारले जिम्मेवार लिनु पर्दछ । यो कसैको व्यक्तिगत विषय हो भनेर र कुनै अनकण्टार ठाउँमा कसैले यस्तो कार्य गरेको कहाँ थाहा पाइन्छर भनेर भाग्न मिल्दैन । ’cause सरकार भनेको अभिभावक हो, उसको जिम्मेवारी भनेको यस्तो कार्य नगर्ने वातावरण बनाउनु र यस्तो कार्य गर्दा गर्दै बचाउन सक्नु नै हो ।

अब एसईई लगायत अन्य परीक्षाहरुलाई पुरानै तरिकाले चलाउनु भन्दा पनि बिस्तारै यसलाई परिमार्जन गर्दै जानु पर्दछ । उदाहरणको लागि टोफल र आर्ईएलटिएस लाई लिन सकिन्छ, यसमा चिट चोर्ने भनेको त असम्भवनै हुन्छ । कोरिया जानेहरुले दिने परीक्षामा पनि त्यस्तै प्रकारको संयन्त्रले काम गरिरहेको छ । हामी चाहिँ किन प्रविधिको सहयोग नलिने ? सबैमा त नसकिएला तर सम्भव भएका केन्द्रहरुमा सिसिटिभीको मद्दत लिने हो भने परीक्षा कोठा एउटा गार्डले सञ्चालन गर्न सक्दछ । केन्द्राध्यक्ष, सुरक्षा निकायका प्रतिनिधी र अन्य आवश्यक अधिकारीहरु सिसिटिभीको मोनिटर राखिएको कोठामा बसेर प्रत्येक परीक्षाकोठा र परीक्षार्थीहरु लगायत अन्य कर्मचारीहरुको गतिविधि नियाल्न सक्षम हुने छन् । जसले गर्दा परीक्षा केन्द्रमा आवश्यक पर्ने जनशक्तिमा पनि कमि ल्याउन सकिन्छ, भने अनावश्यक भिड हटाउन सकिन्छ साथै परिक्षाको विश्वसनियता माथी पनि खोट लगाउने ठाउँ कतै पनि हुँदैन ।

प्रश्नपत्र फाइनल गर्ने व्यक्ति र समुह, छाप्न दिने व्यक्ति, छाप्ने छापाखाना, छाप्ने मानिसहरु, त्यसलाई संकलन गर्ने तथा प्याकेजिङ गर्ने कर्मचारीहरु, विभिन्न प्रदेश तथा प्रदेश बाट केन्द्रहरुमा पठाउने कर्मचारीहरु र त्यसलाई सुरक्षा दिने सुरक्षाकर्मीहरु, केन्द्रका केन्द्राध्यक्ष, प्रश्नपत्रको पोका खोलेपछि त्यसमाथी पहिलो आँखा लगाउने व्यक्तिहरु लगायत उक्त प्रश्नपत्र हेर्न सक्ने उच्चदेखि तल्लो तह सम्मका अधिकारीहरु, सबै यसका दोषीको शंकामा आउन सक्ने व्यक्तिहरु हुन् । यीनीहरु मध्ये जसले चाहेपनि, आजको प्रविधिको व्यापक सदुपयोग र उत्तीकै मात्रामा दुरुपयोग भएको युगमा, यदि गलत नियतको मानिसले चाह्यो भने तुरुन्तै मानिसको हात हातमा पु¥याउन सक्षम हुनेछन् । जसलाई हामीले यहि वर्षको एसईईको परीक्षामा देखिईरहेका छौं ।

अन्तमा सबैमा एउटा अनुरोध छ । जे नहुनु थियो भैसक्यो । भन्न करै लाग्छ, आजसम्मको अनुभवले हेर्ने हो भने नेपालका सुरक्षा निकायहरु भिड नियन्त्रण गर्न त्यती सक्षम छैनन् । अनावश्यक ठाउँमा पनि गोली चलाई दिन्छन्, जुन अन्तिम उपाय हुन आउँछ, परिणामस्वरुप मानिसको ज्यानै गइदिन्छ । जसको उदाहरण कञ्चनपुरमा निर्मला पन्तको बलात्कार पछि हत्याको बिरुद्धमा भएको आन्दोलनमा कञ्चनपुरमा साधारण मजदुरी गरेर परिवार पाल्ने नाबालक सन्नी खुना, जो ठेकेदार सँग काम गरेको पैसा लिन जाँदै थिए, उनको गोली प्रहार गरेर हत्या गरियो र अर्का व्यक्तिलाई चिन्ताजनक अवस्थामा अस्पताल पु¥याईयो । त्यसैले सुरक्षानिकायले संयमता अपनाउनै पर्दछ । ’cause अहिलेका आन्दोलनकारीहरु भनेको नाबालक छोराछोरीहरु हुन् । उनीहरुको मानसिक अवस्थालाई त कमजोर पारिईसकियो अब शारिरीक अवस्थालाई चाहिँ कमजोर नबनाईयोस् ।

दोषीलाई छिटो भन्दा छिटो न्यायको कठघरामा ल्याएर हदै सम्मको सँजाय दिएको देखाउने काम, केन्द्रीय सरकार वा परदेश सरकारले गर्छकि ? अब आउने दिनमा यस प्रकारका गल्तीहरु नदोहोरिउन भन्ने वातावरण बनाउन सबै जनाले आफ्नो ठाउँबाट सहयोग गरौं ।