एउटा गाउँ नै अटाउने गुफा !

लो–मान्थाङ्ग डायरी
पुरातात्विक अवलोकन प्रवेश व्यवस्थापन समितिको टिकट बोकेर गुफा भ्रमण गराइदिने गाइड खोज्न एउटा चिया–चमेना गराउने होटलमा सोधियो । साहुनीले भनिन्, के खानु हुन्छ ? केही नखाई उनको सेवा कसरी लिनु भनेर चिया मागेपछि गफिन थालियो । गफ गर्दागर्दै गुफा कस्ले देखाउछ होला भनेर सोधेपछि उनले भनिन्, पहिले चिया खानुस् अनि यो साँचो छ, ताल्चा खोलेर गुफा आफैं हेरेर आउनुहोला ।
उपल्लो मुस्ताङ्ग पदयात्राका धेरै आयाम रहेछन् । सबैभन्दा पहिले त तपाईको रुचि के हो ? रुचि अनुसार घुमिफिर नगर्ने हो भने त्रिभुवन विश्वविद्यालयको समृद्ध पुस्तकालय भित्र निरुद्धेश्य पसेजस्तो हुने रहेछ । मलाई त्यस्तै अनुभूति भयो ।
जसरी त्रिविविको केन्द्रीय पुस्तकालयमा हरेक विषयका पुस्तक तथा पत्रपत्रिकाहरु त छन् तर तपाईमा म यो विषयको पुस्तक खोज्न वा पढ्न गएको हुँ भन्ने प्रष्ट छैन भने के खोज्ने ? कहाँ खोज्ने ? कसरी खोज्ने ? खोजेको कुरा पाइएन भने पुस्तकालयको क्याटलग हेरे कुन पुस्तक कहाँ छ सहजै थाहा पाउन सकिन्छ । यतिगर्दा पनि भेटिएन भने त्यहाँ रहेका लाइबेरियन तपाईलाई मद्धत गर्न तम्तयार रहन्छन् । तर आफू निरुद्धेश्य पुस्तकालय पुगिएको छ भने त्यहाँ जति बहुमूल्य ज्ञानको भण्डार भए पनि के मतलब ?
यात्रामा भेटिएका बिभुषणराज जोशी यसै भनेर उनको रुचिको विषय भेटेनन् भने जे देखाए पनि उनी हालिहाल्थे आफ्नो थेगो–छु मटलब ? उनका बालसखा र पदयात्राका साथी उमेश सुवाल भने व्यंग गर्दै भनिहाल्थे, यो धेरैवर्ष स्पेन बसेको त्यतैको ढाँचा निकाली हाल्छ !
लो–मान्थाङ्ग जाने धेरैलाई रुचिले खुत्रुक्कै पार्ने रहेछ ! उद्धेश्य छैन भने के हेर्ने ? के बुझ्ने ? कहाँ जाने ? के खाने ? कहाँ बस्ने ? के किन्ने ? तर तपाई ट्रेकिङ्ग भनेर हिंड्ने मात्र होइन, यो यो कुरा हेर्छु, यहाँ जान्छु, यसवारे जानकारी लिन्छु भनेर उद्धेश्यसहित अध्ययन गरेर हिड्नु भएको छ भने आफूले खोजेको कुरा बाहेक अरु नयाँ विषयवस्तु पनि फेलापार्न सक्नु हुन्छ । अनि पाउनु भएन बोनस !
काठमाण्डौंमा शेयरको भाउ घटेर के भयो र तपाईले लो–मान्थाङ्गमा नयाँ कुरा भेट्नु भयो भने बोनस पाइहाल्नु भयो नि ? हैन, निरुद्धेश्य भौंतारिएर मात्र हिंड्नु भएको छ भने एक आना पनि शंका छैन, तपाई सोह्रैआना नारायणहरि हुनुभयो !
लो–मान्थाङ्ग हिड्नु अघि त्रिभुवन विश्वविद्यालयको संस्कृति विभागका प्रमुख डा. मदन रिमालसंग धेरै पहिलेदेखि मुस्ताङ्गका गुफा’bout चियोचर्चा गरिरहिएकोले लो–मान्थाङ्ग पुगेपछि भने ज्यादै पुराना भनिने गुफा चैं हेर्नैपर्छ भन्ने थियो । त्यसैले गुफाको खोजी गरियो ।
नेपाल चीन सिमानाका कोरला पुग्दा तिब्बती क्षेत्रमा टिजी भनिने मौसमी बजार लागेको रहेछ । यसका लागि सिमा नाका खुल्ने रहेछ । नागरिकता देखाएर नेपालीले तिब्बती बजारमा किनमेल गर्न पाउने रहेछन् ।
एक डेड घण्टा बजार घुमेपछि छड, सिमेन्ट लिएर लोमान्थाङ्ग फर्किन लागेका ट्रकवालाले भने, हामी सबैभन्दा गज्जवको गुफा छेउमा ओरालिदिन्छौं । ट्रक ड्राइभरले दिएको जानकारी पछ्याउदै उनैसंग नेपालतर्फ फर्किइयो । ड्राइभरले छोसेरमा ओह्राली दिए । खोलो तरेर गुफातिर जान लाग्दा बाटैमा सय रुपैयाँको टिकट काटियो ।
पुरातात्विक अवलोकन प्रवेश व्यवस्थापन समितिको टिकट बोकेर गुफा भ्रमण गराइदिने गाइड खोज्न एउटा चिया–चमेना गराउने होटलमा पसेर सोधियो । साहुनीले भनिन्, के खानु हुन्छ ? केही नखाई उनको सेवा कसरी लिनु भनेर चिया मागेपछि गफिन थालियो । गफ गर्दागर्दै गुफा कस्ले देखाउछ होला सोधेपछि उनले भनिन्, पहिले चिया खानुस् अनि यो साँचो छ, ताल्चा खोलेर गुफा आफैं हेरेर आउनुहोला । साँचो पनि फिर्ता दिनु होला है ! त्यतीबेला खाजा खुवाउला नि ।
छक्कै परियो । सोधें–हामी चार जना छौं र एकजनाको सय रुपैयाँको दरले शुल्क बुझाएका छौं । यति तिर्दा पनि गुफा’bout बताउने मानिस वा गुफावारे जानकारी दिने कागज पाइदैन ? उनले झट्टै भनिन्, तपाई नै आइसकेपछि कागज र अरु मान्छे किन चाहियो ? आफैं गएर मज्जासंग हेरे भैहाल्यो नि ।
उनका कुराले निरास बनायो । तै पनि आइ त हालियो, टिकट काटी पनि त हालियो भनेर लागियो गुफातिर । गुफा टाढै रहेछ । आपसमै सल्लाह गरेर हिंड्दै जाँदा घाम, पानी, हावा र हिउले खाएको साइनबोर्ड देखियो र पक्कै पनि यो हुनुपर्छ भनेर रंगीन टिकटमा राखिएका लो गर्फु, लो निफु, सिजा जोङ्ग र चेम्बा कोन्छोलिङ्ग गुफा मध्ये सिजा जोङ्ग गुफा रहेको पहरो आँखै अगाडि देखिएकोले त्यतै लागियो ।
गुफाको प्रवेशद्वार पुग्नु तल आँगन यति ठूलो रहेछ कि कस्ले हो फुटवल ग्राउण्ड बनाएको मात्र होइन, दुईवटा फलामका गोलपोष्ट नै ठड्याइएका थिए । फूटवल ग्राउण्डलाई चाहिने मापदण्डको क्षेत्रमात्र होइन, त्यसवाहेक फाल्टु जमिनले हजार दर्शक नै बस्न मिल्ने ठाउ पनि रहेछ । फुटबल नखेलिने बेलाको लागि नाटक देखाउन वा मन्च बनाउन तयार डबली पनि रहेछ । शायद, यो गुफामा बस्ने बासिन्दाहरुको चाडवाड मनाउने, अन्नपात सुकाउने वा अन्य कामहरु गर्नको लागि तयार पारिएको आँगन होला !
होटल साहुनीले दिएको एउटा साँचो बोकेर जोङ्ग गुफातिर त लागियो । तर साँचो यसको होइन रहेछ भने यो साँचोले ताल्चा खुल्ने कुन गुफामा जाने होला भन्ने कुरा मनमा खेलाउदै उकाले चढियो । खुड्किला चढ्दै काठको बाहिरी भ¥याङ्ग देखिएको ठाउबाट गुफा भित्र छिरेपछि गुफा भुइतल्लाबाट माथिल्लो तल्लामा भ¥याङ्ग चढेपछि घोप्टे लगाएर ताल्चा मारिएको रहेछ ।
ताल्चामा साँचो छिराइयो, फ्ट्टै ताल्चा खुल्यो । हामी सबैको खुशीको सिमा रहेन । ताल्चा खुलेपछि घोप्टे पनि खोलियो र हातको ताल्चा साँचो खोपामा राखेर गुफा हेर्न के थालिएको थियो, बाटोको निरासा, अन्यौल र दिग्दारी कता हराए कता । एकपछि अर्का कोठा, मटान, करिडोर, खोपा, प्राकृतिक आकृतिहरु हेर्न थालियो । त्यसपछि अर्को तल्लामा जाने काठे भ¥याङ्ग चढियो । चढ्दै जाँदा पाँच तला चढिएछ । ओर्लिंदै गर्दा भ¥याङ्ग गने पनि जिल्लाराम परियो ।
सबै तलाहरु एक मानिस उभिंदा टाउको नठोक्किने उचाइका छन् । झ्याल के भन्नु बाहिरबाट हेर्दा परेवा छिर्ने प्वाल जस्ता लाग्ने दुलाहरु त ठूला झ्याल पो रहेछन् । तलबाट हेर्दा मात्र साना, भित्रबाट हेर्दा मानिस छिर्ने भन्दा पनि ठूला । कुनै कुनै झ्यालमा त शहरका बासिन्दाले झ्यालमा डण्डी राखेर चोर पस्न नदिने बनाए जस्तै आधा झ्याल ढुंगाको गाह्रो लगाएर छेकिएका पो रहेछन् ।
चकलीभूत नै पार्ने यो गुफा र त्यसभित्रका कोठाहरु, त्यहाँ चाहिने प्राकृतिक उज्यालो पुग्ने गरी गरिएको वन्दोवस्ती अचम्मकै लाग्यो । दिउसो भएकोले बाहिर लागेको चर्को घाम र फुइफुइ गरेर हतारिएर बगेको चिसो बतासको सट्टा जति गुफा भित्र पस्यो उति वातानुकूलित भवनमा पसेजस्ता,े शान्त वातावरणले त्यही बसिरहुँ र कोठा चोटा हरिरहु, तिनका भित्ता र सिलिंगमा बनेका अनेक आकृति हेरिरहुँ जस्तो लागिरह्यो । झ्यालबाट बाहिर हेर्दा त आम्मामामामामा । बालकुनीबाट सिनेमा हेरेजस्तो । सुन्दर पानोरामिक तस्वीर फ्रेममा राखेर हेरेजस्तो तर लाइभ !
आफ्नो बाल्यकालमा यही गुफामा बसेर हुर्किएकी बताउने ह्लाक्पा डोल्मा गुरुङ्ग, ५० ले लो–मान्थाङ्गमा भनिन्, पहिला हाम्रो गाउ नै यही गुफा हो । १ सय ८ मानिसको घर हो यो गुफा । हाम्रो बाहरुको जीवन त त्यही गुफामा बित्यो । झ्यालको छेउछाउमा चिल्लो देख्नु भयो नि हो त्यो, तोरीको तेल लागेर त्यस्तो भएको हो । पहिला नुहाउन पाइन्नथ्यो तेल दलेर चिचिचिल्लै भएर बसिन्थ्यो ।
अहिले पनि तपाईले खोपामा वा कोठा कोठामा छरिएको देखेको उवा, गहुँ, तोरी, फापर हाम्रो यहींको उत्पादन हो । यहाँ तोरी, फापर, उवा खुबै फल्छ । उनले भनिन्, भदौमा तोरी र फापर फुलेको देख्नु भयो भने गाउ नै झललल हुन्छ । त्यतिबेलै गाउमा टिजी मेला लाग्छ, खुबै रमाइलो पो हुन्छ । आउनुहोस् न त्यतीबेला । पूजा पाठ नाचगानको मज्जा नै बेग्लै ।
अहिले गुफामा जान भ¥याङ्ग बनाइएको छ, तर पहिला भने त्यस्तो भ¥याङ्ग थिएन, उनले भनिन् । डोरिमा झुण्डिएर मात्र गुफामा बस्न सकिन्थ्यो । डोरी झिकेपछि त्यस्तो भीरमा कोे चढ्न सक्थ्यो र ! बीसवर्ष जति भयो गुफालाई सजीलो बनाउन थालिएको, डोल्माले भनिन् ।
नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका प्रमुख डा मदन रिमाल स्वयम त्रिभुवन विश्वविद्यालयको प्रतिनिधित्व गर्दै जर्मनीका पुरातत्वविदहरुले गरेको गुफाको अध्ययनमा संलग्न विशेषज्ञ हुन् । एक भेटमा मुस्ताङ्गका गुफाहरु ’bout जानकारी दिदै उनले भने, म्याग्दीदेखि उपल्लो मुस्ताङ्गसम्म नै गुफाहरु रहेका छन् । उनले भने यी गुफाहरु इशापूर्व आठौं शताब्दिसम्मको रहेको पहिचान भैसकेको छ ।
उनले नेपाली इतिहासको आश्चर्य लाग्दो तथ्य पस्कदै अगाडि भने, तपाई पाँचतले गुफा देखेर छक्क पर्नु भएको लाग्यो तर त्यहाँ त नौ तल्लेसम्म गुफा पाइएका छन् । मानव निर्मित गुफाको संख्या त यहाँ दश हजार भन्दा कम छैन भन्ने अनुमान छ ।
इशापूर्व आठौं शताब्दि भनेको कुन बेला हो ? आफ्नो बुझ्नुभयो भन्ने थेगो प्रयोग गर्दै डा रिमालले थपे, बुद्ध भन्दा पनि २०० वर्ष अघिको कुरा हो यो । हामी इतिहास र पुरातत्वविदहरु यी गुफामा बस्नेहरु किरात हुन् भन्ने निश्कर्षमा पुगेका छौं । जनकलाल शर्माले त यी गुफाहरुको संबन्ध रामायण–महाभारतकालसंग भएको दावी गरेका छन् । मलाई पनि उनको दावी सही हो भन्ने लाग्छ ’cause किरातहरुको आफ्नै संस्कृति थियो । उनीहर शिकार गर्थे, धनुषवाँड चलाउने गर्दथे । आज पनि त्यसक्षेत्रमा तीर हान्ने खेल खेल्छन् । तीर रामायण–महाभारतकालको प्रमुख अस्त्र हो ।
भृकुटीले तिब्बतमा बुद्धधर्म पु¥याएपछि बोन धर्म मान्ने यहाँका बासिन्दाहरु बुद्धधर्मको महायान शाखा तर्फ लागे नकि हिनियान तर्फ । महायानका बज्रयानीहरु भुत, प्रेत, तन्त्र, मन्त्र र आत्मा मान्दछन्, जो यहाँ पहिलेदेखि मानिन्थ्यो । गुरु पद्यसंभवले तिब्बती क्षेत्रमा बोन र बुद्धधर्मलाई मिसाएर बज्रयान संप्रदायको विस्तार गरेका हुन् ।
तपाईलाई जुन महिलाले हाम्रो गाउ जोङ्ग गुफा तिर हो भनेर जसरी भनिछन् पुरातत्वविदहरुले यहाँको अध्ययन र दशी प्रमाणहरुका आधारमा इशापूर्वदेखि १८ औं शताब्दिसम्म यहाँका मानिसहरु गुफामा बस्दथे भन्ने पत्ता लागिसकेको छ । यी गुफाहरु ढुंगे युगदेखि प्रयोगमा आइरहेको प्रमाणीत नै भैसकेको छ । जर्मनीहरुले नेपालको पुरातत्व विभागसंग मिलेर त्रिभुवन विश्वविद्यालयको हाम्रो विभाग समेतको सहकार्यमा सात वर्षसम्म गरेको अध्ययनमा ढुंगे युगदेखिका मानिसका सामाग्री मात्र होइन, तामा जन्मेपछिका ढलोटसम्मका भाँडाकुँडाहरु फेला पारेका छौं ।
यहाँका वासिन्दाहरु तल मार्फा, टुकुचेसम्म उवा, फापरको खेती गर्दथे र सुरक्षाको लागि बसोवास भने माथिका गुफाहरुमा गर्दथे । परापूर्वकालदेखि तिब्बत र भारतको व्यापार गर्ने यो मार्गमा बाटो पनि थियो होला । संभवत पछि पहिरो गयो र बाटो पुरियो ।
डा रिमालले भने, यी गुफाको गहन अध्ययन गर्न खर्च र समय धेरै नै लाग्छ । त्यसवाहेक भौगोलिक रुपमा पनि यहाँ काम गर्न कठिन छ । कालीगण्डकी नदीबाट सय पचास मिटर माथि गुफा छन् । अध्ययन गर्न जाँदा चिप्लियो कि नारायणहरि होइन्छ । तर एउटा कुरा भने पक्का हो कि यी गुफा मानिसले बनाएका हुन् । ’cause गुफा बस्नको लागि न्यानो हुन्छ । परिवारहरु सहजतासाथ बस्न गुफाका कोठालाई मानिसले काँचो इट्टाका पर्खाल लगाएर बसेको गुफाहरुको भ्रमणबाट स्पष्टसंग देखिन्छ ।