काँग्रेसको अलमलिएका पाईला

सबैलाई थाहा छ, नेपाली काँग्रेसका नेताहरु दम्भी, आत्मकेन्द्रीत र स्वार्थी छन् । पार्टीलाई जमिन्दारी ठान्नेहरूको कुनै कमी छैन । त्यै जमिन्दारी स्वीकार नगर्दा कृष्ण प्रसाद भट्टराइले पटक पटक चुनाब हारेकै हो । गणेशमान जस्ता जब्बर त्यागी र जनप्रिय नेताले आफैले जन्माए र हुर्काएको काँग्रेस पार्टी छोडेर बेदखल हुनु परेको कथा पनि हामीले पढेकै हो । काँग्रेसका नेताहरूको यस्तो परपीडक चरित्रले कसैलाई पटक-पटक सत्ता सुख त दिलाएपनि साख भने कहिल्यै बढाउन सकेन ।

-सुभाषचन्द्र देवकोटा
किन चाउरिस मरिच, आफ्नै पीरोले भन्ने नेपाली उखान अहिले ठयाँक्कै नेपाली काँग्रेससंग मेल खाएको छ । विगत लामो सयमसम्म सत्ताको नेतृत्व गरेको राजनैतिक दल एउटै चुनावको हारले नै ओइलाएको छ । विगतको समीक्षा गर्दै आगामी बाटो तय गर्नु पर्ने नेताहरु उल्टै घर झगडामा अल्झिएका छन् । गल्ती जति सबै एउटाको टाउकोमा थोपरेर पानी माथिको ओभानो देखिने कसरतमा लागेका छन् ।
संसदीय व्यवस्थाको जेठोबाठो दल भनिए पनि नेपाली काँग्रेस वैकल्पिक विचार सहित प्रतिपक्षीय भूमिकामा उम्दा देखिन सकेको छैन । हैसियत नै बिर्सिएर साना तिना निहूँमा सरकारलाई अत्तो थाप्दै संसद र सडमा बरालिएको छ । काँग्रेसको यस्तो आत्मकेन्दीत र वच्कना व्यवहारले काँग्रेसको कद अबश्य बढ्दैन ।
चुनावमा हारजित हुनु सामान्य कुरा हो । तर काँग्रेसले चुनावको यो प्रकृतिलाई बुझ्न सकेको देखिएन । त्यसैले गत बर्ष सम्पन्न संघिय तथा प्रादेशिक सरकारको चुनावमा नराम्रोसंग पराजय भोगेको काँग्रेस एक बर्ष वितिसक्दा पनि अझै तंग्रिन सकेको छैन ।
संसद लगायत सबै तिर काँग्रेसको उपस्थिति कमजोर देखिएको छ । स्पष्ट विचार र दृष्ट्रिकोण दिन नसक्दा संसद भित्र कयौं सवालहरुमा काँग्रेस चुकेको छ । ड। केसीको अनसन प्रकरण होस् या वाइड बडी जहाज खरिद प्रकरण यसका ज्वलन्त उदाहरणहरु हुन् । हरेक मोर्चामा जावापफदेहिताहिन प्रस्तुतीले काँग्रेसी नेताहरुको हैसियत र ल्याकत छर्लगं पारिदिएको छ । तर दुर्भाग्य यस्तो अबस्था पनि काँग्रेसी नेताहरुको चेत खुलेको छैन ।केही नपाएर आफ् आफै बिच घाँटी कोराकोर गर्नमा नै व्यस्त छन् । एकले अर्काको मान मर्दन गर्न हिजो स्थापित मान्यता र मानकलाई समेत कुल्चदै दगुरेका छन् ।
काँग्रेसी नेताहरु वीपीको त कुरा गर्दछन् । तर राजनीतिमा उनको आदर्श र विचार पच्छाउँदैनन् । काँग्रेसीहरु गणेशमानको गाथा त गाउँछन् तर उनको त्याग र समर्पणलाई आत्मासात गर्ने हिम्मत गर्दैनन् । वीपीले देखेको एउटा हलो जोत्ने किसानको सपना माथि आगो झोसेर स्वार्थको रोटी सेक्न पल्केकाहरुको लागि वीपीको समाजवाद अब भाषणको एउटा राम्रो एजेण्डा मात्र भएको छ ।
शिक्षा, स्वास्थ्य लगायत जनसरोकारका कुराहरुको नीजिकरण, व्यपारिकरण काँग्रेसको सरकाले नै प्रारम्भ गरेको थियो । सरकारी उद्योग प्रतिष्ठानहरु व्यपारीहरुलाई सुम्पिदा न त उनिहरुले देशको स्वाधीन अर्थतन्त्रको ’boutमा सोचे नत यसलाई विपिको समाजवादको कसीमा राखेर घोटे । जनताका छोरा छारीहरुलाई विदेशी श्रम बजारमा बेचेर आएको रिमिटयान्सको पैसाले जुँगामा ताउ लगाउने बनियाँहरुबाट काँग्रेसको पुनरुत्थान हुन्छ भनेर कसरी पत्याउने ?
आजको काँग्रेस भन्नु अनगिन्ती मान्छेहरुको योगदानको सृंखला हो । काँग्रेसको गन्तव्य तीनै मान्छेहरुको सपनाको गाथा हुनुपर्ने हो । तर बिसौं बर्ष सम्म सत्तामा हालीमुहली चलाउँदा यो कुराको हेक्का कसैले राखेन । सबैलाई थाहा, छ वीपी कोइराला धर्मनिरपेक्षता पक्षधर थिए । यसलाई लोकतन्त्रको मानकको रुपमा व्यख्या गर्थे । समाजबादलाई किसान र मजदुरको संबृध्दि संग जोडेर हेर्दथे । त्यसैले उनी देशको बिकासलाई हलो जोत्ने किसानको आँखेले हेर्नु पर्दछ भनेर बारम्बार भन्थे । तर दुर्भाग्य , आज उनकै अनुयायीहरु पंथ पंथमा बाँडिएका छन् । विपिका आदर्श र विचारहरुलाई धुजा धुजा पारेर आगोमा झोस्न उद्यत देखिएका छन् ।
कोहीले धर्म निरपेक्षताको बर्खिलाप हिन्दू राज्यको कुरा गरेर कमल थापाको पदचाप पच्छाएका छन् । कोही ज्ञानेन्द्रको बोलीमा लोली मिलाउदै लोकतान्त्रीक सरकारलाई धम्क्याइरहेका छन् । भविष्यका कर्णधार विद्यार्थीहरुलाई आदर्श र निष्ठाका मार्ग निर्देशन दिनु पर्ने दायित्व बोकेका नेताहरु आफ्नो स्वार्थको रोटी सेक्न एक आपसमा ढुंगा मुडा गर्न उत्तेजित गरिरहेका छन् । आफूले पटक पटक सत्ता चलाउदा समाजवादको कुरा गर्न आबश्यक नठान्ने काग्रेसीहरु आफ्नै आँगको छारो कन्याएर आज आएर किसान र जनताको पक्षमा गोहीको आँशु चुहाईरहेका छन् ।
काँग्रेसले आफूलाई सबै भन्दा उम्दा राष्ट्रवादी भने पनि ऐन मौकामा देशको स्वाधीनताको सवालमा सधैं ढुलमुले भएर उभिने गरेको छ । सारा बिश्वले स्वीकारी सक्दा पनि भारतले नेपालमाथि लगाएको नाकावन्दीलाई नाकाबन्दी हो भन्ने हिम्मत नेपाली काँग्रेस भित्र कसैमा देखिएन । राष्ट्रियताको सवालमा देखाएको यस्तो लैवरी तालले काँग्रेसको साखमाथि उठ्ने कुरै थिएन । समय वदलिए संगै जनताको राष्ट्रियता प्रतिको स्वभाव पनि बदलिएको छ । तर काँग्रेस बदलिन सकेको छैन । उहि पुरातन सोच र अमरेश कुमारहरुले देखाएको बाटो हिडेर देशको स्वाधीनताको रक्षा गर्न सकिदैन र जनताको मन जित्न सकिदैन भन्ने कुरा काँग्रेसले अझै बुझेको छैन ।
सबैलाई थाहा छ, नेपाली काँग्रेसका नेताहरु दम्भी, आत्मकेन्द्रीत र स्वार्थी छन् । पार्टीलाई जमिन्दारी ठान्नेहरूको कुनै कमी छैन । त्यै जमिन्दारी स्वीकार नगर्दा कृष्ण प्रसाद भट्टराइले पटक पटक चुनाब हारे कै हो । गणेशमान जस्ता जब्बर त्यागी र जनप्रिय नेताले आफैले जन्माए र हुर्काएको काँग्रेस पार्टी छोडेर बेदखल हुनु परेको कथा पनि हामीले पढेकै हो । काँग्रेसका नेताहरूको यस्तो परपीडक चरित्रले कसैलार्इ पटक पटक सत्ता सुख त दिलाए पनि साख भने कहिल्यै बढाउन सकेन ।
देशमा संघीय गणतन्त्रको स्थापना र संविधान मार्फत यसलाई संस्थागत गर्ने अभ्यासमा नेपाली काँग्रेसको योगदान पक्कै पनि कम छैन । तर चुनाव पश्चात संविधान कार्यान्वयनमा काँग्रेसले देखाएको उदाशिनता भने बुझि नसक्नुको छ । विभिन्न तहका सरकारहरु ऐन कानुन बनाउने चटारोमा देखिदा प्रतिपक्षी दल काँग्रेस भने आफ्नै घर झगडामा अलमलिएको छ । संसदमा पेस गरिएका विधेयकहरुमाथि आफ्ना अडानहरु स्पष्ट पार्न सकेको छैन ।
समग्रमा भन्नुपर्दा, आफ्नै साथीहरुलाई तल झारेरमाथि उक्लन खोज्ने नेताहरुको भिडले काँग्रेस आक्रान्त भएको छ । दशतीर फर्केका काँग्रेसका बुढा नेताहरु र तीनै नेताहरुको फेरोमा आफ्नो भविष्य समेटेका युवा नेताहरुबाट काँग्रेसको ढुंगा पार लाग्ला त रु यो आज चर्चाको बिषय भएको छ । वास्थवमा वीपीको आदर्शबाट परपुगेको काँग्रेस नवउदारवादी, नवसामन्तहरुको चंगुलमा फसेको छ । विचार विहिनहरुको स्वार्थी भिड बन्दै गएको छ । अमरेश कुमारहरुको चुरीफुरी बढ्दै जादा लोकतान्त्रीक आन्दोलनको अगुवा काँग्रेस यसबेला सबै तीरबाट खिइदै गएको छ । आफ्नै कारण मरिच जस्तै चाउरिएको छ ।
