कुलमान जिम्मेवार बनाउ !

 

विडम्बना, उनले नेतृत्व गरेको संस्थाको तर्फबाट हिजोआज विभिन्न ठाउँमा लापरवाहीका घटनाहरु भइरहेका छन् । जनधनको क्षतीमा बृद्धि भइरहेको छ । सबैभन्दा ताजा घटनामा, अस्ति भर्खर शुक्रबारको दिन, मुलुकको संसदमा घम्साघम्सी बिच सरकारले चिकित्सा शिक्षा विधेयक पास गरेर विजयोत्सव मनाइरहँदा त्यही साँझ धनुषामा दिनभरी विवाहको रमाईलो गरेर जन्तिलिएर आउँदै गरेको बसमा एक्कासी एघार हजार भोल्टेजको विद्युतिय झड्का, “करेन्ट” लागेर छ जनाले ज्यान गुमाए

 

 

हाल टेलिभिजन एनालग हटाएर डिजिटल सिग्नल मात्र आउने बनाइएको छ । सबै डिस वा केवलवालाहरुले सेटटपवक्स वक्स मार्फत मात्र च्यानल सप्लाई गर्ने गर्दछन् । पहिले सिधै तारबाट वा एनालग मार्फत हेर्दा एउटा रिमोट कन्ट्रोलले सजलै खोल्न सकिन्थ्यो, थिच्ने बित्तिकै टिभी अन हुन्थ्यो, आफूलाई मन पर्ने च्यानलहरु सिरिज बनाएर सँगसँगै लाइन लगाएर राख्न मिल्दथ्यो ।

 

अहिले दुई दुई वटा रिमोट हातमा लिएर एउटाले टिभि र अर्कोले सेटटपवक्स अन गर्ने झन्झट हुन्छ । टिभी अन हुँदा जहिले पनि उसको सुरुको सोकेश भन्ने च्यानल बाटनै खुल्छ । जहाँ कोक खाउँ भन्ने विज्ञापन नहेरी अरु च्यानल खोल्नै पाईंदैन, मैले आफूसँग भएको डिसहोमलाई उदाहरणको रुपमा लिएको हुँ, अरुमा यस्तो नहुन पनि सक्ला । हतार हतारमा आफूले चाहेको च्यानल हेर्नु पर्यो भने त जे हेर्न खोलिन्छ त्यो गइसकेको हुन्छ । समय लगाएर आफूलाई मन परेको फिल्म वा सिरियल वा गीत वा प्रवचन वा समाचार वा जिवजन्तु वा कार्टुन वा अन्य च्यानल छानेर हेर्नुपर्ने हुन्छ ।

 

यत्रो मेहनत गरेर खोलेको टेलिभिजनमा हिजोआज बिजुली बत्तीले लुकामारी खेलेर हैरान पारिरहेको छ । बारम्बार एक्कासी पिलिक्क बिजुली जाने र तुरुन्तै आइ हाल्ने विशेष रोगले नेपाल विद्युत प्राधिकरण ग्रसित छ । ध्यानमग्न भएर हेरिरहँदा एक्कासी टेलिभिजनपनि झ्याप्प निभ्छ र आफैं खुलिपनि हाल्छ फेरि कोकखाउँ बाट शुरु हुन्छ, रिमोट खोज्दै आफूले हेरिरहेको च्यानल खोज्नु पर्छ । त्यतीबेला सम्म अघिदेखी हेरिरहेको दृश्य वा विषयनै परिवर्तन भइसकेको हुन्छ । फेरि त्यसमै ध्यानमग्न भएर हेर्न थाल्यो एकछिन पछि बत्ती त्यसैगरी झ्याप्प जान्छ, खोल्ने प्रकृया त्यही हो ……. ।

 

टेलिभिजनको त एउटा उदाहरण मात्र हो । पानी तान्ने मेशिनले यहि समस्या भोगिरहेको छ, माइक्रोवेभ, मोबाइल चार्जर, इन्डक्सन चुलो, वाटर गिजर, हिटर, आइरन आदी जस्ता बिद्युतिय सामग्रीमा यो समस्या आइरहेको छ । अहिले सम्मत यसले टेलिभिजनलाई हानी गरेको छैन तर बारम्बारको यो प्रकृयाले विद्युतिय सामग्रीहरु जल्ने, बिग्रने, सर्टहुने, आगलागी हुने पक्का छ । सायद कैयौं घरहरुमा भइरहेको पनि होला । ठूलै घटना नभइकन बाहिर नआइरहेको पनि हुन सक्छ । मानिस तथा घरपालुवा जनावरको मृत्यु समेत हुने प्रवल सम्भावना त छँदै छ ।

 

देशले राजा हटाउन सक्यो तर लोडसेडिङ हटाउन सकिरहेको थिएन । जान्नेसुन्नेहरु यतिवर्ष सम्मत मरिगए पनि लोडसेडिङ हट्दै हट्दैन भन्थे, लेख लेख्थे, एफ.एम, टेलिभिजनमा चर्काचर्की गर्थे । उनीहरुको कुरा सुन्दा अझ आउने धेरै वर्ष सम्म पनि हामी अँध्यारोमै बस्न तयार भइसकेका थियौं । त्यसैले कार्यालय वा पसलको त कुरै छाडौं घरघरमा समेत इन्भर्टर र ब्याट्रिको खपत ह्वात्तै बढिरहेको थियो, सोलारको व्यापार फस्टाएको थियो । तर, कता बाट यो कुलमान भन्ने व्यक्ति आइपुगे र चमत्कारै गरिदिए । जसलाई सम्झँदा मात्र पनि मनैदेखि श्रद्धा लाग्छ । मानिसहरुले इज्जत दिन कञ्जुस्याँई गरेनन् । उनलाई सम्मानपत्र दिने, अभिनन्दन गर्ने देखि उनको नाममा बस बिसौनी र बाटोघाटोको नाम समेत राखेकाछन् ।

 

मलाई मन परेको त उनको काम गर्ने शैलीले गर्दा हो । जहाँ उनका समकक्षी वा अगाडी सोही सिटमा बसेर जानेहरुले यदि कुलमानले लोडसेडिङ पूर्ण रुपले हटाउन सके कान काट्छु भने कसैले जिन्दगीभर सार्वजनिक पद धारण गर्दिन सम्म भन्न भ्याए । तर, उनले कहिले पनि ती अभिव्यक्ति दिने व्यक्तिहरुको ’boutमा आज सम्म कहीं कतै केही बोलेका छैनन् । उनलाई हटाउने मन्त्री देखि फेरि पुनर्वहाली गर्ने अर्को मन्त्रीको ’boutमा समेत केहि टिका टिप्पणी गरेका छैनन् । आफ्नो विषयवस्तुको ’boutमा बोल्छन्, खुरुखुरु काम गर्छन्, घर जान्छन् । हुनत उनले विशेष केहि पनि गरेका छैनन् । आफूलाई जिम्मा दिएको काम पूर्ण रुपले गरेका मात्र हुन्, इमानदारीताका साथ जागिर खाएका हुन् । सबैले यस्तै गर्नुपर्दथ्यो, अरुले उनीजस्तो नगरेर मात्र उनको चर्चा चुलिएको हो ।

 

विडम्बना, उनले नेतृत्व गरेको संस्थाको तर्फबाट हिजोआज विभिन्न ठाउँमा लापरवाहीका घटनाहरु भइरहेका छन् । जनधनको क्षतीमा बृद्धि भइरहेको छ । सबैभन्दा ताजा घटनामा, अस्ति भर्खर शुक्रबारको दिन, मुलुकको संसदमा घम्साघम्सी बिच सरकारले चिकित्सा शिक्षा विधेयक पास गरेर विजयोत्सव मनाइरहँदा त्यही साँझ धनुषामा दिनभरी विवाहको रमाईलो गरेर जन्तिलिएर आउँदै गरेको बसमा एक्कासी एघार हजार भोल्टेजको विद्युतिय झड्का, “करेन्ट” लागेर छ जनाले ज्यान गुमाए । छ जना मरेको घटनामा सिकिस्त घाइते र अन्य घाइतेहरु नहुनेत कुरै भएन । अब ती व्यक्तिहरु स्वस्थहुन कती समय लाग्ने होला ? केही समय अगाडी पनि त्यतातीर दुईजना युवाहरुको मोटरसाइकलमा करेन्ट लागेरै मृत्यु भयो । काठमाण्डौमा पनि यस्तै घटना भएको थियो, दाङमा त स्वयं विद्युत प्राधिकरणका कर्मचारीकै मृत्यु भयो । एउटा रिपोर्ट अनुसार यो छ महिना भित्र दुुई नम्बर प्रदेशमा मात्र करेन्ट लागेर ४५ जनाले ज्यान गुमाएको तथ्यांक बाहिर आएको छ ।

 

अहिले काठमाडौं उपत्यका लगायत देशैभरीका शहर बजारमा बिजुलीका तारहरु छरिएर यत्रतत्र छरपस्ट देख्न सकिन्छ । पोल पोलमा गुजुल्टिएका विद्युत बाहेकका अन्य तारहरुले गर्दा यी शहर बजारलाई कुरुप पारिरहेका छन् । त्यसमा अल्झेरनै विभिन्न दुर्घटनाहरु भइरहेका छन् । केही हप्ता अगाडी मात्र काठमाण्डौको शान्तीनगरमा यस्तै तारमा अल्झिएर एकजना मोटरसाईकल चालक सख्त घाइते भएका थिए । उनलाई तत्काल अस्पताल पठाइयो त्यसपछि मृत्युनै भयो वा ठीक भएर घर फर्के त्यसको चाहिँ जानकारी भएन । झन पानी परिरहेको बेला अझ वर्षा महिनामा त यस्ता पोलहरुबाट तारहरु झिलिक्क झिलिक्क गरेर रबरको गन्ध आएको त हामी सबैले देखेभोगेकै छौं ।

 

यद्यपी, ती सबै घटनामा पक्कैपनि विद्युत प्राधिकरण मात्रै जिम्मेवार नहोला, बिजुली चोरी गर्दागर्दै करेन्ट लाग्ने वा घरघरमा आफैंले विजुली सर्ट गराएर करेन्ट लाग्ने जस्ता घटनामा स्वयं व्यक्तिनै जिम्मेवार हुनेछन् । तर, यदि यस्ता मृत्युका घटना बिद्युत मार्फत भइरहेका छन् भने त्यसको ’boutमा जनचेतना फैलाउने काम पनि उसकै हो । आफूले नसक्ने हो भने, सम्बन्धीत मन्त्रालय, जलश्रोत मन्त्रालयलाई यस विषयमा अवगत गराएर कसरी क्षती न्युनीकरण गर्न सकिन्छ भनेर जनस्तरमा जनचेतना फैलाउनु पर्दछ ।

 

शिक्षित व्यक्तिहरुलाई त सम्झाउन हम्मे हम्मे पर्ने देशमा अशिक्षित र पछौटेपन भएका नागरिकहरुलाई सम्झाउन त्यति सजिलो अवश्यपनि छैन । खाना खानु अघि र पछि हात धुनु पर्छ भन्दा भन्दै त त्यसलाई लत्याउने चेतना स्तर भएका नागरिकहरु भएको देशमा तारमा करेन्ट हुन्छ जसले मानिसलाई मृत्युको मुखमा पुर्याउँछ भनेर कतीलाई थाहा होला ? त्यसैले यसमा सम्बन्धीत निकायले अलि राम्रै सँग ध्यान देओस् अकाल मृत्यु र अंगभंग हुनबाट आफ्ना नागरिक र पशुपन्छीलाई सक्दो जोगाओस् । दुःखसुख गरेर जोडेका वा उपहारबाट प्राप्त गरेका बिजुलीका सामानहरुको आयु पनि जोगाइदेओस् ।