कोइली जस्ता योगेश कसरि भए कौवा ?

चाहिने बेलामा केहि नबोल्ने,३३ किलो सुन काण्ड ,जसमा साना तिना भुरा पक्रेर ठुलो माछालाई पानीमै छोडिएको छ । बलात्कारपछि हत्या भएकी १३ बर्षीय बालिकाको न्यायको लागि सारा संसार लागि पर्यो त्यो बेला योगेश मौन । कर छली काण्ड त छदै छ ।यो सबै बेलामा चुप बसेका योगेश बेला न कुबेला उतुर उतुर गर्दैछन ।

 

 

कान्छोले धेरै दुख पाइसक्यो यो पाली चुनाव जिते हुन्थ्यो । सबैलाई बुढो मुख लाएर कान्छोलाई जिताउनु पर्छ है भनेको छु । अब यहाँ भन्दा म बुढीले के गर्न सक्छु र ? योगेश भट्टराईको ९३ बर्षीय आमाले चुनाव ताका भनेका कुरा हुन् यी । तिनै आमामा छोरा कान्छा अर्थात् योगेश भट्टराई अन्तत चुनाव लडे जितेपनि । बाम गठबन्धनबाट साझा उम्मेदवार बनेका उनी ताप्लेजुङबाट चुनावमा उठेका थिए ।

 

योगेश भट्टराईकी आमा महेन्द्रादेवी छोराको राजनीतिक भबिष्य देखेर छर छिमेकसंग उज्यालो अनुहार बनाउदै खुशी साटथिन । योगेशका दाजुहरुले आमा कान्छोले त राम्रै प्रगति गरेको छ भन्दा उनका चाउरी परेका अनुहार एका एक भरिला हुन्थे ।सधै देश ,जनता भनेर हिड्ने छोराको खुशीमा आमा दाजुहरु उनका छर छिमेक,उनको क्षेत्र,जिल्ला,खुशी नहुने कुरै भएन । योगेशको जीतमा समग्र देशनै खुशी थियो ।

 

केपी शर्मा ओलीले योगेशको क्षेत्रको जनतालाई भनेका थिए ,योगेशलाई जिताउने जिम्मा तपाइँहरुको मन्त्रीको बिल्ला भिराउने जिम्मा मेरो । योगेश ,गगन ,बिश्वप्रकाश ,रबिन्द्र ,घनश्याम लगायतका युवा नेता जुनसुकै पार्टीका भएपनि परिवर्तन चाहाने नेपालीले उनीहरुको जितको कामना गरेका थिए । योगेशलाई जनताको कामना र आमाको आशिर्वाद लाग्यो । उनले संसद भवनभित्र छिर्ने पास पाए ।

 

समय राम्रै चल्दै थियो । उनको बोली र व्यवहार दुवै सुमधुर थिए । बिपक्षीसंग विशेषगरी युवा नेतासंगको उनको सामिप्यताले राजनीतिक इतिहासमा युवाको प्रतिनिधित्व गर्न एउटा कोशे ढुङ्गो साबित भएको थियो । एकताका पार्टीभन्दा देश ठुलो भन्दै कांगेस ,एमाले माओबादी लगायतका युवा नेताहरु मिलेर एउटा युवा मोर्चा नै बनाउने खबर पनि आएको थियो केहि हद सम्म प्रक्रियामा पनि पुगेको थियो । राजनीति न हो त्यो टिक्न सकेन । यो त सामान्य हो राजनीतिमा स्वार्थ र सिद्धान्त एक भएन भने मनमा मात्र राष्ट्रप्रेम भएर हुने वाला केहि छैन ।

 

युवा मोर्चा टिक्न सकेन त्यो आफ्नो ठाउमा छ तर हाम्रो योगेश भट्टराई र जनताको विश्वासमा समेत अडिग रहन सकेनन । उनलाई संसद्को हावाले यसरि हल्लायो कि आफु कहाँ छु ,मेरो उद्देश्य के हो भन्ने कुरानै भुले । छोराको देश र जनता प्रतिको मोहले खुशी भएकी आमाको अनुहारमा कति बेला धमिलो बनाइदिए त्यो पनि थाहा भएन ।

 

धेरै मेहेनत गरि कमाएको इज्जत र सम्मान एकै पटक अर्थात् एकै झड्कामा सकिन पनि सक्छ । योगेशले पुरै जीवन लगाए संसद भवन भित्रको बाटो तय गर्न तर डा गोविन्द केसीको बिरुद्धमा बोलेर र ३३ किलो सुन काण्ड ,निर्मला बलात्कार र हत्या काण्ड ,एनसीएल काण्डमा नबोलेर आफै अप्ठेरो बनाउदै लागेका छन् ।

 

मिठो बोल्ने,नम्र बोल्ने ,देश र जनताको पक्षमा बोल्ने भट्टराई किन एकाएक परिवर्तन भए । कोइली जस्तो मिठो बोल्ने योगेश कतिबेला कौवा भए पत्तै भएन । केपी ओलीले उनलाई मन्त्री बनाउने बाचा गरेका थिए । प्रचण्ड र केपीको स्वार्थ मिल्यो पार्टी एकीकरण भयो,भागबन्डा पुगेन । उनको मन्त्री बन्ने सपना अधुरो रह्यो । उनले फरक बाटो अपनाए अर्थात् ,पुरै बाटो मोडे । कोइलीको जस्तो आवाज निकाल्ने योगेश एकै चोटी कौवा भए ,जनता आश्चर्यमा छन् ।

 

उनी नराम्रोसंग चुके डा केसीको मामिलामा । केसीको माग जायज छ यो कुरा योगेशलाई राम्रोसंग थाहा छ । उनको भित्रि आत्माले गोविन्द केसी सहि छन् भन्छ तर जब बोल्न थाल्छन उनी पुग्छन ओलीको मोहनीमा । ओलीको भाषा बोल्न थाल्छन । उस्तै रुखो ,उस्तै ठाडो । उनले त ओली सरकारको टिप्पणी गर्ने जो कोहीलाई ओठे जवाफ फर्काउन थाले ।

 

डा केसीको अनशनको ’boutमा कम्युनिष्ट पार्टी भित्र पनि अलि अलि ओली बोले अरु कोहि बोलेनन् । तर योगेश चुप बसेनन् । घरि डा केसी कम्युनिष्ट बिरोधि भन्छन ,घरि संसदीय इतिहास पढ्न आग्रह गर्छन ।राजतन्त्र फ्याँक्ने बेलामा राजा ज्ञानेन्द्रलाई पनि संसद्को निर्णय मान्य भयो भने अहिले डा गोविन्द केसीलाई चाहिँ त्यही संसद्ले गरेको निर्णय किन मान्य हुँदैन ? भन्दै प्रश्न उठाउन थाले ।

 

३ करोड नेपाली जनताको हितमा चिकित्सा बिधेयक बनाउनुपर्ने माग राख्दै अनशन बसेका डा केसीको खेदो खन्न थालेपछि योगेशलाई मन्त्री पद नपाउनुको ठुलै पिडा परेको रहेछ भनेर बुझ्न कठिन छैन । तपाईहरू डा गोविन्द केसीलाई तटस्थ व्यक्ति भन्दै हुनुहुन्छ होला तर कदापि त्यो भ्रममा नपर्नु होला, चुनावका बेला चारतारे झण्डा बोकेर हिँड्ने व्यक्ति तटस्थ व्यक्ति हुँदैन भन्दै डा केसीको नैतिकता र निष्ठामाथी प्रहर गरे ।

 

यी सबै कुरा नियालिरहेका जनताले उनलाई के पुरस्कार दिने हुन् त्यो त समयले नै बताउछ । चाहिने बेलामा केहि नबोल्ने,३३ किलो सुन काण्ड ,जसमा साना तिना भुरा पक्रेर ठुलो माछालाई पानीमै छोडिएको छ ।,बलात्कारपछि हत्या भएकी १३ बर्षीय बालिकाको न्यायको लागि सारा संसार लागि पर्यो त्यो बेला योगेश मौन । कर छली काण्ड त छदै छ ।यो सबै बेलामा चुप बसेका योगेश बेला न कुबेला उतुर उतुर गर्दैछन ।

 

योगेश भट्टराई न सरकारको प्रबक्ता ,न कुनै मन्त्री ,तर उनको बोली र व्यवहार हेर्दा लाग्छ उनी स्व -घोषित प्रमनै हुन् । कसैलाई केहि बोल्न नपर्नी उनलाई किन बकबक गर्नु परेको । यो बकबकको मूल्य उनले आगामी चुनावमा राम्रैसंग चुकाउनुपर्ने हुन्छ । जनता हुन्,सबै हिसाब लेखेर राख्ने क्षमताका हुन्छन ।

 

आफ्नो पार्टीले गरेको निर्णयलाई हो मा हो मिलाउनुपर्ने अवस्था हुन्छ कुनैबेला त्यो छुट्टै हो तर टुंगो न टांगोसंग सरकारको बचाउमा लाग्नुपर्ने केहि कारण नै छैन । दुई तिहाइको सरकार हो झिना मसिना अवरोधले त तलमाथी हुने कुरा थिएन । उनले बचाउ नगरेपनि सरकार ढल्ने अवस्थामा पनि थिएन । राम्रो कुराको र समर्थन गर्न पर्नी हो यतिको मान्छेले । यहि आशामा रहेका उनलाई भोट हाल्ने जनता योगेशलाई बोल्ने बेला के खुवाइन्छ होला भनेर अचम्ममा पर्दा हुन् ।

 

कुनै दिन योगेश भट्टराई केपी ओलीको कटु आलोचक थिए ,यो सबैलाई थाहा छ । मन्त्रीपद पाउने आस्वाशन पाएपछि ओली प्रति सकारात्मक भएका उनी अहिले दोस्रो ओली भएका छन् । ओली बोल्न छोडे ,योगेश बोल्न थाले ।ओली सरकारलाई घाडो भएको डा केसीको अनशनको बिरुद्धमा उनी इमान्दारीका साथ लागेका छन् ।

 

डा केसीको समर्थनमा लागेका कांग्रेस बिबेकशील साझा लगायतका पार्टी प्रति पनि उनी आक्रामक भएका छन् । केसीको नाममा राजनीति गरेर ओली सरकार ढलाउने चलखेल गरेको उनको आरोप छ ।

 

माघ ११ गते शुक्रवारका दिन संसदले राष्ट्रिय चिकित्सा शिक्षा बिधेयक २०७५ पास गर्यो । प्रतिपक्षीदल लगायत अन्य सर्बसाधारणको पनि बिरोध थियो । यसैको बिरोधमा अनशन बसेका केसीको हालत नाजुक छ ।मन्त्रीलाई रोष्टममा जान नदिए बसेकै ठाउँबाट विधेयक प्रस्तुत गरेर पारित गरिने बताएका योगेशले भनेझै पारित भयो । विधेयकमाथि छलफल गर्ने समेत कोहि भएन । बिधेयक पारित भए लगत्तै फेरी उनले केसीलाई नै लक्षित गर्दै अब खुशी हुनुस तपाइले भनेझै भयो ,अब कहिले अनसन बस्नु पर्दैन भन्ने वाक्य फुटाए । उनलाई थाहा छ यो केसीको मात्र माग हैन ।

 

जब आशा गरिएकाबाट निराशा हुन्छ तव बिश्वास गर्ने वातावरण बन्दैन । योगेशले बढी बोलेर आफ्ना जनताको बिश्वास कुल्चिए ।अर्का त्यस्तै बिश्वास गरेका नेता रविन्द्र अधिकारी जहाज काण्डमा फसे । बार बार झुट बोल्छन हैन भन्छन हुदै हैन भन्छन आखिर झुट पक्रिहाल्छ ।आशा लागेका अर्का नेता गगन थापालाई सरकारको बिरोधमा लाग्न प्रेरित गरिदैछ ।