ओली जी हेर्नुहोस्, कहाँ चुक्यो एमाले !
* शिला खोज्नुपर्ने अवस्थामा पुगेको माओवादीलाई स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उचालेको प्रतिफल अहिले देउवा आफैं र कांग्रेसले भोगिरहेकै छन् । यसरी हेर्दा अब भोग्ने पालो एमालेको छ ’cause तालमेलका नाममा त्यसै पनि यसले ४० प्रतिशत माओवादीका पोल्टामा हालिदिएको छ ।
आज देशमा प्रमुख प्रतिद्वन्द्विता दुई पक्षबीच छ । एकातिर कम्युनिस्ट गठबन्धन तथा अर्कातिर नेपाली कांग्रेस छ । माहोल हेर्दा र चर्चाका हिसाबले कम्युनिस्ट गठबन्धन बलियो देखिन्छ । तर, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को ढुलमुलेपन र यसका नेता प्रचण्डको अस्थिर स्वभावका कारण यस गठबन्धन’bout अशंका पनि त्यतिकै छन्, यसको नोक्सान भने एमालेले बेहार्नुपर्ने छ । फेरि एमालेभित्र माओवादीलाई साथमा लिएकोमा असन्तुष्टि पनि त्यतिकै छ ’cause स्थानीय तहको परिणाम हेर्दा एमालेले आफ्नै बूतामा निर्वाचनमा प्रतिस्पर्धा गरेको हुन्थ्यो भने एक्लै बहुमत, नभए पनि उही नै सबैभन्दा ठूलो दल बन्ने सम्भावना थियो ।
’cause केपी शर्मा ओलीको नेतृत्वमा एमालेले आफ्नो प्रभाव क्षेत्रको व्यापक विस्तार गरेको तर माओवादीसित मिलेपछि त्यो प्रभावमा संकुचन आएको त्यतिकै सत्य हो । पछिल्ला वर्षहरुमा एमालेका दुई लोभलाग्दा र विशिष्ट परिचय स्थापित भएका थिए, देशभित्र र बाहिर पनि । एक, यो पार्टी देशको एक प्रमुख राजनीतिक घटक मात्र होइन कि लोकतान्त्रिक शक्तिका रुपमा समेत चिनिदै थियो । दुई, यसले नेपालको राष्ट्रियताका पक्षमा सशक्त वाणी मुखरित गरेको थियो । फलस्वरुप, कांग्रेसबाट मोहभंग भएका लोकतन्त्रपक्षरहरु एमालेतर्फ आकर्षित हुँदै थिए र त्यसैगरी, कांग्रेस नभएका लोकतन्त्रप्रेमीहरु पनि उसैतिर आकर्षित हुँदै थिए ।
विशेष गरी मधेस आन्दोलन र त्यसको समर्थनमा भारतीय नाकाबन्दीका कारण नेपालीहरुले असह्य कष्ट भोगेका र त्यो भोगाइमा एमालेले लिएको अडानले धेरैको मन जितेको थियो । देशभक्तहरु एमालेले नेपालको राष्ट्रिय स्वत्व र पहिचानलाई प्रतिनिधित्व गर्छ भन्न थालिसकेका थिए । तिनैको अभिमतका कारण एउटा ठूलो हिस्साले स्थानीय तहको निर्वाचनमा एमालेलाई रोजेको थियो । तर माओवादीसँग चुनावी तालमेलको अंकगणित गरिरहँदा उसले आफ्नो यस विस्तारित राजनीतिक समष्टिलाई चटक्कै बिर्सेको पाइयो ।
नेपालका लोकतान्त्रिक आन्दोलनमा विशेष गरी २०४६ र २०६२ सालमा एमाले कांग्रेसँगसँगै अग्रणी भूमिकामा रहेको हो । यसका पनि नेताहरु, त्यसमा पनि विशेष गरी ओलीले लोकतन्त्र प्राप्तिका लागि लामो जेल नेल सहनुभएको हो । त्यसैले उहाँको लोकतन्त्रप्रेम र निष्ठामाथि आवेगवश आक्षेप लगाउँदा उहाँमाथि अन्याय हुन जान्छ भन्ने विषयमा म सदैवझैं यी हरफ लेखिरहँदा समेत सचेत छु ।
आफ्नो प्रधानमन्त्रित्वकालमा ओलीले चीनसँग गरेको यातायात पारवहन सम्झौता वास्तवमै युगान्तकारी फड्को थियो । यसका कारण नाकाबन्दीले हतमनोबल नेपालीहरुमा एउटा नवीन आशाको उदय भएकै हो । चीनको सहयोगमा रेल मार्गको सम्भाव्यता अध्ययन एवं विकास र समृद्धिमा चीनसँग सहकार्यका योजना सम्बन्धि नयाँ प्रस्तावहरु, चीनको महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोडमा नेपालको सहभागिताका लागि उहाँकै पालामा विशेष पहल भएका हुन् ।
यी यावत् विषय एमालेका राजनीतिक पूँजी त बनेका थिए नै धेरैलाई नेपालले नै अब समृद्धितर्फ कोल्टे फेर्छ भन्ने लागेको थियो । तर जसले गराएको अथवा गरेको भए पनि एमालेको माओवादीसँग चुनावी तालमेल हुँदै एकतासम्म पुग्ने पछिल्लो कदमले, माथि उल्लेख गरिएका एमालेका राजनीतिक पूँजीमा आगो लागेको छ । त्यही आगोबाट निस्केको धुँवामा एमालेभित्र लुकेको कम्युनिस्ट अनुहार देखिएको छ । यसले हुनसक्छ, कम्युनिस्ट भोट त बटुल्ला तर लोकतन्त्रप्रेमीको मतबाट भने उसलाई वञ्चित गराएको छ । साथसाथै, देशभक्तहरु जो एमालेप्रति बडो आशाको दृष्टिले हेरिरहेका थिए, उनीहरुलाई भित्रैदेखि निराश तुल्याएको छ ।
शिला खोज्नुपर्ने अवस्थामा पुगेको माओवादीलाई स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उचालेको प्रतिफल अहिले देउवा आफैं र कांग्रेसले भोगिरहेकै छन् । यसरी हेर्दा भोग्ने पालो एमालेको छ ’cause तालमेलका नाममा त्यसै पनि यसले ४० प्रतिशत माओवादीका पोल्टामा हालिदिएको छ । माओवादीले कति जित्छ, अहिले नभनौं, त्यो किन पनि भने एमाले पक्षकाले उसलाई मत हालेनन् भने उसको दुर्गति निश्चित छ । रह्यो एमालेको ६० प्रतिशत, त्यतिमा सबै त पक्कै जित्दैन, कांग्रेस पनि रमिता हेरेर बस्दैन होला । माओवादीको ४० र एमालेको ६० बाट के कांग्रेसले, साँच्चै चुनावी रणनीति जान्यो भने, आधा नलेला भन्न सकिन्छ ?
ओली जी, अब राम्ररी हेर्नुहोस् चुनावको अंक (अरिथमेटिक) मात्र होइन, ज्यामिती (जिओमेट्री) पनि । अंक त कम्युनिस्ट भोटले देखाउला, ज्यामितीले चाहिँ बिताइ दिन सक्छ ।