कोरोनाका कारण छायानाथमा तिर्थालु घटे

मुगु जिल्ला स्थित नेपालकै चार धाम मध्यको प्रशिध्द मानिने धार्मीक तिर्थस्थल छायानाथमा æकोभिड १९Æ को प्रकोपका कारण यस बर्ष तिर्थालुहरु निकै कम मात्रामा सहभागि भएका छन् ।

समुन्द्र सतह देखि करिव ४ हजार ८ सय मिटरको उचार्इमा रहेको छायानाथ तिर्थस्थलमा बर्षको एक पटक जनै पुर्णीमाको अवसरमा ठुलो मेला लाग्ने गर्छ । कुल देवता शुद्द पार्न र चिताएको वर प्राप्त गर्न महिनौ दिनको यात्रा तय गरेर नेपालका विभिन्न जिल्लाहरुबाट तिर्थालुहरु छायानाथ पुग्ने गर्छन ।

नेपाल लगाएत विश्व भरी कोरोना भार्इरसको महामारी फैलिरहेको बेला मानिसहरुको जमघट हुने ठाँउमा संक्रमण फैलिन सक्ने संभावना हुने भएकाले छायानाथ तिर्थस्थलमा विभिन्न जिल्लाहरुबाट आएका मानिसहरुको बाक्लो चहल पहल र भेटघाटका कारण संकम्रण फैलन सक्ने डरले स्थानिय प्रशासनले बाहिरबाट आउने तिर्थालुहरुलार्इ प्रतिबन्दका लागि सूचना र पत्राचार समेत गरेको थियो ।

भगवान शिवले अग्निकुण्डमा जलेकी आफ्नी अर्धाङ्नी सति देवीको मृत शरीर संसार भर डुलाउने क्रममा छायाक्षेत्रमा अन्तिम अंग खसेको भन्ने धार्मिक किंवदन्ति रहेको छ ।

विगत बर्षहरुमा ३८ हजार भन्दा बढी तिर्थालु सहभागीहुने छायानाथमा æकोभिड १९æ का कारण यस बर्ष गाथ सहितको पुजारीको टोलि र मुगु, जुम्ला र हुम्लाका सिमित तिर्थालुहरुमात्र छायानाथ पुगेका छन् ।

आधुनिक एवं विज्ञानको जमानामा समेत छायानाथ तिर्थस्थलको आफ्नै धार्मिक महत्व र पहिचान भएकाले निकै कष्टकर यात्रा गरेर मानिसहरु छायानाथको दर्सनका लागि बर्षेनी ओइरो लाग्ने गर्छन

कविराज कार्की /  मुगु ।