गगनलाई आत्मज्ञान !
लाग्छ, गगनका आँखाबाट बगिरहेको बलिन्द्रधारा आँशु हो, उनका पछिल्ला अभिब्यक्ति । फराकिलो अन्तरले एमालेका प्रभावशाली युवानेता राजन भट्टराईलाई पराजीत गर्दा पनि सहयात्री कांग्रेसजनहरुको नराम्रो हारको पीडाबाट गगन पनि बौरिन सकेका छैनन् । उनी आकाशतिर एकोहोरो हेर्दै को रिसाउछ वा खुसाउछ भन्ने ख्यालै नगरिकन सत्य बोलेको बोल्यै छन् । कांग्रेसको दर्शन, राजनीति र संगठनलाई अब कसरी अब्बल बनाउने ? साक्षीभावमा कुनै कुरा भन्न अब बाँकि छैन…।
गगनलाई प्राप्त आत्मज्ञानवारे राजनीतिशास्त्रका एक प्राध्यापकको टिप्पणी छ, गगनलाई यतिखेर प्राप्त आत्मज्ञान सुगर÷प्रेसर ÷किड्नी रोगका रोगीले खाने औषधि जस्तै हो, जो खाना अगाडि खाँदा र खाना पछाडि खाँदा बिरामीको स्वास्थ्यलाई धेरै फरक पर्दछ ! गगनलाई प्राप्त आत्मज्ञान पनि त्यस्तै परेको हो कि ? हरियो कांक्रो जस्तो मात्र हुन पुगेको त होइन, उनलाई प्राप्त आत्मज्ञान ?
चुनावपछि गगनका अभिब्यक्तिहरु धेरै राजनीतिक चिकित्सकहरुलाई सुगरका बिरामीलाई रोगी ढलिसकेपछि दिइएको औषधि जस्तै लाग्न सक्छ ’cause यही ज्ञानको प्रयोग उनले चुनाव अघि गर्न सकेको भए त्यसले कांग्रेसको स्वास्थ्यमा विशेष अर्थ राख्नेथ्यो ।
चुनावको परिणाम आइसकेपछि चुनाव अघि गर्नुपर्ने कामको ’boutमा उनले ब्यक्त गरेका जाज्वल्यमान बिचार रुपमा ज्यादै महत्वपूर्ण भए पनि सारमा ती निर्वाचनमा हारको पिडाले आहत बनेका कांग्रेसीका लागि उत्साहप्रद देखिएको पाइदैन । वास्तवमा गगनको आत्मज्ञान कति उपयोगी हुने हुन्, आउदा दिनले नै बताउने छन् ।
जनस्वास्थ्यमा भनाई नै छ, रोग लाग्न दिनु भन्दा रोग लाग्न नदिनु नै बुद्धिमानी हो ! औषधि पनि त्यस्तै हो, सिकिस्त भएर प्रयोग गर्नुभन्दा त्यसलाई बेलैमा प्रयोग गर्नु उचित हो । बिरामी हुने बित्तिकै औषधी उपयोग गर्न पाइयो भने त्यो रगत मासीको बिरामीलाई समेत बहुपयोगी हुन्छ । रोगी गल्न पाउदैन । तर क्यान्सरकै औषधि आविष्कार भए पनि विरामी मरिसकेपछि त्यसको कत्ति काम छैन ! तर पछिका बिरामीका लागि भने त्यो ज्यादै उपयोगी हुने कुरामा दुइमत छैन ।
यसो भनिरहँदा पनि कांग्रेसी मित्रको मनमा परेको दुखी गाँठोको सुर्केनु खुलेन । न कांग्रेसजनको मौनता टुट्यो, नत हारले गर्दा अनुहारमा देखापरेको छायाँ नै बिलायो !
साह्रै ‘सक’ भएका छन् कांग्रेसजन । सत्तामा बसेर आफैं पार्टी सभापति, आफैं प्रधानमन्त्री, आफैं गृहमन्त्री बनेर चुनाव गराउन पाउदा पनि शेरबहादुर देउवाको नेतृत्वमा उम्मेदवारहरुले नराम्रोसंग हार्नुलाई कांग्रेसीहरु नालायकीको पराकास्टा ठानिरहेका छन् । डाडु पन्यूँ पाउदा पनि चलाउन नजान्नु भनेको अवसर गुमाउनु नै हो, कांग्रेसीजनको मौनताबीच निक्लिएको गोटारुपी बोली यत्ति मात्रै हो !
एक राजनीतिक विश्लेषकले भने, पराजयको पीडाले कोमामा पुगेका कांग्रेसीहरुलाई यतिखेर के नै गर्न सकिन्छ र ? कांग्रेसबृत्तमा जे नहोस् भन्ने कामना थियो, घुमीघुमी त्यही मात्रै भयो । कांग्रेसीहरु बुरी तरहले चुनावमा हारे । महान कांग्रेसी हस्तीहरु तीन बल्ड्याँग खाएर तीन तल्लामूनि चित् परेका छन् !
देशकै पहिलो भनिएको जेठो पार्टी उछिट्टिएर तीन कान्ला पर पुग्नु सत्ताको तर चाटिरहेकाहरुका लागि कम्ति पिडादायी होइन ! संघीय लोकतान्त्रिक गणतन्त्रको केन्द्रीय सरकार मात्र होइन, प्रदेशको सरकार पनि पहिलो पल्ट आफैंले सुमर्ने सपनामाथि मतपरिणामले मंसीरको ठिहि¥याउने पानी खन्याइदिएको छ । अनि सपना त कता बिलायो, कता ? प्रख्यात गजल गायक मुरलीधरको बहुचर्चित गीत जस्तै–
‘उडायो… सपना सबै हुरीले, निश्चल आँखामा चोखो मायाको कस्तो अठोट थियो !
‘हिमाल जस्तो अचल रहने हाम्रो प्रिति थियो । माया प्रितिको नटुट्ने डोरी कस्ले काट्यो छुरीले …!’
विरहको यही क्लाइमेक्समा नै हो गगनलाई आत्मज्ञान खुलेको । लाभ हानी, नाफा घाटा अथवा, डर त्रास वा आसले उनको आत्मज्ञान खुलेको किमार्थ होइन ।
पहिला जस्तो हावादारी अभिव्यक्ति उनबाट चुनावपछि निस्किएको पनि छैन ! उनी गंभीर बिचार, नीति र कार्यक्रम बोलिरहेकाछन् । रसातलमा पुगेको कांग्रेसलाई हराभरा, सशक्त र सर्वसाधारणबीच लोकप्रिय कांग्रेस बनाउने जड औषधीरुपी अमृत वर्षा गरिरहेछन्, गगन । कोमामा पुगेका कांग्रेसीलाई धामीले ढ्याँग्रो ठटाएझैं गगन बर्वराइरहेछन् ।
उनले बोलिरहेको कुराको मेसो अझै प्रमुख कांग्रेसीले पाउन पनि सकेका छैनन् । समग्रमा गगनको मन भित्र लामो समयदेखि गुम्सिएर रहेका कुराहरु खली खाइरहेको धामीका मुखबाट झैं फरर निस्किरहेको देखिदैछ, मानौं गगन अहिले जे बकिरहेका छन्, स्वयम् उनबाट समेत अरुबेला निस्कन संभव थिएन ।
देशको सबैभन्दा ठूलो पार्टी मानिएको कांग्रेस प्रदेश र संसदीय निर्वाचनमा खुर्मुर्रिएर छ्यान्न ब्यान्न भैसकेको तोडपछि मात्र गगनलाई यो आत्मज्ञान खुलेको हो । त्यसपछि त गगनको मनबाट हुँडलीएर कांग्रेसभित्रका सत्य, तथ्य र योजनाका कुरा भटटटट शनिवारदेखि नै बाहिर निस्किएको निस्किएकै छ । बिजयसभा होस वा रेडियो, टिभी, सामाजिक संजाल, अनलाइन पोर्टल अथवा पत्रपत्रिका वा व्यक्तिगत कुराकानीमा गगन आत्मज्ञान बोलिरहेका छन् ।
गगनको बोलीमा त्यसै पनि पूर्णविराम हुँदैनथ्यो, आत्मज्ञान प्राप्तिपछि त महाकवि देवकोटालाई कविता फुरेजस्तै गगनको कुरा निस्किएको निस्कियै छ । अड्कलेर बोलेको भए, तिनको फ्लो यस्तो सलल बग्नै सक्दैनथ्यो ! अक्षरसंग लामो समयदेखि चलखेल गरिरहेको स्तंभकार भएकाले मात्र यत्तिकुरा गगनका कुरा कुँदेर राखिदिएको हो ।
लाग्छ, गगनका आँखाबाट बगिरहेको बलिन्द्रधारा आँशु हो, उनका पछिल्ला अभिब्यक्ति । फराकिलो अन्तरले एमालेका प्रभावशाली युवानेता राजन भट्टराईलाई पराजीत गर्दा पनि सहयात्री कांग्रेसजनहरुको बुरी हारको पीडाबाट गगन पनि बौरिन सकेका छैनन् । उनी आकाशतिर एकोहोरो हेर्दै को रिसाउछ वा खुसाउछ भन्ने ख्यालै नगरिकन सत्य बोलेको बोल्यै छन् । कांग्रेसको दर्शन, राजनीति र संगठनलाई अब कसरी अब्बल बनाउने ? साक्षीभावमा कुनै कुरा भन्न अब बाँकि छैन…।
गगनको आत्मज्ञान
गगनका अभिब्यक्तिका मूल कुरा यसप्रकार छन्–
०७२ साल असोज ३ गते संबिधान जारी भएपछि प्रधानमन्त्रीको निर्वाचनमा केपी ओलीसंग चुनाव लड्न सुशील कोइराला जानुभयो, त्यसयता हामी एकपछि अर्को घटनामा फस्दै गयौं ।
केही गल्तीहरु नगरेको भए अनि सही निर्णयहरुका ’boutमा सही संप्रेषण गर्न सकेको भए आज सबैभन्दा बढी बिजयी मुडमा हामी नै हुने थियौं । राजनीतिक रुपमा त चुक्यौं नै, रणनीतिक रुपमा पनि कमजोर देखियौं ।
आफूसंगै सरकारमा बसेको माओवादी केन्द्र एमालेसंग गठबन्धन गर्न जाँदैछ भन्ने भेउ पनि हामीले पाउन सकेनौं । पार्टीका योजनाकारहरु कहाँनेर चुने भन्ने यो सामान्य उदाहरण मात्रै हो ।
म स्वयम् एउटा उम्मेदवार भएर पनि दुखका साथ भन्नु परिरहेछ, हामी प्रत्येक उम्मेदवारले एक्लाएक्लै चुनाव लडेर आएका हौं । संगठित बामपन्थी गठबन्धनको बिचार, संगठन, आक्रामक अभियान र व्यवस्थित प्रचारको पनि जवर्जस्त सामना ग¥यौं । हामी चुनाव अभियानमा मात्र चुकेका होइनौं, दुई वर्ष यताका हाम्रा गतिविधिलाई समग्रमा हेर्नसक्यौं भने हाम्रो कमजोरी थाहा पाइन्छ ।
चुनावमा जनतासंग जोडिने मुद्धा नै हामीसंग भएन । संबिधान निर्माणपछि हामी बरालियौं । हामी को हौं ? हाम्रा उद्धेश्य के के हुन् ? कांग्रेसकै कारण माओवादी शान्तिपूर्ण चरणमा आएको, संघीय लोकतान्त्रिक गणतन्त्र संभव भएको, संविधान बनेको, स्थानीय–प्रदेश र संसदीय निर्वाचन संपन्न हुन सकेको हो भन्ने पनि हामीले प्रभावकारी रुपमा भन्नै सकेनौं ।
तर हाम्रो प्रतिस्पर्धी गठबन्धन राष्ट्रवादको एजेण्डा बोकेर मैदानमा आयो । पाँच वर्ष स्थायी सरकार दिने नारा लिएर आयो । हाम्रो नेतृत्वले आजको नेपाल हाँक्ने लोकप्रिय नारा पनि लिएर आउन सकेन । जसले गर्दा आज कांग्रेसले जे सामना गर्नु परेको छ, यो असामान्य अवस्था हो ।
कांग्रेसका तीन काम
गगन भनिरहेछन्–पहिलो, निर्वाचनमा जनताले हामीलाई प्रतिपक्षमा बस्ने जनादेश दिएका छन् । समिकरणहरु आफैंमा अपवित्र हुनुहुँदैन । प्रतिपक्षको वेन्चमा गएर बस्नुपर्छ । प्रतिक्रियात्मक भएर नचलौं । अरु कुरामा खेल्नेतिर नलागौं ।
प्रजातान्त्रिक मूल्यमा जस्तै राष्ट्रिय स्वार्थका विषयमा पनि न समर्पण, न गलत संझौता र न कसैप्रति अनावश्यक रुझान राखौं । कांग्रेसलाई कसैको खेल्ने मैदान नबनाऊँ । सबैसित सन्तुलित संबन्ध कायम गरौं ।
दोस्रो, कांग्रेस पार्टीको आमूल परिवर्तन गर्ने बहसको अब कार्यसूची बनाऊँ । प्रचण्डले बोकेको जस्तै अहंकारको भारी बोकेर यात्रा गरिरह्यौं भने हामी पनि त्यही भारीबाट थिचिएर असफल हुने छौं ।
तेस्रो, पहिलो पुस्ताका नेताहरुले बिश्राम लिनुपर्छ, चुनाव जित्ने हुन् वा हार्ने नै किन नहुन् । र, उनीहरुको ठाउमा नयाँ नेतृत्व आउनु पर्छ–पार्टी नेतृत्वदेखि संसदीय दलसम्म । जो उमेरले मात्र युवा होइन, सोचले पनि नयाँ हुनुपर्छ ।
यसका लागि पार्टीको विशेष महाधिवेशन बोलाउनु पर्छ । समग्र समीक्षा गरेर भावि योजना बनाउनु पर्छ । पार्टी संरचनामा ठूलो फेरबदल गर्नुपर्छ । जनतासंग प्रत्यक्ष रुपमा जोडिने खालका मुद्धाहरुको खोजी गर्दै पहिचान गर्नुपर्छ ।
हामीलाई लागेको थियो, वाम गठबन्धन सफल हुँदैन । हामी चुनावमा जे मुद्धा उठाएर गयौ, त्यसले कम्युनिष्टहरुलाई झन् बलीयो पो बनायो । उनीहरु झन् संगठित भए । मैले त विपक्षी किल्लामा उत्सवमय वातावरण पो देखें ।
विपक्षी फुट्लान र हामी उदाउला !
कम्युनिष्टहरु कमजोर भएपछि कांग्रेस बलियो हुन्छ भन्ने गलत धारणा राख्थ्यौं हामी । आफ्नो पहिचान, एजेण्डा र कार्यशैलीमा निखार ल्याएर जनतामा हामी गएनौं । विपक्षी फुट्लान र हामी उदाउला भन्ने हाम्रो सोच गलत हो । त्यसैले अब हामीले नयाँ कांग्रेस बनाउने होइन, ००७ सालको जस्तो कांग्रेस बनाउनु पर्छ ।
निर्वाचनमा हामीले पुष्टी गर्न नसकेको कुरा हो, संबिधान संशोधन । यसैलाई देखाएर हामीलाई कायर भएको, कमजोर भएको, आत्मसमर्पणवादी भएको ढंगले मधेश, पहाड सबैतिर प्रस्तुत गरियो ।
यहीनेर नीतिलाई प्रभावशाली ढंगले अगाडि लैजान सक्ने जनताले पत्याएको सवल नेतृत्व हामीलाई चाहिएको थियो । हामी हिंडेको बाटो सही भए पनि भरोसायुक्त नेतृत्व नहुँदा जनमतलाई आश्वस्त पार्न सकिएन ।
निर्वाचनको बेला सबैभन्दा बढी आलोचना गरिने विषयहरु प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग, आइजीपी प्रकरण, इतिहासकै ठूलो मन्त्रिपरिषदको गठन । यदि यी निर्णय कांग्रेसका अपराध थिए, आत्मसमर्पणवादी थिए भने त्यसको एउटा नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि हुन् ।
सबैभन्दा धेरै वर्ष कांग्रेस सत्तामा बसेको र गलत काम गरेको आरोप हामीमाथि कसैले लगाउछ भने गएका दश वर्षमा सबैभन्दा कम सत्तामा बसेको कांग्रेस नै हो । बढी सत्तामा बस्ने बामपन्थीहरु नै हुन् । तर चुनावमा हामीले यो कुरा बताउनै सकेनौं । हामीसंग क्षमता र शैली नै भएन । जनता र हाम्रो नेतृत्वबीच संचार संबन्ध विच्छेदको अवस्था रह्यो ।
यो सबको जिम्मेवारी आफूलाई पार्टीभित्र वरिष्ठ नेता, प्रभावशाली नेता ठान्नु हुनेहरुले लिनुपर्छ । हामी त संचारमाध्यम पढेर पार्टीका निर्णयहरु थाहा पाउने हौं ।
अब कांग्रेसका अगाडि दुईवटा विकल्प मात्र छन्–
पहिलो, कांग्रेस अब एकदमै कमजोर भयो भनेर लघुताभासी भएर बस्ने । दोस्रो, अहिलेको हारलाई कांग्रेस पुनर्जागृत गर्ने अवसरमा बदल्ने !
सबै गुटहरु भत्काइदिऊँ !
बिशेष महाधिवेश गरौं !!
गगन भनिरहेछन्, अब हिजोकै शैलीमा काम गरेर फरक नतिजा आउदैन । त्यसैले म भन्छु, दोस्रो बिकल्पमा जाउ र यसको–उसको नभनी पार्टी भित्रका सबै गुटहरु भत्काइदिऊँ ! समान चिन्तन भएका साथीहरु एकठाउमा आऔं ।
अबको मतदाता अर्को चुनाव अर्थात विसं २०८० सम्ममा नेपाल कस्तो होला भनेर कल्पना गर्छन् ? त्यहाँ पुग्न हामीसंग कस्तो पार्टी चाहिन्छ भनेर कल्पना गर्छन् ? यस्तो विश्वास जागृत नीति, कार्यक्रम र नेतृत्वको योजना गर्नका लागि पार्टीको विशेष महाधिवेशन आयोजना गरौं !