ओलीको बढ्दो लोकप्रियतामाथि माओवादीको अँध्यारो छाया

ओली लोकप्रिय त छन् तर उनका हरेक निर्णय लोकप्रिय हुन्छन् भन्ने होइन । निश्चय नै ओली बोल्न जान्दछन्, आफ्ना कुरा राख्न सक्छन्, तार्किक छन् र शायद धेरै जान्ने हुँदा यो चुनावमा एमालेलाई प्रारम्भमै ४० प्रतिशत घाटा पर्न गएको छ एकातिर । अर्कातिर चुनावपछि, मानिलिउँ गठबन्धनले बहुमत नै ल्याए पनि प्रचण्डले कुन लाइन लिन्छन्, अनुमान गर्न सकिन्छ । ’cause, चुनावद्वारा आफ्नो राजनीतिक उपस्थिति कायम राख्नैलाई मात्र उनले एमालेसित तालमेल गरेका हुन सक्छन् ।

 

देशको मूड के छ, मानिस भावी प्रधानमन्त्रीका रुपमा कसलाई देख्न चाहन्छन् भनेर गए शनिबार मैल आफ्नो फेसबूक स्टाटसमा, यसपालि यदि प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन हुन्थ्यो भने को बन्थे प्रधानमन्त्री ? भन्ने प्रश्न राखें । धमाधम प्रतिक्रिया आए । मैले पछिल्लो पटक हेर्दा ६८ प्रतिक्रिया थिए । ६८ मध्ये ३० जनाले केपी शर्मा ओली बन्थे भनेर लेखे । रामचन्द्र पौडेल र रवीन्द्र मिश्रलाई तीन, गगन थापा चार र बाबुराम भट्टराईलाई तीन जना र दुई जनाले प्रचण्डको नाम पनि लिए । कतिपयले नानाथरी पनि लेखे । केहीले भने प्रत्यक्ष प्रधानमन्त्रीको धारणामाथि नै विमति राखे । आश्चर्यको कुरो वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको नाम एकजनाले मात्र सम्झे । केहीले भने नेता जति सबै निकम्मा ठहराए ।

 

यतिका प्रतिनिधि प्रतिक्रियामा ओली सर्वाधिक लोकप्रिय देखिए, यसलाई विश्लेषण नगरी त्यतिकै पन्छाउन सकिदैन । यसबाट के देखिन्छ भने अधिकांश मानिस नेतृत्वमा सपना देखाउने र सपना देखाउँदा त्यसलाई आफ्नै विशिष्ट भाषाशैलीमा व्यक्त गर्न सक्ने व्यक्तिलाई देख्न चाहन्छन् । ओलीजस्तै अरु दुई जना प्रचण्ड र भट्टराई पनि पूर्वप्रधानमन्त्री हुन् । सपनामात्र होइन, उनीहरुले देशको दशा दिशा बदल्ने दश वर्ष लामो रक्तपातपूर्ण विद्रोहको नेतृत्व गरेका थिए । फलस्वरुप, निर्दोष नागरिक मारिए, मारिए उनीहरुकै लडाकू पनि, प्रहरी र सेनाका जवान मारिए । निश्चय नै कसैले माने पनि नमाने पनि, त्यसैकारण देशमा कतिपय नयाँ बहसहरु प्रारम्भ भएको हुन् । त्यै क्रममा राजतन्त्र फाल्ने उद्यम भयो र गणतन्त्रको स्थापना सम्भव भयो । तथापि, गणतन्त्र स्थापित गर्नचाहिँ शान्तिपूर्ण अभियानद्वारा नै सम्भव भएको थियो ।

 

साथै, यहाँ के पनि बिर्सन मिल्दैन भने सशस्त्र विद्रोहीहरु, पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाका भाषामा आतंककारी (टेरोरिस्ट)हरु, संवादका माध्यमबाट शान्ति प्रक्रियामा आउनु लरतरो उपलब्धि होइन । निश्चय नै, प्रचण्ड र भट्टराईले सानोतिनो जोखिम स्वीकारेका थिएनन् र २०६४ को संविधानसभा निर्वाचनमा त्यसैलाई सकार्दै जनताले रुचाएर, नरुचाएर, डर र त्रासवश नै सही, तत्कालीन माओवादी पार्टीलाई सबैभन्दा ठूलो दल बनाइदिएका थिए । तर, माओवादीले त्यो जनअभिमतको भरपूर दुरुपयोग ग¥यो, फलस्वरुप देशमा झण्डै झण्डै जातीययुद्धको स्थिति उत्पन्न भएको थियो ।

 

कुनै पनि जातिको कुनै पनि स्थानमा एकल बहुमत नभएको नेपालजस्तो बहुजातीय तर एकार्कामा मिसिएको, परस्पर जातजाति खप्टिएर बसेको देशमा जातीय राज्य, यहाँसम्मकि बहुराष्ट्रियता जस्ता अव्यावहारिक प्रस्ताव ल्याएर माओवादीले विद्वेषको अवस्था सिर्जना गरेको थियो । जातीयताको नारा लगाउने विद्वेषवादीहरु साझा पहिचानका पक्षधरहरु बोल्दा आउट आउट भन्ने गर्थे । संघीयताको अध्येता र साझा पहिचानको पक्षधरका रुपमा मैले पनि कतिपय पटक विद्वेषवादीको कोपभाजन बन्नु परेको थियो । झण्डै झण्डै देश जातीय कित्ताहरुमा विभाजित हुन लागेको थियो । त्यतिखेर साँच्चै भन्ने हो भने ओलीबाहेक सबै राजनीतिज्ञहरु लर्बराएका थिए तर उनी पनि निरापवाद होइनन्, संघीयताका विरुद्ध उभिएका हुन् ।

 

प्रचण्ड र बाबुराम बरोबर जातीयतावादीलाई उक्साइरहन्थे, उनीहरुकै उक्साहटका फलस्वरुप पहिलो संविधानसभा संविधान नल्याइ भंग भयो । दोस्रो संविधानसभा निर्वाचनमा माओवादीको दुर्गति नै भयो, पहिलोबाट ऊ तेस्रोमा झ¥यो र झर्नु स्वाभाविक पनि थियो । ’cause, यो देशमा पृथक पृथक पहिचानहरु एकअर्कामा मिसिएका छन् । नभए, बाबुरामको घरलाई नै हेर्नुहोस्, उनी खसआर्य, श्रीमती नेवार, छोरी त्यसैले स्वाभाविकै मिश्रित भइन् । कहाँ बनाउनु जातैपिच्छे प्रदेश ? फेरि पल्लो पश्चिमदेखि पूर्वसम्म हेर्नुहोस्, कहाँ बन्थ्यो एकल जातीय प्रदेश ? एकार्कामा मिसिएका, खप्टिएका र एकअर्काका परिपूरकका रुपमा विकसित नेपाली राष्ट्रियतालाई भाँड्ने यी दुई पात्रकै कारण देशमा भाँडभैलो मच्चिएको थियो ।

 

तिनै भाँडभैलो मच्चाउने मध्ये एक बाबुराम कांग्रेसतर्फ ढल्केका छन् । अर्का प्रचण्डलाई ओलीले बोकेका छन् । जसरी यस अघि देउवाले प्रचण्ड बोक्दा देउवासँग कांग्रेसी चिढिएका थिए, त्यसरी नै ओलीले प्रचण्डलाई बोक्दा एमालेपंक्तिका प्रशस्तै उनीसित चिढिएका छन् । अर्थात् माथि देखिएको अंक हेर्दा ओली लोकप्रिय त छन् तर उनका हरेक निर्णय लोकप्रिय हुन्छन् भन्ने होइन । निश्चय नै ओली बोल्न जान्दछन्, आफ्ना कुरा राख्न सक्छन्, तार्किक छन् र शायद धेरै जान्ने हुँदा यो चुनावमा एमालेलाई प्रारम्भमै ४० प्रतिशत घाटा पर्न गएको छ एकातिर । अर्कातिर चुनावपछि, मानिलिउँ गठबन्धनले बहुमत नै ल्याए पनि प्रचण्डले कुन लाइन लिन्छन्, अनुमान गर्न सकिन्छ । ’cause, चुनावद्वारा आफ्नो राजनीतिक उपस्थिति कायम राख्नैलाई मात्र उनले एमालेसित तालमेल गरेका हुन सक्छन् ।

 

तर माओवादीले आशा गरे जति नै स्थानमा जित हासिल गर्ने कुरा पत्याउने ज्यादै कम छन् । माओवादीलाई साथमा लिएर एमालेलाई मतमै पनि घाटा पर्छ भन्ने एमालेजन नै कम छैनन् । अर्थात्, जनमतमा ओली लोकप्रिय देखिए पनि उनको यो लोकप्रियता कार्यरुपमा अनुवाद हुने विषयमा भने शंका गर्ने प्रशस्तै ठाउँ छ । ’cause, चुनाव सम्पन्न नहुँदै उनको लोकप्रियतामाथि माओवादीको अँध्यारो छाया परिसकेको छ ।