उत्तम महर्जन, अतिउत्तम ज्ञान !
आफ्ना सन्तानले विदेशमा डलर कमाएर स्वदेशमा सेवा गर्नेमा उनी ढुक्कछन् । भन्छन्, मैले सन्तानलाई संस्कार दिएको छु । उच्च शिक्षा, सीप, ज्ञान र प्रसस्त धन कमाएर उनीहरुले समाजसेवा स्वेदश मै गर्छन् भन्नेमा म विश्वस्तछु ’cause मैले उनीहरुलाई बच्चा मैं मातृभूमिको महत्व र समाज सेवाको वीऊ रोपी दिएको छु ।
‘एकै पटक आठवटा उत्तम ज्ञान’ नामको पुस्तक किनेर वील तिर्न लाग्दा सँगै बसेका एक मित्रले विश्मयकारी भावमा जिज्ञासा राखे, किन मित्र यति धेरै एउटै पुस्तक किनेको ? सहज जवाफ दिएँ “आगामी शनिवार चार वटा ब्रतबन्धको निम्तो छ, आठ जना बटुकलाई एक–एक वटा पुस्तक उपहार दिन किनेको हूँ !
मेरो जवाफले मित्र त आश्चर्यमा परे परे, पुस्तक बिक्रेता पनि केही अलमलमा परे छन् र आफैंले बिक्रि गर्न लागेका पुस्तक वल्टाईपल्टाई गर्न थाले । आफुले पढ्न नभ्याएको भाव झल्काइरहे । पुस्तक बिक्रिमा भने कुनै छुटको हिसाब नै गरेनन् । जत्तिको तत्ति मै बील तेस्र्याए । प्रति पुस्तक रु.२००को जम्मा मुल्य रु.१,६०० ।
यो पुस्तक बाहेक उपहार दिन मैले नेपाली बृहद शब्दकोश, देवकोटा–लेखनाथ–शंकर लामिछानेका कृतिहरु, मदन पुरस्कार पाएका उपन्यास–कविता र कथा संग्रहहरु लगायत अन्तर्राष्ट्रिय बहुचर्चित प्रकाशनहरु पनि किन्ने गरेका छु ।
मलाई यसो गर्न नै मन पर्छ तर सामाजिक, पारिवारिक र कतिपय सन्दर्भमा संयुक्त निम्तो मान्न जाँदा र नजिकको नातागोतामा भने खाममा दक्षिणा दिन वाद्य नहोइने पनि होइन ।
के छ उत्तम ज्ञानमा ?
प्रत्येक मानिसमा सगरमाथाले पनि आँखा उठाएर हेर्नुपर्ने गरि उन्नति गर्ने क्षमता हुन्छ भन्ने सारबाट शुरु हुन्छ पुस्तक । उत्तम ज्ञान सानाको लागि मनोरञ्जन, युवाहरुको लागि ज्ञान र पाकाहरुका लागि पथप्रदर्शनको अमुल्य साधन हो ।
उनले लेखेका छन्, एउटा रोइरहेको बच्चालाई हँसाउन खासै खर्च लाग्दैन । व्यक्तिमा मानवता जागेपछि मन्दिर धाउनु पर्दैन । क्षमता नभईकन शिखरमा पुग्न सकिंदैन । शिखरमा पुग्नेले चश्मा नफेर्दा समाज फेरिंदैन । गरीबको प्रमाणपत्र दिँदा गरिबीमै रमाउनेहरु बढ्ने छन् । बरु एउटा उत्तम ज्ञान दिँदा धनी हुन सिक्ने छन् ।
लेखकले आफ्ना चिन्तन, भोगाई र सिकाईलाई सुत्रबद्ध रुपमा पुस्तकमा छ खण्डमा प्रस्तुत गरेका छन् ।
जीवन जिउने सरल गीत
जीवन जिउन सरल पनि छ भन्ने गीतबाट शुरु भएको छ पुस्तक । जसका केहि हरफहरु हुन् –जीवन जिउन सरल पनि छ । जीवन जिउन कठीन पनि छ । जान्नेलाई श्रीखण्ड हो जीवन । नजान्नेलाई खुर्पाको बिँड हो जीवन ।
हामी बाँचुञ्जेल, बाबुआमाले साथ दिन सक्दैनन् । आ–आफ्नो परिवार रेखदेख गर्दै बाँच्न सिक्नु पर्छ । पुख्यौली धन जति भए पनि, जीवनभरलाई पुग्दैन । आफूलाई चाहिने आफैं कमाउनु पर्छ । करोडपति बन्न धेरै पढ्नै पर्छ भन्ने छैन । तर पढ्यो भने अलि सजिलो पनि हुन सक्छ ।
पहिलो खण्डः
युवा विद्यार्थीहरुलाई लक्षित गरिएको ज्ञानमालामा नैतिकता, क्षमता, नेतृत्व, व्यवहारिक ज्ञान र चनाखोपन, सफलताको साँचो, लक्ष्य, लोकप्रियता, व्यक्तित्व, आँखा, शारीरिक भाषा, मुद्रा, टेलिफोन कुराकानी, व्यवहार, संकेतबाट सिक्ने, अनुकरणबाट सिक्ने, पूर्वानुमानबाट सिक्ने, सबै मानिसहरुमा मिल्दा जुल्दा कुराहरुको व्याख्या गरिएका छन् ।
दोश्रो खण्डमाः
मानव शरीर, मस्तिष्क, सोचाई, मन, संवेग, डर, रिस, प्रेम, भ्रम, अचेतन मन र मानसिक ग्रन्थिहरुका ’boutका कुरा समावेश छन् ।
तेस्रो खण्डमाः
बुद्धि र ज्ञान, शिक्षा र ज्ञान, छलफल र बहस, स्वाभिमान र अभिमान, अविभावक र बाबुआमा, बंशानुगत गुण र वातावरणीय गुणको ’boutमा चर्चा गरिएको छ ।
चौथो खण्डमाः
मान्छे र मान्छेको शक्ति, रुप, ठूलो, सुख, आँखाको शक्ति, ध्यान शक्ति, एकाग्रता, विचारशक्ति, कल्पनाशक्ति, सिर्जनशीलता, ईच्छाशक्ति, संकल्प शक्ति र बानी रहेका छन् ।
पाँचौं खण्डमाः
इतिहास, सभ्यता, धर्म र कानून, जातीय भेदभाव र पूर्वाग्रह, संस्कृति र परम्परा, शिक्षित वेरोजगार, धनी देशको उच्च शिक्षा, अन्तर्वार्ता, बृद्धावस्था र राजनीतिको भारी चर्चा परिचर्चा गरिएको छ ।
छैठौं खण्डमाः
रमाईला पक्षहरुको ’boutमा उल्लेख गर्दै शारीरिक भाषाका लक्षणहरु, कुकुरले किन स्वर्ग जान पाउँदैन ? बाबु छोरा र गधा, आफ्नो टाउकाको मोल, नक्कल गरी परिक्षा उत्तीर्ण गर्नेको व्यक्तित्व र मनको कुरा थाहा पाउने यन्त्रका कथाहरु समावेश गरिएको छ ।
पुस्तकका विषय बस्तु मध्येको एक अंश
धनी देशको उच्च शिक्षा
पुरानो युगमा शक्तिशाली देशका मानिसले आफ्नो काम गराउन अफ्रिकाबाट मोटा तगडा हब्शीहरुलाई किनेर लान्थे । यसरी किनेर लगेका मानिसलाई दास भनिन्थ्यो । दासहरुको निजी परिवार हुँदैनथ्यो । व्यक्तिगत जीवन हुँदैनथ्यो ।
दास छऊञ्जेल मालिकको दास भई बाँच्थ्यो । पछि मानव किनवेचमा प्रतिबन्ध लागेपछि शक्तिशाली देशले उच्च शिक्षाको नाममा विभिन्न देशका युवाका लागी ढोका खोले । प्रतिभाशाली विद्यार्थीलाई छात्रबृत्ति दिएर लोभ्याए ।
पढाई सकेपछि ’em विकसित देशमै रहन रुचाउने भएकाले नजन्माईकन आफ्नो देशले एकजना प्रतिभाशाली व्यक्ति पायो । पढ्न भनेर आएका गरीब देशका सामान्य युवाहरु पनि विकसित देशमा रहन चाहने भएकाले पढाई छाडेर ’em आफ्नो देशमा बसिरहे पनि सस्तोमा काम गर्ने भएकाले थाहा नपाए जस्तो गरी रहन दिन्छन् ।
हाम्रो देशबाट प्लस टु सकाएर छात्रबृत्ति नपाईकन विकसित देशमा अध्ययन गर्न जानेहरु मध्ये नब्बे प्रतिशत भन्दा बढि विद्यार्थीहरुको विजोग हुन्छ । टेलिफोनमा कुरा गर्दा आमाबाबुलाई सबै ठिक छ भन्छन् तर वास्तवमा केहि पनि ठिक हुँदैन ।
घरबाट पढाई खर्च पठाउन नसक्ने यस वर्गका विद्यार्थीहरुले न पढाई पुरा गर्न सक्छन्, नत पैसा कमाउन सक्छन् । न समयमा घरजम नै बसाउन सक्छन् । यसरी सात आठ बर्ष यत्तिकै वितेपछि आफ्नै देश फर्कन्छु भन्ने विद्यार्थीहरु कोही कता कोही कता स्थापित भई सक्छन् ।
आफु त न पैसा कमाउन सकियो, न डिग्री नै लिन सकियो । पहिलेकै अबस्थामा स्वदेश कसरी फर्कनु ? लाज हुन्छ, त्यसैले स्वदेश फर्कदैनन् । दर्खास्त दिएर स्थायी बसोबास गर्न पाउने अन्तिम आशाको त्यान्द्रोमा झुण्डिई डुकुलण्ठू भएर भित्रबाट खोक्रो रही, मन नहाँसे पनि मुखमा हाँसो ल्याई जीवनका महत्वपूर्ण समय युवाहरुले व्यतित गर्छन् ।
विकसित देशले बदमास नागरीकहरुलाई नियन्त्रण गर्न सरकारी ढुकुटी खर्च त गर्नै पर्छ । विदेशीले बदमासी गर्छन् भने किन राखिराख्नु ? फेरिफेरि बदमासी गरिरहला । त्यसैले विदेशीले कुनै बदमासी गरेर पुलिसको फन्दामा प¥यो भने तुरुन्त हवाईजहाजमा बसाएर स्वदेश फर्काउँछन् ।
त्यसैले सामान्य विद्यार्थीले प्लस टु गरेर आलोकाँचा उमेरमा विदेश जान हुँदैन । जाने इच्छा हुनेले आफ्नै देशमा स्नातक गरेर मात्र विदेश जानुपर्छ । स्नातक गरुञ्जेलसम्ममा परिपक्कता आइसक्ने भएकाले विदेशमा संघर्ष गर्न दक्ष होइन्छ । विदेशमा केहि नहुने देखि स्वदेश फर्कनु पर्दा पनि आफ्नो हातमा एउटा डिग्री त रहन्छ ।
को हुन् उत्तम महर्जन ?
उत्तममान महर्जन पेशाले सिभिल ओभरसियर हुन् । बि.संं २०११ साल माघमा काठमाण्डौको डल्लु चागलमा जन्मिएका उत्तमले आफ्नो विद्यालय स्तरको शिक्षा भने आदर्श विद्यालय विराटनगरबाट गरे ।
बाबु सबारी चालक गर्ने कर्मचारी भएकोले बाबुआमा सँगै विराटनगरमा बसेर कक्षा चार देखिको स्कुल स्तरको शिक्षा पुरा गरे । २०२७ सालमा एसएलसी गरे पछि उनी उच्च शिक्षा अध्ययन गर्न काठमाण्डौआई पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसमा भर्ना भई सिभिलतर्फ ओभरसियर पास गरे ।
२०३३ सालमा नेपाल सरकारको सडक विभागमा ओभरसियरको जागीर शुरु गरि देशका विभिन्न जिल्लाका डिभिजन सडक कार्यालयहरुमा काम गरे र ३६ बर्ष सेवा अबधि पुरा गरि छ बर्ष पहिले ५८ बर्षे उमेरहदका कारण इन्जिनियर पदबाट सेवा निबृत्त भएका हुन् । उनि बढुवाबाट इन्जिनियरमा पदोन्नती भएका थिए ।
सडक सञ्जाल पुगेका सबै जिल्लामा पुगेका सिभिल तर्फका प्राविधिक महर्जनले इलाम, ताप्लेजुङ्ग, झापा, मोरङ्ग, धनकुटा, महोत्तरी, दोलखा, नुवाकोट, काठमाण्डौ, मकवानपुर, चितवन, कास्की, बाँके, बर्दिया, रुकुम रोल्पा, दाङ्ग, हुँदै डडेलधुरा जिल्लासम्मका डिभिजन सडक कार्यलयमा रहेर काम गरे ।
देशको सडकको दुर्दशा ’bout कुरागर्दा उनी भन्छन्, हामीले समग्र देशका मुख्य क्षेत्रतर्फ हे¥यौं भने सिँचाई, शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी, न्याय, प्रशासन कुनै पनि क्षेत्रको अबस्था सन्तोषजनक नरकेकोले सडकलाई मात्रै स्वच्छ खोज्न सकिँदो रहेन छ !
हजार रुपैयाँमा सेकेण्डह्याण्ड सोफा
छत्तिस बर्ष सिभिल ओभरसियरको जागिर गर्ने सडक डिभिजनका ईन्जिनियर महर्जनले जागिर अबधिभर काठमाण्डौमा एउटा घर समेत जोड्न सकेनन् । उनलाई आफ्नो जिम्मेवारीको काममा ३ छोरा १ छोरीको पढाई खर्च र घर व्यवहार धान्नलाई नै धौ धौ परिरह्यो ।
आदर्श जीवन बाँच्ने र समाजका युवाहरुलाई असल संस्कारी बनाउने ध्याउन्नले उनले पैसो कमाउन जानेनन् वा भनौ सकेनन् । ३६ बर्ष जागिरे अबधिमा नयाँ सोफा समेत किन्न सकेनन् । एक हजारमा सेकेण्ड ह्याण्ड सोफा किनेको बताउँदै आफूसँगै बसेका पंक्तिकारलाई आफुबसेको नयाँ सोफा देखाउँदै भने, यो नयाँ सोफा त अमेरीका बस्ने छोराले पैसा पठाएर बाह्र हजारमा भर्खरै किनेको हो ।
उनीसँगै काम गर्ने धेरै जनाले जागिरमा पेन्सन पकाएर पनि ‘विल्डर्स’ भई दाम कमाएका छन् । कत्तिले थुप्रै जायजेथा जोडेका छन् । तर उत्तम भने युवापुस्तालाई उत्तमज्ञान बाँड्नमा नै व्यस्त रहेका देखिन्छन् ।
कुराकानीको क्रममा सँगै सोफामा बसेकी उनकी धर्मपत्नी सडक विभागमै काम गर्ने उत्तमका साथीभाईले भनेको भन्दै भन्छिन्, यो उत्तम ज्यापुको त पैसो कमाउने बुद्धि नै छैन ।
डेरामा बस्दा छरछिमेकले समेत सडक विभागमा जागिर खानेले पनि पैसा नकमाएको भनेर हेय गरेको बहार्तन खपेकी छिन् उत्तमकी धर्मपत्नी बसन्ती महर्जनले ।
दुई बर्ष अघिसम्म उत्तमका बाबुआमा पनि उनीसँगै थिए । एकै बर्षको अन्तरमा बा, आमा दुबै बितेपछि अहिले उनी र उनकी धर्मपत्नी किर्तिपुर पाँगाको, चारधारा नजिकै अमेरीकामा बस्ने छोराले पठाएको पैसाबाट चार आना जग्गा किनेर बनाईएको दुई तले घरमा बस्छन् ।
सरकारी जागीर नखाने सुझाव
सडकको जागिर गर्दागर्दै उनी बेतलबी विदा लिएर दूई बर्ष खाडि मुलुक कतारमा गएर काम गरे । भन्छन्, छोराछोरीको पढाई खर्च धान्न र, पैसाको जोहो गर्न कतार गएर काम गरें । मेरो अनुभवमा अहिलेकै अबस्थामा सरकारी जागिरमा रहेर इमान्दार र आदर्श जीवन जिउन हम्मे हम्मे पर्ने रहेछ । त्यसैले चारै जना छोरा छोरीलाई अन्यत्रै विकल्प खोज्न सुझाएँ ।
सरकारी जागिर वीना पनि जीवन धान्न सक्ने विकल्प खोज्नु पर्छ । अब तिमीहरु ग्लोबल सिटिजन्स सरह बन्नुपर्छ भनेर सिकाएँ । सँस्कार दिएँ । आफ्ना छोरा छोरीहरुलाई संस्कार दिन तयार गरेका कुराहरु नै संकलन गरेर पुस्तक बनाएँ र, अरुका छोराछोरीलाई पनि सुधार्न लागें । अहिले दूई छोरा, एक छोरी अमेरिकामा र अर्का छोरा अष्ट्रेलिया बसेर व्यवशाय गर्दै उच्च शिक्षा समेत हासिल गर्दैछन् ।
स्वदेशमै केहि गर्न सक्ने बनाउनु पर्ने होईन र भन्ने प्रश्नमा महर्जन भन्छन्, नयाँ पुस्ता भनेका उड्ने चराहरु जस्तै स्वतन्त्र ठान्ने चरा हुन् । संसारलाई नै अबसरको साधन र माध्यम हो भन्ने भावनाको विकास गर्दै ग्लोबल रुपमा प्रतिस्पर्धी बनि संसार हेरेर नै हो प्रगति गर्न सकिने ।
कुवाको व्याङ्ग भयो भने कसरी विकास हुन्छ ? अनि कसरी प्रगति गर्छन् ? त्यसैले उनीहरुले उच्च शिक्षा पढ्नको लागि भीसा पाउँदाको क्षण ‘मलाई मेरो मेहनतको सार्थकता’ महसुश भएको थियो । उनीहरु यहाँ मात्रै होईन ग्लोबल्ली प्रतिस्पर्धा गर्न सक्ने भए, उनी भन्छन् ।
मैले आफ्ना छोराछोरीहरुलाई स्वदेश फर्केर धेरै गर्न सक्ने संस्कार दिएको छु । उनीहरु अरुको सेवा गरेर त्यहाँ मात्रै बस्दैनन् । सेवा गर्न त स्वदेश मै आउँछन् ।
आफ्ना सन्तानले विदेशमा डलर कमाएर स्वदेशमा सेवा गर्नेमा उनी ढुक्कछन् । भन्छन्, मैले सन्तानलाई संस्कार दिएको छु । उच्च शिक्षा, सीप, ज्ञान र प्रसस्त धन कमाएर उनीहरुले समाजसेवा स्वेदश मै गर्छन् भन्नेमा म विश्वस्तछु ’cause मैले उनीहरुलाई बच्चा मैं मातृभूमिको महत्व र समाज सेवाको वीऊ रोपी दिएको छु ।
साथीहरुको नजरमा उत्तम
उत्तम महर्जनका थुप्रै साथीहरु उनलाई एक आदर्श राष्ट्र सेवक कर्मचारीको रुपमा सम्झन्छन् । उनीसँगै लामो समयसम्म काम गरेका बरिष्ठ इन्जिनिएर उमेश झा भन्छन्, उत्तममान प्राविधिक रुपमा धेरै क्षमतावान व्यक्ति हुन् । उनी आफ्नो जिम्मेवारी सधैं मन, बचन र कर्मले पूरा गर्ने मिहेनती राष्ट्र सेवक हुन् ।
उनी काममा कोहिसँग सम्झौता गर्दैनन् । लटरपटर गर्दैनन् । मेरो साथी भएकोले यसो भनेको होईन, सडक कार्यालयहरुमा कामगर्ने सबैले चिन्ने व्यक्ति हुन् ।
उत्तमसँगै कामगरेका अर्का ओभरसियर विनोद महर्जनको नजरमा उत्तम एक सकारात्मक एट्टिच्युड र असाधारण क्षमता भएका साधारण व्यक्ति हुन् । उनले जे भन्छन्, त्यही व्यवहारमा उतार्छन् ।
उनले अब ती कुरा किताबमा पनि प्रकाशित गरेका छन् । आफ्ना मात्रै होईनन्, धेरैका छोराछोरीको बानि व्येहोरा सुधार्न तालिम दिइरहेका छन् ।
त्यसैगरी अर्का ईन्जिनियर विकेओआई विल्डर्सका मालिक हुमनाथ कोईराला आफूलाई उत्तमको साथी हुँ भन्न पाउँदा गर्व लाग्ने गरेको बताउँदै भन्छन्, सरकारी जागिर त्यसमा पनि सडकमा जागिर खाने त्यस्तो सक्षम र इमान्दार प्राविधिक कर्मचारी पाउँनु सडक मात्रै होइन, सरकारी कार्यालयहरुमा नै दुर्लभ हो ।
उनले थपे, उत्तमले छत्तीस बर्ष सडकमा काम ग¥यो । उत्तम जस्तै सोच र व्यवहार गर्ने सच्चा, इमान्दार कर्मचारी हुने हो भने देश विकास गर्न सुशासन कायम गर्न पुलिस प्रशासन, न्यायालय नै चाँहिदैन जस्तो लाग्छ । उ एउटा आदर्श व्यक्ति हो । नेपालको सन्दर्भमा उत्तम एउटा अपवाद हो ।
छत्तिस बर्ष जागीर, चार बर्ष साधना
उत्तमलाल महर्जनले कुनै पत्रपत्रिका वा अनलाईनहरुमा लेख, रचना, कथा, कविता, निवन्ध वा अन्य कुनै सामग्री प्रकाशन गरेका छैनन् । जागिरको उत्तरार्धको चार बर्ष भने उनले आफुलाई उत्तम ज्ञान लेख्नमा नै केन्द्रित गरे । अहिलेसम्म मिडियामा अन्तरवार्ता पनि दिएका छैनन् ।
कुनै पत्रकार वा स्तम्भकारसँग पनि आफ्नो र पुस्तकको ’boutमा कुराकानी गरेका छैनन् । स्तम्भकारसँगको यो नै उनको पहिलो कुराकानी हो । उनी भन्छन्, सरकारी जागिरमा सधैं इमान्दार भएर आफ्नो काम मात्र गरियो । तर पछिल्लो चार बर्षको अबधि भने अफिसको कामसँगसँगै आफ्नै पुस्तक लेखनमा केन्द्रित भइयो ।
त्यसो त उनी लामो समयदेखि छुट्टिको समयमा विद्यालयहरुमा गएर विद्यार्थीहरुलाई स्वःअनुशासन, वक्तित्वकला, नेतृत्व विकास, जीवन जिउने कला आदि विषयहरुमा बर्षौ पहिलेदेखि नै तालिम दिने गर्दथे ।
उनीसँग यसरी तालिम दिन तयार गरेको शैक्षिक सामग्रीहरुको चाँग नै भयो । यसलाई एउटा पुस्तकको रुपमा प्रकाशित ग¥यो भने धेरैलाई लाभ हुने थियो भन्ने सोचेर पुस्तकको रुप दिने निधो गरे ।
त्यसैले मैले त भन्ने गरेको छु, मैले खासमा चौतिसबर्ष जागिर र चार बर्ष साधना गरेर पुस्तकको आकार दिएको हुँ । उनले पहिलो पटक २०६८ सालमा साठी पेजको पुस्तिका निकालें । त्यसलाई धेरैले मन पराए । त्यसको एक बर्ष पछि आफ्नै खर्चमा उत्तम ज्ञान नामको दुई सय छ पेजको पुस्तक पाँच हजार प्रति प्रकाशित गरे ।
भन्छन्, अब बजारमा पुस्तक सकियो भन्ने सुनेको छु । यसमा थप, जीवनमा कसरी खुसी हुने ? भन्ने सामाग्री समावेश गरेर लेख्न खोज्दैछु ।
प्रेरणाका श्रोत
उत्तम महर्जन विद्यालय पढ्दादेखि नै भारतबाट प्रकाशित हुने पाक्षिक पत्रिका सरिता नियमित पढ्ने गर्थे । त्यहाँ प्रकाशित व्यवहार र सकारात्मक दृष्टिकोण बनाउने लेख रचना तथा अन्य सामग्रीहरु संग्रह पनि गर्थे । त्यसको साथै विश्व प्रसिद्ध लेखक स्वेट मार्टेनका पुस्तकहरु औधी मन दिएर पढ्ने गर्दथे ।
सानैदेखि उत्तम आदर्श जीवन जिउने कलाका ’boutमा खुव चाख राख्थे । त्यस्ता सामग्रीका लागि उनी विभिन्न पुस्तकालयहरु जस्तै–केशर पुस्तकालय, नेपाल भारत साँस्कृतिक पुस्तकालय, राष्ट्रिय पुस्तकालय आदि चाहार्थे । यी नै हुन् उनका प्रेरणाका श्रोतहरु ।
उनी भन्छन्, मैले जे पढें त्यसलाई व्यवहारमा उतार्ने कोशिस गरें । ती कुराहरु आफ्ना छोराछोरीलाई सिकाएँ । युवा पुस्तालाई सिकाउने मन भयो । विद्यालयहरुमा तालिम दिन थालें ।
यदि साँच्चिकै १३ देखि १८ बर्ष उमेरका वयस्कहरुको स्वभावमा सकारात्मक प्रभाव पार्ने अबसर दिने हो भने मात्र एक महिनाको तालिमबाटै उनीहरुको एटिच्युडमा सकारात्मक परिवर्तन ल्याउन सक्छु भन्ने विश्वास ममा छ, उननले दावी गर्दै भने । यिनै कुराहरुको बण्डल हो उत्तम ज्ञान ।
एक सय एघार बर्ष बाँच्ने इच्छा
अबकास पश्चात पनि उत्तम हरेक दिन चार घण्टा लेखपढमा विताउँछन् । सधै धर्मपत्नीलाई घरायसी काममा सघाउँछन् । पति÷पत्नीको सम्बन्ध ’boutमा उनले अनौठो सम्बाद गर्दै धर्म पत्नीतर्फ इसारा गर्दै भने, म यिनी सँगसँगै मन्दिर जान्छु तर भगवान सँग एउटा मात्रै प्रार्थना गर्छु र वर माग्छु–भगवान मेरी धर्मपत्नीको सबै इच्छा पुरा गरि देऊ ! यिनी के माग्छिन् ? यिनै जानुन् !
साधारण जीवनयापनमा रमाउने उत्तम अहिले ६४बर्षमा हिड्दै छन् । सकारात्मक सोच र व्यवहारबाट असल आचरणमा रहनु र अरुलाई पनि असल व्यक्ति बन्न सिकाउनुलाई नै उनले जीवनको मूल आदर्श बनाए । उत्तम महर्जन यस्तै पुस्तक लेखेर, नयाँ पुस्तालाई सिकाएर बाँकी जीवन व्यतित गर्न चाहन्छन् । भन्छन्, मेरो मन सधै मेरो नियन्त्रणमा छ । यसैले म सधैं खुशी छु । उनले भने, यस्तै खुसी भावले एक सय एघार बर्ष बाँच्ने अभिलाषा मैले बोकेको छु !