राजपा घोषणापत्र आफ्नै खुट्टामा बञ्चरो

मधेसमा यस्तो अवधारणाले प्रसय पाएमा यसले मधेसमा बहुपक्षीय द्वन्द्वको बिजारोपण गर्ने छ भन्ने बिषयमा ठुलो मधेसी तप्का सचेत छ । त्यहाँका रैथाने अर्थात वंशजको आधारका मधेसी र पछि आएका अगिकृत मधेसी वीचमा पहिलो ठुलो द्वन्द्व सुरु हुने छ । दोस्रो, तराईका आदीवासी जनजाती र मधेसी वीच अर्को द्वन्द्व सुरु हुने छ । तेस्रो मधेसमा बसोवास गर्ने पहाडी मुलका नागरिक र मधेसी वीच द्वन्द्व सुरु हुने सम्भावना छ ।

 

निर्वाचन धोषणापत्र जारी गर्ने दौडको सवैभन्दा अन्तिम धावक राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि धोषणा पत्र जारी गरेको छ । यो निर्वाचन धोषणा पत्र अरु दलका धोषणा पत्रहरुभन्दा अन्य बिषयमा धेरै अन्तर छैन– विकासको सपना बाँडने बिषयमा । साथै यसले गरिब मतदाता लोभ्याउन मधेसमा विवाह हुने प्रत्येक दुलहीलाई आधा तोला सुन दाइजो दिने धोषणासमेत गरेको छ ।

 

राजपाको निर्वाचन धोषणा पत्र अनुमोदन भएमा त्यसले नेपालको राजनीतिमा खतरनाक मोड निम्त्याउँने लक्षण चाँही देखाउँदै छ । ’cause यस धोषणा पत्रले सन १८१६ को बिट्रिस इन्डियासंगको सुगौली सन्धीपछिको नेपालको भुगोल भित्र तराई वा मधेसलाई एक छुट्टै राज्य भएको दलिल पेश गरेको छ । यस धोषणा पत्रले नेपाललाई एक राष्ट्रिय–राज्य अर्थात ‘नेसन–स्टेट’को रुपमा उभ्याएको छ । र, तराई मधेस एक छुट्टै राज्य र राष्ट्रियता भएको दावी गरेको छ । यो अन्जानमा आएको वा हठात प्रतिक्रियाको रुपमा आएको बेग्लै कुरो हो होइन भने यस धोषणाले तराइमा अनुमोदन पाएमा यसले खतरनाक राजनीतिक मोड ल्याउँने छ । तराईमा बहुपक्षीय राजनीतिक हिंसा र प्रतिहिंसाको नयाँ श्रृखला सुरु गर्ने छ ।

 

यसको स्थापनाकालदेखी नै एकात्मक राज्यको रुपमा विकसित भएको देशलाई बहुराष्ट्र राज्यको रुपमा परिभाषित गर्दै तराई मधेसलाई काठमाण्डौको आन्तरिक उपनिवेशका रुपमा उभ्याउने प्रयास भै रहेको छ । यो तर्क तथ्य र अन्य कुनै आधारमा स्थापित हुन सक्दैन । यस्तो यत्नले संघीयतामा गएपछि मुलुक विभाजित हुन्छ भन्ने तर्कलाई बल दिन्छ, र संघीयता नचाहानेहरुलाई बलियो आधार दिन्छ । यसले दिर्घकालमा मधेसको राजनीति गर्नेलाई नै हानी गर्छ ।

 

आन्तरिक उपनिवेश आरोप

 

राजपाका नेताहरु र केहि ‘इन्टेलिजेन्सीया’ले मधेसमा आन्तरिक औपनिवेशिक शोषणको भन्ने गरेका छन् । यो बिर्मश तथ्यको आधारमा गलत छ । उपनिवेशमा सारभुत राजनीतिक र आर्थिक दुईपक्ष हुन्छन् । राजनीतिक पक्षमा, उपनिवेशमा नागरिक हुँदैनन्, प्रजा अर्थात ‘सब्जेक्टस्’ हुन्छन । ‘सब्जेक्टस’ चुन्ने र चुनिने अधिकारबाट बञ्चित हुन्छन । तर, मधेस र देशभर एकै विधी र प्रक्रियाबाट निर्वाचन हुन्छ । समान हैसियतमा विधायिकी र कार्यकारीमा सहभागिता हुन्छ । प्रचण्ड, केपी ओली, शेरबहादुर देउवा र उपेन्द्र यादव, महन्थ ठाकुर एकै दिन उहि विधीले सञ्चालन हुने निर्वाचनबाट सभासद भएका थिए विगतमा र अहिले पनि उहि विधीले सम्पन्न हुने निर्वाचनमा भाग लिइरहेका छन् । त्यसकारण राजनीतिक रुपमा उपनिवेश बनायो भन्ने दावीले राजपा वा अन्य मधेसी दललाई बलियो नैतिक हैसियत दिदैन् ।

 

दोस्रो, उपनिवेशकले आर्थिक साधन श्रोतको दोहन बढि गर्दछ । राजश्व दोहनको तुलनामा उपनिवेशमा सार्वजनिक खर्च थोरै गर्दछ । महालेखा नियन्त्रकको कार्यलयको आर्थिक बर्ष २०७१÷७२ को वित्तीय विवरण हेर्दा दुई नम्वर प्रदेशमा केन्द्रीय सरकार र स्थानीय सरकारले उठाउने राजश्वभन्दा सार्वजनिक खर्च करिब चार गुणाले बढि रहेको तालिकाले देखाउँछ । यी दुई तथ्यले आन्तरिक उपनिवेशको डिष्र्कोसले राजपालाई निर्वाचनमा टेवा पुग्दैन । तल दिएको तालिकाले मधेसको वास्तविकता प्रष्ट पार्छ ।

 

 

बहुराष्ट्रिय राज्यको गलत दावी

 

नेपाल एक बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक राज्य हो तर बहुराष्ट्रिय राज्य कदापी होइन । राजपाले धोषणा पत्रमा पुर्वोत्तर भारत जस्तै दार्जि्लिङ, सिक्किम, आसाम र अन्य राज्यमा बस्ने नेपाली भाषी वा खसभाषी हुन् वा नेपालमा बस्ने खसभाषी संस्कृति, विचार एवं चालचलका आधारमा एकै राष्ट्र हुन् तर तिनको देश फरक हो भनेको छ (पृष्ठ ६) । यो राष्ट्रवादको व्याख्या गर्न बेनेडिक एण्डरसनले सन १९८३ मा प्रकाशित गरेको ‘इमाजिन्ड कम्युनिटी’ नामक पुस्तकले प्राज्ञिक बहसको लागि गरेको तर्कलाई वैचारिक आधारमा सत्य मान्ने हो भने पनि तराई मधेस कल्पित राष्ट्र (इमाजिन्ड नेसन ) मात्र हो भौतिक रुपमा यर्थाथ राज्य (फिजिकल्ली रियल नेसन ) होइन । यसै तर्कको आधारलाई मान्ने हो भने पनि नेपालका तराईमधेस राष्ट्र होइन । यो भारतीय हो जसरी पुर्वोत्तर भारतका सिक्किम-दार्जिलिङ्गका, आसामा र अन्य राज्यका नेपालीभाषीको राष्ट्र नेपाल भए जस्तै ।

 

’cause तराई मधेसको राष्ट्रियता ‘वेष्टफलिया’ सन्धीपछि युरोपमा स्थापित राष्ट्रियता वा संयुक्त अधिराज्यका वेल्स, इङ्गलैण्ड, स्कटलैण्ड र उत्तरी आयरलैण्डको नेसनालिटी(नागरिकता) जस्तो होइन । जसरी पुर्वोत्तर भारतका सिक्किम-दार्जिलिङ्गका, आसाम र अन्य राज्यका नेपालीभाषीको नागरिकता भारतीय र राष्ट्रियता नेपाली भए जस्तै तराई मधेसका मधेसीको नागरिकता नेपाली हो राष्ट्रियता भारतीय हो । यसको बलियो आधार भनेको राजपाले दावी गर्ने गरको तराईको सम्पर्क भाषा हिन्दी हो भन्ने नै हो । नेपालको सन्र्दभमा ‘नेशनालिटी’ र ‘सिटिजनसिप’ एकै अवधारणा र उपक्रम होइनन फरक फरक हुन ।

 

अर्कोतर्फ नेपालको भुगोल भित्र मधेस राष्ट्र भएको सवै ऐतिहासिक दावी, तर्क र तथ्यलाई लेखक सौरभको पुस्तक असंगतीले खारेज गर्दछ । वर्तमान तराईको भुगोल वास्तविक ऐतिहासिक मधेसको भुभाग होइन । मधेसको भुभाग गंगा र जमुनावीचको भुखण्ड हो, ऐतिहासिक तथ्य बंगाएर मधेसमा स्थापित गर्न खोजेको आरोप छ (असंगति, पृष्ठ १३०–१३१) । मधेसी आफैमा नेपाल भित्रको राष्ट्र नभए पनि तराईको अहिलेको भुभाग र यसमा बसोवास गर्ने भारतीय राष्ट्रियता र नेपाली नागरिकता भएको चाँही यर्थाथ हो । यो दावी जति राजपाको धोषणा पत्रको दावी सत्य र यर्थाथ हो त्यतिनै सत्य र यर्थाथ हो । तराईबासी नागरिकले यो यर्थाथ बुझेपछि राजपाको राजनीतिक दिन समाप्त हुने छ ।

 

यो निर्वाचन धोषणा पत्रको आधारमा राजपाले निर्वाचन जित्न सहज छैन । ’cause मधेसमा यस्तो अवधारणाले प्रसय पाएमा यसले मधेसमा बहुपक्षीय द्वन्द्वको बिजारोपण गर्ने छ भन्ने बिषयमा ठुलो मधेसी तप्का सचेत छ । त्यहाँका रैथाने अर्थात वंशजको आधारका मधेसी र पछि आएका अगिकृत मधेसी वीचमा पहिलो ठुलो द्वन्द्व सुरु हुने छ । दोस्रो, तराईका आदीवासी जनजाती र मधेसी वीच अर्को द्वन्द्व सुरु हुने छ । तेस्रो मधेसमा बसोवास गर्ने पहाडी मुलका नागरिक र मधेसी वीच द्वन्द्व सुरु हुने सम्भावना छ ।

 

राजपाले दिर्घकालमा नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि नै चुनौती खडा गर्ने निर्वाचन घोषणापत्र जारी गर्दा औपचारिक प्रतिक्रिया त परैजाओस निर्वाचनका आमसभाहरुमा प्रमुख दलका गिनेचुनेका देखि जिल्ला स्तरका नेताहरुले समेत यस विषयमा चुइँक्क समेत नबोल्नु चाँही अझ डरलाग्दो विषय हो ।