अर्थतन्त्र’bout माफी माग – प्रा.डा मदनकुमार दाहाल

 

शासकहरुले इमान्दारीपूर्वक विद्यमान आर्थिक विसंगतिहरुलाई स्वीकार गर्नु पर्दछ । त्यसको जिम्मेवारी लिएर जनतासंग क्षमा प्रार्थी हुनु पर्दछ ।

(१) नेपाललाई सम्पूर्ण रूपले विदेशी वस्तुको वजार वनाईयो । भारत–६५ प्रतिशत, चीन–१३ प्रतिशत र अन्य मुलुक–२२ प्रतिशत ।

परनिर्भरता कहाली लाग्दो रूपमा वढेर गयो ।

(२) नेपालीलाई विदेशीको गुलाम वनाईयो । उदाहरणार्थ – विदेशी सेनामा नेपालीलाई भाडाका सिपाही (मर्सिनरी)बनाइयो ।

भारतीय सेनामा मात्र ६० हजार र खाडी र अन्य मुलुकहरूमा समेत ६० लाख वैदेशिक रोजगारमा कार्यरत छन् नेपाली मजदूर ।

(३) असंख्य नेपाली चेली–वेटीहरू विदेशमा अकल्पनीय र घोर नारकीय जीवन विताई रहेका छन् । प्रत्येक दिन वैदेशिक रोजगारमा जानेको एउटा लाश आउंछ ।

क्षतिपूर्ति वापत प्राप्त ‘रेमिटेन्स’वाट विलाशीताका वस्तुहरू आयात गरिन्छ । नेपालको कुल निर्यात (रू. ७३ अर्व) ले एउटा वस्तु पेट्रोलियम पदार्थको आयात (रू. ११९अर्व) धान्न सक्ने अर्थतन्त्रको क्षमता छैन ।

लोकतन्त्रमा एउटा सामान्य आय भएको परिवारले हरियो साग–सब्जी, तरकारी किन्न सक्ने क्षमता रहेन । के यही हो विकासको चमत्कार ?

(४) यस्तो भयावह अवस्थामा शासकहरू अहिले आर्थिक सम्वृद्धिको नारा घन्काउन व्यस्त छन् । किञ्चित पनि ग्लानी, संकोच र लज्जावोध छैन !

असक्षमता, व्याप्त भ्रष्ट्राचार र कुशासनको चक्रव्यूहमा परेको दयनीय अर्थतन्त्रलाई सुधार नगरि विकास र सम्वृद्धि संभव छैन ।

सर्वप्रथम, शासकहरूले इमान्दारीपूर्वक विद्यमान आर्थिक विसंगतिहरूलाई स्वीकार गर्नु पर्दछ र त्यसको जिम्मेवारी लिएर जनतासंग क्षमा प्रार्थी हुनु पर्दछ ।

(५) निर्वाचन पश्चात जनमतको आधारमा वहुमत प्राप्त गर्ने गठवन्धनको सरकारले विगतका त्रुटीहरूलाई सुधार गर्दै संभाव्य र प्राथमिकता प्राप्त क्षेत्रको आधारमा आगामी २ वर्ष भित्र अर्थतन्त्रमा सुधार गर्दै सामान्य परिस्थितिमा फर्काउनु पर्दछ ।

र, ५ वर्षमा आम नेपाली जनतालाई इज्जतपूर्वक वांच्न सक्ने अर्थतन्त्रको प्रत्याभूति गरिनु पर्दछ ।

यति मात्र हुन सक्यो भने भविष्यमा आर्थिक सम्वृद्धिको सोपान निर्माण हुन्छ ।

(प्राध्यापक डा. मदनकुमार दाहाल मूर्धन्य अर्थशास्त्री हुन् । चालिस वर्ष त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र पढाएका दाहालले मेघा बैंकको अध्यक्षसमेतको जिम्मेवारी पूरा गरिसकेका छन् ।
उनी विद्यमान अर्थतन्त्र, आर्थिक गतिविधि र अर्थराजनीतिवारे चोटिलो अभिब्यक्ति दिइरहन्छन् । उनकै चेलाहरु मुलुकको अर्थतन्त्र हाँक्ने पदमा बसिरहेका बेला मदन सर भेटघाट, अन्तरक्रिया, छलफलमा मात्र होइन, सामाजिक संजालमा समेत जमेर आर्थिक—राजनीतिक पक्षहरु’bout तिखो प्रहार गरिरहेका हुन्छन् । प्रस्तुत सामाग्री  उनको फेसबुकबाट साभार गरिएको हो । )