बाबुराम भट्टराईको ‘ताकधिनाधिङ्ग ताकधिनाधिङ्ग’ –
डा. बाबुराम भट्टराईको नयाँ शक्ति नेपाल पार्टीले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि आर्कषक प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । यो प्रतिवद्धतापत्र उनकै लेखन हो ।
बाबुराम २०२६ सालको प्रवेशिका परिक्षाको वोर्ड प्रथम भएको, गणित तथा विज्ञान बिषयको अव्वल विद्यार्थी, भारतको चण्डीगढ र दिल्लीबाट इन्जिनियरिङ्गमा क्रमशः स्नातक र स्नातकोत्तर तथा दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधी गरेको र समाजमा एक प्रतिष्ठित विद्धान नेताको छवि रहेको छ । यस्तो विद्वान नेताले तयार गरेको प्रतिवद्धतापत्र’bout समाजमा चासो हुनु स्वाभाविक हो ।
आजको स्तम्भमा उनको निर्वाचन फितलो प्रतिवद्धतापत्रले समाजमा फैलाएका भ्रममाथि टिप्पणी गर्ने प्रयास गरिएको छ ।
सुशासन र सदाचार’bout भ्रम
उनको निर्वाचन प्रतिवद्धतापत्रले देशको प्रमुख समस्या सबै क्षेत्रमा व्याप्त भ्रष्टाचार र कुशासनलाई ठानेको छ । उनको घोषणापत्रमा भनिएको छ, “कतिपय पछिल्ला सर्वेक्षणहरुले राजनीतिक दल र नेताहरु सबभन्दा भ्रष्टाचारी भएको पुष्टि गरेका छन् । त्यसपछि कर्मचारी प्रशासन, न्यायालय र सुरक्षा अंगहरु भ्रष्टाचार र अनियमितताको केन्द्र बनेका छन् । तसर्थ, राजनीति र सरकारी सेवालाई भ्रष्टाचारको दलदलबाट निकालेर सुशासन र सदाचार कायम गर्नु नयाँ शक्ति पार्टी, नेपालको सबभन्दा महत्वपूर्ण कार्यभार हुनेछ ।
यसक्रममा सबभन्दा पहिले हामी राजनीतिलाई एउटा निजी व्यवसाय हैन स्वैच्छिक सामाजिक कर्म र सेवाको रुपमा स्थापित गर्नेछौं । हामी भ्रष्टाचारप्रति शून्य–सहनशीलता कायम गर्नेछौं (पृष्ठ ७) ।” पढ्दाखेरी यो प्रतिवद्धता आर्कषक लाग्छ । तर भट्टराईको वास्तविक रेर्कड के छ भनेर हेर्दा खेरी भने अर्को तस्विर आउँछ । जस्तै नेपालमा सवैभन्दा भ्रष्ट सरकार उनकै पालामा रहेको थियो । भ्रष्टाचारविरोधी अन्तरराष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले ‘करप्सन पर्सेप्सन इन्डेक्स’ प्रकाशन गर्नथाले यता सवैभन्दा धेरै भ्रष्टाचार उनको पालामा भएको थियो । उनकै पालामा नेपालको स्थान सन् २०११ मा १८३ देशहरुमा १५४ औ र २०१२ मा १७६ देशहरुमा १३९ औ थियो ।
त्यस्तै गरि इतिहासमै सवैभन्दा दोस्रो ठुलो ४९ मन्त्री भएको सरकार उनकै पालामा थियो । शेरबहादुर देउवाले अहिले उनलाई जितेकोले मात्र उनी दोस्रो भए । नत्रभने उनी पढाईमा जस्तै यसमा पनि प्रथम नै थिए । साथै, ‘ग्लोवल कम्पेटिटेभ इन्डेक्स’ र ‘डुइङ्ग बिजिनेश’को विश्वव्यापी ‘र्याङकिङ्ग’समेतमा भट्टराईको प्रधानमन्त्रित्वकाल अरु प्रधानमन्त्रीको कार्यकालमा भन्दा नेपालको स्थान धेरै तल थियो । सदाचार र सुशासनमा बाँचेकादेखि मरेका सवै नेपाली प्रधानमन्त्रीहरुभन्दा तलै हो उनको स्थान ।
यसअलावा, भट्टराईले प्रधानमन्त्री हुँदा अहिलेसम्मकै सवैभन्दा ठुलो ‘भ्याट स्क्याम’को प्रतिवेदन नै सार्वजनिक गरेनन् नेपालका करिब ३२०० व्यापारिक घरानाले अर्बाैको भ्याट ठगी गरेको यो घटनालाई उनकै कारण सार्वजनिक भएन भन्ने जानकारी अर्थमन्त्रालयका उच्च अधिकारले नाम नबताउँने शर्तमा जानकारी दिएका छन् । यत्रो ‘स्क्याम’ दवाउँने व्यक्ति कसरी सदाचारी भए भन्ने प्रश्न स्वाभाविक रुपमा उठ्छ ।
त्यति मात्र होइन भट्टराई नातागोतालाई राजनीतिक नियुक्ति गर्नेमा प्रथम नै हुन । उनले भाइ, बुहारी, साली, जेठी सासुदेखि घर र ससुरालीका दुरका रिस्तेदारसम्मकालाई राजनीतिक नियुक्ति गरे ।
ससुरालीवाद भित्र्याउँने नेता भनेर भट्टराई’bout किस्सासमेत बने । सार्वजनिक पदमा आसिन ब्यक्तिले नियुक्ति गर्दा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ घोषणा गर्ने मानक अभ्यास छ । नियुक्ति प्रक्रियामा नातेदार वा व्यवशायिक स्वार्थ नभएको स्वघोषणा गर्ने सामान्य दायित्व हो । नेपालमै भगवान कोइरालाले विवादमा तानिने डरले कोइराला थर भएका कोही पनि शहिद गंगालाल अस्पतालमा नियुक्ति नगरेको प्रेरक उदाहरण देशमै छ । तर, उनले यसो कहिल्यै गरेनन् । र, उनले सार्वजनिक पदको मानक नैतिकता कायम गर्न सक्दैनन् भन्ने प्रमाणित हुन्छ । भट्टराइले मै सवैभन्दा धेरै भ्रष्टाचारलाई प्रोत्साहित गर्ने व्यक्ति हुँ भन्न सक्नु पर्दछ ।
आर्थिक विकास’boutका भ्रम
के उनले दावी गरेको जस्तो आर्थिक विकास संम्भव छ ? “अरुले सर्प झैं घस्रिने वा मोटर झैं गुड्ने गतिमा क्रमिक विकासको कुरा गरेका छन् भने हामी चाँही नेपाली इतिहासको यो विशिष्ट घडीमा भ्यागुतो झैं उफ्रने वा हवाइजहाज झैं उडान भर्ने टेक अफ वा छलाङ्ग हान्ने प्रकृतिको गुणात्मक विकासको कुरा गरिरहेछौं” घोषणापत्रमा उल्लेख छ । यो उनको मौलिक चिन्तन होइन । उनले वाल्टर वाल्टर रोस्टोको ‘स्टेजेज अफ एकोनोमिक ग्रोथ: अ नन कम्युनिष्ट मेनिफेस्टो’बाट लिएका हुन । यसरी हवाइ जहाज जस्तो अर्थतन्त्र कुनै पनि देशमा उडेको छैन । अर्थतन्त्र हवाइ जहाज होइन पनि । साथै हवाइ जहाज जस्तो उडे नै पनि हवाई जहाजको जस्तो अर्थतन्त्रको ‘क्रास ल्याण्डिङ्ग’ वा ‘बम्प डाउन’ हुने सम्भावना रहन्छ । त्यस वेला अर्थतन्त्र विमान विस्फोट भएर टुक्रा टुक्रा भएजस्तो छिन्नभिन्न हुन्छ । त्यसकारणले गर्दा यस्तो दावी उड्ययन तस्तरी जस्तो मात्र हो ।
उनको प्रतिवद्धतापत्रमा आगामी ५ वर्ष सम्ममा मुलुकलाई विकासशील मुलुकमा स्तरोन्नति गर्ने भनेका छन् । त्यसको लागि आगामी ५ बर्षमा नेपालीको प्रतिव्यक्ति आय १५०० अमेरिकी डलर हुनु पर्दछ । अहिलेको भन्दा ठिक दोब्वर । त्यस्तै १५ वर्ष सम्ममा मध्यम आय भएको मुलुकको दर्जामा पुर्याउने दावी गरेका छन् ।
त्यसका लागि ३९५६ अमेरिकी डलर आय हुनुपर्दछ । अहिलेको भन्दा करिब ६ गुणाले बढि । आगामी २५ वर्ष सम्ममा उच्च आय भएको अवस्थामा देशलाई पुर्याउने दावी गरेका छन् । त्यसको लागि १२ हजार ३३६ अमेरिकी डलर आय हुनुपर्दछ । अहिलेको भन्दा कबिर २० गुणाले ठुलो हुनु पर्दछ ।
त्यसको लागि उनले “उच्च लगानी र त्यसको निरन्तरताबाट मात्र माथि उल्लेखित लक्ष्यहरू हासिल गर्न सकिन्छ । यसका लागि सरकारी तथा निजी, स्वदेशी तथा विदेशी लगानीलाई प्रभावकारी तरिकाले परिचालन गरी, आगामी ५ वर्षसम्म स्थिर पूँजीको अंश कूल गार्हस्थ उत्पादनको ३५ प्रतिशत, त्यसपछिका १० वर्षसम्म औसतमा ४० प्रतिशत र अर्को १० वर्षसम्म सम्ममा ४५ प्रतिशत पुर्याएर दुई अंकको वृद्धिदर हासिल गरिनेछ” भनेका छन् ।
तर आर्थिक सर्भेक्षणले अहिले नै जिडिपीको ४० प्रतिशतभन्दा धेरै २०१० देखि नै नेपालमा लगानी भएको देखिन्छ । उनको तथ्याङ्कको प्रस्तुति नै गलत छ । उनको प्रतिवद्धतापत्रमा गर्ने भनेर उल्लेख भएको लगानीभन्दा धेरै अहिले नै लगानी भैरहेको छ । यो स्तरको लगानीले गर्ने भनेको उडन्ते विकास मात्र हो ।
सञ्चार, अनुसन्धान, विज्ञान तथा प्रविधि’bout भ्रम
सञ्चार, अनुसंन्धान, विज्ञान तथा प्रविधिको क्षेत्रको विकास, विस्तार र सुदृढीकरण गर्नका लागि गरेको प्रतिवद्धता पनि हावादारी छ । अनुसन्धान, विज्ञान तथा प्रविधि विकासमा ५, १५ र २५ वर्षमा जिडीपीको क्रमशः १५, २५ र ३५ प्रतिशत लगानी पुर्याइनेछ भनेका छन् (पृष्ठ २६) । यो गाजा वा धतुरोको खाएर त्यसको नशाको ‘ह्यालुसिनेसन’मा लेखेको हुनुपर्छ । सद्धे व्यक्ति वा समान्य मानसिक अवस्थाको मान्छेले यस्तो कुरो गर्दैन ।
संसारका सवैभन्दा विकसित देशमा यो ५ प्रतिशत पनि छैन । जिडिपीको इजरायलमा यो ४.१, जापानमा ३.५८ र अमेरिकामा यो २.७३ प्रतिशत रहेको छ । अर्गानिजेसन अफ इकोनोमिक कोअपरेशन एण्ड डेभलपमण्ट (ओइसिडी)का अधिकांश देशमा यसको १.५–२ प्रतिशत छ । एक गरिब देशमा यो ०.२ भन्दा कम छ । नेपालमा यो ०.३ मात्र छ, अहिले । नेपालमा राजश्व नै जिडिपीको २२ प्रतिशतभन्दा थोरै छ । यस्तो अवस्थामा संसारमा कहि पनि नभएको जिडिपीको ३५ प्रतिशत विज्ञान र प्रविधिमा लगानी पु¥याइने दावी हावादारी हो ।
५ बर्षमा विकासशील राष्ट्र, दश बर्षमा मध्यम आय भएको र २०÷२५ बर्षमा उच्च आय भएको मुलुक बनाउँन चाहिने लगानी बाबुरामका पितापुर्खाले खेतका कान्लामूनी हजारौ टन सुनका लाप्सासहितको गाडधन छोडेका छन भने मात्र सम्भव छ । उनले बहुमत आउँनेवितिकै सो गाडधन निकालेर देशको विकास गर्ने योजना हो भने मात्र यो संम्भव छ ।
अथवा विल गेट्स र वारेन वफेट जस्ता एकदर्जन अर्बपतिहरुसंग बाबुरामले मीत लगाएको हुनुपर्छ । र, आफ्ना मितज्यूको गरिब देशलाई धनी बनाउन बार्षिक एक÷एक अर्ब डलर सहायता गर्ने र सो रकममा बार्षिक १३ प्रतिशतले वृद्धि गर्ने उनीहरुले वाचा गरेको हुनुपर्छ । होइन भने बाबुरामले अरबी दन्त्य कथाको जिन्नलाई पानसमा कैद गरेर राखेको हुनुपर्छ । बहुमत आएको दिन उनले “ताकधीनाधीङ्ग ताकधीनाधीङ्ग, बाहिर निस्क विकासे जिन्न” भन्छन् । उनको आदेश पाउँनासाथ जिन्न पानसबाट निस्केर “हुकुम गर्नुस मेरो आका” भनेर बाबुरामलाई भन्छ । उनले फटाफट हुकुम गर्छन । जिन्हले एकै क्षणमा देशका सवै सडक ६-८ लेनका, १०००० मेघावाट विद्युत्त आयोजना, ४ ओटा हिथ्रोभन्दा ठुला विमानस्थल, मेची–महाकाली ‘म्यागलेभ ट्रेन’, टोकियोको भन्दा उच्च कोटीको काठमाण्डौमा मेट्रोरेल, नेपाल एयर लाइन्सलाई १०० ओटा वोइङ्ग बनाइ दिन्छ । यस्तो तिलस्मी उपायवाहेक उनले प्रतिवद्धतापत्रमा उल्लेख गरेका प्रतिवद्धताहरु सुदुर भविश्यसम्म पूरा हुने कुनै पनि युक्तिसंगत, तर्कसंगत र विश्वसनीय आधार छैनन् । यो प्रतिवद्धतापत्र पढ्दा उनको वौद्धिक क्षमता र अध्ययनमा हासिल गरेको उत्कृष्टतालाई नै प्रश्नको घेरामा उभ्याउँछ ।