कुनै तस्कर नचुनियोस्, भ्रष्टाचारी नचुनियोस्

 मेरो भोटले एउटा असल मान्छे चुनियोस्, मेरो प्रतिनिधि चुनियोस् । कुनै तस्कर नचुनियोस्, भ्रष्टाचारी नचुनियोस् । गुण्डा नचुनियोस् । मेरो भोटले कसैको हत्या गर्नेलाई नचुनोस्, देश लुट्नेलाई नचुनोस् । यस्तो मान्छे चुनियोस् जसबाट राष्ट्रियताको संरक्षण होस् तर यस्तो पनि नहोस्, जो बारम्बार चुनिएको होस् । 

 

 

विगतका तुलनामा नेपालको वर्तमान व्यवस्था बढी प्रतिनिधिमूलक छ । यो लोकतन्त्र अलि बढी फैलिएको र जनस्तरीय पनि छ । दलित, जनजाति, विभिन्न तप्काका महिला, क्षेत्रीय र वर्गीय प्रतिनिधित्वका लागि समेत यस व्यवस्थामा समुचित प्रतिनिधित्वका प्रावधान छन् । प्रतिनिधित्व प्रणाली फराकिलो भएको छ । यी प्राप्ति साँच्चै नै गौरव गर्न योग्य छन् । यसको श्रेय कसलाई जान्छ ? केपी शर्मा ओली र शेरबहदुर देउवालाई कि पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई ? होइन, यसको श्रेय नेपाली चेतनामा आइरहेको उदारतालाई जान्छ ।

 

लामो संघर्षपछि नेपाल गणतन्त्र भएको छ । जनतामध्येबाटै चुनिएको व्यक्ति राष्ट्रप्रमुख हुन्छ । यो लरतरो उपलब्धि होइन । राजा, राणाहरुले गाँजेर बसेको देश । कुलीन, घरानियाँहरुको दबदबा, आलोचना ग¥यो कि थुनिहाल्ने, जनता पददलित, बाटाघाटा नभएको, एउटै एयर लाइन्स्, जम्माजम्मी २०० मेगावाट विद्युत्, दरबार उज्याला देश अँध्यारो, एकै अनुहारका मानिसको शासन,  पिछडिएको हेपिएको देशमा कसरी सम्भव भयो यस्तो दुर्लभ उपलब्धि ?

 

 

कसरी फालियो होला, त्यस्तो असंवेदनशील, क्रूर सत्ता र स्थापित भयो जनताको सर्वोच्चता ? यो सोच्ने विषय हो । यो प्रचण्डको योगदान हो कि ओलीको ? रामचन्द्र पौडेलको हो कि देउवाको ? होइन, यो योगदान हो नेपाली जन जनमा विद्यमान असीम ऊर्जाको । ज्यान फालेर आन्दोलनमा जाने, छातिमा तातो गोली खाने वीर विरांगनाहरुको ।

 

 

त्यतिमात्र भएको छैन । नेपाल संघीयतामा प्रवेश गरेको छ, प्रदेशहरु बनेका छन् । अब शासकीय व्यवस्थामा सरकार क्षेत्रीय पनि हुने छन् अर्थात् जनताले आफू नजिकै सेवा पाउने छन् । राज्यको लोकतन्त्रीकरण हुनेछ । यो संरचनाको राम्रो रेखदेख भयो, प्रतिनिधि असल चुनिए भने विकास एकै ठाउँमा गुटमुटिने छैन । वितरित र विस्तारित हुनेछ । सिंहदरबार गाउँ गाउँ मात्र होइन, घर घरमा पुग्ने छ । यस्तो अवस्था कसले ल्यायो ?

 

 

यसको यश मधेस आन्दोलनलाई मात्र होइन, आन्दोलन हुनुभन्दा वर्षौं पहिलेदेखि एकान्तवासमा बसेर प्रदेशको परिकल्पना गर्ने र रेखा कोर्नेलाई जान्छ । सबैभन्दा धेरै यश लोकतान्त्रिक परिपाटीलाई जान्छ जसका कारण देशमा विविधतालाई, बहुलतालाई सम्मान गर्ने प्रथा बस्यो ।

 

 

चुनाव आउँदैछ । अब यी प्राप्तिलाई संस्थागत गर्ने समय आएको छ । नेपालकै इतिहासमा प्रदेशहरुको पहिलो पटक निर्वाचन हुन गइरहेको छ । नयाँ संविधानअन्तर्गत केन्द्रीय प्रतिनिधिसभा चुनिन गइरहेको छ । यो लरतरो संघर्षबाट प्राप्त उपलब्धि होइन, धेरैको ज्यान गएको छ यही प्राप्तिका लागि । जेल नेल धेरैले भोगेका हुन् । यसर्थ मंसीर १० र २१ गते हुन गइररहेका मतदान लहै लहैमा गर्ने होइन, धेरै विचार पु¥याएर गर्नुपर्ने हुन्छ ।
म पनि विचार गर्दैछु । अहिलेसम्म मैले कसलाई भोट दिने तय गरेको छैन । म अझैं विचारमै छु । ’cause यो विचार पु¥याउनुपर्ने बेला हो । अझ किन पनि भने म चाहन्छु, मेरो भोटले एउटा असल मान्छे चुनियोस्, मेरो प्रतिनिधि चुनियोस् । कुनै तस्कर नचुनियोस्, भ्रष्टाचारी नचुनियोस् । गुण्डा नचुनियोस् । मेरो भोटले कसैको हत्या गर्नेलाई नचुनोस्, देश लुट्नेलाई नचुनोस् । यस्तो मान्छे चुनोस्, जसबाट राष्ट्रियताको संरक्षण होस् तर यस्तो पनि नहोस्, जो बारम्बार चुनिएको होस् ।

 

 

आज एकातिर एकथरी, ‘कम्युनिस्ट’ एक जुट भयौं भनेर कार्ल माक्र्सलाई ढाँट्दै छन् । ’cause यी जो आफूलाई कम्युनिस्ट भन्दैछन्, तीमये अधिकांश दलाल छन् । भन्नुहोस् त आफैं, अरबौंका पूँजी, निजी सम्पत्ति हुने पनि कहीं ‘कम्युनिस्ट’ हुन्छ ? जनस्वास्थ्य र शिक्षणलाई व्यापार बनाउने, निजी सम्पत्ति राख्ने र परिवारमोहमा डुबेकाहरु लोकहित गर्छौं भन्दै भोट माग्न आए, त्यस्तालाई ठाडै अस्वीकार गरिदिए हुन्छ ।
त्यस्तै, लोकतन्त्र मास्नेहरु लोकतन्त्रकै मुखुण्डो भिरेर लोकतन्त्रको रक्षा गर्ने भन्दै आउन सक्छन्, त्यस्ता पाखण्डीहरुलाई आफ्नो मत दिइयो भने देशले सराप्छ, त्यस्तासित त बोल्दा पनि पाप लाग्छ । मान्छे चिन्न सजिलो छैन तर चिनेर भोट दिनुपर्ने हुन्छ । धेरै विचार गर्नुपर्नेछ यसपालि ’cause धनले भोट जितिन्छ भन्नेहरु पनि उम्मेदवार भएर आएका छन् । पार्टीमा अरु उम्मेदवारै नभएजस्तो कसैका शाखा सन्तानै उम्मेवार छन् । यस्तो कार्य तिरस्कारयोग्य हुन्छ र गर्नुपर्छ ।

 

 

यति हुँदाहुँदै पनि लोकतन्त्रमा सामूहिक विवेकको बडो ठूलो महत्व हुन्छ । यो मानिन्छ कि मतदानमा कसो कसो अन्तस्करण अभिव्यक्त भएरै छाड्छ । तर यसैबीच प्रशस्तै सुरक्षा खतरा बढेर गएको छ । लाग्छ, कसैले लोकतन्त्र संस्थागत नहोस् भन्ने मनसायले चुनाव बिथोल्न खोज्दैछ । तैपनि, विश्वस्त हुन सकियोस्, अन्यथा नहोस्, निर्वाचन अगावै सुरक्षा प्रबन्ध सुदृढ होस्, र निर्भयतापूर्वक मतदानमा भाग लिन पाइयोस्, संघीय नेपालको आधारस्म्भ सबलतापूर्वक उभियोस् ।