एकिकरण कि माओवादी केन्द्र एमालेमा समाहित ?

एमाले र माओवादी केन्द्रसंग सशस्त्र विद्रोह गरेको इतिहास र अनुभव पनि छ । दुवै दल हिंसालाई राजनीतिक हतियार बनाएको, व्यक्ति हत्यालाई कथित क्रान्तिको माध्यम बनाएको परिवेशबाट आएका छन् । एमाले त यो मामलामा माओवादी केन्द्रभन्दा जेठो नै हो । साथै दुवै दलले हिंसात्मक बाटो परित्याग गरेर जनमतमा आधारित बाटोलाई समाएका पनि छन् ।

 

सवैलाई आश्चर्यचकित बनाउँदै पुष्पकमल दाहाल र खड्गप्रसाद ओलीले दशैंको लगत्तै आसन्न आम निर्वाचनमा तालमेल गर्ने र निर्वाचन लगत्तै पार्टी एकिकरण गर्ने घोषणा गरेका थिए । आगामी मंसिर ९ गते अर्थात आम निर्वाचनको मतदानको ठिक एक दिन अगाडि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) वीच पार्टी एकिकरणको घोषणा हुने चर्चाले राजनीतिक बजारको पारो फेरि एकपटक तताएको छ ।

 

एमाले र माओवादी केन्द्रवीच साच्चै पार्टी एकिकरण हुन्छ भन्ने कुरामा अधिकांश मानिस विश्वास गर्न हिच्किचाइरहेका छन् । यसको कारण एमाले र माओवादी केन्द्रवीचको विगतको तिक्तता नै हो । साथै पुष्पकमल दाहालको अस्थिर र निर्भरगर्न अयोग्य (अनरिलाइएबल) चरित्र पनि संसय पैदा गर्नको लागि मुख्य कारकको रुपमा रहेको छ ।

 

हुनत एमाले र माओवादी केन्द्रसंग सशस्त्र विद्रोह गरेको इतिहास र अनुभव पनि छ । दुवै दल हिंसालाई राजनीतिक हतियार बनाएको, व्यक्ति हत्यालाई कथित क्रान्तिको माध्यम बनाएको परिवेशबाट आएका छन् । एमाले त यो मामलामा माओवादी केन्द्रभन्दा जेठो नै हो । साथै दुवै दलले हिंसात्मक बाटो परित्याग गरेर जनमतमा आधारित बाटोलाई समाएका पनि छन् ।

 

र, ढिलो चाडो मात्र हो दुवैले बर्तमानमा तत्कालको प्रतिस्पर्धात्मक लोकतान्त्रिक राजनीतिक व्यवस्था, बहुलवाद र पूँजीवादी आर्थिक सामाजिक रुपान्तरणलाई स्वीकारेको अवस्था छ । अब हिडने बाटो एकै हो भन्ने तर्क पनि जायजै हो ।

 

धेरैले एमाले र माओवादी केन्द्र वीचमा चुनावी तालमेल भएपनि पार्टी एकिकरण नै भने सम्भव नरहेको दावी गर्छ । यस्तो दावीको पछाडि उनीहरुको तर्क के छ भने विचारका हिसावले नेकपा माले हुदै २०३८ सालपछि नै माओवादी विचारधारा परित्याग गरिसकेको एमाले र अहिले पनि माओ विचारधारालाई माओवाद कै रुपमा अनुशरण गरिरहेको माओवादको अनुसारक वीचको एकता सम्भव नै हुँदैन ।

 

तर, एमाले र माओवादी केन्द्रको गठबन्धनले जारी गरेको निर्वाचन घोषणापत्रले भने यस्तो एकता सम्भव रहेको देखिन्छ । यो घोषणापत्र अनुसार एमाले र माओवादी केन्द्र वीचमा पार्टी एकिकरण होइन माओवादी केन्द्र एमालेमा समाहित हुने मात्र हो । ’cause २०६२÷६३ को जनआन्दोलन, शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र संविधानसभाबाट नयाँ संविधान जारी सवै घटनालाई एमालेले भन्ने गरेको नेकपाका संस्थापक महासचिव पुष्पलालले २०३० सालको दशकमै अगाडि सार्नु भएको संयुक्त जनआन्दोलन अन्र्तगत प्राप्त भएको उपलब्धीको रुपमा चित्रित छ । यसमा माओवादी जनयुद्धको उल्लेख गरिएको छ तर यसमाथि जोड दिएको पाइदैन । यस्तो भाष्य विकास गर्दा यो गठबन्धनको घोषणापत्रको माओवादी मस्यौदाकारले ख्याल गरेनन् भन्न सकिदैन । माओवादीको विगतको शसस्त्र संर्घषलाई ‘एकनलेज’ गरेको तर ‘इम्फासिस’ नगरेको प्रष्ट छ ।

 

अर्कोतर्फ, नयाँ संविधानमा समाजवाद उन्मुख राज्य बनाउने र संविधानमा भएको मौलिक हक, संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक र समावेसी सिद्धान्त अहिलेको उपलब्धी भएको र नेपाली मौलिक लोकतान्त्रिक क्रान्ति एक उपलब्धी भएको बिषयमा सहमत छन् । साथै यस उपलब्धीको रक्षा र कार्यान्वयन अहिलेको राजनीतिक कार्यसूचि बनाएका छन् ।

 

साथै प्रतिस्पर्धात्मक बहुदलीय राजनीतिक प्रणाली, संविधानको सर्वोच्चता, कानूनीराज, लोककल्याणकारी राज्य, आवधिक निर्वाचन, मौलिक अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, मानवअधिकार, शक्ति पृथकीकरण, धर्मनिरपेक्षता, धार्मिक स्वतन्त्रता, सामाजिक न्याय, समावेसी र समानुनिक प्रतिनिधित्व जस्ता विशेषता नेपालको समाजवादको बिषय भएको दुवैले स्वीकार गरेका छन् । यो बिषय भनेको एमालेका तत्कालिन महासचिव मदन भण्डारीले तत्कालीन समयमा विकास गरेको भनिएको एमालेको जनताको बहुदलीय जनवादको कार्यक्रम हो ।

 

यस्तो अवस्थामा देशको अर्थराजनीतिक अवस्थाको बिश्लेषण र भावी कार्यक्रममा सहमति भए पछि एकतामा समस्या छैन ।

 

तर, यो एमाले र माओवादी केन्द्र वीचको एकता नै होइन । यो एमाले भित्र माओवादी केन्द्रलाई समाहित गराउने हो । यसरी एमालेमा माओवादी मिसिन जाने हो भने एकता तत्कालै हुन सक्छ तर यदि नीतिगत र वैचारिक आधारमा एकिकरणको कुरा गर्ने हो भने एकिकरण निर्वाचपछि पनि सम्भव छैन । माओवादी केन्द्रको नेतृत्व र यसका कार्यकर्ता पङ्तीले यसलाई कसरी लिन्छन त्यसमा एकता निर्भर गर्दछ ।

 

वाम गठबन्धनको घोषणापत्रमा उल्लेख भएको दिशा तथा मार्गनिर्देशनअनुसार हो भने एमाले भित्र र माओवादी केन्द्रलाई मिसाउन समस्या देखिदैन । साच्चिकै प्रचण्डले माओवादी केन्द्रलाई एमालेमा मिसाउन लागेकै हुन भने समस्या एकिकरण नै गर्न खोजेको हो भने तत्कालको अवस्थामा यो सम्भव छैन ।