महासमितिमा कांग्रेसको एज,एजेन्डा र एक्जिटकाे बहस

कांग्रेस युवा नेता गगन थापाद्वारा प्रस्तावित बिधान संसोधनमा कांग्रेसको कार्यकारी तहका पदाधिकारी र सदस्यहरुले आफ्नो सम्पत्ति विवरण पार्टीमा बुझाउने र सार्वजनिक गर्ने अंशलाई आफ्नो बिधानमा समेट्छ या अवज्ञा गर्छ ? जनता उत्सुकता पुर्वक हेरिरहेकाछन ।

कांग्रेसको आगामी महासमिति बैठकमा कुनै नवीन एजेन्डा र प्रस्तावले पास हुने मौका र अवसर त पाउदैन त्यो लगभग पक्का नै छ तथापि बहसमा भने केहि विषयले चर्चा पाउने , स्थान लिने र भावी दिनहरूमा यसले छोडने छाप र प्रभावको ’boutमा सामान्य आंकलन गर्न सकिन्छ । विषय प्रवेश का हिसाबले पनि कतिपय कुरा सान्दर्भिक प्रासंगिक र एतिहासिक अनि दुरगामी महत्वका हुन सक्छन् ।

 

सुब्यवस्थित चियापान गरेर कांग्रेस बदलिएको संकेत दिएको ,राष्ट्रियरूपमा चर्चा र तरंग फैलाएको कांग्रेस महासमितिको बैठकको आयोजना पछि कस्तो दिशामा जान्छ अरु कस्तो संकेत देखाउछ यसको भाग्य र भविस्य यसका नेता र कर्याकर्ताको उज्यालो र अँध्यारो त्यसैमा निर्भर रहन्छ ।

 

एउटाको कमजोरी नदेखिएका बेला अर्काको सबल पक्ष देखिन्न्न । प्रसङ्ग चियापानकै हो । प्रसङ्ग सरकारकै हो । सन्दर्भ र चर्चा , सकारात्मक र नकारात्मक पाटाे र परिवेश पार्टीहरुकै हो । निर्बल अनि बलियो पक्ष पनि सरकार र विपक्षीकै हो । सरकार चारैतिर बदनाम र दुर्नाम भएको बेला, चौतर्फी असफलताले आलोचनाको तीखो तीर एकैचोटि सोझिएको समयमा , सत्तासिन नेकपाले चियापान गरेर, चियापानमा प्रसस्तै कमजोरी देखायो , चियापानको मेनुमा भेदभावपूर्ण निति अख्तियार गर्यो जसले गर्दा समानता र बर्गबिहिन समाज र संस्कृति को वकालत गर्ने पाखण्ड नमज्जाले उदांगो भयो ।

 

स्वाभिमानी नेताकार्यकर्ताको शिर लज्जाले निहुरियो । कम्युनिस्ट पार्टी भनेको समानताको पर्याय सम्झने नेता कार्यकर्ता जब आफ्नै पार्टीको केन्द्रीय नेतृत्वको अनुगमन,नियमन र ब्यबस्थापनमा भएको राष्ट्रिय अन्तरास्ट्रिय चर्चामा आउने चियापानको मेनुमा बिभेदको सिकार बने । तब लज्जाको हद नाघ्यो । कम्युनिस्ट पार्टीको मेनुमा, भि. भि. आइ पी., भि. आइ. पी. र सर्वसाधारण भनेर खानाको परिकारमै बर्ग खडा गर्नु र ठालुपन देखाउनु समानताको वकालत गर्ने पार्टीको लागि कलंकको टीका हो ।

 

त्यतिमात्र होइन अव्यवस्थित र स्वास्थ्य जस्तो संबेदनशील कुराको ख्याल नगरी असाध्यै फोहोर पानीको प्रयोग गरेर अस्त ब्यस्त आयोजनाले नेकपाभित्र झांगिएको अल्छि आलास्य र अस्वाभाविक भद्रगोलले पुरानो कांग्रेसको झल्को दिन्थ्यो र धेरैले टिप्पणी गरेका थिए नेकपा उन्मादमा आफ्नो व्यवस्थापकिय कुशलता गुमाउँदै ठालुपन भित्र्याउन ब्यस्त रहेछ । नेकपाले अघिल्लो हप्ता चियापान गरेर कमाएको दुर्नामीको फाइदा पछिल्लो हप्ता नेपाली काङ्ग्रेसले अत्यन्तै सु-ब्यबस्थित र एकै परिकारको मेनु पस्केर चियापान आयोजना गर्यो र लियो र चारैतिर वाह-वाह कमायो ।

 

धेरै नेता कार्यकर्ता र पर्यवेक्षकले इतिहासकै उत्कृष्ट कार्यक्रमको ब्यबस्थापन भनेर उल्लेख गरे , तारिफ गरे । राष्ट्रिय राजनीतिमा चुपचाप र भुमिका बिहिन भुमिकामा गुमनाम रहेकोे काङ्ग्रेस एकाएक चर्चाको शिखरमा पुग्यो । नेकपाका वरिष्ठ नेता एवम पुर्व प्रधानमन्त्री झलनाथ खनालले पनि आश्चर्य चकित बनेर काङ्ग्रेसको प्रसंशा गरेका थिए । कांग्रेस चियापानको प्रसंशा नगर्ने मान्छे कमै थिए जो चियापानमा गए जसले बिगतका सबै कार्यक्रम अवलोकन गरेका थिए , काङ्ग्रेसलाई नजिकबाट नियालेका थिए ती सबैले यस पटकको कार्यक्रम आयोजनाको मुक्तकन्ठले तारिफ गरे । यो पंतिकारले पनि नेपाली काङ्ग्रेसका नेता कार्यकर्ता, नेबिसंघ , तरुण दल लगायत पुरै काङ्ग्रेसको अवयब त्यति अनुशाशित र शिष्ट भद्र मर्यादित र पाहुना आगन्तुकको स्वागतमा दत्तचित्त एकै दिनको लागि भए पनि पहिलोपटक देखेको हो । सार्वजनिक मिडिया पनि कांग्रेसले गरेको ब्यबस्थापन गरेको र आफुहरुको सहजताको लागि पहिलोपटक कुशलता देखाएकोमा मख्ख परेको थियो र कांग्रेस सुध्रिएको संकेतको रूपमा व्यापक प्रचारप्रसार भएको थियो ।

 

नेकपाको कमजोरीलाई कांग्रेसले आफू सुध्रिएको अवसर देखाउने मौका पायो एक प्रकारको उर्जा र गति दियो थोरै भए पनि जिवन्तताको झलक प्रस्तुत गर्यो । निराशाको बादल भित्र कतै आशाको उज्यालो देखायो । चियापान गरेर देखाएको आशाको उज्यालो अब महासमितिको बैठकले अरु मुखरित गर्छ कि पुन घना कालो बादलको छायामा पर्छ त्यो हेर्न बाकी छ ।

 

महासमिति बैठकमा कांग्रेसले अब बिधान मात्र हैन चित्र अनि चरित्र बदल्नुपर्छ , एज एजेन्डा र एक्जिट को ’boutमा सतहमा नभएर गहिराईमा पुग्नुपर्छ , नयाँ शैली चरित्र र यूगानुकुल आचरण बनाउनुपर्छ । देशमा उठेको बहस ,संघियता , धर्मनिर्पेक्षता र सांसद संख्या सेवा र सुबिधा जस्ता कुरामा गम्भीर छलफल आवश्यक छ । काङ्ग्रेसको बिधानमा उल्लेख गर्नुपर्ने थुप्रै प्रगतिशील र अग्रगामी निति र नियमहरु छन ।आफ्नो निति , एजेन्डा ’boutमा समिक्षा , नेताकार्यकर्ताको आत्मसमिक्षा , मुल्यांकन , पुनर्मुल्याङ्कन , आवृति र पुनरावृत्ति अनि परिमार्जन र परिस्कार योग र पुनर्योग अहिलेको जल्दोबल्दो विषय र पेचिलो पक्ष हो । एक दुई पटक चुनाव हारेर केही फरक पर्दैन । सधै सत्ताको अभिस्ट मात्रै पनि सोच्नु हुँदैन ।

 

सत्ता बाहिर बसेर पनि बाच्न र पार्टी चलाउने अभ्यास गर्नुपर्छ । कार्यकर्ता थेग्ने प्रशिक्षित गर्ने र चुनावको जय पराजय भन्दा पर देशको हितको लागि सधैं अग्रसर सधै अग्रभागमा रहने बस्ने बानीको बिकास गर्नुपर्छ । चुनावमा पार्टी हारेर केही फरक पर्दैन तर देश नहार्ने देश नदुख्ने , देश छिन्न भिन्न नहुने नीति सिद्धान्त र परिपाटी अगाल्न हिम्मत गर्नुपर्छ । हारलाइ स्वभाविक र खेलको नियम भनेर पुन जित्ने कोसिस देशको बृहत हित जिताउने सोच र दृष्टिकोणलाई आफ्नो अर्जुनदृष्टि बनाउनुपर्छ । कांग्रेस लगाएत सबै पार्टीमा चलेको उमेर हदको विषय सामयिक र उचित छ । पार्टी र देश चलाउन उमेर बाधक त्यस्ता मान्छेको लागि हुँदैन जसको नेतृत्व सबैको लागि ग्राह्य र स्विकार्य होस् । कम विवाद रहित त कोहि हुन सक्दैन तर कम विवादित चै ब्यक्तिको योग्यता हो उमेर होइन ।

 

जसरी जात कसैको योग्यता होइन धर्म अवसर होइन बर्ग संमान होइन त्यसैगरी उमेर कसैको योग्यता र अयोग्यता हुनु हुदैन , बनाइनु बेठिक छ । कम उमेरको हुँदैमा अयोग्य र पिंड खाने उमेर सधै योग्यता , जेल नेल प्रवास र आन्दोलनमा सहभागीता सधैं र सबैको लागि देश चलाउने , राजकीय पद प्राप्त गर्ने योग्यता देख्नु र मानका खातिर मान सम्झने देखाउने काङ्ग्रेसको चलन प्रचलन अब सान्दर्भिक छैन । अवसर सबै उमेर समुहको लागि वितरण पहिलो प्राथमिकतामा रहनुपर्छ । एक्जिटको , कृयाशिलताको निश्चित समयको हदबन्दी बिधानमा आवश्यक होइन तर काम क्षमता र बर्शौ सम्म देखाएको पर्फमेन्सको आधारमा स्वैच्छिक अवकाशको नैतिक बन्धन अपरिहार्यता बनाउनु जरुरी हुन्छ ।

तिघ्रा र पाखुराकै भरमा नेतृत्वको अपेक्षा पनि गलत हो एज गौण कुरा हो एजेन्डा मुख्य र अत्यावश्यक विषय हो । नेतृत्वमा पुग्न कम उमेर (प्रचलित राजनीति पार्टीको सदस्यता लिने उमेर हद ) र बढी उमेर दुवै बादक मानिन्न तर ब्यक्तिको आफ्नो मुल्यांकन र अरुले गर्ने मुल्यांकन पनि हेक्का राख्नुपर्ने हुन्छ । नेता हुने पार्टी सभापति हुने सबै योग्य हुन्छन् नै होइन चुनाव जित्नु देशको सत्तामा पुग्नु र पार्टी सत्तामा पुग्नु योग्य हुनुको परिचायक नहुन पनि सक्छ । योग्य हुनु र योग्यता देखाउनु , क्षमता देखाउनु भनेको उसले नेतृत्वदायी भुमरीमा पुगे पछी देशले , पार्टीले लिएको गति र सकारात्मक परिवर्तन र उर्जामा आधारित मापन हो । दण्ड र पुरुस्कार हौसला र निरुत्साह हो । सकारात्मक पक्षमा उत्साही र नकारात्मक पक्षमा निरुत्साहित गर्ने आचारसंहिता हो । अनुशासन हो । नियम बन्धन हो ।

 

नेपाल विद्यार्थी संघमा ३२ वर्षको उमेर हदको सिमा बार बन्देज लगाउने कांग्रेस नेतृत्वले माउ कांग्रेसमा जतिसुकै वर्ष जतिसुकै अयोग्य भए पनि हालीमुहाली गर्ने सधैं पदको लागि नै मरिहत्ते गर्ने अवस्थाको अन्त्य गर्छ कि ? नेबिसंघको ३२ बर्षे उमेर हद आफ्नो हकमा ७० बर्षलाई निर्धारण गर्छ ? आफ्नो लागि बुढा पुस्ता सत्तरी वर्ष हाराहारी र सत्तरी वर्श क्रसका लागि पनि नैतिकताको परिक्षण गर्छ त्यो चाखलाग्दो र घतलाग्दो दृश्य हेर्न महासमितिको बैठक सम्म अधैर्यता पुर्वक धैर्य देखाउनु पर्नेछ । सधैं जीवन पर्यन्त पार्टीको पद ओगटने प्रवृतिको अन्त्यको लागि कांग्रेसले आफुलाइ रुपान्तरण गरेर देशलाई उदाहरण दिनु अनुचित हुनेछैन । थाकेकाहरु, टायर्द रिटायार हुनुपर्ने प्रचलन राजनीति र राजनीति कर्मिको सबालमा पनि उचित हुनेछ जसको शुरूवात कांग्रेसबाट भयो भने अरु पार्टीमा पनि नैतिक दबाब जानेछ र नेतृत्व हस्तान्तरणको आवाज सबैतिर पुग्नेछ , देश नवीन पुस्ताले चलाउने बाताबरण बन्नेछ ।

 

कांग्रेस युवा नेता गगन थापाद्वारा प्रस्तावित बिधान संसोधनमा कांग्रेसको कार्यकारी तहका पदाधिकारी र सदस्यहरुले आफ्नो सम्पत्ति विवरण पार्टीमा बुझाउने र सार्वजनिक गर्ने अंशलाई आफ्नो बिधानमा समेट्छ या अवज्ञा गर्छ ? जनता उत्सुकता पुर्वक हेरिरहेकाछन ।देशभरका काङ्ग्रेस अगुवा नेताकार्यकर्ता जम्मा हुने नितिगत निर्णय गर्ने एक मात्र बैधानिक स्थल महासमितिले कस्तो छलफल चलाउछ ? देश र जनतालाई न्याय हुने,जनताको अपेक्षा अनुकुल बिधान संसोधन गर्छ कि आ आफ्नो गुटबन्दीको पृष्ठपोषण ? विश्वमा अलग पहिचान बनाउने एजेन्डालाई प्राथमिकतामा राखेर कार्यकर्तालाई निर्णय गर्न दिन्छ कि कुनै ज्ञात ,अज्ञात प्रभुको निगाह , बक्सिस र आशिर्वादको धापलाइ वरण गर्छ ?