सुनको कचौरि थापेर भिख माग्ने नेपाल र नेपालीको नियति

बिश्वभरका हिन्दु र बौद्धमार्गिको पवित्र र महान तिर्थ स्थलको रूपमा नेपालको प्रचारप्रसार गर्न धार्मिक पर्यटनको अभिवृद्धिको लागि हिन्दुराज्य घोषणालाई मुख्य आधार बनाएर जान सकिन्छ । बुद्ध जन्मस्थल कसरी हिन्दुराज्य भन्ने प्रश्न खडा होला तर हाम्रो मौलिकता र बिबिधताको रूपमा यसलाई चिनाउनु र बुझाउनु अपरिहार्य हुन्छ ।

 

बिश्वभरका हिन्दु र बौद्ध मार्गिको पवित्र र महान तिर्थ स्थलको रूपमा नेपालको प्रचारप्रसार गर्न धार्मिक पर्यटनको अभिवृद्धिको लागि हिन्दुराज्य घोषणालाई मुख्य आधार बनाएर जान सकिन्छ । बुद्ध जन्मस्थल कसरी हिन्दुराज्य भन्ने प्रश्न खडा होला तर हाम्रो मौलिकता र बिबिधताको रूपमा यसलाई चिनाउनु र बुझाउनु अपरिहार्य हुन्छ ।

 

धेरैले धेरै पटक उल्लेख गरेको प्रस्तुत भनाइ मलाई पनि उद्दृत गर्न मन लाग्यो मुस्ताङको मुक्तिनाथ भ्रमण पछि पुनः एकपटक । वास्तवमै सुनको कचौरो बोकेर हामी भिख माग्न आभिशप्त छौं । हामीले आफ्नो क्षमता अपार सम्भावना र असिमित अवसर भुलेर मागेर पाइने केहि द्रव्य दान दातव्यको भुल भुलैयामा आफ्नो क्षमता बेचिराखेका छौँ । हामीले बिक्रिवितरण गरि रहेका छौं । प्रकृतिले दिएको सुन्दर बरदान अभिशाप मान्दै कस्तुरीको सुगन्धले त्रस्त छौँ । आफ्नो परिवेश र वरिपरि रहेको सुगन्ध छोडेर दुर्गन्धको आकर्षणमा मरिहत्ते गर्छौ । अपार र अपरिमित अवसरमा रमाउन,अरु खोज र अनुसन्धान गरेर आफ्नो ल्याकत उजागर गर्नुपर्नेमा वैदेशिक यात्राको ढोका फराकिलो बनाउने सरकारको अक्षमता प्रति कुरी कुरी गर्ने अवस्था छ । आफ्नो देशको माटाेको सुगन्ध र यसको महत्ता र गरिमालाइ तिलान्जली दिएर रेमिट्यान्सले देश चलाउन बानी परेका शासकहरुको आँखा खुल्ने कहिले होला ? हामीले आफ्नो क्षमता र पौरखमा विश्वास गरेर गौरान्वित बन्ने कहिले होला ? आफ्नो कर्मले जागृत बनेर देश चिनाउने र चम्काउने दिन कहिले देख्न पाइएला ? यी र यस्ता प्रश्न पेचिलो बनेर मन मस्तिष्कलाई गहिरिएर सोच्न बाध्य बनायो ।

 

रुखो र सुख्खा कुरामा मान्छेले प्रायः आकर्षण देख्दैनन तर मुस्ताङको रुखोपन भित्र छुट्टै र विशेष आकर्षण छ । अज्ञात आकर्षण र अन्जान मोहनी छ । अनन्त सम्भावनाहरु छन । कतिपय रुखो लाग्ने स्वर भित्र पनि श्रुतीमधुरता पाइन्छ भने जस्तै कतिपय रुखा सुखा दृश्य भित्र पनि मन लोभ्याउने शक्ति पाइन्छ , मन बहलाउने आकर्षण देखिन्छ । प्रकृतिका हर वस्तु सुन्दर र आकर्षक छन जसलाई चिन्ने बुझ्ने र पारख गर्ने सुन्दर मन र सुन्दर आँखा चाहिन्छ । चिनाउने , सुनाउने र बताउने उच्च चेतको मस्तिष्क चाहिन्छ । सबैभन्दा ठूलो कुरा देश प्रेम र देशभक्ति चाहिन्छ ।

 

धर्म अन्धता मात्रै होइन आकर्षण , उर्जा र जिजिविशा जगाउने,अवलम्बन गर्ने माध्यम पनि हो । धर्मले मान्छेलाई जागरुक उर्जाशिल र गुणग्राही बनाउन मद्दत गर्छ भन्ने कुरा विभिन्न धार्मिक तिर्थस्थल भ्रमणबाट बुझ्न सकिन्छ | झन असाध्यै कष्ट साध्य धार्मिक र पर्यटकियस्थल मुस्ताङको मुक्तिनाथ यात्राबाट अरु गहन ढंगले , मिहिन पाराले अनुभूत गर्न सकिन्छ । धर्मले ल्याउने नकारात्मकता त्यागेर सकारात्मक उर्जा र शक्ति बटुल्न सक्यो भने धर्मको नाम र बहाना बाट धेरै कुरा सजिलै गर्न सकिन्छ । अरु बाटो र अरु तरिका भन्दा छिटो र प्रभावकारी ढंगले धर्मको नामबाट , धार्मिक आस्थाले कुनैपनि काम सम्पन्न गर्न सक्नु भनेको आस्थामा अन्तरनिहित भावना हो , तेज हो र दम हो तसर्थ धर्मको प्रभाव र भावलाइ सजिलै नकार्न सकिन्न। पवित्र उदेश्य र कर्मको लागि बहुजन हितायको लागि धर्मको माध्यम बाट परिवर्तनको गोरेटो खन्न सकिन्छ । बिकास र समुन्नतिको फराकिलो राजमार्ग निर्माण गर्न सकिन्छ ।

 

हाम्रो देशको सन्दर्भमा धर्मको नामले गर्न सकिने र गर्नुपर्ने थुप्रै काम कर्तव्य र अधिकारहरु छन जुन नितान्त आवश्यक सान्दर्भिक देखिन्छन् । विपन्न गरिब र अभावको जिन्दगीलाई रुपान्तरण गर्न धर्म र यसको माध्यम किन जरुरी छ भने हाम्रो सम्भावना धार्मिक पर्यटन , प्राकृतिक पर्यटन र कृषि पर्यटनमा छ । धार्मिक रूपमा अत्यन्त वैभवसाली र गरिमा बोक्ने महत्त्व उजागर गर्ने हाम्रा हजारौं हजार तीर्थ स्थलहरु छन । झन्डै एकानब्बे प्रतिशत ओमकार परिवारभित्र रहेर हिन्दु धर्म र संस्कृतिलाई आफ्नो जीवन शैली र आचरण व्यबहार मान्ने विश्वको एक मात्र देश नेपाल हो जसलाई विश्वभर रहेका हिन्दुहरुको गन्तव्यस्थल बनाउन सकिन्छ । विश्व शान्ति दूत महामानव गौतम बुद्धको जन्म स्थल लुम्बिनी जहाँ सन्सारभरका बौद्ध मार्गीहरुको आकर्षक र मानव जीवनमा जो कोही मनुष्यले पुग्नै पर्ने ठाँउको रूपमा बिकास र प्रचार प्रसार गर्न सकिन्छ । प्रचारप्रसारले कति अर्थ र महत्त्व राख्छ भन्ने कुरा भारतीय प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमण पश्चात् मुस्ताङमा बढेकाे भारतीय तीर्थ यात्री र अरु तीर्थयात्रीको उल्लेखनीय उपस्तिथिले बताउछ ।

 

पर्वत र म्याग्दीको बेनी देखि मुक्ति नाथ सम्म जहाँ -जहाँ सोधियो सबैले मोदीको मुक्तिनाथ दर्शन देखि आन्तरिक र बाह्य पर्यटको घुइँचो थामिनसक्नु छ । केहि समय पहिले पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगाएयतले म्यादमा रहेकोे तातोपानीमा नाङ्गो भुडी प्रदर्शन गरेर जल थेरापी लिएको दृश्य जति चर्चा र परिचर्चाको विषय बन्यो हरेक कोणबाट त्यसको सकारात्मक र नकारात्मक पाटाे खोतलिएला म यसको सकारात्मक चर्चा उपयुक्त ठान्दै तातोपानी प्रचारप्रसारमा गहनतम योगदान सम्झन्छु । आजकल तातोपानीमा नुहाउनेको संख्या वृद्धि हुनु पक्कै पनि त्यहाको श्रीवृद्दीको अवसर हो । तातोपानी , लेते काबुङ , जोमसोम , कागबेनी हुदै मुक्तिनाथको प्रवेशद्वारसम्म देखिएका आन्तरिक र बाह्य पर्यटककाे भिड देख्दा लाग्छ देश भर पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्न अब ढिला गर्न्नु र यसको बिकासको लागि कुनै कसुर बाकी राख्नु हुँदैन । सरकारले धार्मिक पर्यटन र यसको बिकासको लागि दीर्घकालीन सोच र यसैमा अपरिमित सम्भावना देखेर योजना बनाउने र कार्यन्वयन गराउन लाग्नुपर्छ । तुलसी उखेलेर भाङ सार्ने जुन प्रपन्च र डिजाइनमा संविधानमा हिन्दु अधिराज्य उल्लेख नगरी धर्म निरेपेक्ष रास्ट्र घोषणा गरियो त्यसलाई सच्याउन र सुधार गर्न आवश्यक छ ।

 

बिश्वभरका हिन्दु र बौद्धमार्गिको पवित्र र महान तिर्थ स्थलको रूपमा नेपालको प्रचारप्रसार गर्न धार्मिक पर्यटनको अभिवृद्धिको लागि हिन्दुराज्य घोषणालाई मुख्य आधार बनाएर जान सकिन्छ । बुद्ध जन्मस्थल कसरी हिन्दुराज्य भन्ने प्रश्न खडा होला तर हाम्रो मौलिकता र बिबिधताको रूपमा यसलाई चिनाउनु र बुझाउनु अपरिहार्य हुन्छ । प्रकृतिको बिबिधता जसरी हाम्रो भूगोलको बिशेषता हो त्यसैगरी धार्मिक विविधता सहिष्णुता हाम्रो मौलिकता हो । आफ्नो पन हो नेपालीत्व हो । तसर्थ बुद्दको जन्मस्थल हिन्दुराज्य हो । हाम्रो यो धार्मिक विविधता र प्राकृतिक विविधताको ब्रान्डिङ गरि मार्केटिङ हाम्रो आर्थाजनको प्रमुख श्रोत बनाउन सकिन्छ ।

 

बुद्धको जन्मस्थल र हिन्दूहरुको,सयौ ऋषिमह्र्शीहरुको साधना स्थल , तपोभुमी, ज्ञान भुमि , जन्मभुमिको धार्मिक पक्षलाई ध्यानमा राखी मक्का मदिनाको रूपमा यसलाई बिकास गर्न पाए धार्मिक कारण पनि हाम्रो कायापलट सम्भव छ सम्भावनाको खोजी गरौ । शाहसिक पर्यटकीय गन्तव्य र पवित्र धार्मिक स्थलको परिचय विश्व सामु उदघाटित हुनु हाम्रो आवश्यकता र अवसर दुवै हो । हिमाल ,पहाड र तराईको अनुपम प्राकृतिक संगम र आकर्षक छटा बीच जताततै , जतासुकै प्राकृतिक रस्वादन गर्न सकिने विचित्रको भुगोल र अपार सम्भावना छ । आगामी पर्यटन वर्ष मनाउदा विश्वका धेरै भन्द धेरै पर्यटक भित्र्याउन सम्बन्धि निकाय , संस्कृति र पर्यटन मन्त्रालयको दुर दृस्टी आवश्यक छ ।