नयाँ युगमा नयाँ कूटनीतिक अभ्यासको शुरुवात !

 

 

कुटनीति भनेको फर्मुलामा चल्ने विषय होइन । न त यो अंशवण्डा कै विषय हो । जहाँसम्म मिसनको नेतृत्व गर्ने सन्दर्भ छ, आवश्यकता र औचित्यताको आधारमा परराष्ट्र सेवा र बाहिर दुबैबाट मिसनको नेतृत्व गर्ने व्यक्तिको छनौट गर्ने हो ।

 

 

 

 

ढिलो भयो, राम्रै भयो

अघिल्लो हप्ता सरकारले भारत, मलेशिया, युनाईटेड अरब इमिरेटस, र इजरायलको लागि राजदूुत नियुक्ति गर्न सिफारिस ग¥यो । यो निर्णय सार्वजनिक भएपछि ढिलो होस् राम्रै होस् भन्ने नेपाली उखान जस्तै भएको छ । को को व्यक्ति सिफरिस भए, त्यो अर्कै प्राज्ञिक बहसको विषय हो । ’cause नेपालमा पात्रको विषयमा अनगिन्ति मत आउँछन् । राजदूत राजनीतिक नियुक्तिको पद भएकोले जुनसुकै राजनीतिक नियुक्तिमा पनि आउने प्रतिक्रिया केलाउँन छुट्टै बहस जरुरी हुन्छ ।

 

चाहे त्यो पञ्चायति कालमा होस् वा बहुदल कालमा होस् । अन्तरिम कालमा होस् वा गणतन्त्र कालमा नै किन नहोस् उस्तै उस्तै हो । चुरो कुरो भनेकों हाम्रा मिसनमा राजदूतका पद खालि नहुन् भन्ने हो । त्यो क्रम शुरु भएको आभास भएको छ । बस् । त्यति मात्र होईन सरकारले तीन हप्ताको समय सीमा तोकेर राजदूत फिर्ता बोलाउँने निर्णय पनि गरेको छ । त्यो राम्रो शुरुवात हो । यसले राजदूतको पदावधि सकिनु तीन महिना अघिनै उक्त स्थानमा नयाँ राजदूत सिफारिस गर्ने भन्ने विषयले सार्थकता पाउने लक्षण देखाएको छ ।

 

कूटनीतिक वृत्तमा नयाँ युगको बुझाई

अझै पनि कतिपय कूटनीतिक नियोगमा नेतृत्व गरेका र नेतृत्व गरेर फर्केका ओली सरकार नेपालमा सरकार परिवर्तन मात्रै हो भनिरहेका छन् । ओली सरकार नेपालमा युग परिवर्तनपछिको नयाँ युगको पहिलो जननिर्वाचित सरकार हो । नेपाल अहिले नयाँ युगमा छ । यो भनाई कतिपयलाई मिठो लागि रहेको छैन । यो वस्तुगत यथार्थ हो ।

 

अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको नेपालमा छौं । यो युगौं युगमामात्र हुने परिवर्तन हो । लरतरो परिवर्तन होईन । हाम्रा भावीपुस्ताले राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक एवं प्राविधिक विषयमा यसको लाभ लिन सक्ने अबसर प्राप्त भएको छ । सानो तिनो वलिदानीले यो सम्भव भएको पनि होइन।

 

हामीले हाम्रा विश्वका हामी जस्ता विकासोन्मुख देशको राजनीतिक परिवर्तनलाई हे¥यौं भने आँगै शिरिङ्ग हुने खालको परिवर्तन नेपालमा शान्तिपूर्ण किसिमले सम्भब भएको छ । यो लरतरो उपलब्धी होइन । कूटनीतिक संयन्त्रमा रहनेको बुझाई परिवर्तन नभई बाँकी विश्वलाई युग परिवर्तनको सन्देश प्रवाह गर्न सकिँदैन । यसका निमित्त पनि हाम्रो कूटनीतिक नियोगहरुको नेतृत्व परिवर्तन अपरिहार्य छ ।

 

नयाँ कूटनीतिक अभ्यास

हामी नयाँ युगमा आईपुग्दा पनि नेपालको कूटनीति परम्परागत रुपको झै देखिई रहेको छ । यो विषयमा प्रधानमन्त्री ओलीको धारणा स्पष्ट छ । तर, हाम्रा कूटनीतिक संयन्त्र र कूटनीतिमा प्रभाव पार्ने पात्रमा भने त्यो स्पष्टता देखिदैन । अबको कूटनीति नेपाल नयाँ युगमा छ भन्ने सन्देशसहित हाम्रा संपूर्ण कूटनीतिक नियोगहरुमा नेतृत्व परिवर्तन गर्नु पर्दछ ।

 

नयाँ युगमा सबै मिसनमा नयाँ नियुक्ति गर्नु पर्दछ । फेरी पनि सरल भाषामा भनौं । हामी नयाँ युगमा छौं । यो सरकार र व्यवस्था मात्रैको परिवर्तन होईन । बाँकी विश्वलाई हामीले त्यो सन्देश अझै प्रभावकारी रुपले प्रसार गर्न सकेका छैनौं । पञ्चायत, बहुदल र संक्रमणकालका पात्र नै अहिलेको नयाँ युगमा हावी भएको देखिएकाले पनि हो विश्वले हामी नयाँ युगमा छौं भन्ने बुझन नसकेको हो । हाम्रा मिसनले अब यो कुरा बुझाउँनु पर्दछ । त्यसैले पनि सबै मिसनमा नयाँ नेतृत्व पठाउँनु पर्छ । नेपालमा युग परिवर्तन भएकोे विषय संसारभर पु¥याउँन सकेमा मात्रै हाम्रो समृद्धि सपनामा हाम्रा मित्रको समर्थन, सहयोग र सहकार्य बढ्दै जाने छ ।

 

राजदूत राष्ट्र, व्यवस्था र प्रधानमन्त्रीको प्रतिनिधि

राजदूत नियुक्तिको विषयमा छनौट भएका पात्रहरुको ’boutमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको प्रतिक्रियाहरुलाई लिएर सञ्चारमाद्यमहरुमा समेत नकारात्मक टिकाटिप्पण्ीहरु पनि हुने गरेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताका प्रतिक्रियाहरु सामान्य रुपमा लिँदा हुन्छ ।

 

तर, आफुलाई कूटनीतिको ज्ञाता भन्नेले समेत नकारात्मक टिप्पणी गरेको पढ्नु, सुन्नु र देख्नु पर्दा उनीहरुको मानशिक दरिद्रताप्रति दया लागेर आउँछ । राजदूत पद भनेको राष्ट्र, व्यवस्था र सरकारको प्रतिनिधि हो । प्रधानमन्त्रीले छान्ने पात्र कस्तो हुनुपर्छ । कुन योग्यता, क्षमता र कौशलता भएको व्यक्ति हो ।

 

उसले कसरी डेलिभरी गर्न सक्छ भन्ने विषय बहस छलफल र परम्परामा पर्ने विषय हुन् । तर, पात्र छान्ने भनेको प्रधानमन्त्रीले नै हो । कतिपय सन्दर्भमा प्रधानमन्त्रीसँग प्रत्यक्ष सम्बादमा रहेर राजदूतले कुटनीतिक अभ्यास गर्नुपर्छ । उनीहरुप्रतिको जिम्मेवारी विशेष किसिमको हुन्छ । हाम्रो बुझाई भनेको कर्मचारीतन्त्र र परराष्ट्र मन्त्रालयले मात्रै कूटनीतिक अभ्यास गर्ने भन्ने साँघुरो व्याख्या र बुझाईले गर्दा अनाबश्यक टिप्पणी हुने गरेको हो।

 

कतिपय सन्दर्भमा कूटनीतिक कौशलता, व्यवस्थापकिय दक्षता र सञ्चार सीपको विषयमा परराष्ट्र मन्त्रालयले गर्ने काम नै विशिष्टिकृत हुनु पर्दछ भने राजदूत नियुक्त गरिने व्यक्तिका यी सीपको अलावा प्रधानमन्त्रीको विश्वास र प्रधानमन्त्रीसँगको संबाद पनि त्यत्तिक्कै महत्वपूर्ण हुन्छ । राजदूत भनेको राष्ट्र, व्यवस्था र प्रधानमन्त्रीको प्रतिनिधि हो ।

 

राजदूत भागबण्डाको पद होईन

हिजोको दिनमा राजदूत पद नै राजनीतिक नेताहरुको लागि लाभको पद भागबण्डा गर्ने पद्धतिको रुपमा अभ्यास गरियो । कतिपय प्रसङ्गमा प्रधानमन्त्रीले फलानो नेताको फलानो व्यक्तिलाई राजदूतमा नियुक्ति नगरिदिएमा प्रधानमन्त्रीको पद नै धरापमा पर्छ, भनिन्थ्यो ।

 

त्यसैले म्यानपावर दलाललाई समेत राजदूतको पदमा नियुक्ति गर्न विवश हुने अबस्था आएको हो । फलानो नेताले फलानो व्यक्तिसँग चुवाव खर्च लिईसकेको छ । त्यसैले उक्त व्यक्ति नियुक्त भयो । नेपालमा भएको राजनीतिक बेथिति, विकृति र विसंगति राजदूत नियुक्तिको सवालमा पनि देखियो ।

 

कतिपय अबस्थामा फलानो नेताको लागि फलानो व्यक्तिलाई नियुक्ति भनिन्थ्यो । फलानो दलको तर्फबाट फलानो व्यक्ति भनिन्थ्यो । अबको युगमा त्यो वेथितिको अन्त्य हुने सबैको विश्वास छ । अबको युग विश्व सम्बन्धमा कूटनीतिको प्रभावकारी उपयोगबाट विकास एवं विस्तार हुने हो ।

 

अबको शक्ति भनेकै कूुटनीतिक कौशलताले देशहरु बीचको पारस्पारिक लाभ र पारस्परिक हितका विषयमा सहकार्य गर्ने हो । राजदूत पद चाहे त्यो दल भित्रको नेताहरुको वा दलहरुको वा कुनै व्यक्ति वा समुह बीचको भागवण्डामा नियुक्ति गरिने पद होईन । यो प्रधानमन्त्रीले आफ्नो एजेण्डामा अन्तराष्ट्रिय समुदायको स्वीकृति र समर्थन जुटाउँन सक्ने व्यक्ति नियुक्त गर्ने हो ।

 

राष्ट्रसंघमा कूटनीतिक कौशलता

संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधिको रुपमा न्यूयोर्क मिसनमा नियुक्त हुने व्यक्तित्व राजनीतिक चेत भएका, अन्तर्राष्ट्रिय सम्बन्ध, परराष्ट्र मामिला, भियना सन्धी, कूटनीतिक कौशलता, व्यवस्थापकीय सीप, नेगोसिशन क्षमता, प्रभावकारी सञ्चार क्षमता भएका, र काविल व्यक्ति भएर मात्रै पुग्दैन । संयुक्त राष्ट्रसंघमा आफ्नो मुलुकको एजेण्डामा प्रभावकारी प्रस्तुति र राम्रो लवि गर्न सक्ने व्यक्तित्व नियुक्त गर्नु पर्दछ ।

 

भन्ने कुरो हाम्रो आफ्नै विगतले पनि देखाएको छ । विगतमा राजनीतिक अस्थिरताको कारण परराष्ट्र सचिवले यो पदमा नियुक्ति पाउँने परम्परा बसेको हो । यो उनीहरुको लागि उपल्लोस्तरको आकर्षणको पद पनि हो ।

 

तर, राष्ट्र संघमा जाने र जागिर नै खोज्ने प्रबृत्ति र कतिपय सन्दर्भमा आफ्नो देशको एजेण्डामा भन्दा आफ्नो लागी अबसरको खोजिमा लिप्त रहने प्रबृत्तिले विकासोन्मुख देशका प्रतिनिधिको ठूलो साख बन्न नसकेको यथार्थ पनि हो ।

 

अब त्यस्तो प्रबृतिको अन्त्य हुने सबैको विश्वास रहेको छ । नयाँ युगमा नेपालले लिएको एजेण्डा भनेको नेपालको संविधानले गरेको मानव अधिकारको सुनिश्चितता, संमृद्ध नेपाल सुखी नेपाली अभियानको साथ समाजवादउन्मुख राष्ट्रको पहिचानलाई अन्तर्राष्ट्रिय समर्थन र सहयोग प्राप्त गर्दै अन्तर्राष्ट्रिय फोरममा हुने निर्वाचनमा नेपालको प्रतिनिधित्वको सुनिश्चिता गर्न सक्ने व्यक्तिको प्रतिनिधित्व गर्ने हो ।

 

यो विषयमा प्रधानमन्त्रीलाई निरन्तर रुपमा राम्रो सल्लाह दिनसक्ने व्यक्तित्वको मनोनयन गरेमा राष्ट्रसंघमा प्रधानमन्त्री, व्यवस्था र राष्ट्रको सच्चा प्रतिनिधित्व हुन सक्दछ । विश्वास गरौं राष्ट्रसंघमा त्यस्तै व्यक्तिको मनोनयन हुनेछ ।

 

पचास पचासको हाउगुजी

राजदूत नियूक्तिको विषयमा परराष्ट्र मन्त्रालयमा सधैं अघि सर्ने विषय भनेको परराष्ट्र सेवाका सहसचिव मध्येबाट नियुक्ति र परराष्ट्र सेवाभन्दा बाहिरबाट पचास प्रतिशत भन्ने विषय हो । यो संक्रमणकालको समयमा गरिएको तदर्थवादी व्यवस्था मात्रै हो ।

 

विगतमा केहि राजनीतिक नेतृत्वलाई परिवर्तित सन्दर्भमा कुटनैतिक कौशलताको आत्मविश्वासको कमी भएको अबस्थामा यस्तो व्यवस्था गर्न खोजिएको हो । मिसन चलाउँने संयन्त्र हाम्रो परराष्ट्र मन्त्रालय नै हो । यो संयन्त्रमा विशिष्ट सेवाको रुपमा कर्मचारी भर्ना गर्ने व्यवस्था नै छ ।

 

कुटनीति भनेको फर्मुलामा चल्ने विषय होइन । न त यो अंशवण्डा कै विषय हो । जहाँसम्म मिसनको नेतृत्व गर्ने सन्दर्भ छ, आवश्यकता र औचित्यताको आधारमा परराष्ट्र सेवा र बाहिर दुबैबाट मिसनको नेतृत्व गर्ने व्यक्तिको छनौट गर्ने हो । प्रधानमन्त्री, परराष्ट्र मन्त्री र परराष्ट्र सचिवले परफरमेन्स हेरेर परराष्ट्र सेवाका कर्मचारीलाई छनौटगरी आबश्यकता र औचित्यताको आधारमा मिसनहरुमा नेतृत्व गर्न पठाउने हो ।

 

परराष्ट्र सेवा भनेको कुटनीतिक नेतृत्व क्रमशः विकास गर्दै लैजाने र जिम्मेवारी दिने एक स्थायी प्रकृतिको रिसोर्स पुल हो । यो पचास प्रतिशतको हाउगुजी होईन ।