प्रहरीको अवैध धन्दा

प्रहरी संगठन बदनाम हुनुको कारण गत कार्तिक १९ गते बहालवाला सई सुरेन्द्र कार्कीसँग भएको आर्थिक लेनदेनको अभियोगमा प्रहरीे हिरासत रहेका रविन्द्रकुमार ढुंगानाको काठमाण्डौको बीर अस्पतालमा मृत्यु जस्तो घटनालाई लिन सकिन्छ । यसले प्रहरी हिरासतमा पनि नागरिक सुरक्षित छैनन भन्ने प्रष्ट हुन्छ ।

हाम्रो देशमा राजनीतिक प्रभावले अति ग्रस्त क्षेत्र मध्ये नेपाल प्रहरी पनि एक हो । प्रहरी महानिरिक्षक हुने बेलामा राजनीतिक प्रभाव कुन हदसम्म हुन्छ भन्ने विषयमा अच्युतकृष्ण खरेल–ध्रुबवहादुर प्रधान र नवराज सिलवाल–प्रकाश अर्यालबिचमा भएको अस्वस्थ्य खिचातानी इतिहासमा बारम्बार आइरहने नै छ । यसपाली पनि सर्वेन्द्र खनाल र रमेश खरेलका बीचमा केहि अप्ठेरो परिसकेको थियो ।
जनताका सामु दुवैको छबि सकारात्मक नै थियो । त्यसैले सरकारले सर्वेन्द्र खनाल छनौट गरे पनि बिरोध भएन भने रमेश खरेलले राजीनामा दिंदापनि खासै प्रतिकृया आएन । सर्वसाधारणले सोचेका थिए अबको प्रहरी नेतृत्व भनेको जनताको नजिकै हुनेछ, जनभावना बुझ्नेछ, आफ्ना मातहतका संगठन तथा सकल दर्जाका प्रहरीमाथी सहि नीति नियम तथा निर्देशन दिने छ ।
जनताले राष्ट्रको यस्तो अति नै महत्वपूर्ण अंगमाथी ठूलो आशा, भरोसा र विश्वास गरेका थिए, तर आजको मितिसम्म पनि देखिने गरी यो संगठनले नियमितवाहेक त्यस्तो कुनै कार्य देश र जनताको अगाडी देखाउँन सकेको छैन ।
देशैभर अपराधका घटना घटिरहेका हुन्छन् तिनमा कयौं यस्ता पनि छन् जसको जरा समाउँदै जाँदा अन्तमा प्रहरी स्वयं शंकाको घेरामा पर्छ, कतिमा त ऊ स्वयं अपराधी भएको प्रमाणित नै हुन्छ । आफूमाथी परेका बिभिन्न प्रकारका व्यक्तिगत घटना’bout रिपोर्ट लेखाउँन जाँदादेखि भोगेका भोगाइ’bout पत्रकार स्वयं पिडित भएको तथ्यहरु बिभिन्न अखबार तथा अन्य सञ्चार माध्यममा आइ रहेको छ ।
प्रहरीमा परेको उजुरी छानबिन गर्नुपर्यो भने पनि विधी र पद्धतिभन्दा पनि झारा टार्ने हिसावले गरि रहेको हुन्छ । चिनजानको भरमा वा कसैको भनसुनको भरमा, मौखिकै भएपनि सर्वसाधारणलाई धम्कि दिने, दुख दिने गरिरहेकै छन् । घुस खाएको प्रमाणत श्रव्य मात्र होइन दृश्य पनि सामाजिक सञ्जालमा खोजे प्रशस्तै पाइन्छ ।
आफूलाई अप्ठेरो परेको बेलामा वा दुख सुखमा न्याय पाउँन, शान्ति सुरक्षा पाउँन सम्झने प्रहरीलाई नै हो । त्यो भनेको आफैंले आफ्नो तथा आफ्ना सन्तानको गाँस कटाएर सरकारलाई कर तिरेर पालेको संगठन हो । त्यसैले उसमाथी ठूलो भरोसा गरिन्छ, तर आफैंले पालेको संगठनप्रति भरोसा नहुनु भनेको नेपाल प्रहरीको छबी कतिसम्म तल झरेको रहेछ भनेर बुझ्नु हो ।
यस्ता नकारात्मक कार्यको अन्त गर्दै सकारात्मक कार्य अगाडी बढ्छ होला भनेरनै जनताले सर्वेन्द्र खनालको नेतृत्वमा यो संगठन पुग्दा खुशी भएका थिए । कुनै दिन चरी, घैंटेको इन्काउन्टर मात्रै होइन, काँडाघारीका एघार वर्षे अबोध बालक निशान खड्कालाई अपहरणपछि हत्या गर्र्नेलाई सुर्यबिनायकको जंगलमा, जस्तै भएपनि, दोहोरो भिडन्तमा मारिए भनेर खबर आउँदा मानवअधिकारकर्मीको गन्थनलाई पनि वाईहात भनेर जनताले प्रहरीको कामको सराहना गरेर नेतृत्वलाई साथ दिएकै थिए । तर, निर्मला र निर्मला जस्ता सतहमा नआएका घटनाको पहिलो तहसम्म पनि पुग्न नसक्नु लाजमर्दो हो ।
प्रहरी बदनाम हुनुमा भर्खरै तिहारको मुखैमा, कार्तिक १९ गते,नेपाल प्रहरीका बहालवाला सई सुरेन्द्र कार्कीसँग आर्थिक लेनदेनको अभियोगमा प्रहरीले पक्राउ गरेका रवीन्द्रकुमार ढुंगानाकोकाठमाण्डौको बीर अस्पतालमा मृत्यु जस्ता विषयलाई लिन सकिन्छ । यस्ता घटना घटाउँदा प्रहरी हिरासतमा मानिस सुरक्षित हुँदैन भनेर मान्ने आधार प्रष्टै देखिन्छ । त्यसका साथै प्रहरीमाथी आरोप लागेको मिटर ब्याजको अवैध धन्दाबाहिर आउँछ कि आउँदैन ? पहिलेदेखि बारम्बार यो विषयमा नेपाली समाजमा बहस चलि रहेको छ । प्रहरीमा तलका मात्र होइन माथिल्लो तहका पनि मिटर ब्याजमा लगानी गर्छन् भन्ने छ । केहि लाखको होइन, करोडौंको कुरा बाहिर आइरहेको छ । तर, प्रहरी नेतृत्वले यस्ता कार्यहरु रोक्न आफ्ना कुनैपनि अधिकृत तथा जवानहरुलाई कार्वाही गरेको खबर बाहिर आएको थाहा पाइएको छैन ?
प्रहरीको जागिर खाएपछि जनता तथा राष्ट्रप्रति वफादार हुनै पर्दछ । त्यहि भएर बिभिन्न देशले बिभिन्न प्रकारका कार्य प्रहरीले गर्न नहुने भनेर तोकिदिएको हुन्छन् । कतै ति लिखित होलान, कतै अलिखित र कतै व्यक्ति स्वयंको स्वविवेकले गर्न नहुने कार्यको फेहरिस्त तयार पारेको हुन्छ । त्यहि भएर होला यस्ता कार्यमा आर्थिक, भौतिक तथा मानसिक लगानी गरेमा उनीहरुको लगानी तथा ब्यापारलाई अवैध लगानी वा अवैध धन्दा भनिन्छ । नत्र ब्यापार गर्न के को अवैध ?
देशको नियम कानूनअनुसार सञ्चालन गर्न छुट दिएका हरेक व्यवसाय बैध हुन्छन् । जसबापत देशले त आम्दानी गर्छ नै बेरोजगारी समस्या केहि हदसम्म भए पनि घट्छ । प्रहरीका यस्ता अवैध धन्दा ट्क्यासी व्यवसायमा परेर नै होला काठमाण्डौमा जस्तो माइकालाल आए पनि ट्याक्सीवालाको दादागिरी हटाउँन सकेको छैन । १०३ मा जति फोन गर्नुस्, ट्याक्सीवालाको दादागिरीमा बीसको उन्नाइस भएको छैन ।
सुन्नमा त डिस्को, रेष्टुरेण्ट, होटल, ब्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थान आदिमा पनि लगानी भएको सुनिन्छ । देशैभर जथाभावी खुलेका क्रसर उद्योगले जत्ति नै वातावरणीय पक्ष बिगारेको भनेर घाँटी सुकाएर बिरोध गरे पनि घटाउँन वा हटाउँन सकिएको छैन । त्यस्तै बालुवाखानी, ढुंगाखानी जस्ता प्रत्यक्ष वातावरणसँग जोडिएको क्षेत्रमा प्रहरीको नाम मुछिए कै हुन्छ ।
यसको ताजा उदाहरण भर्खरै दशैं लगत्तै कार्तिक २७ गते काभ्रेको मण्डन देउपुरमा जीप दुर्घटनामा दिवंगत भएका बहालवाला डिआईजी सुशील भण्डारीलाई लिन सकिन्छ । अप्रत्यासित र दुःखद निधनले वहाँका परिवार, इष्टमित्र, साथीभाईप्रतिको गहिरो समवेदना तथा दुःख त छँदैछ । तर, प्रश्न यहाँ उहाँको मृत्यु मात्र नभएर प्रहरी भित्रको अवैध लगानीलाई फेरि एकपटक सतहमा ल्याई दिएको छ ।
हो जथाभावी दोष लगाउँन पाइँदैन, तर बिभिन्न सञ्चार माध्यमले यस’bout लेखि रहेका छन् र बोली रहेका छन् भने प्रहरीको नेतृत्वले यस प्रकारका लगानी’bout छानबिन गर्नु पर्ने हो कि होइन ? प्रहरी नेतृत्व, प्रहरी महानिरिक्षकले जवानदेखि उपल्लो तहसम्ममा फैलिएको अवैध लगानी र कमाई रोक्न पाइला चाल्नै पर्दछ ।
कति सरकार वा गृहमन्त्री वा प्रधानमन्त्री मात्रै भन्ने, कति राजनीतिक व्यक्तिलाई मात्रै सम्झने ? सरकारको एउटा अंग प्रहरी आफै ंनै हो, होइन र अवैध कार्य रोक्ने असिमित अधिकार प्राप्त संगठन ? आफ्नो संगठन भित्र भएका फोहोरमैला बाहिर ल्याएर फ्याँल्ने ल्याकत पनि छैन यत्रो प्रहरी संगठन हाँक्नेसँग ?
जहाँ पनि नराम्रोभन्दा राम्रै बढी हुन्छ । संसारभरका मानिसमा पनि अधिकांश अशल छन् केहि मात्र खराब हुन् । त्यहि केहि खराबले नै वातावरण बिगारी रहेका हुन्छन् । त्यहि केहि खराबका लागि नै नीति नियम, कानुन बनाइएको हुन्छ । प्रहरीमा पनि अधिकांश असल नियतका होलान्, केहि खराब होलान् । प्रहरी पनि यहि समाजको सदस्य हो । उसलाई पनि आफू र आफ्ना सन्तानको उज्वल भविष्य’bout सोच्ने अधिकार छ । त्यसको लागि उसलाईपनि केहि पैसा कतै लगानी गरेर बढ्ता कमाई गर्न मन त लागि हाल्छ ।
यो लेखको आशय प्रहरी नेतृत्वलाई के छ भने, कृपया यदि वैध तरिकाले आर्थिक अवस्था उच्च बनाउँन मिल्छ भने ति तरिका प्रहरी नेतृत्व मातहतका प्रहरीलाई कुन कुन क्षेत्रमा र कसरी गर्न मिल्छ भनेर जानकारी दिने वातावरण बनाउँन आवश्यक छ । यदि कतै पनि नमिल्ने हो भने त्यो पनि सबैले सूचना पाउँने गरी प्रचार प्रसार गर्न आवश्यक छ । ताकी भोली प्रहरी संगठनमा भर्ना आकांक्षीलाई पनि जानकारी होस् । अवैध धन्दा वा अवैध कमाई गर्न नपाइने रहेछ भनेर मन पनि त्यस्तै बनाउँछन् वा भर्ना नै हुन आउँदैनन् ।
डिबि लामादेखि रमेश चन्द ठकुरीसम्मको कालो छबीले रंगिएको प्रहरी नेतृत्व, वर्तमान नेतृत्वले सफा पार्ने कोशिशमा एक पाइला मात्रै अगाडी बढायो भने पनि भोली आउने अर्को नेतृत्वले त्यसलाई अर्को पाइला थप्दै गन्तब्य अगाडी बढाउने नै छ । नत्र भ्यागुता जति उफ्रे पनि भुइँको भुइँ भने जस्तै हुने छ । आफू सहि भएपो अरुको गलत देखाउँन सक्नुहुन्छ । कसरी अन्य निकायमा भएका घुसखोरी, कालोबजारी, दण्डहिनता, गुण्डागर्दी, कमिशनतन्त्र, भ्रष्टाचार, हत्या, अपहरण, चोरी, डकैत इत्यादि रोक्न सक्छ ?
