हर्ष र विस्मतसँगसँगै यसबर्षको बडा दशैं

स्थानीय शक्ति संरचनामा परिवर्तन भएपछि दशैंको रङ पनि फेरिएको छ । स्थानीय ठुलावडासँग टीका लगाउँन जाने प्रचलन घटेको छ । चाकरी गर्न राजा वा शक्तिशाली कहाँ टीका लगाउँन जाने चलन अहिले ठूला नेताको घरमा टीका थाप्ने विकृति पनि बढेर गएको छ ।

 

 

असोज २४ गते प्रारम्भ भएर कात्तिक २ गते बिजयादशमी, २०७५ सम्पन्न हुँदैछ । दशै अवधिभर कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आर्शिवाद लिने चलन छ । मुख्यतः दशै मनाउने विधि प्रकृया मिल्दोजुल्दो नै भए पनि ठाउँठाउँमा केही भिन्नता पनि देखिन्छ ।

 

मान्यजन जेठोले कान्छालाई आशिर्वाद दिने मुख्य संस्कृति भएतापनि कतैकतै माइति र मावली जति कनिष्ठ भएपनि टीका लगाएर दक्षिणा लिने चलन छ ।

 

पूर्वि नेपालको लिम्बु समुदायमा दशैंदेखि तिहारसम्म टीका लगाउँने गरिन्छ ।

 

तराईको मिथिला र अवध संस्कृति जीवन्त छ । मिथिलामा मासु खान्छन्, जमारा लगाउँछन्, टीका लगाउँदैनन् ।

 

अबध संस्कृतिमा मिथिला जस्तो अपनाउदैनन् । काठमाडौँ उपत्यकामा पनि ठाउँठाउमा भिन्न संस्कृति छ ।

 

राई–लिम्बुको कुनै धार्मिक–सांस्कृतिक तादात्म्यता दशैसँग छैन तापनि विरोध गर्नुको कुनै उपादेयता पनि छैन । शायद यो समुदायमा व्रिmस्चियनको संख्या बढ्दै गएर पनि हुन सक्छ । यो समुदायको धर्म मुन्धुम भएकाले आफुहरुलाई अलग्गै पहिचान दिन चाहन्छन् ।

 

समग्रमा परम्परागत दशै फेरिएको देखिन्छ । संस्कृतिविद् प्रा.डा.जगमान गुरुङ भन्छन्– प्रकृतिसँग जोडिएको दशै यान्त्रिक बन्न थालेपछि पुराना संस्कार र परम्परा हराउँदै गएका छन् । दशैको मालश्री धुन, पुजापाठ, नौरथाको वर्त कम हुँदै गएका छन् । लिंगेपीङ, रोटेपिङहरु हराउँदै गएका छन् । संस्कार संस्कृतिमा पुस्ता हस्तान्तरणसमेत हुन छाड्यो र आधुनिक बन्दैछ ।

 

मानवशास्त्री डा. सुरेश ढकाल भन्छन्– दशै सांस्कृतिक चाड हो । संस्कृति निरन्तर परिवर्तन भैरहन्छ । दशै फेरिदै जानुमा आर्थिक, राजनीतिक, सांस्कृतिक कारण छन् । परिवर्तनलाई अहिले बजारले निर्देशित गर्न थालेको छ ।

 

स्थानीय शक्ति संरचनामा परिवर्तन हुँदा पनि दशैंको रङ फेरिएको छ । स्थानीय ठुलावडासँग टीका लगाउँन जाने प्रचलन घटेको छ । चाकरीको रुपमा राजा वा शक्तिशाली कहाँ टीका लगाउन जाने चलन पनि फेरिएर राजनीतिकर्मीकोमा भिड लगाएर टीका थाप्ने विकृति बढेर गएको छ ।

 

पहिले पहिले मिठो खान राम्रो लगाउँन दशै कुर्नु पथ्र्यो, अब सधै राम्रै लगाउन सधैँ मिठो खान पाउने संस्कृतिमा पद र पैसाका निम्ति चाकरी गर्ने संस्कृतिको रुपमा चाहिँ मौलाएको छ ।

 

दशैमा आआफ्नो घरमा काठमाडौँबाट फर्कनेहरुको लर्को लागिरहेको छ । झन्डै आधा करोड मानिस काठमाडौँमा बस्छन् र यसको आधाभन्दा बढी घर फर्की सकेका छन् र दशैं मनाएर लगत्तै फर्कन्छन् ।

 

२०७५ साल लागेपछि बलात्कार र हत्याकाण्ड श्रृंखलाबद्ध रुपमा भएका जगजाहेरै छन् । माओवादीका रामबहादुर थापा मगर गृहमन्त्री छन्, सर्वेन्द्र खनाल नेपाल प्रहरीका आइजीपी छन् । कञ्चनपुरमा तीन महिनाअघि निर्मला पन्तको बलात्कारपछि हत्या भयो । त्यो हत्याको छानविन र सत्य तथ्य ओझेलमा पर्ला जस्तो छ ।

 

अर्कोतर्फ देशको विखण्डनमा लागेको सीके राउत अहिले हिरासतमा लिएका छन् । प्रदेश नंम्वर २ को सभाले आफ्नै प्रहरी नियुक्त गर्न प्रहरी विधेयक पास गरेको छ । यसलाई भविष्यमा पुलिस–पुलिस बीच गोली हानाहान भएर स्वतन्त्र मधेश घोषणा गर्न बाध्य पार्ने रणनीतिको रुपमा ब्याख्या र बिश्लेषण पनि हुँदैछ । यि र यस्तै घटनाका माझमा यस बर्षको बडा दशैं मनाइदै छ । सवै नेपालीमा बडा दशैंको हार्दिक मंगलमय शुभकामना ।