नेपालका वामपन्थीलाई मेरो प्रश्न— पूँजीवादको विकास नभई समाजवाद कसरी आउँछ ?

 

—डा. रामशरण महत

काम नगरि, पाखुरा नबजारी र समय भित्र काम सम्पन्न नगरी देश विकास हुँदैन । सही नीति, योजना, र कार्यक्रमसहित आर्थिक विकासलाई तिब्रता नदिने हो भने समृद्ध नेपाल बनाउँने सपना पूरा नहुने मात्र होइन, उधोग-व्यवसायको वातावरण नबनाए बामपन्थीहरुको नेतृत्वमा नेपाल असफल राष्ट्र पनि बन्न सक्छ ।

 

 

नेपालको आर्थिक विकासवारे डा. महतको सोच, चिन्तन, विचार र आस्था खुला बजार अर्थतन्त्र, उदार लोकतन्त्र, र औद्योगिक विकासतर्फ केन्द्रित छ । नेपालमा खुला अर्थतन्त्रको आर्किटेक्ट मध्येका नै मानिन्छन, उनी । २०४६ सालमा निरंकुश पञ्चायती शासनको अन्त्यपछि डा. महतले अगाडि बढाएका आर्थिक सुधारका नीतिहरु नै नेपाललाई विश्व अर्थव्यवस्थासंग जोड्ने औजार बने । उनैले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा होस् वा लामो समय शक्तिशाली पद अर्थात अर्थमन्त्री बनेर मुलुकलाई नै उदारवादी आर्थिक विकासको मार्गमा अगाडि बढाए ।

 

आगामी दिनमा सरकारसंग कस्तो संबन्ध रहन्छ भन्ने प्रश्नमा खिसिक्क हाँस्दै उनले भने, जहाँ बसे पनि नेपाली अर्थतन्त्रलाई समृद्ध पार्ने, निगरानी गर्ने र आफूले जाने सुनेको कुरामा योगदान दिन म हच्किने छैन । सरकार सही मार्गमा अगाडि बढे म सघाउन पनि किन्चित पछि हट्ने छैन । र, विपरित बाटोतर्फ बढ्यो भने बिरोध गरेर पहरेदारी गर्ने छु ।

 

डा. महत नेपाली कांग्रेसका नेता बीपी कोइरालासंग आर्थिक विकासको बीपी मोडलवारे जमेर बाद विवाद र संवाद गर्ने विरलाकोटीका अर्थशास्त्री हुन् । पञ्चायतकालमा संयुक्त राष्ट्रसंघको आर्थिक विशेषज्ञ बनेर विभिन्न देशमा काम गरेका अनुभवी डा महत देशमा प्रजातन्त्र पुनस्र्थापना भएपछि अन्तर्राष्ट्रिय जागिर छाडेर गिरिजाप्रसाद कोइराला आग्रहमा नेपाल फर्काइएर नेपालको अर्थ—राजनीतिमा होमिएका व्यक्ति हुन् ।

 

पटकपटक अर्थमन्त्री बनेका उदार एवं खुला अर्थतन्त्रका हिमायती महतले सदृश्यसंगको विशेषवार्तामा नेपाल अहिले तीब्र औद्योगिक विकासमा लाग्नु पर्ने बताए । उनले भने, काम गर्ने, पाखुरा चलाउने र समयमा विकास योजना सम्पन्न नगरी देश विकास हुँदैन । सही नीति योजना र कार्यक्रम सहित उद्योग व्यवशायमा केन्द्रित नभइकन समृद्ध नेपाल बनाउने सपना पूरा नहुने मात्र होइन, आर्थिक विकासलाई तिब्रता नदिने हो भने बामपन्थीहरुको नेतृत्वमा नेपाल असफल राष्ट्र पनि बन्न सक्छ ।

 

नेपाललाई असफल राष्ट्र बनाउन खास गरेर बामपन्थीहरु दिलोज्यान दिएर लागिरहेका छन् । उनीहरु न देशभित्र भएको पूँजीलाई औद्योगिक विकासमा लाग्ने बातावरण बनाउन लागेका छन् । नत, बैदेशिक पूँजी स्वदेशमा आकर्षित गर्न नै सकिरहेका छन् । स्वदेश भित्रिसकेको वैदेशिक लगानीलाई बाहिरिने वातावरण बामपन्थीहरु एकातिर सिर्जना गरिरहेका छन् भने अर्कोतिर राज्यको ढुकुटी अनुत्पादक क्षेत्रमा खर्च गर्न तम्तयार भएर को कति धेरै खर्च गर्न सक्ने भनेर प्रतिस्पर्धामै उत्रिएका छन् ।

 

भर्खरै सम्पन्न निर्वाचनमा यस्तै नारा दिएर बामपन्थीहरु जनतालाई भुलभुलैयामा पार्न सफल भए भन्ने महतको आरोप रहेको छ । बामपन्थीहरु जे भनिरहेका छन्, त्यसले नेपाललाई टाट उलट्याउने पक्का छ । ’cause, संघीय संरचनामा जान पैसाको धेरै खाँचो छ, त्यसवाहेक बामपन्थीहरुले हरेक क्षेत्रमा बाँड्ने भनिएको खर्चले विकास खर्चलाई शून्यमा झार्ने छ ।

 

देशको आम्दानी बढाउने नीति, योजना र कार्यक्रम नभएका बामपन्थीहरु शासनमा पुगे पनि उनीहरुले कुन पैसा हारलधुरल गर्ने ? कांग्रेसको सरकारले जम्मा गरिदिएको राष्ट्रिय ढुकुटीले मात्र कति दिन चल्ला ? कस्ले दिन्छ बामपन्थी सरकारलाई पैसा ? क्युवा र उत्तरकोरियाले त दिन सक्दैनन् ! उनीहरु आफैं सहयोगको लागि हात फिजाइरहेका छन् । विपक्षमा रहेका बेला सस्ता भाषण पनि विक्छन् । तर, सत्तामा पुगेपछि ‘डेलिभरि’ गर्नुपर्छ । यसका लागि भाषण कम र काम ज्यादा गर्नुपर्छ जो बामपन्थीहरुबाट संभव हुने छाँट छैन ।

 

विदेशीसंग ऋणमाथि ऋण दिएर बामपन्थीहरुले ग्रीसमा जस्तै देश र जनतालाई विदेशीहरु कहाँ धरौटी राख्न चहार्नुबाहेक उनीहरुसंग अरु संभावना देखिदैन ! के देशलाई धरौटीमा राखेर गरिएको शासन दिगो हुन सक्छ ? मलाई त लाग्दैन !

 

वामपन्थीहरुलाई हाँक दिंदै महतले भने, होइन भने सत्तामा जान खुट्टा उचालिरहेका कम्युनिष्टहरुले भन्न सक्नुपर्छ, कुन आम्दानीले उनीहरु खर्च गर्ने ठूला योजना बनाउछौं भनिरहेका हुन् ? कडा आर्थिक अनुशासन र सुशासन विना अर्थ संकलन संभव छैन । लगानी बृद्धि त्यत्तिकै हुँदैन । नत बामपन्थी मारमा पर्ने डरले हच्किरहेको नीजिक्षेत्र त्यत्तिकै बौरिन सक्छ ।

 

औद्योगिक उत्पादन नबढाइकन देशले प्रगति गर्न सक्दैन । वामपन्थीहरुसंग यसको खाकासमेत नभएको होइन कि उनीहरुले उचालेका कामदारका कारण विगतमा जेनतेन चलेका उद्योगहरु पनि धमाधम बन्द भए । देशको पूँजी पनि अनेक बहानामा बाहिर पलायन भैरहेको छ ।

 

नेपालमा बामपन्थीहरुले भ्रम फैलाइरहेका छन्, पूँजीवादले शोषण गर्छ । त्यसैले स्थापनाकालदेखि नै यहाँका वामपन्थीहरु पूँजीवादी पार्टी भनेर नेपाली कांग्रेसको आलोचना गर्ने गर्छन् । तर, उनीहरु के कुरा बिर्सन्छन् भने, काँग्रेसले लिएको उदार एवं खुला आर्थिक नीतिका कारण नै अहिलेको हाम्रो अर्थतन्त्र चलायमान बनेको हो ।

 

नेपाली कांग्रेसको आर्थिक नीति वामपन्थीहरुले के बुझुन्, उनीहरुले आफ्नो विचार भनेर फलाकिरहने माक्र्सवादी नीतिसमेत बिपरित नीति अपनाएर नेपालका बामपन्थीहरु न हाँसको चाल नत कुखुराको चालमा अलमलिइरहेको पाइरहेको छु, महतले जोड दिए ।

 

वामपन्थीहरु औद्योगिक विकासको विरोध गरेर त्यसको जगसमेत बस्न नदिइरहने षडयन्त्रमा लागेको आरोप लगाउदै महतले भने, उनीहरुकै गुरु माक्र्सले सामन्तवादी समाजमा मोही र गरीब किसानहरुले पूँजीवादी औद्योगिक विकासमा लाग्नु पर्ने बताएको यहाँका वामपन्थीहरुले थाहासमेत पाएको देखिदैन ’cause यसैबाट पुष्टि हुन्छ, लहैलहैमा नेपालका बामपन्थी पार्टीहरु चलिरहेका छन् ।

 

पूँजीवादी औद्योगिक विकास नभइ समाजवाद आउन सक्दैन भन्ने माक्र्सवादको प्रमुख आधार कै खिलाफमा नेपाली वामपन्थीहरु रहेका छन् । औद्योगिक विकासमा वामपन्थीहरु लाग्नुपर्छ भन्ने मेरो भनाई होइन, वामपन्थीहरुको आधारभूत सिद्धान्तको मैले उनीहरुलाई स्मरण मात्र गराएको हुँ ।

 

त्यसैले म ठोकेर भन्छु, नेपालका वामपन्थीहरु आधारभूत सिद्धान्त छाडेर आफूलाई वामपन्थी भनिरहेका छन् । वामपन्थीहरु आफूलाई वास्तविक माक्र्सवादी ठान्छन् भने उनीहरुले कि एकपल्ट माक्र्सलाई पढुन्, होइन भने माक्र्सवाद छाडेर नेपालका वामपन्थीहरु अवसरवादको शरणमा गएको घोषणा गरुन् !

 

पूँजीवाद भनेको के हो ? सारमा, वामपन्थी विचारका संस्थापक नेताहरुकाअनुसार पूँजीवाद भनेको तीब्र औद्योगिक विकास हो । जसले वेरोजगारलाई रोजगारी मात्र होइन, देशकै अर्थतन्त्रलाई सुदृढ बनाउछ । उद्योग नभइ औद्योगिक विकास संभव छैन । औद्योगिक विकास नभइ सर्वहाराहरुको जन्म नै हुन सक्दैन । मजदुर वर्गको पार्टी भनिने कम्युनिष्ट पार्टीको स्थापनाको कुरै छाडौं । यो संभव नै छैन । तर, नेपालमा वामपन्थी पार्टी कसरी लगभग ७० वर्ष अघि नै स्थापना भए ?

 

यो खानेपिउन पुगेका परिवारका युवाहरुको लहड, बिदेशी देखासिखी र उनीहरुकै प्रोत्साहनमा गठन भएको संगठन हो— नेपाल कम्युनिष्ट पार्टी, नेपालको वस्तुगत आवश्यकताअनुसार भएको होइन भन्ने निश्कर्षमा म पुगेको छु, महतले भने ’cause मजदुर वर्गको जन्म नै नभइ नेपालमा एउटा होइन, दशौं वामपन्थी पार्टीहरु गठन भएका छन् ! यो ठूलो खोजीको विषय हो । बौद्धिक जमातले यसको अध्ययन अनुसन्धान गर्न जरुरी भैसकेको छ ।
वामपन्थीका गुरुहरुले भनेका र लेखेका छन्, उद्योग कलखानाको अत्यधिक विकास भएपछि मात्र वास्तविक औद्योगिक मजदुर वर्गको जन्म हुन्छ । उद्योगपतिहरुबाट चरम शोषण भएपछि मात्र मजदूर वर्गले आर्थिक शोषणविरुद्ध आन्दोलन गर्ने हो । एक्लैले केही गर्न नसक्ने भएपछि मजदुरहरु संगठित भएर आफ्नो आवाज सशक्त रुपमा उठाउन थाल्छन् ।

 

मजदूरले काम गरिरहेका उद्योगहरुमा भएको चरम आर्थिक शोषणविरुद्ध समानताको लागि संगठित मजदूरहरु विभिन्न माग राखेर आफ्नो तलब, कामको घण्टा र अन्य सुविधाका लागि आन्दोलन गर्छन् । कालक्रममा यिनै मजदूरहरुले आफ्नो हकहित लागि विभिन्न संगठनहरु बनाएर आन्दोलन गरेका हुन् । त्यसैमध्येका सशक्त र क्रान्तिकारी मजदूर वर्गको बीचबाट जन्मिन्छ, कम्युनिष्ट पार्टी भनिन्छ ।

 

यो दावी मेरो होइन, संसारभरका बामपनथीहरुका नेता कार्ल माक्र्स, फ्रेडरिक एंगेल्स र अन्य नेताहरुको हो । लेनिनले अर्ध औद्योगिक रुसमा तीक्ष्ण बौद्धिक क्षमता र संगठन गर्ने कलाले समाजवादी क्रान्ति त गरे तर त्यो टिक्न सकेन । त्यस्तै रुसले निर्यात गरेको कम्युनिष्ट क्रान्तिले दोस्रो विश्वयुद्धपछि धेरै देश कम्युनिष्ट त बने तर ती सबै सोभियतसंघको विघटनपछि संसारका नक्साबाटै बिलय हुन पुगे । ’cause लहडको आधारमा न कुनै व्यवस्था टिक्न सक्छ नत कुनै दह्रो आर्थिक नीति कार्यक्रमविनाको देश नै जीवित रहन सक्छ । तर, नेपालका वामपन्थीहरुले आफैंले उदाहरण मानेका देशहरुको पतनबाट पनि शिक्षा लिन सकेनन् र आफ्नै देशलाई अस्थिर बनाउदै उर्जा र यौवन नष्ट गर्दै भौंतारिइरहेका छन् ।

 

कार्ल माक्र्सको विश्लेषण र खोजीअनुसार संसारमा सबैभन्दा पहिले वर्गविहिन आदिम साम्यवादी व्यवस्था थियो । त्यसपछि दास प्रथाको शुरुवात भयो । दासप्रथालाई सामन्तवादले विस्थापित ग¥यो ।

 

सामन्तवादलाई पूँजीपति वर्गले विस्थापित गर्छ । पूँजीवादलाई समाजवादी व्यवस्थाले समाप्त गरेर समतावादी समाजवादी व्यवस्था कायम हुन्छ । समाजवादको विकसित माक्र्सको परिकल्पनाअनुसार वर्गविहिन समता र समानतावादी साम्यवादी समाज हो ।

 

मजदुर वर्गका सर्वहाराहरुको नेतृत्व गर्दै कम्युनिष्टहरु पूँजीवादी शोषणबाट मुक्त हुन मजदूर वर्गीय आन्दोलनलाई अगाडि बढाउछन् र त्यो नै मजदूर वर्गीय बामपन्थी आन्दोलन हो । जसले माक्र्स र एंगेल्सले परिकल्पना गरेको समता र समानतायुक्त समाजवादी समाज निर्माणको शुरुवात हुन्छ ।

 

तर, नेपालमा आफूलाई वामपन्थी भन्नेहरुको इतिहास हेर्नुहोस्, दर्जन बढी कम्युनिष्ट पार्टीहरु मध्ये कोही पनि पूँजीवादको विकास भए पछि मजदूर वर्गबाट जन्मिएका होइनन् । बेलै नपुगी टाठाबाठाले जन्माएका अवैध सन्तानका रुपमा नेपालका वामपन्थीहरु रहेका छन् । यसो नहुँदो हो त उनीहरु नेपालमा औद्योगिक विकासका अग्रगामी शक्ति हुने थिए । तर यथार्थमा नेपालका वामपन्थीहरु सिद्धान्त अनुरुप चलेका भए औद्योगिक र पूँजीवादी विकासवाहक बन्न सक्ने थिए । उद्योगहरु बन्द गर्ने होइन, नेपालमा पूँजीको विकास गराउदै तीब्र औद्योगिकरण गर्दै वेरोजगार र अर्धवेरोजगार लाखौं नेपाली युवाहरु कामको लागि अरबका मरुभूमि चाहारी रहेका छन् । तिनलाई रोजगारी उपलब्ध गराउदै देश विकास गर्न दत्तचित्त हुने थिए ।

 

औद्योगिक विकासका सहयोगी भएका भए वामपन्थीहरुले यति धेरै भौंतारिरहनै पर्ने थिएन । अबैध वर्गबाट जन्माइएका र अबैध वर्ग दावी गर्ने भएकाले नेपालको वामपन्थी आन्दोलन कम्युनिष्ट सिद्धान्तका प्रतिपादकको बाटोअनुसार नै अवैध रहेको स्पष्ट हुन्छ ।

 

वैध वामपन्थी आन्दोलन जन्मनका लागि सर्वप्रथम नेपालमा औद्योगिक विकास हुनुपर्छ । तर, दूर्भाग्य नेपालका स्वनामधन्य वामपन्थीहरु नै देशको औद्योगिकरणको घोर विरोधी रहेका छन् । ’cause उनीहरु कोही पनि मजदूर वर्गका जायज सन्तान होइनन् र भएका भए उल्टो काम गर्ने थिएनन् ।

 

हरेक वामपन्थी नेताको ‘व्याकग्राउण्ड’ खोतल्ने हो भने उनीहरु सामन्त, जमिन्दार, जागिरे, व्यापारी, पढालिखा र वामपन्थीहरुले नै प्रतिक्रियावादी भन्ने दलाल व्यापारी तथा पूँजीपति, निम्न मध्यम वर्गीय टाठा बाठाका सन्तान वा तिनकै सेरोफेरोबाट आएका खातापिता परिवारका व्यक्तिहरु हुन् ।

 

उनीहरुले स्वघोषित रुपमा आफूलाई क्रान्तिकारी मजदूर वर्गको प्रतिनिधि भने पनि नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्ने व्यक्तिहरु एकजना पनि मजदूर होइनन् । अहिलेसम्म नेपालमा बनेका स्वनामधन्य बामपन्थी पार्टीका नेता भनिएका कोही पनि कार्लमाक्र्सले भनेजस्तो मजदूर वर्गबाट आएका व्यक्ति होइनन् ।

 

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठदेखि मनमोहन अधिकारी, डा. केशरजंग रायमाझी, तुल्सीलाल अमात्य, मोहनविक्रम सिंह, निर्मल लामा, विष्णुबहादुर मानन्धर, नारायणमान विजुक्छे रोहित, सिपी मैनाली, झलनाथ खनाल, मदन भण्डारी, चित्रबहादुर केसी, माधव नेपाल, खड्गप्रसाद ओली, मोहन वैद्य, पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्दसम्मको नालीवेली केलाउने हो भने मजदूर वर्गको वीउ पनि यी वामपन्थी नेताहरुमा देखिदैन । उनीहरु मध्ये कोही पनि, न श्रमीक वर्गका सन्तान हुन् नत स्वयम् श्रमिक हुन्, मजदूर वर्गको त कुरै छाडौं ।

 

 

सबैलाई थाहा छ, बेला नपुगी बच्चा जन्मियो भने गाउ घरमा अदिग्नु जन्मियो भन्दै दुःख मनाउ गर्छन् । ’cause अदिग्नु बाँच्दैन । धार्मिक, सामाजिक र सांस्कृतिक रुपमा पनि अदिग्नुलाई मन्छाउन विशेष धार्मिक प्रकृया पूरा गर्नुपर्छ । गरिएन भने त्यसले पछिसम्म पनि जुन परिवारमा जन्मियो त्यसलाई मात्र होइन, छिमेकीलाई पनि प्रेत बनेर दुख दिइरहन्छ ।

 

नेपालको वामपन्थी आन्दोलन पनि कतै वामपन्थीहरुको अदिग्नु त होइन ? यो बेलै नभइ जन्मिएकोले यसले न मजदूर वर्गलाई संगठित गर्ने काम ग¥यो नत देशको औद्योगिक विकासमा मद्धत नै पु¥यायो । यसले गरेको काम भनेको जहिले पनि सही मार्ग पक्रिन लागेको राजनीतिक र आर्थिक बाटोलाई सकेसम्म भत्काउने र नसके तोडफोड गरेर बिथाल्ने रहेको छ । नेपालको आर्थिक विकासको बाधक कोही छ भने तथाकथित वामपन्थीहरु रहेको प्रमाणीत नै भएको छ । यिनकै कारण देशले गति लिन लागेको उदारवादी अर्थतन्त्रले ‘सेटव्याक’ बेहोर्नु परेको जगजाहेर छ ।

 

भाषणले समाजवाद आउदैन । न त रातारातको क्रान्तिले नै यसलाई स्थापित गर्न सक्छ । यो त त्यस्तो सामाजिक, आर्थिक र राजनीतिक कार्यक्रम हो जस्ले विधीको शासनमार्फत लगानी, प्रविधि, मेहनत र क्षमतामार्फत मात्र आफूलाई काविल सावित गर्नसक्छ ।