सम्बृद्ध नेपालको बहसः शिक्षा र स्वास्थ्यको रोल मोडेल अस्पताल

 

के गरीब र धनीको कलेजो फरक हुन्छ ? मुत्रथैली फरक हुन्छ ? मिर्गौला फरक हुन्छ ? मुटु, फोक्सो आन्द्रा फरक छ ? जब सबैका यी अंगमा कुनै भिन्नता छैन भने फरक स्वास्थ सेवा गर्नु हुन्छ ? म भन्छु, हुँदैन । सबै मानिस बराबर हुन् भने सबैलाई एउटै गुणस्तरको स्वास्थ सेवा दिनु पर्छ । प्रत्येक बालबालिकालाई एउटै गुणस्तरको शिक्षा र स्वास्थ सेवा दिने शुरुवात गरेपछि मात्र मात्र समृद्ध नेपालको यात्रा शुरु हुन्छ, अन्यथा हुँदैन ।

 

 

गत विहिबार काठमाण्डौ विश्वविद्यालय (केयु)का उपकुलपति प्राध्यापक डाक्टर रामकण्ठ माकजुसँग कुराकानी गर्न विश्वविद्यालय परिसर, धुलिखेल पुग्दा दस बर्ष अघि स्कुल अफ एजुकेशनमा डेभलेपमेण्ट स्टडिज विषयमा एम्फिल गर्दाको संझना आइरह्यो । नेपालको शिक्षाको अबस्था र देश विकासमा गुणस्तरिय शिक्षाको महत्वका आयाम’boutमा डा.टंकनाथ शर्मा, प्रा.डा.मनप्रसाद वाग्ले, प्रा.डा.श्रीराम लामिछाने, प्रा.डा.शतिसकुमार ओझा, डा.चिरन्जीवी नेपाल, डा.लभदेव अवस्थी र डा.लक्ष्मण ज्ञवालीले गरेका बहस पैरवीहरु कानमा गुञ्जिरहे । आफुले पढ्दाका कक्षाका दृष्यहरु सिनेमाका दृष्य भmै झल्किरहे ।

 

उपकुलपतिको शुभकामना

 

केयु २५बर्ष पूरा गरेको एक जोसिलो युवाजस्तै ईतिहासको महत्वपूर्ण मोडमा खडा छ । यो समय विगतमा भएका कामहरुको आत्मसमीक्षा गरी आउँदा दिनहरुमा संस्थाको नाम अझै उचाइमा पु¥याउने प्रण गर्ने समय हो ।

 

हाम्रा दूरदर्शी अग्रजहरु, काठमाण्डौ विश्वविद्यालयका कर्मठ परिवार र हामीप्रति सद्भाव राख्ने र सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाहरुका कारण काठमाण्डौं विश्वविद्यालयले यति छोटो समयमा अद्धितीय प्रगति गरेको हो । खुसी र गर्वको यो क्षणमा हामीले अगाडि रहेका चुनौतीहरुलाई बिर्सन भने हुँदैन ।

 

अझै पनि गुणस्तरीय शिक्षाको पहुँच थोरैमा मात्र छ । त्यस अबसरबाट वञ्चित भएकाहरुको आबाज त्यति सुनिन्न । उनीहरुको क्रन्दन अरुले नसुने पनि हामी शिक्षित वर्गले सुन्न सक्नुपर्छ । ती नसुनिएका आवाजहरुको हितमा संघर्ष गर्ने जिम्मा पनि हाम्रै हो ।

 

नेपाललाई माया गर्ने देश–विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरुलाई काठमाण्डौ विश्वविद्यालयको यो महत्वकांक्षी यात्रामा सम्मिलित हुन म आग्रह गर्दछु । हाम्रो ढोका खुल्ला छ । आउनुहोस्, केहि नगर्ने बहाना नबनाऔं, आजको दिन जे सकिन्छ सृजना गर्ने अठोट गरौं । मेरो हार्दिक शुभकामना छ । प्रा.डा.रामकण्ठ माकजू, श्रेष्ठ, उपकुलपति ।

 

रिप्रोडक्सनको महत्व

 

आलेखमा जस्ताको तस्तै शुभकामना राख्नुको उद्ध्ेश्य प्रकाशित सामग्रीहरुलाई पुनरप्रकाशन गर्न खोजिएको भने होईन । यहाँ त शुभकामनामा प्रकाशित तेश्रो र चौथौ परिच्छेद मात्रै आलेखको विषयबस्तुसँग ठ्याक्कै मेल खाएकोले समावेश गरिएको हो ।

गुणस्तरिय शिक्षाको पारिलो घामबाट बञ्चितहरुको आवाज बोलिदिने र उनीहरुको हितमा संघर्षगर्ने जिम्मा पनि शिक्षित वर्गको नै हो भन्ने जुन प्रतिवद्धता मकाजुले व्यक्त गरेका छन् त्यो शिक्षित जमात र आफूलाई प्राज्ञिक भन्न रुचाउनेहरुका लागि पनि शिक्षाप्रद होस् भन्नका खातिर यो अंश यहाँ उल्लेख गरिएको हो ।

 

मुटुको काम फोक्सोले गर्दैन !

 

सन् १९९४मा गैर नाफामुखी समता मुलक सामजिक न्यायको लागि स्वास्थ्य सेवा भनी तीन वेड भएको एक कोठाबाट डाक्टर रामकण्ठ मकाजुको पहलमा शुरु भएको धुलिखेल अस्पताल १६ बर्षमा २७० शैयाको एक अत्याधुनिक अस्पताल बनिसकेको छ । लाखौं नागरिकलाई स्वास्थ सेवा पु¥याँदै दुरदराजमा अवसरबाट बंचित रहेका गरिव जनतालाई २१ वटा आउटरिच सेन्टर मार्फत स्वास्थ सेवा दिई रहेकोे सफलताको कथा कसरी सबैले थाहा पाउने ?

 

यही जिज्ञासा राख्दा डा.मकाजुले भने –सानोसानो सफलता हासिल गरेका सफलताका मोडेलहरु नेपालमा धेरै छन् । स्वास्थमा छ । शिक्षामा छ । कृषिमा छ । खेलकुदमा छ । थुप्रै क्षेत्रमा छ । तर सफलता प्राप्त गर्नेहरुले आफ्नो कठोर मिहेनत, दृढ आत्मविश्वास, अटल प्रतिवद्धता, निरन्तरताको आफ्नै बलबुताबाट सफलता हासिल गरेका हुन् ।

 

तर यस्ता सफलता थुप्रैले प्राप्त गरेका छन् भन्नुको मतलब सफलताका कथाहरु खोज्ने, फैलाउने र धेरैमा जनमानसमा पु¥याउने काम पनि सफलता प्राप्त गर्नेहरुको होइन । त्यो काम आमसंचार माध्यमको हो । लेखकहरुको हो । स्तम्भकारहरुको हो । पत्रकारहरुको हो ।

 

सफलताबाट के सिकियो ? त्यो बताउने काम मात्रै सफलता हासिल गर्नेको हो भन्ने मैले बुझेको छु, स्वभाव अनुसार मुक्त कण्ठले हाँस्दै डा मकाजुले भने, मैले आफ्नो सफलताको कथा ३०–४० जना विद्यार्थीहरु पढिरहेको कक्षा कोठामा बताउन सकौंला तर चारै तिर फैलाउने काम मबाट संभव छैन ’cause सबैको आ–आफ्नो काम र विशेषता हुन्छ ।

 

उनले सबैले बुझ्ने भाषामा सानो उदाहरण दिंदै भने, हाम्रो मुटुको काम हाम्रै फोक्सोले गर्न सक्दैन । न त आन्द्राको काम मुत्रथैलीले नै गर्नसक्छ ! हरेक अंगले बेग्ला बेग्लै काम गरे पनि जसरी हाम्रो शरीरलाई सक्रिय र सशक्त बनाउछन्, त्यसैगरी समाजका विभिन्न अंगहरुले पनि त्यस्तै गर्ने हो ।

 

म मेरा विद्यार्थीलाई शरीर विज्ञान र यसका विशेषता र अप्ठ्याराहरु बुझाउन सक्छु । विज्ञहरुलाई पनि सकौंला तर आम जनतालाई बुझाउने आमसंचार माध्यमहरु टिभी, रेडियो, पत्रपत्रिका र सामाजिक संजालहरुले नै हो । मैले होइन, लेखक—पत्रकारहरुले हो ।

 

अस्पताल पनि होटेल जस्तै !

 

आफू सर्वसाधारणहरुको सहयोगमा शुरुगरेको धुलिखेल अस्पतालको ’boutमा बताउँदै बरिष्ठ सर्जन मकाजू भन्छन् –धुलिखेल अस्पताल धुलिखेलका होटलहरु जस्तै हो । ’cause होटलहरुमा जस्तै यहाँ पनि धनीभन्दा धनी र गरिब भन्दा गरिब विरामी पनि आउछन्, उपचार गर्न ।

 

होटलमा बस्नेले जस्तै सफासँग बस्छन् । खान्छन् । सुत्छन् । आराम गर्छन् । नुहाउँछन् । सफा ट्वाईलेटमा दिसा पिसाब गर्छन । दाह्री पनि काट्छन् । कपाल पनि कोर्छन । अनि तपाई आफैं भन्नोस्, यो होटल जस्तै भएन ?

 

विरामीले आरामले बस्ने चाहना राख्नु, सफा चर्पिमा दिसा पिसाब गर्ने चाहना राख्नु, ढुक्कसँग मनपरेको खानेकुरा खान पाउनु अपवादको ईच्छा होइन नि ! हो र ?

 

विरामीले अनुभवि डाक्टरको हातमा परेको छु, अब मेरो ढुक्कसँग उपचार हुन्छ भन्ने अभिलाषा राख्नु, अनुभूति गर्नु सामान्य मानवीय अभिलाषा हो । यो कुनै अपवाद होईन । हामीले कुनै अपवाद गरेका पनि होईनौं । यो त एउटा मोडेल मात्रै हो ।

 

मेरो बुबाको अपरेसन पनि यहि अस्पतालमा गरेको हो । गरिब भन्दा गरिब जनताको सेवा पनि यहि अस्पतालबाट दिईरहेका छौ । हामी यही काम शिक्षा क्षेत्रमा गर्न सक्छौं । उद्योग धन्दामा गर्न सक्छौं । अन्य सेवाहरुमा पनि गर्न सक्छौं । सिङ्गो राष्ट्रमा पनि गर्न सक्छौं । तर त्यसका लागि ईच्छा शक्ति चाहिन्छ । यो काम मैले नै गर्नुपर्छ भन्ने भावना चाहिन्छ । बस् ।

 

नेपालमा नेपाल भित्र मात्रै होइन, बाहिरी संसारसँग पनि प्रतिस्पर्धा गर्न सक्ने काम भएका छन् । ती स्वास्थ र शिक्षामा भएका छन् ।

 

पढ्दा पढ्दै सिक्ने र सिक्दा सिक्दै पढ्ने थलो

 

सन् १९९१ मा नेतृत्वको लागि गुणस्तरिय शिक्षा भन्ने अभियानका साथ स्थापना भएको काठमाण्डौ विश्व विद्यालयका संस्थापक उपकुलपति डा.सुरेशराज शर्माको भनाई छ, हामीले कमजोरी र सफलता दुबैबाट पाठ सिक्नुपर्छ । कमजोरीबाट पाठ सिकेर त्यस्तो कमजोरी दोहोरिन दिएनौं र सफलताबाट पाठ सिकेर थप सफलता हासिल गर्न प्रयत्नशील भयौं भने यो विश्वविद्यालय अझै उचाईमा पुग्नेछ ।

 

उद्धृतगर्दै गर्दा गर्दै सिक्ने, सिक्दा सिक्दै गर्ने भन्ने विश्वविद्यालयको अभियानको ’boutमा राखेको जिज्ञासामा डा.माकजू भन्छन् –हो । हामीले विगतमा आफ्ना कमजोरीबाट पनि सिक्यौं र कमजोरी नदोहो¥याई सिक्यौं । अब हामीले यसलाई पढ्दा पढ्दै सिक्ने र सिक्दा सिक्दै पढ्ने थलो बनाउँदै छौं । यसलाई हामी वेटल्याव पनि भन्छौं ।

 

उनले उदाहरण दिंदै भने, जस्तो हाईड्रो पावर सिकाउँदा चकले ब्ल्याक बोर्डमा लेखेर मात्र सिकाउन सकिदैन । एक दुई किलो वाट कै किन नहोस्, पानी भएको खोलामा लगेर विद्यार्थीलाई हाईड्रोपावर बनाएर सिकाउनु पर्छ ।

 

हामी बायोटेक् पढाउँछौं । विद्यार्थीलाई माछाको बायोटेक् सिकाउँछौ । त्यसको लागि विश्वविद्यालयको आफ्नै पाँच सातवटा माछा पोखरी हुन्छन् । विद्यार्थीले माछालाई दाना दिएर । पोखरीमा गएर माछा छोएर । पाँच सात रात माछा पोखरी छेउमा सुतेर आफैंले अभ्यास गरेर सिक्ने हो ।

 

अब कापीमा लेखेर । पावर प्वाईण्ट, तस्विर र डकुमेण्टरी हेरेर मात्र सिक्ने होइन । आफ्नै हातले काम गरेर सिक्ने विश्वविद्यालय बनाउने हो । खेतको डिलमा बसेर धानरोप्न, खन्न, काट्न चुटन् जसरी सिक्दैन । हिलो मै जानुपर्छ । आफैले गर्नु पर्छ ।

 

सर्जन बन्न छाला छुनु पर्छ । चिर्दै सिक्नु पर्छ । माटोको अनुसन्धान गर्दा पोकामा माटो ल्याएर कक्षा कोठामा सिकाउने जमाना गए । डोल्पाको विकास गर्ने हो भने त्यहीँको वातावरणमा गएर त्यहाँको माटो छोएर माटोको परिक्षण गर्न सिकाउँछौं ।

 

 

एक तिहाइ विद्यार्थीलाई छात्रबृत्ति

 

नीजि क्षेत्रबाट सञ्चालित गैरनाफा मुलक संस्था काठमाण्डौ विश्वविद्यालयका विद्यार्थीहरुको शुल्क धेरै भएको सन्दर्भ उल्लेख गर्दा उपकुलपति मकाजुले त्यसको प्रतिवाद गर्दै भने, सबैले थाहा पाउन् भनेर तपाईलाई भन्दैछु—कूल पच्चिस सय विद्यार्थीमा हामीले नौ सय विद्यार्थीहरुलाई छात्रबृति दिएका छौं । बार्षिक एक अर्ब भन्दा बढि रुपैयाको छात्रबृति वितरण भएको छ ।

 

यो भनेको सक्नेसँग लिने र नसक्ने र उत्कृष्टलाई दिने नीति नै हो । हामी नाफा मुखी होइनौं । गुणस्तरमा सम्झौता गर्दैनौं । विद्यार्थी छनौट जस्तै शिक्षक छनौट पनि गुणस्तरको आधारमै हुन्छ ।

 

हाम्रो शिक्षा टिभीमा पकाएको पिज्जा जस्तै

 

सत्तरी बर्ष पहिले नेपालमा अशिक्षित मान्छे धेरै थिए । शिक्षित व्यक्तिहरु ज्यादै कम थिए । तर हामीलाई चाहिने भन्दा धेरै खाद्यान्न उत्पादन हुन्थ्यो । हामी खाद्यान्न निर्यात गर्थौं । तर हामी अहिले धेरै नै शिक्षित छौं । खाद्यान्न बिदहरु पनि कम छैनौं । तर हरेक प्रकारका खाद्या सामाग्री आयात गछौं ! किन ?

 

उनले थप प्रश्न गर्दैभने, नब्बे बर्ष पहिले हामी नब्बे प्रतिशत सामाग्री आफ्नै देशको प्रयोग गरेर घर बनाउँथ्यौं तर अहिले धेरै शिक्षित छौ, घर बनाउन प¥यो नब्बे प्रतिशत सामाग्री बाहिरबाट आयात गर्छौं । के यसैका लागि हामी शिक्षित भएका हौं ?

 

म भन्छु, उनले औंला ठड्याएर भने, यो त टिभि हेरेर पिज्जा बनाउन सिके जस्तो भयो । टिभिमा बनाएको पिज्जामा कलर, आकार र मुभमेण्ट मात्रै सिक्यौं तर त्यसका लागि चाहिने उचित ताप, बास्ना र स्वाद सिक्नै सकेनौं ! ’cause टिभीमा त हेर्ने मात्र हो, आफूले बनाउने होइन । त्यसैले सिकेनौं ।

 

हो, मान्छे…आफ्नो थेगो दोहो¥याउदै उनले थपे, हामीले शिक्षितकोे संख्या त बढायौं तर त्यससंगै हामी परनिर्भर हुँदै गयौं ! चिनी नहुने ठाउँमा मह उत्पादन हुन्छ तर हाम्रा पढेलेखेकाले चिनीको जस्तै गुलियो महबाट लिन सिकाएनौं । चिनीकै पछाडि कुद्न मात्र सिकायौं । चिनीको जस्तै गुलियो महबाट निकाल्ने शिक्षा सिकाएको भए अहिलेको जस्तो दुर्दशा हामीले भोग्नै पर्दैनथ्यो ।

 

ज्ञान र बुद्धिको प्याकेज

 

ज्ञान देखाउने बस्तु हो । ज्ञान र बुद्धि प्याकेज गरेर एक ठाउँबाट अर्को ठाउँमा सजिलै लैजान सकिन्छ बुझ्नु भयो, प्राध्यापक माकजूले भने– ज्ञान, बुद्धि र विवेक प्रबद्र्धन गर्दै एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिन्छ । ज्ञान र बुद्धि प्याकेज गर्न सकिन्छ र सक्ने हुनु पर्छ । त्यसपछि त्यसलाई धेरै ठाउमा पु¥याउन सकिन्छ ।

 

त्यसलाई मैनबत्ति जसरी प्रयोग गरियो भने एउटा टेबुल मात्र उज्यालो हुन्छ । लाल्टीन वा मैनटोल जसरी बाल्यो भने बाटो हिड्न, यता उति गर्न अरु धेरैलाई पनि पुग्छ । यदि सूर्य जस्तै उज्यालो उत्पान गर्न सकियो भने त्यसले त सबैतिर झलमल्ल उज्यालो फैलाइ हाल्छ नि ! अनि अन्धकार कतै रहला ?

 

त्यसपछि त सबैतिर उज्यालो हुन्छ । शिक्षा पनि त्यस्तै, सूर्य जस्तै सबैलाई उज्यालो दिने हुनुपर्छ तब मात्र शिक्षाले जनतामा प्रभाव पार्छ । सबैले यस्तो शिक्षाको महत्व बुभm्छन् । मानव जीवन सुखी हुन्छ ।

 

शिक्षा सानो—ठूलो हुँदैन

 

डा मकाजु भन्दै गए, बच्चामा जसले जसरी पिसाब फेर्न सिकेको हुन्छ, अहिले सम्म सबैले त्यहि किसिमले पिसाव फेर्छन् होइन ? अलि कति परिमार्जन पनि भएको होला तर जथाभावी पिसाव नफेर्ने शिक्षा सबैले बच्चा बेलामा नै सिकेको शिक्षा हो । ’cause, शिक्षा सानो ठूलो हुँदैन ।

 

शिक्षाले जीवन सहज बनाउने हो । हाम्रो समजमा यो जात ठूलो, त्यो जात सानो ठूलो भन्दै विभेद गर्ने संस्कृतिले शिक्षाको विकासमा पनि विभेद र बाधा खडा गरेको छ । म यो धारणासंग सहमत छैन । तर अहिले पनि भनिदैछ, प्राविधिक शिक्षा, सानो शिक्षा, ठुलो शिक्षा ! शिक्षामा गरिएको विभेद जातीपातीमा गरिएको विभेद जस्तै हानीकारक छ । यसैले गर्दा हामी कहाँ उचित शिक्षाको विकास हुन नसकेको हो, मकाजुले औल्याए ।

 

विश्वविद्यालयहरुको भुमिका परिवर्तन

 

आउदो दिनमा नेपालका विश्वविद्यालयहरुको भूमिका नै परिवर्तन गर्नु पर्छ ’cause, केयुका उपकुलपति प्राध्यापक माकजू भन्छन्— विश्वविद्यालयहरुको काम ज्ञानको सिर्जना (क्रिएसन) गर्ने, फैलाउने (डेस्सिमिनेशन) थियो अबको भूमिका भनेको ज्ञानको कार्यान्वयन अर्थात प्रयोगमा ल्याउने काम पनि विश्वविद्यालयले नै गर्नुपर्छ । यस्ता विश्वविद्यालय बनाउनु पर्छ ।

 

दीगो सम्बृद्धि: गुणस्तरको शिक्षा र स्वास्थ्य

 

सम्बृद्ध नेपाल बनाउने बहस यत्र, तत्र, सर्बत्र हुन थालेको सन्दर्भमा के अभियान उचित हुन्छ ? डा मकाजुले भने, ईक्वीटि (समता) मा जोड दिने विश्वविद्यालयको समेत अभियान रहेको छ । प्राध्यापक माकजू भन्दैगए–म मिठो खाना खान्छु ’cause मेरी श्रीमतीले बनाएको खाना सबैभन्दा मिठो हुन्छ । हामी दुई जनालाई हामीले खाने खाना मिठो लाग्यो भन्दैमा त्यो सबैका लागि मिठो खाना हुँदैन ।

 

मिठो खाना हुन त दुईसय जनाले खान पाएको हुनु प¥यो र दुईसय जनालाई नै मिठो लागेको हुनु प¥यो । शिक्षाको गुणस्तर र स्वास्थ्याको पहुँच र गुणस्तर धनी गरिब भनेर भिन्नता गर्नु हुँदैन । उनले जोड दिएर प्रतिप्रश्न गर्दै भने, संसारमा गरिब भनेर कोहि पनि आमाको पाठेघरबाट निस्कन दुई वर्ष लाग्दैन नत धनी भनेर कोही पनि तीन महिनामा जन्मदैन ।

 

जब सबै एउटै प्रक्रियाबाट यो पृथ्वीमा आउँछन् भने हामी को हौ,ं स्वास्थ र शिक्षामा गरिबलाई फरक शिक्षा र स्वास्थ, धनीलाई फरक शिक्षा र स्वास्थ भनेर भेदभाव गर्ने ? शिक्षा र स्वास्थ्य गरिब र धनीलाई फरक गर्नु भनेको प्राकृतिक नियम विपरित हो ।

 

हामीले त हाम्रो गए गुज्रेको मान्यता र विभेदको संस्कृति अगालेर विभेद गरेका हौं । अब दिगो सम्बृद्धिको मूल आधार नै शिक्षा र स्वास्थ सबैलाई समान भनेर कार्यान्वयन गर्न लाग्नु पर्छ । म यस विषयमा सबैसंग बहस गर्न तयार छु ।

 

आउनु होस्, सबै मिलेर छलफल गरौं । भिजन बनाऔं । समय सिमा सहितको लक्ष बनाऔं । कार्यक्रम बनाऔं । योजना कार्यान्वयन गरौं । कार्य योजना सहित काम गरौं । हाम्रो सम्बृद्धि हामीले नै गर्ने हो । सबैले मिलेर गर्ने हो ।

 

शिक्षा र स्वास्थमा बराबर पहुँच

 

देशमा गणतन्त्र आईसक्यो । अब सम्बृद्ध नेपाल बनाउने अभियानमा हामीले कसैमाथि विभेद गर्नु हुँदैन । देशभरको शिक्षाको गुणस्तर एउटै हुनुपर्छ । सबै नागरिकलाई एकै किसिमको स्वास्थ सेवा सहज उपलब्ध हुनुपर्छ । तब मात्र सम्बृद्ध नेपालको बहस अगाडि बढ्छ ।

 

के गरीब र धनीको कलेजो फरक हुन्छ ? मुत्रथैली फरक हुन्छ ? मिर्गौला फरक हुन्छ ? मुटु, फोक्सो आन्द्रा फरक छ ? जब सबैका यी अंगमा कुनै भिन्नता छैन भने फरक स्वास्थ सेवा गर्नु हुन्छ ? म भन्छु, हुँदैन । सबै मानिस बराबर हुन् भने सबैलाई एउटै गुणस्तरको स्वास्थ सेवा दिनु पर्छ । त्यसैगरी नेपालका प्रत्येक बालबालिकालाई एउटै गुणस्तरको शिक्षा र स्वास्थ सेवा दिने शुरुवात गरेपछि मात्र मात्र समृद्ध नेपालको यात्रा शुरु हुन्छ, अन्यथा हुँदैन ।

 

सम्बृद्ध नेपाल बनाउने आफ्नै मोडल

 

सम्बृद्ध नेपाल बनाउने अभियानमा नेपालले कुन देशबाट के सिक्ने ? डा मकाजुले भने, जापान, सिंगापुर, मलेशीया र दक्षिण कोरियाले छोटो समयमा हासिल गरेका उपलब्धीहरु हेरेर त्यहाँका विकासका मोडेलहरुका ’boutमा छलफल बहस गर्नु ज्ञानका लागि ठिकै होला तर जहाँसम्म समृद्ध नेपाल बनाउने कुरा छ, मेरो बिचारमा उनले भने, सम्बृद्ध नेपाल बनाउने हाम्रो आफ्नै नेपाली मौलिक मोडल हुनुपर्छ । हिजो हामीले उत्पादन गर्न सकेनौं । सबै अरुको सिको ग¥यौं । अनि सबै कुरा अरुकै आयात गर्न लाग्यौ ।

 

हाम्रो आप्mनो सम्बृद्धिको मोडेल हामी आफैंले बनाउने हो । अरु कोही आएर हामीलाई समृद्ध बनाइ दिंदैनन् । हामी आफैंले नगरेसम्म हामी समृद्ध बन्न सक्दैनौं ।

 

नेपाललाई हामीले छोटो समयमा समृद्ध पार्न सक्छौं । नेपालमा संसार अन्यत्र नभएको भौगोलिक विविधता छ । वनस्पति, बातावरण, जलबायु, अल्टीच्युट हरेकमा विविधता छ । त्यो विविधताको प्रचुर लाभ लिनेगरि हामीले हाम्रो मौलिक मोडल बनाउनुपर्छ तब मात्र हामी सफल हुन्छौं ।

 

हिजो हामीले भोकलाग्दा मकै, भटमास, रोटि, च्युरा छोडेर चाउचाउलाई प्रश्रय दियौं । आलु कुहाएर फाल्यौं र महंगो आलु चिप्स रोज्यौं । प्रत्येक पचास मिटरमा बदाम बेच्ने ठेला खडा छ तर हामी पसलमा पाइने प्याकेटमा पल्क्यौ । यो संस्कृतिको अन्त्य गर्नु पर्छ । नयाँ संस्कृतिको शुरुवात गर्नुपर्छ । रिभोलुसनरी एकस्न र इभोलुसनरी संस्कृति निर्माण गर्नुपर्छ । तब मात्र बन्छ, सम्बृद्ध नेपाल ।

 

बा पुस्ताले नै सम्बृद्ध नेपाल देख्न सक्छ

 

समाजमा रहेको विद्यमान जात, भात, छुवाछुत, धनी—गरिव, विपन्न, असहाय आदिमा रहेको विभेदको कुसंस्कार र कुसंस्कृति बदल्न सकेमा सम्बृद्ध नेपाल देख्ने सपना अहिलेको हजुरबा, बा र नाती पुस्तामध्ये बा पुस्ताले सजिलै अनुभब गर्न सक्ने विश्बास मलाई छ, डा मकाजुले आशावादी हुँदै भने ।

 

उनी भन्छन्, हामी पञ्चतत्व (जल, जमीन, हावा, सूर्य र आकाश) बाट बनेका हौं । हाम्रा पाँचै अंगहरु (नाक, कान, आँखा, छाला र जिब्रो ) सबैले बुझ्ने गरी हामी अनुभव गर्न सक्छौं । हाम्रो देशले यो सबै क्षेत्रको विकास गर्न सक्छ ’cause नेपालले गएका पच्चीस बर्षमा गरेको परिवर्तन, बेहोरेको चुनौति र प्राप्त गरेको प्रगति चानचुने परिवर्तन होईन ।

 

भर्खरै सकिएको यो बर्षको निर्वाचनको कुरा नै गर्ने हो भने पनि मलाई लाग्छ, मकाजुले भने—एकै बर्षमा तीन तहको निर्वाचन, संविधान कार्यान्वयन र गणतन्त्र संस्थागत भएको छ । यो लरतरो उपलब्धी होईन । हामीले चाह्यौं भने कतिसम्म गर्न सक्ने रहेछौं भन्ने उदाहरण हो यो ।

 

भर्खरै पोखरा पुगेको थिएँ, फेवातालको पानी स्वच्छ बनाउने काम गएको छ महिनामा सम्भब भएको देखेर छक्कै परें । जनताको जागरुक संलग्नता र स्पष्ट भिजन भएकोले त्यो संभव भएको हो । त्यसैले म विश्वस्थ छु, हामीले अबको दश देखि पन्ध्र बर्षमा बा पुस्ताले सम्बृद्धि अनुभब गर्न सक्छन् । छोराछोरी पुस्ता र नातिनातिनी पुस्ताले त आर्थिक, भौतिक, सामाजिक र साँस्कृतिक रुपमा सम्बृद्धि ल्याउने हैशीयत राख्छन् । यसमा कुनै शंका कसैले नगरे हुन्छ !