ओलीको न्यूयोर्कयात्रा !

 

 

गोली जसरी बर्सने ओलीका उखान टुक्काले राष्ट्रसंघको हलभरी थुप्रिएका संसारभरका राष्ट्राध्यक्षहरुलाई हँसाउन, जगाउन र संबेदनशील बनाउन सकेको देखिएन । बीपी कोइरालाले साठीवर्ष अघि त्यही हलमा छिमेकी चीन र भारतले मान्यतासम्म नदिएको इजराइललाई मान्यता दिएको सुनाएर सबैका कानका रौंसमेत ठाडा बनाएका थिए । त्यसैगरी मेनल्याण्ड चाइनालाई मान्यता नदिएर ताइवानलाई मान्यता दिने राष्ट्रसंघलाई बीपीले भनेका थिए, मूल चीनलाई मान्यता नदिइकन सच्चा युएन् ‘युनाइटेड नेसन्स’ बन्न सक्दैन !

 

 

 

लामो अन्तरालपछि संयुक्त राष्ट्रसंघको मञ्चबाट विश्व नेताहरु समक्ष नेपालले प्रभावकारी रुपमा आफ्नो धारणा प्रस्तुत गरेको छ । प्रधानमन्त्री केपी ओलीले नेपाल सरकारको प्रतिनिधित्व गर्दै शुक्रबार राष्ट्रसंघ मूख्यालय न्यूयोर्कको सभाहलमा यसको छनक दिएका छन् । सम्बोधनअघि र पछि कैयन् देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुलाई प्रत्यक्ष रुपमा भेटेर नेपालमा भैरहेको परिवर्तनलाई प्रष्ट्याउँन पनि उनी प्रयत्नरत रहेको देखियो ।

 

प्रधानमन्त्री ओलीको राष्ट्रसंघ सम्वोधनपछि अब उनको पहिलो अध्याय समाप्त भएको छ । उनले गतवर्ष भएका चुनावी मञ्चदेखि निर्वाचन परिणामसम्म, एमालेदेखि नेकपाको अध्यक्ष बन्दासम्म, संसददेखि प्रदेशसभासम्म, प्रतिपक्षी नेतादेखि प्रधानमन्त्रीसम्म, छिमेकी भारत र चीनको राजकीय भ्रमणसम्म र क्षेत्रीय राष्ट्रहरुको संगठन विमिष्टेकदेखि संयुक्त राष्ट्रसंघको महासभासम्म आफ्ना नीति, कार्यक्रम र योजनाहरु राख्ने अवसर पाए । यो एक नेताको रुपमा ओलीले पाएको दूर्लभ अवसर हो । एउटा नेपाली नेताले यति अवसर पाएपछि उसले गर्न बाँकी रहेको काम भनेको राष्ट्रिय रुपमा जनतालाई दिएका वचनको कार्यान्वयन मात्र हो । अब ओलीको अग्नी परीक्षा कार्यान्वयन, कार्यान्वयन र कार्यान्वयनमा मात्रै छ ।

 

के अव प्रधानमन्त्री ओली न्यूयोर्क भ्रमणबाट फर्किएपछि देशमा चांग लागेर थुप्रिएका समस्याहरु जसकावारेमा उनी आफैंले पटकपटक बोलिसकेका छन्, तिनको कार्यान्वयन गर्नपट्टि लाग्छन् ? उनी लागे भने कहिले वर्षा र कहिले अनेक निहुँबाट सशक्त हुन नसकेका मन्त्री र तिनको मन्त्रालयका कामहरु तीब्र गतिमा हुने विश्वास गर्न सकिन्छ । होइन भने उनकै पार्टीका वरिष्ठ नेता माधव नेपालले भने झैं काम गरेर देखाउँने सवालमा ओली सरकार कमजोर देखिइरह्यो भने दुई तिहाई मतको बलियो आडभरोसाको कुनै अर्थ रहँदैन ।

 

राष्ट्रसंघको सक्रियता

प्रधानमन्त्री ओलीले न्यूयोर्कमा जति गतिशिलता देखाए, त्यसले नेपालबाट राष्ट्रसंघमा सम्वोधन गर्न पुगेका सरकार प्रमुखहरुमध्ये बीपी कोइरालाको स्मरण गराएका छन् । यद्यपि, त्यो समय अहिले जस्तो सूचना प्रविधिमा सशक्त थिएन, तर पनि बीपीले प्रथम निर्वाचित नेपाली प्रधानमन्त्रीको रुपमा जुन गतिशीलता न्यूयोर्कमा प्रदर्शन गरेका थिए, ओलीले पनि राष्ट्रसंघमा रहुन्जेल आफूलाई भेटघाट कुराकानीमा त्यत्तिकै ब्यस्त राखे । जसले अन्तर्राष्ट्रिय फोरममा लामो समयदेखि शिथिल रहेको नेपाली गतिविधि ब्यूँतिएको अनुभूति गराइरह्यो ’cause बीपी र ओलीले सामना गर्नु परिरहेका चुनौति उस्तै उस्तै छन् ।

 

सभा कुटनीति

राष्ट्राध्यक्ष र सरकार प्रमुखहरु उपस्थित रहने अन्तर्राष्ट्रिय सभा सम्मेलन र फोरमहरु सभा कुटनीति (कन्फरेन्स डिप्लोमेसी) मानिन्छ । जहाँ संसारभरबाट भेला भएका विश्व नेताहरु समक्ष आफ्नो अवस्था, विचार, नीतिहरु’bout अभिव्यक्त गरिन्छ । बिचार मिल्ने राष्ट्रहरुसंग मात्र होइन, अरु राष्ट्रहरु भनौंन, नेपाल भूपरिवेष्ठित मुलुक भएकोले भूपरिवेष्ठित राष्ट्रहरु’bout, राष्ट्रसंघको शान्तिस्थापन गर्नु पर्ने मुलुकहरुमा लामो समयदेखि निरन्तर शान्ति सेना पठाइरहेको मुलुक भएको हुनाले नेपालले त्यसवारे बोल्दा तत्तत् राष्ट्रका प्रमुखहरुले नेपाली अनुभव र ज्ञानलाई आत्मसात गरिरहेका हुन्छन् । त्यस्तै विकासोन्मुख मुलुकका विकासका समस्यावारे तीखो नजरले नयाँ कुरा खोतली रहेका हुन्छन् ।

 

कुनै पनि अरु देशले जस्तै नेपालले पनि अरु देशका नेताले बोलका कुराहरु सुनेर, उनीहरुसंग भेटघाट गरेर, विचार आदान प्रदान गर्न सकिन्छ । यसो गर्दा आफ्नो नीति कार्यक्रमलाई अझ प्रभावकारी बनाउदै सुधार गर्न सकिन्छ ।

 

नयाँ विचारहरु अपनाउन सकिन्छ । अर्थात, लिने दिने र सिक्ने तथा आफूलाई अझै धारिलो बनाउन नयाँ विचार, अनुभव र शिक्षा प्राप्त गर्न सकिन्छ । आफूलाई रिफाइन गर्न सकिन्छ । विश्व राजनीतिमा भइरहेका उतार चढावमा आफूलाई अनुकूलन गर्न सकिन्छ ।

 

विदेश नीतिको दायरा

विदेशनीति भनेको ‘फरेन पोलिसी’ मात्र होइन । नत यो विदेशी पैसा देश भित्राउँने औजार मात्रै हो । आधुनिक विश्वमा विदेशनीतिले राष्ट्रिय स्वार्थ, संस्कृति र ज्ञानलाई ब्यापकरुपमा प्रवद्र्धन गरिरहेको हुन्छ ।

 

प्रधानमन्त्री ओली न्यूयोर्क बसुन्जेल राष्ट्रिय पोशाकमा देखिइरहे । यसअघिका हाम्रा प्रधानमन्त्रीहरु राष्ट्रिय पोशाक लगाएर प्रस्तुत हुन सकेका थिएनन् । तर, ओलीले राष्ट्रिय पोशाकलाई सम्मेलन अवधिभर लगाएर राष्ट्रसंघ महासभामा उपस्थित हरेकको ध्यानलाई आकर्षित पारेर आफूप्रति तानिरहे ।

 

राष्ट्रसंघ महासभा जस्तो विशेष अन्तर्राष्ट्रिय अवसरमा प्रधानमन्त्री ओलीले टोली नेताको रुपमा राष्ट्रिय पोशाक लगाइरहँदा त्यसले नेपाललाई विश्वब्यापीकरण गरि रह्यो । अफ्रिकी मुलुकका नेताहरु जसरी आफ्ना रंगीचंगी पोशाक पहिरिएर हरेकको ध्यान खिचिरहेका हुन्छन्, त्यसैगरी ओलीले पनि सेतो दौरा सुरुवाल, खरानीरंगको कोट–इष्टकोट र कालो भद्गाउँले टोपी लगाएर युनिक रुपमा विश्वभरका नेताहरु सामुन्ने छाइरहे ।

 

जहाँसम्म ओलीले विश्वमन्चमा गरेको सम्बोधन छ, त्यसले अन्तर्राष्ट्रिय मन्चलाई राष्ट्रिय मंचहरुमा जस्तो तताउन सकेको भने देखिएन । गोली जसरी बर्सने ओलीका उखान टुक्काले राष्ट्रसंघको हलभरी थुप्रिएका संसारभरका राष्ट्राध्यक्षहरुलाई हँसाउन, जगाउँन र संम्बेदनशील बनाउँन सकेको देखिएन । बीपी कोइरालाले साठी वर्ष अघि त्यही हलमा छिमेकी चीन र भारतले मान्यतासम्म नदिएको इजराइललाई मान्यता दिएको सुनाएर सबैका कानका रौंसमेत ठाडा बनाएका थिए । त्यसैगरी मेनल्याण्ड चाइनालाई मान्यता नदिएर ताइवानलाई मान्यता दिने राष्ट्रसंघलाई बीपीले भनेका थिए, मूल चीनलाई मान्यता नदिइकन युएन् ‘युनाइटेड नेसन्स’ बन्न सक्दैन !

 

कर्मचारीले तयार गरेको भाषणमा वीपीले थपेका दुई कुराले चिनियाँहरु वेपत्ता खुशी मात्र भएनन्, जीउजहरु पनि गदगद नै बने । तर, ओलीले वर्तमान सन्दर्भमा ट्रम्पलगायतका विश्वका नेताहरु उपस्थित हलमा हँ के भन्छ यो नेपालको प्रधानमन्त्री भन्ने गराउँने अभिव्यक्ति व्यक्त गर्न सकेनन्, किन ?

 

यसमा दोष भनौं वा कमजोरी ओलीको भन्दा पनि उनका सल्लाहकारको रहेको प्रष्टै छ । ’cause नेताले सबैकुरा संसारभर नै सिकिरहनु पर्दैन । विद्वान ‘एडभाइजर’हरु त्यसैका लागि नियुक्त गरिएका हुन् । तर, ज्ञान र बुद्धि भनेको विद्वतामा भर पर्ने कुरा हो, ‘एडभाइजर’मा होइन ।

 

नयाँ सन्दर्भमा पुराना कुराभन्दा नयाँ विषयवस्तुलाई समेटेर प्रभावकारी रुपमा ब्यक्त गर्न सक्नुमा नै कुटनीतिक सफलता अन्तर्निहित हुन्छ । यसका लागि बुद्धि भएकाहरुको बुद्धि लिन सक्नुपर्छ र विपक्षी दलको रचनात्मक र सिर्जनशील कुरालाई टिप्न सक्नुपर्छ ।