‘#मि टु’ माथि क्रिया-प्रतिक्रिया

प्रशिद्ध फ्रान्सेली चलचित्रकी नायिका क्याथरिन डेन्युभ लगायतका १०० जना फ्रान्सेली राष्ट्रिय जीवनका प्रबुद्ध महिलाको समुहले ‘मि टु’ अभियानसंग असहमति जनाउँदै ले मण्डे दैनिक पत्रिकामा खुल्ला पत्र पठाएपछि अमेरिकी ‘मि टु’ अभियानमाथि थप बहसको थालनी भएको छ ।
महिला अधिकारवादी, नारीवादी, लैङ्गिक समानताको पक्षमा अभियान गर्ने यसका पक्षको वकालतकर्ता, नीति निर्माता, यस बिषयका अध्येता र यसका अनुरागीहरुको लागि आन्ध्र महासागरको वारीपारीका पछिल्ला घटनाक्रमहरुले केहि भ्रम पार्न सक्ने अवस्था सिर्जना भएको छ ।
यो अवस्थाको सिर्जना अमेरिकामा गत असोज महिनापछि कार्यस्थलको यौन उत्पिडन, यौन दुराचार र अनुचित यौन व्यवहारको विरुद्धको ‘म पनि’ अर्थात ‘#मि टु’ अभियान र यस’bout आएको फ्रान्सेली प्रतिक्रियाको परिणामले गर्दा भएको हो ।
‘गर्ल फर जेण्डर इक्विटी’का संस्थापिका तराना बुर्कले सन १९९७ मा अलावामा राज्यमा आफ्नै आमाको ‘व्वाइफ्रेण्ड’को पटकपटक यौन उत्पिडनको शिकार भएकी हेभेन नाम गरेकी केटीको कहानी सुनेपछि त्यस वेला उनले ती केटीसंग भन्ने शब्दै पाइनन् । पछि उनले ‘मि टु’ भनेको भए हुन्थ्यो भन्ने ठानिन । उनले पछि २००६ मा ‘मि टु’ अभियानको जन्म दिइन ।

गत अक्टोवर १५, २०१७ मा हलिवुड चलचित्र निर्माता हार्वी वेस्न्टिनले गरेको यौन दुराचार, असहमतिको यौन संसर्ग, यौन उत्पिडन, र बलात्कारका घटना न्युयोर्क टाइम्स र न्युयोर्कर दैनिक पत्रिकाले रिपोर्ट सार्वजनिक गरेपछि बुर्कले प्रयोग गरेको ‘मि टु’लाई अभिस्विकृत गर्दै हलिवुड चलचित्रकी नायिका अलिसा जयन मिलानोले ‘मि टु’ ह्यासट्याग गरेर ट्वीटरमा पोष्ट गरेपछि ‘मि टु’ अभियानले निकै ठुलो बहस सार्वजनिक गरेको छ । हालसालै चलचित्रपछि अमेरिकाको जिम्न्याष्टिक संघका डाक्टर ल्यारी नासेरले अमेरिकाका पदक विजेता खेलाडीसमेतलाई यौन उत्पीडनको खबर आएपछि अहिले अमेरिकाको कार्यस्थलको यौन उत्पिडनको घटनालाई लिएर मि टु अभियानको पक्षमा उभिएको छ । भारत, बंगलादेश तथा पाकिस्तानसमेतमा प्रदर्शन भएका थिए ।
एटलान्टिक महासागरको पारीबाट शुरु भएको यो अभियान’bout वारीपट्टिको फ्रान्समा भने ठिक विपरित प्रतिक्रिया आएपछि चाँहि साँच्चै नै झुक्किने र के ठिक के बेठिक भन्ने अवस्था आएको छ । प्रशिद्ध फ्रान्सेली चलचित्रकी नायिका क्याथरिन डेन्युभ लगायतका १०० जना फ्रान्सेली राष्ट्रिय जीवनका प्रबुद्ध महिलाको समुहले ‘मि टु’ अभियानसंग असहमति जनाउँदै ले मण्डे दैनिक पत्रिकामा खुल्ला पत्र पठाएपछि अमेरिकी ‘मि टु’ अभियानमाथि थप बहसको थालनी भएको छ ।
फ्रान्सेली प्रबुद्ध महिलाको समुहको खुल्ला पत्रले प्रष्ट रुपमा आफ्नो स्थान निर्माण गरेको छ, र, त्यो हो अमेरिकामा स्थापित यौन व्यवहारको मानक र ‘भिक्टोरयिन’ समयको यौन व्यवहारको मानक फ्रान्सेली समाजका महिलालाई मान्य छैन । दैनिक जीवनमा यौन व्यवहारको सार्वभौम मानक (युनिभर्सल स्ट्याण्डर्ड) ‘एङ्गलो–सेक्सन’ समाज अर्थात अमेरिकी वा बेलायती मानक होइन । यसबाट कार्यस्थलको यौन उत्पिडन, यौन दुराचार र अनुचित यौन व्यवहार के हो भन्ने’bout अहिले अमेरिकामा भएका अभियान तथा कानुनी उपचार तथा महिलालाई संरक्षण गर्ने कानुन तथा नीति निर्माणको लागि निर्माण भै रहेको जनमतलाई नै फ्रान्सेली महिलाको समुहले अस्विकार गरेको छ ।

महिलावादी, महिला अधिकार, लैङ्गिक समानताको लागि अहिले भै रहेको युनिभर्सल अर्थात सार्वभौम प्रकारका अभियान, नीति निर्माण, कानुन निर्माण, कानुन र नीतिमा आधारित परियोजना र कार्यक्रममा देखिएको अमेरिकी मोडलको सोच र चिन्तनमाथि पनि फ्रान्सेली प्रबुद्ध महिलाको यो खुल्ला पत्रले प्रश्न चिन्ह खडा गरेको मात्र छैन त्यसलाई कठघरामा खडा गरिदिएको छ । अमेरिकामा भएका कानुनी उपचारहरु पनि विवाद र बहसको कठघरामा छन् ।
अन्तरराष्ट्रिय यस्ता अभियानहरुले नेपालमा पनि महिला विकास, महिला अधिकार, लैङ्गिक समानता जस्ता बिषयमा गहिरो प्रभाव पार्ने गरेको सन्र्दभमा अहिलेको एटलान्टिक वारीपारीको यो बहस र वादविवादबाट टाढा बस्ने अवस्था छैन ।
मानव अधिकार, लोकतन्त्र, विधिको शासन र स्वतन्त्रताको मूल्य मान्यताको मानकको रुपमा यिनै देशबाट आयात हुने अहिलेको विश्व सन्दर्भमा फ्रान्सेली महिलाले अहिले कार्यस्थलको यौन उत्पीडन, यौन दुराचार र अनुचित यौन व्यवहार’bout अमेरिकी तथा बेलायती मोडलको कानुन र कानुनी उपचारसमेतलाई अस्विकार गरेको छ ।

अहिले ‘मि टु’ अभियानले भने जसरी कार्यस्थलको यौन उत्पिडन, यौन दुराचार र अनुचित यौन व्यवहार’bout मानक निर्माण गरे यसले यौनिक स्वतन्त्रतामा संकुचन ल्याउने, धार्मिक कठमुल्लाहवादले महिलाको यौन स्वतन्त्रता नियन्त्रण गर्ने विचारले प्रश्रय पाउने र यौन खुल्लापनमाथि यौन’boutको ठिक वेठिक परिभाषा गर्ने प्रतिक्रियावादीहरुलाई बल पुग्ने दावी फ्रान्सेली महिलाहरुको तर्क रहेको छ । यसमा धेरैहदसम्म असहमति जनाउनु पर्ने कारण पनि छैन ।
वास्तवमा ‘मि टु’ अभियानले भने निरपेक्ष रुपमा अमेरिकी मानकको आधारमा कार्यस्थलको यौन उत्पिडन, यौन दुराचार र अनुचित यौन व्यवहारलाई परिभाषित गरिएमा त्यसबाट समाजमा पर्न सक्ने सकारात्मक र नकारात्मक दुवै पाटो’bout नेपाली समाजमा बहस र छलफल चलाउन आवश्यक छ । साथै, महिलालाई संरक्षण गर्न बनाएका कानुनको दुरुपयोग गर्ने आपराधिक घटना पनि बढि रहेको नेपाल प्रहरीको अपराधसम्वन्धी रिपोर्टहरुमा औल्याइएको समेत पाइन्छ ।
यसले गर्दाखेरी वास्तविक पिडित महिलाले न्याय नपाउने तर अपराधीक महिलाले त्यस्ता कानुनको दुरुपयोग गर्दै ब्याल्कमेल गर्ने घटनाले प्रश्रय पाएको अपराधशास्त्रीहरुको तर्क छ । त्यसकारणले महिलावादी, महिला विकास, महिला अधिकार र लैङ्गिक समानताको लागि नेपाली समाजमा अहिले विद्यमान व्यवस्थालाई पनि समीक्षा गर्दै यस्ता घटनाको नकारात्मक पक्षमाथि नियन्त्रण र सकारात्मक पक्षको बढावा दिए मात्र नेपाली समाजले यस्ता अभियानबाट गुणस्तरीय लाभ लिन सक्छ । ‘मि टु’ अभियान र यस’boutको फ्रान्सेली महिला समुहको प्रतिक्रियाको वीचमा यस’bout नेपाली समाजको खास सन्दर्भमा पनि बहस र छलफल शुरु गर्ने अवस्था भएको छ ।


