दशकका हस्ती मेस्सी र रोनाल्डोको लागी आजको खेल अन्तिम पनि हुनसक्छ ! -बेदप्रसाद भुर्तेल

बाजी खेलाउँने संस्थाहरुले फ्रान्स र अर्जेन्टिनाव़ीचको भविष्यवाणीमा सम्भावित जीत प्रतिशत निकालेका छन् । जसलाई विश्वास गर्ने हो भने अर्जेन्टिनाले फ्रान्सलाई हराउँने ३९ प्रतिशत सम्भावना छ, भने फ्रान्सले गत विश्वकपको उपविजयतालाई घर पठाउने सम्भावना ३० प्रतिशत छ । त्यस्तै खेल बराबरी हुने सम्भावना ३१ प्रतिशत छ । तर, विद्यमान प्रतियोगिताको प्रदर्शनलाई आधार मान्ने हो भने फ्रान्स अघि छ ।

 

समुह चरणमा ४ गोल खाएको पोर्चुगलले कुनै पनि गोल नखाएको उरुग्वेको सामना गर्दा पोर्चुगलले जित्छ भन्नु, उही रोनाल्डोको अनुहार हेर्नुभन्दा बढी केही हुने छैन । उरुग्वेले पोर्चुगललाई पछिल्लो प्रदर्शनको आधारमा भन्ने हो भने ९० मिनेटभन्दा बढी टिक्न दिने छैन । र, सम्भवत: आज राति रोनाल्डो अन्तिम विश्वकप खेल्दैछन्।

 

के मेसीको अन्तिम विश्वकप खेल नै आज फ्रान्ससँगै खेलिने खेल हो त?

 

आज जुन ३० विश्व फुटबलमा यो दशकका राज गर्ने दुई खेलाडीले सायद विश्वकपमा अन्तिम खेल खेल्दै छन् । लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो तिनै खेलाडी हुन, जसलाई खेल कौशल, क्षमता, फूर्ति, मेहनत र जादुगरी फुटबलका कारण फुटबलपे्रमीले लामो समय सम्झिरहने छन् । तर, विश्वकपमा क्लब फुटबलमा जस्तो प्रदर्शन गर्न नसकेका मेसी र एक्लै खेलको परिणाम आफ्नो पक्षमा पार्ने रोनाल्डोको नक आउटका हरेक खेल अन्तिम हुने भनेर आलोचक तथा प्रशंसकले भन्ने गर्छन् । मेसी खेल जीवनको उत्तरार्धमा अर्जेन्टिनाको कप्तानी संहाल्दै रसियाको कजानमा युवाहरुको टोली फ्रान्सको सामना गर्न तयार भएको छन् । सम्भावना र ईतिहासले मेसीको विश्वकपको अन्तिम खेल फ्रान्ससँग नहुने जनाएको छ । बाजी खेलाउँने संस्थाहरुले फ्रान्स र अर्जेन्टिनाबिचको भविष्यवाणीमा सम्भावित जीत प्रतिशत निकालेका छन् । जसलाई विश्वास गर्ने हो भने अर्जेन्टिनाले फ्रान्सलाई हराउँने ३९ प्रतिशत सम्भावना छ, भने फ्रान्सले गत विश्व कपको उपविजयतालाई घर पठाउने सम्भावना ३० प्रतिशत छ । त्यस्तै खेल बराबरी हुने सम्भावना ३१ प्रतिशत छ । तर, विद्यमान प्रतियोगिताको प्रदर्शनलाई आधार मान्ने हो भने फ्रान्स अघि छ ।

 

 

यी दुईको फुटबल प्रतिस्पर्धाको ईतिहास हेर्दा अर्जेन्टिना अगाडि छ । फ्रान्स र अर्जेन्टिना हालसम्म ११ वटा अन्तर्राष्ट्रिय खेलहरु खेलेका छन् र प्राय मैत्रीपूर्ण खेलहरु छन् । यी दुई बिचको खेलमा हालसम्म फ्रान्सले दुई पटक जित्दा अर्जेन्टिनाले ६ पटक फ्रान्सको चुनौति समाप्त पारेको छ । तीन खेलमा बराबरी खेलेका छन् । विश्वकप १९३० र १९८६ मा यी दुईको भेटमा अर्जेन्टिनाले बाजी मारेको थियो । तर, यी दुई मुलुकले आमनेसामने नगरेको पनि दशक हुन लागेको छ । सन् २००९ मा भएको मैत्रीपूर्ण खेलमा पनि अर्जेन्टिनाले फ्रान्सलाईपछि पारेको थियो । त्यसैले ईतिहासले हेरेर विद्यमान परिणाम निर्धारण गर्न खोज्नु धार्मिक तर्क बराबर हुने छ ।

 

 

फ्रान्सले विश्वकपमा छनौट भई सकेपछि सन् २०१८ मा विश्व कपको छनौट चरणसम्म जम्मा ८ खेल खेल्दा १ खेल कोलम्बियासँग मात्र पराजित छ भने ५ खेलमा विजयी भएको छ र २ खेलमा बराबरी गरेको छ । यो विश्व कपकै समुह चरणमा समुह विजयता त बनेको छ। तर, प्रदर्शन विश्व कप नै जित्ने लय समातिसकेको छैन । पहिलो खेलमा अष्ट्रेलियासँग संघर्षपूर्ण जित हासिल गरेको थियो भने पेरुलाई १–० ले कनेर जितेको थियो । समुह चरणको अन्तिम खेलमा डेनमार्कसँग गोलरहित बराबरी खेलेको थियो । अन्तिम खेल दोश्रो चरण प्रवेश गरिसकेको कारण पनि त्यत्ति प्रतिस्पर्धात्मक थिएन ।

 

 

उता अर्जेन्टिनाको खेलको प्रदर्शन त सरप्राईज र लयमा एकरुपताको अभाव छ । कहिले विश्वकप विजयी जस्तो त कहिले समुह चरणबाटै घर फर्किने । अर्जेन्टिनाको आशा र भरोसा एक खेलाडी मेसीमा टिकेको छ । मेसीकै जादुगरी तथा प्रेरणादायी खेलबाट ईक्वेडरलाई गत अक्टोबरमा ३–१ ले पराजित गरि रसियाको टिकट काटेको थियो । सन् २०१८ मा सात खेल खेल्ने भने पनि इजरायलसँगको मैत्रीपूर्ण खेल रद्ध हुँदा जम्मा ६ खेल खेलेको छ । त्यसमध्य ३ खेल त जारी विश्वकपको समुह चरणका खेल हुन । ६ खेल मध्य दुई खेलमा जित, दुई बराबरी र दुईमा हार व्यहोरेको छ । हारमा क्रोएसियाले जारी विश्व कपको समुह चरणको ३–० र मैत्रीपूर्ण खेलमा स्पेनसँगको ६–१ जस्तो ठूलो हारहरु छन् ।

 

 

जारी विश्व कपकै विश्लेषण गर्ने हो भने फ्रान्स अर्जेन्टिनाभन्दा केही राम्रो देखिन्छ । अर्जेन्टिनाको क्रोएसियासँग ३–० को हार मात्र नभएर मनोबैज्ञानिक पराजय पनि थियो । वर्तमान खेलहरुमा अर्जेन्टिनाको टिममा आत्माविश्वासको कमि देखिन्छ । आईसल्याण्डसँग बराबरीमा रोकिएको अर्जेन्टिना क्रोएसियासँग आत्माविश्वासकै कमीका कारण नराम्रोसँग पराजित भएको थियो । अर्जेन्टिनाको अर्को समस्या भनेको भरपर्दा गोलकिपर रोमेरो घाईते भएर विश्वकप खेल्न नसक्नु । तर, अघिल्लो नाईजेरियासँगको खेलमा ३१ बर्षको उमेरमा अर्जेन्टिनाका लागि अन्तर्राष्ट्रिय प्रवेश खेल (डेब्यु) खेलेका फ्रान्को आरमानीले भने आत्माविश्वासी खेल खेलका थिए । उता फ्रान्सले पेरु र अस्ट्रेलियालाई संघर्षपूर्ण जित हासिल गर्दै डेनमार्कसँग बराबरी गरेको थियो, तर युवाहरु आक्रमक खेल खेल्न रुचाई राखेका छन् । यस्तोमा रक्षापंति कमजोर रहेको अर्जेन्टिनालाई फ्रान्सले दबाबमा राख्ने छन् । तर, अर्जेन्टिनाका रेस्क्यु म्यान मेसी मैदानमा उत्रिदा विपक्षी आफैं दबाबमा हुन्छ ।

 

 

मेसी देशका लागि खेल्दा खुलेर र आत्माविश्वासी भएर खेल्न सकिरहेका छैनन् । ’cause अर्जेन्टिनाका मिडिया उनीलाई खेदिरहेका हुन्छन  । अर्जेन्टिनाको मिडिया भारतमा क्रिकेटकोपछि जसरी प्रस्तुत हुन्छ त्यो भन्दा बढी नै आक्रमक छ । त्यसैले मिडिया सिर्जनात्मकभन्दा आलोचनात्मक बढी हुँदा मेसीमा मनोवैज्ञानिक दबाबमा हुन्छन् । खेल अवधिभर मेसीको मनोवैज्ञानिक दबाब कम गर्न मिडफिल्डका खेलाडीले मेसीको खेल्ने तरीका बुझ्नु जरुरी छ । अर्जेन्टिनाको अर्को समस्या मेसीबाहेकका अग्रपंतिका खेलाडीले गोल गर्न नसक्नु । कुन एईगुरोले यो विश्वकपको पहिलो खेलमा लामो समयको खडेरीलाई पुर्णविराम दिए पनि पहिलो रोजाईमा खेल्ने हिजुईनले विगत ८ खेलमा अक्टोबर, २०१६ देखि देशका लागि गोल गरेका छैन ।

 

 

टिम युवा प्रतिभा डिबाला त छन् तर, उनीले खेल्ने मौका पाईराखेका छैनन् । यदि उनले ९० मिनेटको आधि पनि समय खेल्ने मौका पाए, फ्रान्सको गोलपोष्ट जालीमा बल बज्रिने छ । यदि उनले मौका पाएनन् भने अर्जेन्टिनामा गोल गर्ने अन्य खेलाडीको अभाव हुन सक्छ । यसको अर्थ हो, मेसीमाथि दबाब । जुन पहिलो र दोश्रो खेलमा पनि देखिएको थियो । मेसीले पहिलो खेलमा १२ प्रहार गरे तर एक गोल पनि लागेन । त्यही भएर मेसीले नाईजेरियासँग ५ भन्दा वढी डिबक्सको लाईनमा खुल्ला प्रहारको मौकामा पनि पास खेले । अर्को पक्ष मेसीमाथिको विपक्षीको निगारानी पनि हो । मेसीलाई विपक्षी टिमको ४ रक्षकले ट्रयाप गर्ने र उनी गोल गर्न नसक्ने अनि अरु गोलकर्ता किंमकर्तव्यविमुढ बन्दा अर्जेन्टिनाको खेल प्रभावित भैईरहेको छ ।

 

 

फ्रान्सको आक्रमण दुई छरिता खेलाडी ग्रिजम्यान र एमबाप्पेले गर्न छन् भने आक्रमणमा पोग्बा र कान्टे दिने छन् । फ्रान्सले विपक्षीलाई दुःख दिन ड्याबेले र गिरौड मैदानमा डामेर छोडेका साँढे झै हुनेछन् । गोलरक्षक लोरिस र रक्षकको हालसम्मको संयोजन र सहकार्य अर्जेन्टिनाको टाउको दुखाइ हुने छ । फ्रान्ससँग जे भएपनि गर या मरको खेलमा अर्जेन्टिनाले जुन खेल कौशल, क्षमता, संयोजन र आत्माविश्वास देखाई नाईजेरियासँग खेल्यो । त्यो कायम राख्न सके फ्रान्ससँग त के विश्व कप नै प्रत्येक ९० मिनेटको खेलभित्रै जित्छ । तर त्यो सम्भाव सधै हुँदैन । यस्तोमा मेसी, हिगुईन र एईगुरोले शुरुवाती अग्रता दिलाउँनु जरुरी छ । सन् २०१४ को क्वाटरफाईनल र सेमीफाईनलमा डि मारियाले विपक्षीसँगको फरक के भन्दा डि मारिया भन्ने बनाएका थिए । उनको त्यो खेल फर्काउन सक्नु पर्ने देखिन्छ ।

 

 

समस्याको बादल भित्र आशाको चौघेरो मेसी र डिफेन्समा पसिना मात्र होईन रगतै बगाउँने मास्कुरानो मैदानमा प्रवेश गर्दा एमबाप्पे, ग्रिजम्यान, पोग्बा र कान्टेको हाउगुजी अर्जेन्टिनाका लागि जोतेर फर्किएको गोरु बनाउँन सक्ने सामथ्र्य राख्ने छैन् । फ्रान्स र अर्जेन्टिना बिचको प्रतिस्पर्धा अत्यन्तै कडा भएपनि मेसीले आजपछि पनि विश्वकपको खेल खेल्ने छन् ।

 

 

रोनाल्डो चुप भए स्वारेज सुरिने

 

 

विश्वकप फुटबलको प्रिक्वाटर फाईनलको हाईभोल्टेज खेलमा पोर्चुगल र उरुग्वे, फ्रान्स र अर्जेन्टिना तथा कोलम्बिया र ईङ्गल्याण्डबिचको खेललाई मानिएको छ । जसको अर्थ परिणाम जुन सुकै आउँन सक्ने र रोमाञ्चकताले भरिएको खेल हुने । त्यही हाई भोल्टेज खेल खेल्न रोनाल्डो अहिले पोर्चुगल टिमलाई नेतृत्व र प्रेरणा  दिँदै सोचीमा छन् । रोनाल्डो कर्मले हासिल गर्न बाँकी एक मात्र उपाधी विश्वकपको ट्रफी हासिल गर्न सम्भावत अन्तिम विश्वकप खेलिरहेका छन् । उनी र उनको टिम पोर्चुगतको यात्रा समुह चरणको पहिलो खेलबाटै सहज थिएन । तर रोनाल्डो मैदानमा भएसम्म आश माया नमार्ने पोर्चुगिजलाई निरास बनाएको छैनन् । यस्तो उसको अघि दक्षिण अमेरिकी अवरोध उरुग्वे आएको छ । उरुग्वेको खेल र खेलाडी हेर्ने हो भने रोनाल्डोको अवरोधभन्दा पनि रोनाल्डो चै उरुग्वेको अवरोध हो की जस्तो देखिन्छ ।

 

 

सम्भावनाको अवस्थालाई हेर्ने हो भने ४३ प्रतिशत पोर्चुगलले जित हासिल गर्ने देखिन्छ भने उरुग्वेको जम्मा २७ प्रतिशत र बाँकी ३० प्रतिशत ९० मिनेटमा नतिजा नआउँने सम्भावना रहेको देखिन्छ । यी सम्भावना सबै व्यक्तिगत अनुमान हुन जसको आधार के हो भन्ने सक्ने अवस्था छैन । त्यसैले यहाँ यी दुईको केही तथ्य राखिएको छ । यो तथ्यले यी दुईका अवस्था र औकात अनुमान गर्न सहयोग गर्ने छ ।

 

 

यी दुवैको हालसम्म जम्मा दुईपटक आमनेसामने भएको छ र विश्वकपमा कुनै पनि खेल भएको छैन । सन १९७२ पछि पहिलो पटक यी दुईले एक अर्कालाई तौलिने मौका पाउँने छन् । यी दुई भेटमा एक बराबरी भएको थियो भने अर्को सन् १९६६ मा मैत्रीपूर्ण खेलमा पोर्चुगलले उरुग्वेलाई स्तब्ध बनाएको थियो । यो विश्वकपको अवस्थालाई हेर्ने हो, भने उरुग्वेको पल्लाभारी छ । समुह चरणको तीन खेलमा तीन खेल जित्ने टिम उरुग्वे, बेल्जियम र क्रोएसिया हुन । त्यसैले उरुग्वे राम्रो लयमा छ । उता पोर्चुगलले स्पेन र ईरानसँग बराबरी खेलेको छ । सन् २०१८ उरुग्वेको उत्कृष्ट खेलको बर्षको रुपमा छ । उसले समुह चरणको सहित ६ खेलमा शत्प्रतिशत विजय हासिल गरेको छ । उता पोर्चुगलले २०१८ मा निराशाजनक खेल खेलिरहेको छ । पोर्चुगले ८ वटा खेल खेल्दा नेदरल्याण्डसँग ३–० पराजय, ४ वटामा बराबरी र ३ जीत निकालेको छ ।

 

 

प्याट्रिसियो र मुस्लेराको गोलकिपिङ्गमा ठूलो फरक छैन । रक्षकपंत्तिका पेपे, गुईर्रिइरो, रिर्काडोले स्वारेज, काभानीको आक्रमणलाई बचाउँन धेरै नै मिहिनेत गर्नु पर्ने छ । त्यसमा डिफेन्सका गोडिनले समस्या पोर्चुगललाई दिने छन् । उता रोनाल्डो, फर्नान्नडेज, आईन्द्रे सिल्भा र क्यारिस्माले उरुग्वेको रक्षकलाई समस्यामा पार्ने छन् । पोर्चुगलसँग एक धरिलो हतियार रोनाल्डो छन् भने उरुग्वेसँग दुई वटा । काभानीले लय समातेका छन्, भने पहिलो खेल नखुलेका स्वारेज दोश्रो खेल देखि सुरिएका छन् । समुह चरणमा ४ गोल खाएको पोर्चुगलले कुनै पनि गोल नखाएको उरुग्वेको सामना गर्दा पोर्चुगलले जित्छ भन्नु, उही रोनाल्डोको अनुहार हेर्नुभन्दा बढी केही हुने छैन । उरुग्वेले पोर्चुगललाई पछिल्लो प्रदर्शनको आधारमा भन्दा ९० मिनेटभन्दा बढी टिक्न दिने छैन । र, सम्भवत: आज राति रोनाल्डो अन्तिम विश्वकप खेल्दैछन्।