सम्बृद्धिका लागि नागरिक शिक्षा !

समाज र राष्ट्रमा भैरहेको निरन्तरको परिवर्तनबाट नागरिकहरुमा के कस्तो प्रभाव पर्छ ? नागरिकको सचेतना बढाउने र नकारात्मक प्रभावहरुबाट जोगिन संवेदनशील बनाउँने शिक्षा नै नागरिक शिक्षा हो ।

 

नागरिक शिक्षाको सम्बन्धमा पैरवी गर्ने सहजकर्ता एवं प्रशिक्षकहरुको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले फेडरिक इवर्ट स्टीफटुङ्ग (एफईएस) जर्मनीको एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले राजधानीमा गरेको कार्यक्रममा प्रा.डा. कटक मल्लसँग भेट भयो । उनले परिवर्तित नेपालको सन्दर्भमा चेतनशील विद्वतवर्गले नागरिक शिक्षाका विषयमा आलेख लेखेर, स्वयमसेवी बनेर नागरिक शिक्षाको प्रवद्र्धन गर्ने र शिक्षाको ’boutमा अध्ययन, अनुसन्धान तथा जागरण ल्याउन हौस्याए । उनका अनुसार नागरिक शिक्षाको महत्व प्रत्येक नेपालीका लागि आफ्नो अधिकारसँगै कर्तव्यवोध गर्न समेत आबश्यक छ ।

 

के हो नागरिक शिक्षा ?

 

प्रत्येक नागरिकले आफू असल बनी घर, परिवार, समाज र राष्ट्रलाई कसरी असल बाटोमा हिंड्ने÷हिँडाउने जागरुकता ल्याउनु पर्छ । यही ज्ञानलाई व्यवहारमा उतार्ने शिक्षा नै नागरिक शिक्षा भएको बताए, स्वीडेनमा कानून विषय प्राध्यापन गरिरहेका मल्लले ।

 

समाज र राष्ट्रमा भैरहेको निरन्तरको परिवर्तनबाट नागरिकहरुमा के कस्तो प्रभाव पर्छ ? नागरिकको सचेतना बढाउने र नकारात्मक प्रभावहरुबाट जोगिन संवेदनशील बनाउँने शिक्षा नै नागरिक शिक्षा हो । राजनीतिशास्त्रका विद्धान देवराज दाहालले भने ।

 

दाहालको बिचारमा नागरिकका परापूर्वकालदेखिका असल आचरण, व्यवहार, अभ्यास र चिन्तनको प्रवद्धन गरि विज्ञान र प्रविधिमा आएको परिवर्तनले व्यक्ति, परिवार र समाजको सकारात्मक गुण र चरित्रहरु नष्ट नहुन् भनेर नै नागरिकहरुमा सचेतना फैलाउने अबधारणा हो नागरिक शिक्षा ।

 

संबैधानिक कानूनका सहप्राध्यापक गणेशदत्त भट्ट भन्छन्– नागरिक अधिकार, दायित्व र सरकारका काम, कर्तव्य’bout नागरिकहरुलाई जानकारी दिने शिक्षा नै नागरिक शिक्षा हो । नागरिक शिक्षाले नागरिकहरुलाई उनीहरुको अधिकारहरुको मात्र नभई राज्यका अङ्ग र अन्य निकायहरुका काम, कर्तव्य र उत्तरदायित्वका ’boutमा समेत जानकारी गराउँछ ।

 

पूर्व सांसद लालबाबु यादवले भने, नागरिकले अधिकार सँगसँगै आफू र आफ्नो परिवार, समाज र राष्ट्रप्रतिको दायित्व विर्वाह गर्नुपर्ने भूमिकाको ’boutमा जागरुकता ल्याउने शिक्षा नै नागरिक शिक्षा हो ।

 

ग्लोबल सिटिजन्स्को अबधारण

 

विज्ञान, प्रविधि एवं आर्थिक विकाससँगै विश्वव्यापीकरण अर्थात ग्लोवलाईजेशनको अबधारणा सँगसँगै कतिपयले ग्लोवल सिटिजनको अबधारणा अनुसार आफूलाई परिचित गराईरहेका हुन्छन् । व्यक्तिहरु एक राष्ट्रमा जन्मिने, हुर्कने र विश्वभर फैलने क्रममा तिब्रता आएको छ । यस सन्दर्भमा नागरिकहरुको विश्वव्यापिकरण पनि नविन अबधारणको रुपमा प्रचलनमा आईरहेको छ ।

 

विश्वको एक नागरिक जो विश्व समुदायको नै एक अंश बन्न सक्दछ र उसको योगदानले विश्वमा असल मूल्य र मान्यता स्थापित हुन सक्छ । त्यस्ता व्यक्तिहरु विश्व समुदायको अभिन्न अंङ्गको रुपमा परिभाषित गरिएका हुन्छन् ।

 

मानवजाती, अन्य प्राणिहरु, वनस्पती र वातावरण सन्तुलनको लागि संसारभर मानबअधिकार, शान्ति र मानब सभ्यताको रक्षा निम्ति योगदान दिएका व्यक्तिहरुलाई संसारले नै श्रद्धाभाव राख्दै विश्व नागरिकको रुपमा मान्ने विद्धानहरु बताउँछन् । विश्वमा आईपर्ने समस्यासँग जुध्न र भाईचाराको सम्बन्ध संसारभर स्थापना गर्न लागेका अभियन्ताहरु सबैको योगदान फैलँदै र बढ्दै जाओस् भन्ने अभिप्रायले समेत ग्लोबल सिटिजन्स्को नवीन अबधारण आएको विश्वास राख्छन् ।

 

प्राध्यापक कटक मल्लले स्वीडिस नागरिकता लिई नेपाली नागरिकता छोडेता पनि आफुलाई नेपालको माया र नेपाली हुनुमा गर्व रहेको बताए । आफू प्राविधिक रुपमा स्वीडिस नागरिक भए पनि नेपाली हुनुमा नै व्यक्तिगत संवेग, बौद्धिक र सामाजिक आनन्द आउने वास्तविकता व्यक्त गर्दै उनले भने, नागरिकता परिवर्तन हुँदैमा संवेगात्मक परिवर्तन नहुने रहेछ ।

 

संविधानमा भएका नागरिक कर्तव्यहरु

 

नेपालको संविधानले नागरिकहरुको अधिकारको साथ साथैे कर्तव्यको ’boutमा समेत स्पष्ट व्यवस्था गरेकाले नेपालको संविधान उत्कृष्ट संविधान रहेको दावी गर्छन्, सहप्राध्यापक भट्ट । नागरिक शिक्षामा नागरिक कर्तव्यलाई अधिकारसँगसँगै व्यापकरुमा सबै नागरिकहरुलाई बुझाउन नागरिक शिक्षाको जागरण अभियान चलाउनुपर्नेमा जोड दिँदै उनले भने–नागरिक शिक्षाले अधिकारप्रति सचेत नागरिकको साथसाथै कर्तव्यप्रति ज्ञात गराउने हुँदा नागरिक कर्तव्यको बुझाई बढाउन पनि नागरिक शिक्षा अपरिहार्य छ ।

नेपालको संविधानको धारा ४८मा नागरिक कर्तव्य उल्लेख छ ः प्रत्येक नागरिकको देहाय बमोजिमको कर्तव्य हुने छन् ।

क) राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु ।
ख) संविधान र कानुनको पालना गर्नु ।
ग) राज्यले चाहेको बखत अनिवार्य सेवा दिनु ।
घ) सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु ।

 

राज्यलाई नागरिकले कर तिर्नु । आफुले तिरेको करले राष्ट्र, समाज, परिवार र नागरिकहरुको लागि विकास, बाटो, सडक, खानेपानी, विद्युत, टेलिफोन, अस्पताल, शिक्षा, शान्तिसुरक्षा, स्थिरता, संविधान प्रदत्त मौलिकअधिकारको सुनिश्चितता, असलशासन व्यवस्था, रुल अफ लमा लगानी हुनुपर्छ । दण्ड वा पुरस्कारमा भागिदार हुनु जस्ता कुराहरुको ’boutमा समेत प्रत्येक नागरिकहरुलाई नागरिक कर्तव्य बुझाउन पनि नागरिक शिक्षा अभियानको रुपमा सरकारी, गैरसरकारी र निजी क्षेत्रको समेत चासो र संलग्नता हुनु पर्दछ ।

 

किन चाहिन्छ नागरिक शिक्षा ?

 

समाजको हरेक क्षेत्रमा राजनीतिक प्रभाव बढ्दो छ । समाजमा असल भन्दा ठूलो हुने होड चलेको । जसरी हुन्छ, बढी लाभ के बाट हुन्छ त्यसैमा मात्र लाग्ने प्रबृत्ति एकदमै बढेको छ । त्यसैले नागरिक शिक्षाको ’boutमा व्यापक बहस र प्रवद्र्धन गर्न जोड दिन्छन्, प्राध्यापक मल्ल । तालिमका सहजकर्ता चन्द्रदेव भट्टले समाज र राष्ट्रमा सकारात्मक रुपान्तरण र दिगो शान्तिको लागि नागरिक शिक्षा अपरिहार्य बताए बताउँछन् ।

 

आमनागरिकलाई लोकतन्त्रप्रतिको विश्वास बढाउन, आदर्श मूल्य र मान्यतालाई सहिरुपमा व्यवहारमा उतार्न नागरिकहरुलाई अभ्यस्थ गराउदै नागरिक शिक्षाको जागरण ल्याउनु पर्ने तर्क सहप्राध्यापक गणेश भट्टले राखे । उनले भने– कानुनको शासन । मानव अधिकारको सुनिश्चिता । नागरिकता । नागरिक समाज । बजार–अर्थतन्त्र र सार्वजानिक नीतिका ’boutमा जानकारी । लोकतन्त्रको संस्थागत सुद्धृढिकरण गर्न सक्ने नागरिक तयार । सचेत । क्रियाशील । उत्तरदायी । सामुदायिक एवं सहभागितामूलक भावनाको विकास गराउँदै नागरिकहरुको क्षमता अभिबृद्धि गर्ने कार्यक्रमहरु सञ्चालन गर्नु पर्दछ ।

 

राजनीतिशास्त्रका प्राध्यापक एबम् पूर्वसांसद लालबाबु यादवको बिचारमा– नागरिक जागरुकताको लागि हिमाल, पहाड तराई–मधेस सबै क्षेत्रका नागरिकलाई एकताको डोरीमा उन्न, राष्ट्रियताको भावना जागृतगर्न समेत नागरिक शिक्षाको जागरण अभियान चलाउनु पर्दछ ।

 

के गर्छ नागरिक शिक्षाले ?

 

प्राध्यापक देवराज दाहालले भने, नागरिक शिक्षाले नागरिकलाई असल नागरिक बनाउँछ । जिम्मेवार नागरिक बन्न मद्धत गर्छ । राष्ट्रिय पहिचान प्रवद्र्धन गर्छ । शिष्टाचार, सदाचार, सालीन व्यवहार बनाउन मद्धत गर्छ ।

 

बालबालिका, किशोरकिशोरी, युवायुवती सबैलाई आफ्नो भूमिका निर्वाह गर्न मद्धत गर्दछ । मातृभुमि, देशप्रेमको भावना जाग्रीत गर्छ । आपसी भाइचारा र सद्भाव बढाउँछ । समाजमा खस्कदो मूल्य र मान्यता जोगाउँछ । आफ्नो सभ्यता संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्छ । बाहिरी पक्षहरुबाट हुनसक्ने नकारात्मक प्रभाव रोक्न र शान्ति एवं मानवअधिकारको लागि संवेदनशील हुन सहयोगी हुन्छ । नागरिकहरुमा बौद्धिक चेत जागृत गर्दछ ।

 

नागरिक शिक्षाले कतिपय सन्दर्भमा खराब सिकाईलाई ‘डिलर्निङ्ग’ गर्न समेत मद्धत गर्ने बताउँदै प्राध्यापक कटक भन्छन्, मलाई म ठकुरी जातको हुँ भन्ने कुराको डिलर्निङ्ग गर्न पचास बर्ष लाग्यो ! संसारमा कतिपय यस्ता कुरा छन्, ती कुरा सिक्न मात्रै होईन, स्मृतिबाट मेटाउँन समेत नागरिक शिक्षा चाहिन्छ । कतिपय नकारात्क विषयहरु–कुरीति, कुसँस्कार, कुप्रथा, कुविचार अन्त्यको लागि पनि नागरिक शिक्षा चाहिन्छ ।

 

नागरिक शिक्षाले व्यक्तिलाई नागरिक बनाउन मद्धत गर्ने बताइन्, पत्रकार कल्पना आचार्यले । अर्का सञ्चारकर्मी प्रकाश गिरीले भने, नागरिक शिक्षाले नागरिकको बृहत्तर चेतनाको अभिबृद्धि गर्दछ । किताबी ज्ञान र सैद्धान्तिक कुरा मात्र नगरेर व्यक्तिको ज्ञान, सीप र क्षमताको अभिबृद्धि गर्दछ ।

 

सम्बृद्धिको लागि नागरिक शिक्षा

 

संविधानको कार्यान्वयनसँगै सम्बृद्ध नेपालको अभियान देशभर फैलाउन नागरिकहरुमा संविधान प्रदत्त हक अधिकारको साथै कर्तव्य र सम्बृद्धिको लागि नागरिक कर्तव्य सहितको नागरिक शिक्षाको जागरण अभियान सञ्चालन गर्नु पर्ने राय व्यक्त गरे प्राध्यापक देवराज दाहालले । नागरिक चेतना र नागरिक जागरुकता विना सम्बृद्धि सम्भब नै हुँदैन । उनी भन्छन्, राजनीतिक– प्रशासनिक नेतृत्व र नीजि क्षेत्रले मात्रै रटान दिएर सम्बृद्धि कहिँ पनि आउँदैन । सम्बृद्धिको लागि नागरिक जागरुक हुनुपर्छ । नागरिक सहभागिता र सशक्तिकरण विना सम्बृद्धि नारामा मात्रै सिमित हुन्छ ।

 

प्रध्यापक कटक मल्लको विचारमा उनले जोड दिएर भने–नागरिक, पारिवारिक, सामाजिक–आर्थिक–राजनीतिक जिम्मेवारी नागरिक जागरुकताबाट मात्र संभव छ । यसैबाट सम्बृद्धिको लक्ष हासिल हुन सक्छ । तसर्थ, नागरिक शिक्षा, गुणात्मक शिक्षा नै हो–सम्बृद्धिको आधारशीला ।

 

आमसञ्चार विषय प्राध्यापन गर्दै आएका लेखनाथ पाण्डेले भने, प्रत्येक नागरिकले हरेक कामको सम्मान गर्ने संस्कृतिको विकासको लागि नागरिक शिक्षा जरुरी हुन्छ । प्रत्येक नागरिकको सिर्जनशील क्रियाशीलता विना सम्बृद्धिको सपना यथार्थमा रुपान्तरण हुन सक्दैन ।

 

सञ्चारकर्मी प्रकाश गिरीले थपे, नागरिक शिक्षाले नागरिकमा राजनीतिक, सामाजिक, साँस्कृतिक एवं आर्थिक चेत जागृत गराउँछ । आफूमा अन्तरनिहित ज्ञान, सीप र क्षताको विकासले नै हो सम्बृद्धि हासिल हुने पनि । पत्रकार कोषराज कोईराला भन्छन्, नागरिक शिक्षाको जागरणले आमनागरिकमा उद्यमशील भई आत्मनिर्भर हुन प्रेरित गर्दछ । नागरिकहरुमा आउने यहि जागरणले आर्थिक विकास भई राष्ट्रले नै सम्बृद्धि लक्षको गन्तव्य पहिल्याउँछ ।

 

सामाजिक अभियन्ता संचिता कुईकेल भन्छिन्, नागरिक शिक्षाले नागरिकहरुमा स्वअनुसाशन, नैतिकता र मनोवाल उच्च भई र स्वशासनको आत्मानुभूति गर्छ । सोहि अनुभूतिसँगै हुने नागरिकहरुको क्रियाशिलताले नै सम्बृद्धिको गन्तव्यमा पु¥याउन सक्छ ।

 

नागरिक शिक्षाको ’boutमा जुनसुकै पेशा वा व्यवसायमा भएका नागरिकले आफ्नो तर्फबाट सक्दो जागरण ल्याई प्रत्येक नागरिकलाई क्रियाशील भई सामाजिक मूल्यमान्यता, सह–अस्तित्व र समाजमा सँगसँगै विकास गरौ भन्ने एक अर्कामा सहयोग र सद्भावको भावना जाग्रीत गर्नु पर्दछ । तब मात्रै सम्बृद्धि सम्भव छ, कटक मल्लले भने ।