उदघाटन खेलमा रसिया कसरी ठुलो अन्तरले विजयी ?

 

 

बेदप्रसाद भुर्तेल

 

“हेलो, के छ गुरु? आजको सरको प्रिडिक्सन के हो?” डा. मनकुमार धमलाको भिडियो च्याटमा प्रश्न थियो । मैले भने रसिया ४–० ले विजयी हुन्छ भने । डा.लाई समान हैसियतको टिम वीचमा यत्रो ठूलो अन्तरले कसरी हारजीति हुन्छ भन्ने लागे छ । “सरको टक्सिसिटी अलिक बढी भएन र ?” डा.को भद्र असहमति थियो । प्रिडिक्सन त त्यही हो मेरो तर अहिलेसम्म रसियाले त्यो छनक दिएको छैन, मैले भने । असम्भव चै होईन भनेर मधुरो समहति बीच हामीले सम्बाद अन्त्य ग¥यौं र फुटबल हेर्न थालियो ।

 

 

मेरो अपेक्षाभन्दा प्रभावशाली शुरुवात गर्र्दै रसियाले उद्घाटन खेलमा साउदी अरबलाई ५–० गोलले हरायो । सानदार विजयी शुरुवात गर्न आजको खेलका नायक रसियाका ६ नं. जर्सी का डेनिस चेरिसेभ थिए । चेरिसेभले पहिलो हाफको ४३ औं मिनेट र दोश्रो हाफमा अतिरिक्त समयको पहिलो मिनेटमा गोल गरेका थिए । चेरिसेभले उद्घाटन खेलमा अतिरिक्त खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए । अतिरिक्त खेलाडीले विश्व कपको उद्घाटनमा गोल गरेको पहिलो अवसर हो । यो जीतसँग दोश्रो चरणमा प्रवेश गर्न रसियाले दह्रो आधार तयार गर्दै तीन अंक हासिल गरेको छ । यो जीतका लागि १२ औं मिनेटमा जजिन्स्की र ७१ औं मिनेटमा द्ज्युबा, खेल सकिन केही सेकेण्ड बाँकी रहँदा गोलोभिनले थप एक एक गोल गरे । योजनाअनुसार नै ५९ प्रतिशत गोल खुट्टामा राखेको साउदी अरबले खेलमा फर्कन गतिलो कोशिस गर्न सकेन । पाँचवटा गोल मध्ये तीन गोल रक्षापंतिको गल्ती वा अभावमा भएको थियो ।

 

 

रसियाले पहिलो ५ मिनेटपछि योजनाअनुसारको स्वाभिक खेल खेलेको थियो । र, निरन्तर आक्रामण गरेको थियो । रसियाले १३ वटा आक्रमण गरेको थियो भने ५ वटामा सफलता र ३ वटा साउदी अरबका गोलरक्षकले बचाएका थिए, भने बाँकी लक्ष्यहिन थिएँ । गतिलो मुभ बुन्न नसकेको साउदी अरबले ६ वटा आक्रमण गर्यो । तर ३ वटा प्रहार मात्र लक्ष्यमा थियो । सबै साउदी आक्रमणलाई रसियाको रक्षापंतिले निसानाभुत गरिदिए । ५९ प्रतिशत समय गोलमाथि नियन्त्रण गरेको साउदी गोल गर्न मात्र चुकेन, पासहरु फितलो तथा सटिक नहुनु, प्राविधिक रुपले पनि कमजो खासगरी रक्षापंतिमा र शारीरिक रुपले पनि कमजोर देखिए ।

 

 

साउदी अरबियाका स्पेनीस प्रशिक्षक पिज्जीले बल पोशेसन बढी राखेर दबाब बनाउँने रणनीतिसहित ५ जना मिडफिल्डमा खेलाएका थिएँ, भने काउन्टर अयाट्क गर्न एक जना फरवार्ड उतारेको थियो । रसियाले ४ रक्षापंति, २ जना डिफेन्सिभ मिडफिल्ड र ३ जना आक्रामक मिडफिल्डसहित एक जना फरवार्ड खेलाएको थियो । तर, रणनीतिअनुसार प्रत्याक्रमण गर्न नसक्नु नै साउदी अरबको ठुला हारको कारण बन्यो । मध्य भागमा बल राखेर आक्रामण गर्ने दुवै देशको लक्ष्य थियो । रसियाले मध्यभागबाट विपक्षीको गोलपोष्टतिर २९ प्रतिशत गोल लिएर जान सक्यो, तर, साउदी अरबले ११ प्रतिशत बलमात्र रसियाको रक्षा क्षेत्रमा पु¥यायो । आफ्नै गोलपोष्ट क्षेत्रमा २९ प्रतिशत बल खेलाएको अरबले ६० प्रतिशत बल मध्य भागमा खेलाएको थियो । उता रसियाले भने ५१ प्रतिशतमात्र मध्य भागमा बल राखेका थियो र आफ्नो रक्षा क्षेत्रमा २० प्रतिशत मात्र । यसको अर्थ रसिया गेम प्लानअनुसार चलिरहेको थियो भने अरबको योजना कार्यान्वयन लक्ष्यबिमुख थियो । रसियाको रणनीति तथा खेलाडीको गतिशिलता, क्षमता, सामथ्र्य र चातुर्यले काम गर्यो, समुह चरणको पहिलो खेलमा ३ अंक प्राप्त गर्यो ।

 

 

पहिलो हाफसम्म २–० गोल स्थितमा रहेको रसिया, खेलमा मध्यान्नपछि ३ गोल थपेर गृहभूमिमा गर्जियो । खेलको १२ औं मिनेटमा रसियाले अग्रता लिएको थियो । सो अग्रता पहिलो हाफ अन्तिम २ मिनेटमा दोब्बर पारेको थियो । पहिलो हाफको ५ मिनेटसम्म खासै चाल बनाउँन नसकेको रसियाले छैठो मिनेटबाट गतिलो चाल बनाउँन शुरु गरेका थियो ।

 

 

दोश्रो हाफमा साउदी अरब झनै कमजोर देखियो जब निरन्तरको आक्रमणपछि ७१ मिनेटमा रसियाका द्ज्युबाले गोल अन्तर ३–० बनाए । मध्यान्तरको अन्तिम करिब १० मिनेट अरबका खेलाडीहरु निकै थकित देखिन्थे भने प्रभावशाली खेल खेल्दै रसियाका खेलाडी दबाब दिईरहेका थिएँ । प्राय खेलको अन्तिम १० मिनेटमा बढी नै गोल लाग्ने गर्छ । अझ अतिरिक्त समय बढी नै गोल लाग्ने समय हो । अतिरिक्त समयमा रसियाले दुई गोलको बर्षा गर्यो । समग्रमा रसियाले जीत हासिल गरेपनि उद्घाटन खेल अल्छी लाग्दो रह्यो । पाँच गोल लाग्दा पनि रोमाञ्चकता नहुनुमा अरबको खेल नै बढी जिम्मेवार देखिन्छ । रसिया र अरबका खेलाडीमा सटिक पासको अभाव, मन्द गति, अनुमानित चाल र सोको संयोजनको अभाव देखिन्थ्यो ।

 

 

 

आजको खेल

 

 

आज विश्वको ग्रुप चरण अन्तर्गत तीन खेल हुने छ । यी तीन खेल मध्य समुह बी को स्पेन र पोर्चुगलबिचको खेल बढी प्रतिस्पर्धात्मक हुने देखिन्छ । राति ११ः ४५ मा शुरु हुने स्पेन तथा पोर्चुगल वीचको खेलले स्पेन तथा रोनाल्डोको अर्को चरणको यात्राको मार्गचित्र कोर्ने छ । बिबिसीका फुटबल विज्ञले स्पेन झिनो गोल अन्तरले विजयी हुने भविष्यवाणी गरेका छन् । रसियाको दक्षिणी शहर सोचीको फिष्ट रंगशालामा हुने सो खेलमा स्पेन खेल शुरु हुनु २ दिन अघि प्रशिक्षक जुलेनको परिवर्तनले दबाबमा हुने छ । नयाँ प्रशिक्षक हिर्रो फर्नाण्डोले टिममाथि रणनैतिक दबाब हुने नदिए क्रिस्टियानो रोनाल्डो र आन्द्रे सिल्भालाई विश्व नं. एक गोल किपरको होडमा रहेका गोलकिपर डि जियाले पोष्टको जाली चुमाउँन सजिलो हुने छैन । पिके, कारभाजाल, रामोस र जोर्डी अल्वाले रक्षापंति समाल्दा सर्जियो, थिएगो, ईस्को र इनिएस्टाको सहयोगमा डिएगो सिल्बा र कोस्टाले रुई पाट्रिसियोलाई व्यस्त बनाउँने छन् । विपक्षी रक्षा चिर्न सक्ने छ ।

 

 

समुह ए अन्तर्गत उरुग्वे र इजिप्तले साँझ ५ः४५ मा एकाटेरिनबर्ग एरिनामा समुह चरणको पहिलो खेल खेल्ने छ । दक्षिणी अमेरिकी दुई पटकको विश्व विजयी उरुग्वेले अफ्रिकी फुटबल शक्तिको सामना गर्दा तीन अंक जोड्ने विश्वास गरिएको छ । तर लुईस स्वारेज, काभानी र एम गोमेजको आक्रामणलाई ईजिप्टका रक्षापंति र गोलरक्षक ईसाम ईलहादारीले विफल बनाउँन सक्छन् । अहिले सम्मके सबैभन्दा बुढा खेलाडी ईसाम ईलहादारीले यो विश्व कपको एघारमा आफुलाई उभ्याउँदा किर्तिमान कायम पनि हुने छ । यदि इजिप्तको गोलपोष्टको जालीमा गोल स्पर्श नगरे, ईजिप्टका स्टार खेलाडी मोहम्मद सलहका साथमा मार्वन र कहराबाले उरुग्वेका गोलरक्षक मुस्लेरालाई गोलपोष्टभित्र बल छिर्न नदिन मुश्किल पर्ने छ । मोहम्मद सलह घाईतेबाट भरखर खेलमा फर्किएको कारण तथा उरुग्वेको उत्कृष्ट स्टाईकरका कारण ईजिप्टमाथि उरुग्वे हाबी हुँदै तीन अंक जोड्ने छ ।

 

 

समुह बी कै अर्को खेल एशियाको फुटबल शक्ति राष्ट्र ईरानले मोरोक्कोको सामना गर्ने छ । सेन्ट पिटरबर्ग रंगशालामा राति ८ः४५मा शुरु हुने सो खेल बराबरीमा टुङ्गिने अनुमान छ । सन् २०२६ को विश्व कप आयोजना गर्न गरेको प्रयास असफल भएपनि मोरोक्को विश्व कप २०१८ मा सुखद शुरुवात गर्न चाहान्छ । मोरोक्कोमा अधिकांश मोरोक्कोबाहिर जन्मेका खेलाडी छन् र युरोपका विभिन्न फुटबल प्रशिक्षण केन्द्रमा प्रशिक्षित छन् । त्यसैले ईरान दबाबमा हुने छ । एशियाका उत्कृष्ट मध्ये एक गोलकिपर अली र उत्कृष्ट स्टाईकर करिमलाई मेहन्दी र ईब्राहिमले साथ दिने छन् । उता मोरोक्कोका खेलाडी युसुफ नासिरी, आयुब काबी र अजिज ईरानको टाउको दुखाई हुने छ ।