नेपालको चौथायी सहश्राब्दी लामो यात्रा

 

आनन्द आदित्य

 

यो वर्ष नेपालको सीमा कोरिएको दुई सय ५० वर्ष पुगेको छ । यो भनेको एक चौथाई सहस्राब्दी लामो यात्रा हो । हामीले विवेक पु¥याएर धुमधामसंग आफ्नो इतिहासको स्मरण गर्दै यो वर्ष उत्सवकासाथ मनाउनु पर्छ ।

 

नेपाल राज्यको एकिकरण

 

सन् २०१८ नेपाल राज्य जन्मेको २ सय ५० वर्ष अर्थात, हाम्रो देशले यात्रा गरेको एक हजार वर्षको एक एक चौथाई वर्ष हो । सन् १७६८ (विसं १८२५) देखि सिमानाका रुपमा नेपालको एकीकरण हुन शुरु भएको वर्ष हो ।

 

गोरखा राज्यमा काठमाडौं उपत्यका जोडिएपछि पृथ्वीनारायण शाहमा नेपाल एकीकरणको आत्मविश्वास पलाएको देखिन्छ । दिव्योपदेशका कुरा कृत्रिम होइनन् भने त त्यहाँ पनि धेरै कुरा छन् । चार वर्ण ३६ जातको फूलबारी भनेका छन, नेपाललाई पृथ्वीनारायण शाहले ।

 

काठमाण्डौं उपत्यका र अन्य बाइसे चौविसे राज्यहरु जितिसकेपछि भाइहरुले आफ्नो अंश भाग मागे, तर पृथ्वीनारायण शाहले देश भाग लगाएर टुक्राउनु हुँदैन भनेर कुनै पनि भाइलाई दिएनन् । ’cause, उनलाई सम्झना थियो, यक्ष मल्लले छोराहरुलाई देश भागबण्डा लगाउँदा काठमाडौं उपत्यका नै तीन टुक्रा भएको । पृथ्वीनारायण शाहमा पारिवारिक लोभ हुँदो हो र साहस नहुँदो हो त नेपाल ब्रिटिस उपनिवेशको एउटा हिस्सा हुने थियो । अफगानिस्तानदेखि आसाम र म्यानमारसम्मै बेलायती साम्राज्य फैलिइसकेको थियो । अमिरले शासन गरेको अफगानिस्तान बचेन । नेपाल मात्रै कसरी स्वतन्त्र रहिरह्यो त ? यो बडो रुचिकर प्रश्न हो । कोलम्बो विशवविद्यालयमा पीएचडी गर्दैगर्दा सन् १९८० तिरको कुरा हो । त्यहाँ साउथ एसिया हल छ, जहाँ भीमराव अम्बेडकरको लाइफ साइकल र सँगै नेहरुको पनि छ ।

 

अम्बेडकरको ’cause उनले पनि त्यहींबाट पीएचडी गरेका हुन् । साउथ एसिया हलमा हरेक साता एउटा सेमिनार हुन्छ । मस्को, बेइजिङलगायत विश्वभरबाट विज्ञहरु आउँछन् । मेरो कक्षा थिएन । त्यही भएर म पनि सेमिनारमा बसेको थिएँ । भर्खरै चीनबाट कूटनीतिक भूमिका पूरा गरेर फर्केका भारतका एक विशिष्ट व्यक्तित्व सपत्नी आएका रहेछन् । उनले बोल्ने क्रममा नेपालको सार्वभौमसत्ता सही अर्थमा एक सम्झौता मात्र भएको बताए । र, नेपाल वास्तवमा भारतको ‘प्रिन्स्ली स्टेट’ जस्तै थियो भने ।

 

ग्वालियर, कश्मीर र हैदरावादकै श्रेणीमा उनले नेपाल रहेको बताएपछि मलाई असह्य पीडा भयो र उठेर प्रश्न गरें– ‘मिस्टर स्पिकर फर योर इन्फर्मेसन, लेट मी टेल यू, इफ नेपाल वाज सोभरेन इन दी २००७ अर्ली, देन हाउ टु एक्स्प्लेन ? दी फ्याक्ट द्याट नेपाल वान टु वार विथ टिबेट विदाउट आसाम फर दी परमिसन ब्रिटिस इन्डिया ?’ यसको जवाफ ती महामहिमले दिन सकेनन् । हलमा रहेका ४० जनाभन्दा बढी मान्छेहरु सुनिरहेका छन् । उनले अर्कै तर्क दिए । मैले पनि प्रतितर्क दिएँ । करिब दुई मिनटपछि मूख्य धाराबाट अन्त्रय डाइभर्ट भयो भनेर को–अर्डिनेटरले नै हस्तक्षेप गर्नुप¥यो । पछि तिनै व्यक्ति दलित समुदायबाट भारतको राष्ट्रपति बने ।

 

नेपालको सार्वभौमिकता पूर्ण थियो भन्न सकिँदैन । ब्रिटेनले भनेको कुरा नाईं भन्न सक्ने अवस्था थिएन । जंगबहादुरकै कुरा गर्ने हो भने पनि त्यो अवस्था थिएन । तर जंगबहादुर ‘सेल्फ मेड’ राजनेता हुन् । उनीजस्तो राजनेता त्यसबेला सायद कोही पनि थिएन होला, नेपालमा । ’cause, उनले विचित्रको एउटा रणनीति प्रयोग गरेका छन् । त्यसलाई म ‘बाइफ्रन्टल’ भन्छु ।

 

जनरल हट्सनले भारतीय सैनिक विद्रोहलाई दवाउन आफ्नो बटालियन लिएर दक्षिण मद्रासबाटै मार्च गरेर आए । नेपालबाट जंगबहादुर १० हजारको फौज लिएर गए । अनि मात्र लखनऊ र उत्तरी भारतका विभिन्न ठाउँको विद्रोह साम्य पार्न हट्सन सफल भएका हुन् । कूटनीतिक, रणनीतिक सबै हिसाबले नेपालले ब्रिटिसहरुको सामना गरेको थियो । डेबिट अक्टरलोनीले ‘मल्टिपल फ्रन्ट’मा नेपालमाथि आक्रमण गरेका थिए । र, देहरादूनदेखि पूर्वसम्म, मकवानपुरको हेटौंडासम्म लडाईं भएको थियो । लासहरुको खात लागेको थियो भनिन्छ । जहाँ प्रत्याक्रमण पनि भएको थियो । निकै घमासन भएको थियो ।

 

नेपालले त्यतीखेर ३० प्रतिशत भूमि गुमाउनुप¥यो । त्यो गुमाउनुमा मलाई लाग्छ सायद नेपाल राज्यका केही कमजोरी थिए । ’cause कुमाऊ, गढवालतिर नेपाली शासन लोकप्रिय बन्न सकेको थिएन । त्यसले गर्दा पनि समस्या भयो । स्थानीय बासिन्दाले विद्रोह गरेर अंग्रेजकै पक्षमा लागेका थिए भन्ने गरिन्छ । त्यतिबेला अमरसिंह थापा कमान्डर थिए । उनको पोजिसन त त्यतीबेला भिन्दै प्रकारको छ । यो विषयमा इतिहासविदहरुले प्रष्ट कुरा गर्न सक्छन् होला । अझ केही अलमलहरु अवश्य पनि छन् ।

 

अमरसिंह थापामा दूरदृष्टि थियो । उनले शुरुमै नेपालको दरवारलाई भनेका थिए, ‘हामीले ब्रिटिससँग युद्ध गर्नु उचित हुँदैन । ’cause, हामीसँग त्यो स्तरको तयारी र हातहतियार नभएकोले हामी युद्ध हार्छाैं । उनले पहिले नै चेतावनी दिएका थिए । तर, भीमसेन थापाको व्रिटिसहरुप्रति धेरै ठूलो आक्रोश थियो । उनी जसरी भए पनि भारतबाट ब्रिटिस राज हटाउन चाहन्थे । त्यसका लागि उनले चीन र भारतकै राजा रजौटाहरुलाई पनि चिठी लेखेर अंग्रेजविरुद्ध उतार्ने प्रयत्न गरेका थिए । तर, उनी आफ्नो मिसनमा असफल भए । उनको साह्रै निर्मम तरिकाबाट अन्त्य भयो । र, यसमा कुनै शंका छैन, त्यसबेलाका नेपालका राजनेताहरुले एउटा ‘ब्लन्डर’ गरेकै हुन् । त्यही कुरा जंगबहादुरले बिर्सन सकेनन् र उनी शक्तिमा आए ।

 

जंगबहादुर ‘सेल्फ मेड’ राजनेता हुन् । उनी जस्तो राजनेता त्यसबेला सायद कोही पनि थिएन होला, नेपालमा । ’cause, उनले एउटा विचित्रको रणनीति प्रयोग गरेका छन् । त्यसलाई म ‘बाइफ्रन्टल’ भन्छु । उनको एउटा पक्ष थियो, ब्रिटिसलाई जिस्क्याउनु हुँदैन । केही वर्षअघि मात्र नेपालले युद्ध हारेको थियो । नेपालको धेरै ठूलो भूभाग गुमेको थियो भन्ने कुरा उनले बिर्सेका थिएनन् अंग्रेजसंग जुधेर बाँकि भूभाग गुमाउने जोखिम उठाउन चाहँदैनथे । त्यसैकारणले भारतभर दन्केको विद्रोहको आगो निभाउन उनी १० हजार फौज लिएर अंग्रेजलाई सहायता गर्न पुगे ।

 

झाँसीकी वीरंगनाको चिठ्ठी पनि आएको थियो, जंगबहादुरलाई । हिन्दू राजा भएकोले पनि फिरंगीहरुलाई सहायता नगर्न उनले आग्रह गरेकी थिइन् । र, लड्दालड्दै उनले प्राण गरिन् तर आत्मसमर्पण गरिनन् । तर जंगबहादुरको अर्काे पक्ष पनि थियो । अवधकी बेगम हजरत आफ्ना छोरा र कमान्डर नाना शाहसंग भागेर नेपाल आएपछि उनीहरुलाई फर्काइदिन इस्ट इन्डिया कम्पनीले गरेको आग्रह जंगबहादुरले मानेनन् । त्यस्तैगरी पञ्जावकी रानी पनि आएकी थिइन् । उनलाई फर्काउन पनि जैगबहादुरले मानेनन् । बेलायतीहरुलाई उनले बडो साहसका साथ भनेका थिए, हिन्दू राज्यमा शरणागतको मरण हामी गर्दैनौं ।

 

अहिले पनि संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा गएका नेपाली सैनिकले गरेका राम्रा कामहरुको उदाहरण हामीले संकलन गर्नुपर्छ । भावी पुस्तालाई हाम्रा पुर्खाका वीरगाथाहरु सुनाउन छुटाउनु हुँदैन । उनका केही कमजोरीका कुरा पनि सुनिएका छन् । जस्तोः नाना साहबसँग नौलखा हार थियो भन्ने सुनिन्छ, त्यो उनले लिए । मराठाकी रानीले थापाथलीमा लक्ष्मीनारायणको मन्दिर निर्माण गरेकी थिइन् । त्यो त्यतिबेलाको प्रमाणका रुपमा अहिले पनि छँदैछ ।

 

हामीमा आत्मविष्मृतिको रोग छ । तर, इतिहासका सबै कुरा कुनै हालतमा बिर्सनु हुँदैन । बरु विषयलाई पाठ्यपुस्तकमा समावेश गर्नुपर्छ । सामाजिकीकरणको प्रक्रियामा लैजानुपर्छ । बलभद्र र भक्ति थापाका वीरगाथाहरु पुनस्मरण गर्नुपर्छ, बिर्सनु हुँदैन ।

 

संसारकै २१ औं राष्ट्र

 

विश्वको २१औं राष्ट्र हो, नेपाल ।
नेपाल राज्यको संरचनामा काठमाडौं जोडिएपछि यसको आधुनिक राज्यको रुपमा शुरुवात भयो ।
जुन कसैले रोक्न सकेन र पाएन पनि । आक्रमण त पछि पनि भएका हुन् । १८५६ मा तिब्बतसँग युद्ध भएकै हो । १८१४ र १६ मा ब्रिटेनसँग युद्ध भएकै हो । तर नेपाल टुक्रिएन । पृथ्वीनारायण शाहले यो कुरा बुझेका थिए । र, भाइहरुले अंश भाग माग्दा पनि राज्य टुक्राएर दिएनन् । यसमा उनको दूरदर्शिता स्पष्टसंग देखिन्छ ।

 

विश्वको पहिलो राज्य हो, चीन । नेपालको स्थापना भएको कुरामा केही विवाद होला । तर, सन् १७६८ लाई नेपालको स्थापना भएको मानिन्छ । जतिबेला नेपाल नयाँ राज्यका रुपमा प्रादुर्भाव भएको मानिन्छ । पुरानो राज्यका रुपमा त कहिले खुम्चियो, कहिले ठूलो भयो भन्ने कुरा छन् । अंशु बर्मा, मानदेवदेखि लिएर अझ त्यसभन्दा अगाडि विक्रमादित्यको शिलालेखमा पनि नेपालको उल्लेख छ । यलम्बर आदिहरुको पनि चर्चा हुन्छ । धेरै पर जान म त्यति आवश्यक ठान्दिनँ ।

 

नेपालको गाथा त हजारौं वर्ष पुरानो छ । तर, नेपाल राजनीतिक र आधुनिक राज्यका रुपमा स्थापना भएको सन् १७६८ मै हो । कसैले नुवाकोटबाट शुरु गर्नुपर्छ भन्छन् । पृथ्वीनारायणपछि बहादुर शाहले पनि त पूर्वपश्चिम धेरै ठाउँलाई जोडे । त्यसैले कहाँबाट शुरु गर्ने ? नेपाल राष्ट्रराज्य हो कि राज्यराष्ट्र भन्ने कुरामा पनि विवाद छ । पहिले राष्ट्र बन्यो कि राज्य, या राज्य बनेर राष्ट्र बनेको हो ?

 

मेरो विचारमा पहिला नेपाल राज्य बन्यो, त्यसपछि मात्र राष्ट्र । अझै पनि पूर्ण रुपमा राष्ट्र बन्ने प्रक्रियामै छ । चीन थियो पहिलो । दोस्रो स्यानम्यारिनो, तेस्रो जापान त्यसपछि क्रमशः फ्रान्स, डेनमार्कलगायत जन्मेका हुन् । यूरोपका मात्रै १३ राज्य नेपालभन्दा पहिले स्थापना भएको देखिन्छ । यो रुचिकर विषय हो । २१ र २२ राज्यमै नेपाल जन्मिएको छ ।

 

एसियामा पनि त्यतिबेला पाँचौं शताब्दिमा जापान, सन् १३५० मा थाइल्यान्ड, जुन नेपालभन्दा चार सय वर्ष पुरानो हो । इरान १४९९ मा, अफगानिस्तानमा अलि द्विविधा छ । अफगानिस्तानलाई नेपालभन्दा पछि बनेको राज्य मान्ने हो भने नेपाल दक्षिण एसियाकै पहिलो राज्य हो ।

 

हाइटी १८०४ मा आएको हो । अमेरिका नेपालभन्दा आठ वर्षपछि मात्रै राज्य बनेको हो ।

 

भारत सन् १९४७ मा मात्रै राज्य बनेको हो । भारत ठूलो सभ्यता हो । तथापि, चीन सभ्यता र राज्य एकसाथ बनेको हो । भारत राज्यपछि मात्रै बन्यो । पहिले सभ्यता मात्र थियो, आत्मनिर्भर थिएन । अर्काे अनौठो कुरा के भने एक चौथाई सहश्राब्दी (क्वार्टर मिलिनियम) अहिलेसम्म कुनै राज्यले पनि मनाएको देखिएन । ‘क्वार्टर मिलिनियम’ मनाउने नेपाल विश्वको पहिलो राष्ट्र हुँदैछ ।
(लेखक आनन्द आदित्य, राजनीतिशास्त्रका प्राध्यापक हुन् ।)