नयाँ युगमा, नयाँ नामको, नयाँ पार्टी ! – कृष्णमुरारी भण्डारी

यदि कम्युनिष्ट नाम हटाएर ओली र प्रचण्डले एकिकृत पार्टीको नाम लोकतान्त्रिक राखे भने त्यो नै कांग्रेसको बिकल्पमा नयाँ लोकतान्त्रिक पार्टी हुनेछ र विश्वभर यसको राम्रो प्रचार र मार्केटिंग ओली र प्रचण्डले धक फुकाएर गर्न सक्छन्

 

 

नेपालमा भर्खरै नयाँ नेपाल कम्युनिष्ट पार्टी बन्ने घोषणा गरियो । यो नयाँ पार्टी भए पनि देशका दुई ठूला पार्टीहरु एमाले र माओवादी बिघटन भएर बनेको नयाँ हो ! तर यसको न्वारनमै नामको विवाद शुरु भएको छ । के अब नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी नै राख्नुपर्ने बाध्यता छ ? नयाँ युगमा, नयाँ नामको नयाँ लोकतान्त्रिक पार्टी बनाउन के ले रोक्छ ?

 

 

हुन त एमाले र माओवादी जस्ता लोकप्रिय पार्टी बिघटन भएपछि जोखना हेरेर बसेको कुनै सन्की पुरातनपन्थी कम्युनिष्टले एमाले र माओवादीको ख्यातीको व्याज खान यिनै नाउमा पार्टी गठन ग¥यो भने किन्चित आश्चर्य नमाने हुन्छ । ’cause अहिले त्यस्तै अड्को निर्वाचन आयोगमा दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी नामको आडमा गोर्खाका ऋषि कट्ेटले गरिरहेका छन् । उनको नाममा दर्ता भएको नेकपा कामले होइन, चुनावमा कहीं कतै जितेर, जनताको मत पाएर पनि होइन, सिरिफ प्राविधिक रुपमा निर्वाचन आयोगमा दर्ता भएकोले म मेरो पार्टीको नाम अरु कसैलाई राख्न दिन्न भनेर एक्लै हुँकार गरिरहेका छन् ।

 

 

पुच्छर नभएको कम्युनिष्ट पार्टी बनाउने जीजीवीसाले देशका दुई ठूला पार्टीका चर्चित नेताहरु केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बीना पुच्छरको कम्युनिष्ट पार्टी बनाउने उद्धेश्यले नेकपा (एमाले) र नेकपा (माओवादी)को साझा नाम अर्थात, नेपाल कम्युनिष्ट पार्टी राख्न लाग्दा कट्ेलले प्राविधिक रुपमा अड्को थाप्नु संघसंस्था ऐन दर्ता अनुसार एनजीओ खोल्नु र विगतमा पत्रिका ननिस्किए पनि दर्ता गरेर नाम कब्जा गर्ने होड जस्तै हो कट्टेलको नेकपा ।

 

 

निर्वाचन आयोगमा ओली र प्रचण्डहरु एकिकृत नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी लिएर जाँदा आयोगका एक सदस्यले यो नामको पार्टी पहिल्यै आयोगमा दर्ता छ भनेर अण्डर लाइन लगाएर राखे । यसैलाई पत्रकारहरुले नेपाल कम्युनिष्ट पार्टी अण्डरलाइन भनेर व्यंग कंस्दै समाचार लेखेपछि कोलमनिष्ट, बुद्धिजीवी र प्रतिस्पर्धी दलका नेताहरु अध्यक्ष द्वय ओली र प्रचण्डको खिल्ली उडाइरहेका छन् ।

 

 

नेपालका कम्युनिष्टहरुको इतिहासमा जब विसं २०१७ पछि कम्युनिष्टहरु फुट्न थाले, उनीहरु सबैले पार्टीको नाम नेकपा नै राखे । तर नेकपा धेरैवटा भएकाले नेकपा त हो तर कुन नेताको भनेर चिनाउन नेकपा पछाडि त्यसको नेताको नाम लेख्ने चलन शुरु भयो । तर देशमा प्रजातन्त्र आएपछि जुनजुन नेकपा थिए, तिनले आफूलाई चिनाउनका लागि नेकपा पछाडि पुच्छर जोडेको नेकपालाई नै निर्वाचन आयोगमा दर्ता गरे । नेकपा एमाले, नेकपा पुष्पलाल, नेकपा संयुक्त, नेकपा तुल्सीलाल, नेकपा बर्मा, नेकपा मसाल, नेकपा मशाल, नेकपा क्रान्तिकारी आदि ।

 

 

सत्तासीन दुई ठूला पार्टीहरु एकिकरण भएपछि प्राविधिक रुपमा जुन अवस्था उत्पन्न भएको छ, यसलाई राजनीतिशास्त्रका धुरन्धरहरु जो मिहिन रुपमा हेर्ने र विश्लेषण गर्ने गरिरहेका छन्, उनीहरुले एक भेटमा भने, यो त प्रचण्ड र ओलीलाई सुवर्ण अवसर पो हो । प्रचण्ड र ओलीहरुले यसवारे सोचविचार गरेर ऐतिहासिक निर्णय लिन सक्नुपर्छ । यसले उनीहरुलाई फाल्नुपर्ने गलगाँड आफैं झरेर गएको जस्तै हाइसन्चो हुनेछ । नेपालमा एउटा जवर्जस्त नयाँ लोकतान्त्रिक पार्टी बन्न सक्छ किन जवर्जस्त भने, लोकतान्त्रिक पार्टी भनेको यहाँ कांग्रेसलाई मात्र बुझाइन्छ र लोकतन्त्र उसकै पर्याय र ठेक्का जस्तै भनेर बुझाउने घुष्टता गरिन्छ । तर बामपन्थीहरु पनि यहाँको लोकतान्त्रिक आन्दोलनका बिम्ब हुन् । ती प्राध्यापकले अगाडि प्रश्न गरे, मुरारीजी तपाईकै आँखा अगाडि ०३६ देखि अहिलेसम्मको आन्दोलन भयो । तपाई त्यसकै साक्षी हुनुहुन्छ । पटक पटक जेल पनि पर्नु भयो । ०७२मा संविधान जारी गर्दासम्म बामपन्थीहरुको भूमिका कसरी विर्सनु हुन्छ ? के संभव थियो बामपन्थी बीनाको प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको आन्दोलन ?

 

 

कम्युनिष्ट नाम राखेका कारण यत्रो लोकतान्त्रिक शक्तिको योगदान छायामा पुगेको छ । यति पनि बुझाउन सक्नु हुन्न ती नेताहरुलाई भन्दै उल्टै ती प्राध्यापकले थर्काए । कम्युनिष्ट नाम भएपछि उ लोकतान्त्रिक हुँदैन भन्ने भ्रम कांग्रेसीहरुले यत्र तत्र सर्वत्र फैलाएका छन् । विश्व समुदायसम्म फैलाएका छन् । नेपाली जनताको भोट कम्युनिष्ट नामलाई आएको होइन, यी पार्टी र नेताहरुलाई विश्वास गरेर दिएको हो भन्ने बुझाउन सक्नु हुन्न भनेर झन् झम्टिए । परंपरागत नाम र सोचबाट कसरी दशवर्षमा नेपाल स्वर्ग बन्छ । ती प्राध्यापक अझै रोकिएनन्, नयाँ युगको नयाँ नेपालमा नयाँ पार्टीको नयाँ नाम जुराउन र नयाँ पुस्ता आकर्षित गर्न किन ओली र प्रचण्ड चुकिरहेछन् ? ’emको पार्टी विघटन भैसक्यो नामको के कुरा ? बिरालो बाधेर श्राद्ध गरे झैं कम्युनिष्ट पार्टी भन्ने नाम नै यिनलाई किन चाहिएको हो ? यति धेरै सिर्जनशील, नवीन नाम जुराउन सक्ने यी दुई पार्टीमा कम छैनन् । यदि कम्युनिष्ट नाम हटाएर ओली र प्रचण्डले नयाँ एकिकृत पार्टीको नाम राखे भने त्यो नै कांग्रेसको बिकल्पमा नयाँ लोकतान्त्रिक पार्टी हुनेछ र यसको विश्वभर यसको राम्रो प्रचार र मार्केटिंग ओली र प्रचण्डले गर्न सक्छन् ।

 

 

नयाँ एकिकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्न निर्वाचन आयोगले कानूनी रुपमा दिन मिल्दैन भने ऋषि कट्टेलसंग मोलमोलइ गरेर किन्नुको बदला पार्टीको नाम नै युग सुहाँउदो राखे भने त्यो युगान्तकारी लोकतान्त्रिक फड्को मारेको सावित हुनेछ । कम्युनिष्ट पार्टी नाम राखेपछि क्रान्तिकारी होइन्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्छ । नाम नै बदल्न नसक्नेले समाज, राष्ट्र कसरी बदल्न सक्छन् ? आफ्नो संस्कार व्यवहार परिवर्तन गर्न नसक्नेहरु कसरी नयाँ युग पुग्छन् ?

 

 

। नेपालका ‘नामका बामपन्थी, कामका दक्षिणपन्थी’हरुलाई के थाहा भएको देखिएन भने–लेनिनको पार्टीको नाम नै कम्युनिष्ट पार्टी थिएन । जुन लेनिनको नाममा यहाँका तथाकथित कम्युनिष्ट पार्टीहरु क्रान्तिकारी बन्ने होडबाजी गर्छन्, लेनिनको पार्टीको नाम रुसी समाजवादी उदार लोकतान्त्रिक पार्टी थियो भन्दा जिल्लाराम नै पर्ने गर्छन् । एकछिन सननन् भएर चुप बसेपछि फेरि जडसुत्रवादीशैलीमै सोधे, होइन तपाईलाई भ्रम भयो कि ? सोभियत कम्युनिष्ट पार्टीको अधिवेशनको दस्तावेज त मैले पढेको हुँ । कम्युनिष्ट पार्टी नभएको भए केको महाधिवेशन हुन्थ्यो होला र ?

 

 

आफूले दृढविश्वास गरेको कुरा गलत भएको थाहा पाएपछि गलेर फतक्क भएका कम्युनिष्ट नामधारी ती नेताले लिंडेढिपी भने छाडेनन् । भन्न थाले, सोभियत कम्युनिष्ट पार्टीमै त हो, बोल्शेभिक र मेन्सेभिक भएका । लेनिन बोल्शेभिक कम्युनिष्ट पार्टीका नेता हुन् ।

 

 

पढेर होइन, सुनेका भरमा कम्युनिष्ट बनेका, माक्र्स एंगेल्स र लेनिनका कृति होइन, अरु नै सुनेर भौतिकवादी, द्वन्दवादी, वैज्ञानिक समाजवादी, जातीवादी सुनेर कम्युनिष्ट बनेकाहरुको यो रोग नयाँ होइन । पढिजान्ने, लेखिजान्ने, सुनिजान्ने मध्ये नेपालमा धेरैजसो कम्युनिष्टहरु सुनिजान्ने कित्ताका छन् । त्यसैले उनीहरुले सुन्नेकुरा प्राय एउटै जडसुत्री हुनेगर्छ ।

 

 

त्यसैले सुनेका भरमा कम्युनिष्ट बनेर गुट, फुट र विभाजनमा लागेर दर्जनौं कम्युनिष्ट पार्टीहरु बनाउने सुनिजान्ने कम्युनिष्टहरुको कित्ताबाट आफूलाई देश, काल र समय सुहाँउदो पार्टीको नाम राख्ने अवसर ओली र प्रचण्डलाई प्राप्त भएको छ । कम्युनिष्ट पार्टी अन्तर्गतको युवा संगठनको नाम मदन भण्डारीले त्यतीखेरै कम्युनिष्ट युथफ्रन्ट नराखेर प्रजातान्त्रिक युवा संघ राखेका थिए । यसवारे सोद्धा अन्तर्वार्ताको क्रमममा उनले त्यतीखेर मदन भण्डारीले यो पंक्तिकारलाई भनेका थिए, हाम्रो पार्टीको नाम पनि जनताको बहुदलीय जनवाद जस्तै बहुसंख्यक जनता अटाउने नाउमा परिवर्तन गर्नुपर्छ । यसोगर्दा जनताको भावनाको कदर मात्र होइन, जनजिब्रोको नाम राखेर संसारभर चिनाउनु पर्छ । मदन भण्डारीकै निधन भएको दिनमा बिघटन भइ नयाँ गठन भएको पार्टीको नाम मदनले सोचेजस्तै लोकतान्त्रिक, नेपाली जनजिब्रो र युवापुस्ताले सजीलै आत्मसा तगर्ने नयाँ नाम जुराउनु पर्छ ।

 

बिटटित एमाले र माओवादीको नाम अब पछाडि फर्र्किएर नेकपा होइन, एक्काइसौं शताब्दिको स्पिरिटमा राखिनुपर्छ । मदनले भनेका थिए, दुई महाधिवेशनपछि नै तपाईले हाम्रो पार्टीको नाम नयाँ युगको नयाँ नाममा नयाँ पार्टीको रुपमा पाउनु हुनेछ !

 

 

मदन भण्डारीले भने जस्तै एमालेको दुई महाधिवेशन पछि नै नाम परिवर्तन मदन भण्डारीको असामयिक निधनले गर्दा हुन पाएन तर उनको निधनको दुई दशकपछि उनकै विरासतलाई बोकेर हिंडेका केपी ओली जब पार्टीको प्रमुख बने उनले मदन भण्डारीकै जन्मदिनको अवसर पारेर नेपालका दुई कम्युनिष्ट पार्टीहरुलाई एकिकृत पार्ने सफलता प्राप्त गरेका छन् । जो मदन भण्डारीकै पथको निरन्तरता हो ।

 

 

त्यसैले ओली र प्रचण्डका लागि एकिकृत पार्टीको नामबाट लेनिनले राखेजस्तै लोकतान्त्रिक जनवादी नाम राख्ने ऐतिहासिक अवसर अहिले जुरेको छ । यसो भयो भने जनता नै सर्बेसर्वा हो भन्ने सन्देश नेपालभर मात्र होइन, विश्वभर पनि दिनसकिन्छ । पार्टीको नाम कुनै सिद्धान्त, दर्शन, कार्यक्रमलाई बोकेर बनाउनु भन्दा भक्तपुरका कामरेड नारायणमान विजुक्छे ‘रोहित’को पार्टी नेपाल मजदूर किसान पार्टी जस्तै राखे पनि सुनमा सुगन्ध हुनसक्छ ।

 

 

सोभियत संघको बिघटनपछि कम्युनिष्ट विरुद्ध अमेरिका र पश्चिमी विश्वले अरबौंअरब डलर खर्चेर अभियान चलाइरहे । यसो गर्नुको कारण हो, त्यतीबेलाको आवश्यकता अनुसार सोभियतसंघमा सर्वहारा अधिनायकवाद कायम गरिएको थियो । त्यसैलाई उनीहरुले प्रहारको तारो बनाए । तर नेपालको अवस्था नित्तान्त भिन्न छ । हिजो एमाले र माओवादी अधिनायकवाद लादेर होइन, लोकतान्त्रिक पद्धतिको आमनिर्वाचनबाट जनताको अत्यधीक मत पाएर बिजयी भएका हुन् ।

 

 

अन्तर्राष्ट्रिय पर्यवेक्षक राखेर, स्वतन्त्र र निश्पक्ष निर्वाचनबाट चुनाव जितेका एमाले र माओवादीको सरकार बनिसकेपछि जनतालाई दिएको आश्वासन मुताविक उनीहरु एउटै पार्टी बनेका हुन् । दुबै पार्टीले समयक्रममा राखेका पुच्छर हटाउने सहमती पछि नेपाल कम्युनिष्ट पार्टी राख्ने निधो गरे तर नयाँ पार्टीको नाम कम्युनिष्ट पार्टी नै किन राख्नु पर्ने ? के कम्युनिष्ट पार्टी नाम राखेपछि स्वतह क्रान्तिकारी होइन्छ ? कम्युनिष्ट पार्टी भनेपछि मात्र जनताको हितहुन्छ ? असमान व्यवहार गरे पनि समानताको सिद्धान्तको पालना हुन्छ ? के नेपाल मजदूर किसान पार्टी स्थापना गर्ने कामरेड रोहित अरु कमरेड भन्दा कम कमरेडी छन् ? उनको कमरेडीपन घटेको छ ?

 

 

जब नयाँ नामाकरण गर्ने अवस्था नै सिर्जना भएको छ भने सिर्जनशील र पुस्तौंपुस्ताले लिनसक्ने, सबैले गर्ब गर्ने नयाँ नाम राख्न सकिदैन ? नयाँ नामप्रति के को तुष ? ’cause पार्टी भनेको न एनजीओ हो नत कुनै प्राइभेट कम्पनी ! यो त जनताको प्रतिनिधित्व गर्ने संस्था हो । जनताका प्रतिनिधि हुन् । त्यसैले पार्टी राजनीतिक विचार अनुसार के को दायाँ बायाँ ?

 

 

पार्टी कुनै जुत्ता पसल होइन नत चाउचाउ, होटल, रिसोर्ट, हाइड्रो, रेष्टुरेण्ट वा माछा–मासु पसल नै हो । न पार्टी कुनै चक्लेट, विस्कुट र फ्यान्टा अथवा चिया नै हो । यहि नाम चाहिन्छ भनेर कम्पनी किनेर नाम राख्नु जस्तो होइन । राजनीतिक दल भनेको जनता संगठित हुने, जनताको भावनाको प्रतिनिधित्व गर्ने अभियान हो । जनताले–जनताको लागि–जनताद्वारा काम गर्ने स्वावलम्बी संगठन हो । त्यसैले नयाँ पार्टीको नाम यस्तो हुनुप¥यो जसले प्रत्येक व्यक्तिको आत्मसम्मानलाई जागरण गरोस् । सिर्जनशील होस् ।