एमालेको अन्त्येष्टिपछि ओलीद्वारा स्वर्गको चर्चा –श्रीकृष्ण अनिरुद्ध गौतम

 

यहाँ पहिला पहिला सुनिन्थ्यो, नेपाललाई सिंगापुर बनाउने, स्वीट्जरल्याण्ड बनाउने, अब भने स्वर्ग बनाउने पात्रको प्रादुर्भाव भएको छ । तर नेपालीलाई अहिले चाहिएको स्वर्ग होइन, बस्न लायक नेपाल हो । स्वास्थ्य, शिक्षा, आजीविकाको प्रत्याभूति हो । यातायात र आवासको सुविधा हो तथा सबैभन्दा प्रमुख भ्रष्टाचारमुक्त शासन प्रशासन हो । अमरत्व चाहिएको छैन, आफ्नै देशमा रमाउन पाउने वातावरण चाहिएको छ । न स्वर्ग, न सिंगापुर, न स्वीटजरल्याण्ड महोदय, नेपाललाई नेपाल बनाउने नेतृत्व चाहिएको छ ।

 

खण्ड १ अर्थात् स्वर्गको चर्चा

एमालेका स्वर्गवासी महासचिव मदनकुमार भण्डारीको पुण्यतिथिकै अवसर पारेर अर्थात् गएको जेठ ३ गते एमाले र माओवादीको विधिपूर्वक अन्त्येष्टि सुसम्पन्न भएको छ । सम्पन्न भए लगत्तै स्वर्गको चर्चा चल्न थालेको छ । पूर्व एमालेका अध्यक्ष र अहिले अन्डरलाइन गरिएको नेपाल कम्युनिस्ट पार्टीका दुई मध्ये एक अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले हालै एउटा कार्यक्रममा अब दश वर्षमा नेपाल स्वर्ग बन्ने बताउनु भएको छ । ज्ञातव्य छ र प्रायः सबैलाई स्मरण भएकै कुरा हो, उनी नै हाल नेपालका प्रधानमन्त्री पनि हुन् । उनले बताउना साथै त्यो बोली विद्युत गतिमा विस्तारित भयो, त्यो रोमान्चक समाचार सबैका आँखा र कानसम्म तीब्रताका साथ संचारित भयो ।

अरुलाई जस्तै मलाई पनि त्यो समाचारले ज्यादै हर्षित तुल्यायो, हर्ष थाम्न सकिँन, मनमनै आफ्नो आयु विचार गरें । वर्तमान आयुमा दश वर्ष जोडें । खुशी लाग्यो । स्वास्थ्य अहिलेजस्तै, शरीर तन्दुरुस्त रहे, यसै देहमा रहँदा स्वर्ग देख्न पाउने कुरामा निश्चिन्त भएँ ।

’cause म स्वर्ग, नर्क, जन्म जन्मान्तरमा विश्वास गर्छु, ईश्वरानुरागी हुँ । ओली त ईश्वर छैनन् भन्ने हुन् तर ईश्वरको अस्तित्व नै नकार्ने प्राणीले समेत स्वर्गको चर्चा गरेकाले यहाँ स्वर्गसम्बन्धी विमर्श गर्न आफू उत्सुक भएको निवेदन गर्दछु । सामान्य अर्थमा स्वर्ग, नर्क, जन्मजन्मान्तरसँग धार्मिक आस्था पक्कै जोडिएको हुन्छ । तर धर्मसित कुनै साइनै नभएका कम्युनिस्ट नेताका मुखबाट स्वर्ग कसरी प्रस्फुटित भयो होला, त्यसले ममा अरु जिज्ञासा थपिएको छ । मजस्तै अरुमा पनि यस्तै जिज्ञासा उत्पन्न भएको हुुनुपर्छ । ’cause स्वर्ग लौकिक होइन, अलौकिक हो । यो लोकभन्दा परको सत्य हो र त्यसको भोग गर्न, सर्वप्रथम त, देह विसर्जन आवश्यक हुन्छ ।
स्वर्ग इहलोक होइन, परलोक हो, आत्मलोक हो ।

स्वर्ग हिँडेर, गाडी, रेल, हावाजहाज, पानीजहाज, रकेटमा चढेर पुगिने ठाउँ होइन । निश्चय नै परम सत्यवादी धर्मात्मा युधिष्ठिर सशरीर स्वर्ग पुगेका थिए । पौराणिककालमा स्वर्ग र पृथ्वीबीच आदान प्रदान, आवत जावत हुने गरेका प्रसंगहरु नभएका होइनन् । हुन त अर्जुन पनि उर्वशीबाट नृत्यकला सिक्न स्वर्ग गएका र त्यहाँबाट फर्केको पढिएको हो तर ओलीले गरेजस्तो यहीं स्वर्ग निर्माण गर्ने कल्पनाशीलता भने वैदिककालदेखि आजसम्मका पाना पल्टाउँदा बिरलैमा देख्न पाइन्छ ।

ओलीले त्यति भनिसकेपछि निश्चय नै ७० कटेका धेरैजसो नेता कतै बीचैमा परलोक जाइने त होइन भनेर आफ्नो आयु सम्झँदै पक्कै विचलित भएका हुनुपर्छ । यति सुनेपछि पूर्व एमाले, माओवादीका ७० छुँदै गरेका नेताहरु ‘होलबडी चेकअप’का लागि दिल्ली कि बैंकक जाने नै भए । अलि बढी निराशाचाहिँ कांग्रेसको अग्रज पुस्ताका नेताहरुमा होला बरु । धर्तीमा उपस्थित हुन आउने स्वर्गको कमसेकम दर्शन त गर्नैपर्ने, चुनाव हारेकाले त्यसै पनि निष्क्रिय हुन पुगेका र अनेकानेक तृष्णाले आक्रान्त उनीहरुको शरीरले साथ दिने हो, होइन थाहा छैन । त्यसपछिका अरुले पटक्कै विचलित हुनुपर्दैन ’cause स्वाभाविक रुपमा बाँचिरहे, कांग्रेसलाई नयाँ दिशा दिन्छु भनिरहेको पुस्ता सक्रिय रहन पर्याप्त आयु शेष रहेको हुनेछ ।

’cause जब नेपाल स्वर्ग बन्नेछ त्यतिखेर नित्य अमृत पनि उपलब्ध हुनेछ । अमृतपान गरेपछि न बुढ्यौलीको डर, न मरिने भय । नेपालका सबै मानिस निमेषभरमा देवी देवतामा परिणत हुनेछन् । न भोक, न तिर्खा ।
जसलाई रसरंगमा रस छ, तिनलाई मेनका, रम्भा, उर्वशीको नृत्य हेर्ने सौभाग्य प्राप्त हुनेछ । मदिरा प्रेमीहरुलाई सोमरस सित्तैमा उपलब्ध हुनेछ । थाहै होला, स्वर्गमा त्यस्तो पनि प्रबन्ध छ । त्यहाँ नारीहरु पूर्ण स्वतन्त्र हुनेछन्, पुरुषाधीन हुने छैनन् । कुनै विवाह बन्धन, पितृकसत्ता हुने छैन । स्वर्गमा केको पितृसत्ता ।

 

खण्ड २ अर्थात् नेपाललाई नेपाल बनाउने हो

पाठकहरुलाई लाग्न सक्छ, म ओलीका उक्तिमाथि व्यंग गरिरहेको छु । त्यस्तो किमार्थ होइन । ओली नेपालका प्रधानमन्त्री, कार्यकारी प्रमुख, शक्तिशाली कम्युनिस्ट पार्टीका दुईमध्ये एक शक्तिशाली अध्यक्ष हुन् । त्यस्तो उच्चतम ओहोदामा बसेको व्यक्तिले ख्यालठट्टा गरेर दुनियाँलाई अल्मल्याउनु हुँदैन र मैले यहाँ उनले त्यसो गरेका हुन् पनि भनेको छैन । भन्नै सक्दिन ’cause ख्यालठट्टा गर्न, हास्य कार्यक्रम सञ्चालन गर्ने त उद्योगै छन् । सिनेमा छन्, टेलिसिरियल छन्, ओलीले हँसाइरहनुपर्छ र ? हाँस्ने अरु कति कुरा छन् कति ।

 

प्रधानमन्त्रीलाई बालुवाटारमा आवास, सिंहदरबारमा कार्यालय, दिनचर्याका लागि सुविधासम्पन्न सामग्री उखानटुक्का उत्पादन र ख्यालठट्टा, हास्यव्यंग्य कार्यक्रम सञ्चालन गर्न उपलब्ध गराएको होइन भन्ने ज्ञान ओलीलाई पक्कै छ । त्यो पद, त्यो सुविधासित जिम्मेवारी आबद्ध छ । जवाफदेहिता, दायित्व गाँसिएको छ । हो, सपनाको महत्व हुन्छ, हुनु स्वप्नदर्शी नै पर्छ । तर यसो भन्दैमा सपनाको नाममा आत्मरति गर्नुचाहिँ हुँदैन ।

 

यहाँ पहिला पहिला सुनिन्थ्यो, नेपाललाई सिंगापुर बनाउने, स्वीट्जरल्याण्ड बनाउने, अब भने स्वर्ग बनाउने पात्रको प्रादुर्भाव भएको छ । तर नेपालीलाई अहिले चाहिएको स्वर्ग होइन, बस्न लायक नेपाल हो । स्वास्थ्य, शिक्षा, आजीविकाको प्रत्याभूति हो । यातायात र आवासको सुविधा हो तथा सबैभन्दा प्रमुख भ्रष्टाचारमुक्त शासन प्रशासन हो । अमरत्व चाहिएको छैन, आफ्नै देशमा रमाउन पाउने वातावरण चाहिएको छ । न स्वर्ग, न सिंगापुर, न स्वीटजरल्याण्ड महोदय, नेपाललाई नेपाल बनाउने नेतृत्व चाहिएको छ ।

 

ख्यालरहोस्, स्वप्नशास्त्रको एउटा नियम छ, सपना भन्दै हिँड्यो भने राम्रै सपना पनि निष्फल हुन्छ ।
जहाँसम्म स्वर्ग र नर्कको कुरा छ, यी कुनै तयारी स्थान होइनन्, निज कर्मको प्रतिफलका रुपमा उपस्थित हुने उपलब्धि हुन् । सञ्चित कर्मअनुसार सबैले आआफ्नो स्वर्ग अथवा नर्क आफैं बनाउने हो । त्यसैले त्यसैले एमालेको अन्त्येष्टि लगत्तै गरेजस्ता स्वर्गका होइन महोदय, धरातलका कुरा गरौं । ’cause ओलीले आफ्नो पहिलो कार्यकालमा जेजस्ता सपना देखाएका छन्, अहिलेलाई त्यति नै पर्याप्त छ, यो कार्यकालमा ती सपना पूरा गर्ने हो, थप सपना आवश्यक छैनन् ।