सधै उपेक्षित? सधै अपहेलित- राजन गर्ग

 

 

हामी नेपाली जहाँ पनि हेपिन्छौ । हेपिनु सम्भवतः हामी नेपाली नियति नै हो । ठूलाले सानालाई हेप्ने, बलियाले बल नभएकालाई हेप्ने । अरुलाई हेपेर आनन्द महसुस गर्ने पर पिडक स्वभाव हामी नेपालीमा अन्र्तनिहित गुण नै भएको छ । शायद हाम्रो धर्मग्रन्थमा उल्लेख गरिएको शक्ति पूजालाई व्यवहारमा अनावश्यक रुपमा तोडमोड गरेर उपयोग गरिएको छ । सर्बजन हितायः हाम्रो धर्मको मुलमन्त्र हो । सबैलाई समान देख्नु, सबैलाई समभावले व्यवहार गर्नु हामो धार्मिक मान्यता हो । तर, समयको क्रमसंगै हाम्रा धार्मिक मान्यतालाई गलत व्याख्या गरियो ।

 

प्राणीहितभन्दा पनि हामी बढी शक्तिका पूजारी हुन थाल्यौं । फलस्वरुप हाम्रो हिन्दू धर्म, परम्परा र संस्कृतिमा विकृति देखिन थाल्यो । हामी जे सजिलो हुन्छ त्यो गर्न थाल्यौ जसले गर्दा हाम्रो समाजमा विभेदको ठूलो खाडल सिर्जना हुन पुग्यो ।

 

मानवजाती सृष्टीकै श्रेष्ठतम सिर्जना हो । धर्ममा कसैले विश्वास गरुन या नगरुन मानवजातीलाई सहि दिशामा अगाडि बढन प्रेरित गर्ने धर्म नै हो । तर, त्यहि धर्मको आढमा मान्छे आफ्नो स्वार्थ सिद्ध गर्न लिप्त रह्यो चाहे त्यो हिन्दू धर्म होस या अन्य धर्म ।

 

मानववाहेक अरु प्राणीहरुको प्राकृतिक नियमबाहेक कुनै धर्म हुँदैन । उनीहरु यो मेरो छोरानाती वा आफन्तको लागि भनेर स्विकार गर्दैनन ।

 

एउटा जानवरले आफ्नो बच्चावाहेक अरुको ’boutमा सोच्दैन । तर, हामी मान्छेहरु, आजको लागि मात्र नभएर भोली लागि पनि सोच्छौ जसले गर्दा हामी लोभ मोहको चक्करमा फस्छौ । सायद मान्छेमा रहेको ग्रिड (लोभ)ले नै मान्छेलाई आजको यो भौतिक संसारमा प्रगति गर्न अभिप्रेरित गर्यो । कुरा के हो भने, हामी नेपालीहरु आफ्नालाई पन्छाएर अरुलाई काखी च्याप्छौ । यो हाम्रो परम्परागत समस्या हो । नजिकको देउता हेला भने जस्तै, भइपरि आउँदा नजिकका मान्छेलाई टाढा राख्दा पनि केहि फरक पर्दैन भन्ने हाम्रो मान्यता हो । वास्तवमा समस्या त्यहीबाट सुरु हुन्छ । जब अफट्यारो पर्छ, त्यति वेला आफ्न्त चाहिन्छ ।

 

हाम्रा नेताहरु पनि यसमा अछुत छैनन । जब चुनाव आउँछ तव जनता चाहिन्छ । आफु सत्तामा आएपछि आफ्नालाई पाखा लगाएरै भएपनि सत्ता टिकाई राख्न नेताहरु उधत रहन्छन ।

 

अघिल्लो हप्ता भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा यस्तै भयो । ठीक हो घरमा पाहुना आउँदा राम्रो सत्कार गर्नु पर्छ । पाहुना हाम्रा देवता हुन । तर पाहुनालाई खुशी पार्न आफ्ना जनतालाई दुःख दिनुपर्छ भन्ने होईन ।

 

के हामी नेपाली आफ्ना पाहुनाको सुरक्षा सजग छैनौ ? के हाम्रा सुरक्षाकर्मी मोदी साहबको सुरक्षाको लागि असक्षम छन र भारतबाट ठूलो संख्यामा सुरक्षाकर्मी ल्याउँनु जरुरी थियो ? यो सम्भवत अहिलेको ओली सरकारलाई यस बिषयमा सोच्ने फुर्सत छैन । झन हाम्रा सञ्चार मन्त्रीज्यु त पञ्चायत शैली जे भने पनि हुन्छ जे गरे पनि हुन्छ भन्ने मानसिकतामा हुनुहुन्छ । अरु त के कुरा, प्रम ओली र भारतका प्रम मोदीको संयुक्त पत्रकार सम्मेलनमा नेपाली पत्रकारहरु बञ्चित ? यो कस्तो अचम्म ? संयुक्त पत्रकार सम्मेलन के को लागि ? खाली विदेशी पत्रकार र नेपालका केहि टिभि च्यानलको लागि मात्र ? कस्तो आश्चर्य ? देशमा प्रजातन्त्र, लोकतन्त्रहुदै गणतन्त्र ल्याउन, सरकारका कुरा जनतामा लैजान सञ्चार माध्यम चाहिने । यस्तो बेलामा चाँही केवल विदेशी पत्रकारलाई मात्र पहुँच ?

 

सायद यो कुरामा हाम्रा सम्माननीय प्रम ओली र उनका अति विश्वास पात्र सञ्चार मन्त्री, जसलाई आम सञ्चार माध्यम’boutमा कमै जानकारी छ, र उनी अनभिज्ञ छन् । हामी प्रेस स्वतन्त्रता’boutमा ठूला ठूला कुरा गर्छौ । तर, कसको लागि ? देशमा गणतन्त्र माया छ । तर, के पत्रकारहरु जो प्रजातन्त्र लागि आफ्नो ज्यानको वाजी राखेर समचार लेखे अब यो गण्तन्त्रमा उनीहरु नै आउट ? पञ्चायत निरंकुश शासन र अहिलेको ओली सरकारको गणतन्त्रमा के फरक ? धिक्कार छ हामी नेपालीलाई ! खोइ कहाँ छ हाम्रो प्रेस फ्रिड्म ? खोइ त हाम्रो पत्रकार महासघले यस बिषयमा डटेर कुरा उठाएको ? सबै तै चुप मै चुप ?