कांग्रेसका दुर्दशाको जिम्मेवार को ? –श्रीकृष्ण अनिरुद्ध गौतम

सभापति हरेक कार्यको सभापति हो । सभाको प्रमुख, सभाको न्यायकर्ता, न्यायदाता, हरेक निर्णयको प्रमुख हो । अर्थात्, जितेको भए जितको, हार्दा हारको जिम्मेवार हो । तर देउवाले पार्टी हारेकोमा आफ्नो जिम्मेवारी देखेनन् र उनका आसपासका छायाहरुले उनकै भनाइलाई सदर गरे । मानौं सभापति निर्दोष थिए, दोष अरुको मात्र छ ।

 

 

एक महिना लामो बैठक चल्यो तर नेपाली कांग्रेसका शेरबहादुर देउवा इतरका नेता, भावी नेताहरुले उनलाई गलाउन सकेनन् । पूरा जबर्जस्तीसाथ जित अन्ततः देउवाकै भयो । प्रश्न र बहसको विषय थियो, तीनै तहको निर्वाचनमा कांग्रेस किन पराजित भयो ? एकथरिले यसका लागि सभापति शेरबहादुर देउवा जिम्मेवार हुन् भनी रहे । देउवा र उनको पक्षले यसलाई स्वीकारेनन् । स्वीकारेनन् ’cause स्वीकार देउवाको शब्दकोशबाट उहिल्यै हराएको शब्द हो ।

 

एकैछिन्, यदि सभापति जिम्मेवार होइनन् भने को हो अथवा को हुन् त ? गए आइतबार समापन भएको बैठकले यसै विषयमा निष्कर्ष प्राप्त गरेको छ, ‘केन्द्रीय कार्यसमिति सामूहिक रुपमै हारका लागि जिम्मेवार हो ।’ त्यहीं जोडिएर आएको छ, कम्युनिस्ट एकजुट भएकाले कांग्रेसले हार्नु परेको हो, भारतीय नाकाबन्दीको प्रतिकार नगरेकाले पार्टीले हार बेहोर्नु परेको हो । टिकट वितरण, अन्तर्घात, असहयोगजस्ता विषयहरु त्यहीं समेटिएका छन् । अब सवाल छ, यी यावत् कारण हारमा सहायक रहेका हुन् भनिसकेपछि सभापतिलाई जिम्मेवारीबाट फुत्किने अवसर कसरी प्राप्त भयो ?

 

सभापति हरेक कार्यको सभापति हो । सभाको प्रमुख, सभाको न्यायकर्ता, न्यायदाता, हरेक निर्णयको प्रमुख हो । अर्थात्, जितेको भए जितको, हार्दा हारको जिम्मेवार हो । तर देउवाले पार्टी हारेकोमा आफ्नो जिम्मेवारी देखेनन् र उनका आसपासका छायाहरुले उनकै भनाइलाई सदर गरे । मानौं सभापति निर्दोष थिए, दोष अरुको मात्र छ । संस्थापन इतर पक्ष अर्थात् कांग्रेसको असन्तुष्ट पक्षले, जसमा आज रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला दुबै सँगै छन्, उनीहरु दुबै देउवाको जिद्दीबाट हार खाए । गगन थापालगायतका पंक्तिको असन्तुष्टिको पनि देउवाले कदर गरेनन् । कदर गरेनन् ’cause उनलाई के विश्वास छ भने विवेकको भाषा बोल्नेहरुलाई आफ्ना चाटुकारहरुमार्फत् मौन गराइआइएको छ र भविष्यमा पनि गराइने छ ।

 

देउवाले प्रस्ताव बहुमतबाट पारित गराए र प्रवक्ता विश्वप्रकाश शर्मालाई प्रस्ताव सर्वसम्मतिबाट पारित भएको भन्न लगाए । शर्मा कांग्रेसका उदीयमान नेता हुन् । उनले देउवाको हठलाई आफ्ना सुमधुर वाणीको लेप लगाइदिए । उनले त्यसो, निश्चय नै, आफू प्रवक्ता भएकोले मात्र गरेका होइनन्, यथार्थमा आफ्नो भावी राजनीति सुरक्षित गर्न खोजेका हुन् । ’cause उनलाई राम्ररी थाहा छ, विचारच्युत पार्टी–राजनीति एउटा सिन्डिकेट–विशेषका अधीन हुन्छ र त्यसका विरुद्ध जानेको आगामी बाटो, सिन्डिकेटविरुद्ध बोलेकै दिन रोकिन्छ ।

 

सभापतिको हठविरुद्ध उभिनु जोखिम मोल्नु हो । शर्माले पनि, अरु धेरैले जस्तै जोखिमको बाटो रोजेनन् । हुन त, बिचरा शर्माले देउवाको प्रवक्ता बन्न स्वीकार्नु नै आफैंमा जोखिमको बाटोबाट सुविधापूर्ण बाटोमा सुरक्षित अवतरण थियो ।

 

शर्मा अपवाद पात्र होइनन् । एक समयमा बडो निष्ठावान ठानिएका मान्छे अर्को समयमा अर्कै भएका प्रशस्तै दृष्टान्त छन् । उच्च शिरहरु लत्रेका देखिएका छन् । उनी त्यसमा थप एउटा दृष्टान्त बन्न गएका मात्र हुन् । तर यहाँ विषय शर्मा होइनन्, उनको त प्रसंगात् चर्चा गरिएको मात्र हो । यिनै चर्म चक्षुले थुप्रै असल ठानिएकाहरु बिगे्रका, सडेका देखिसकेको हुँदा जोसुकै बिग्रे, सडे अथवा बिके पनि अचम्म मानिँदैन । विश्वप्रकाश सप्रिदा उनै सप्रिने हुन्, बिग्रदा उनै बिग्रने हुन् । देउवा पनि कुनै बेला आशाका केन्द्र थिए, तर तिनै देउवा ज्ञानेन्द्रको झोलीमा पुगेका हुन् ।

 

यहाँ आशाका केन्द्रहरु भत्केका धेरै उदाहरण छन् । कांग्रेसमा मात्र होइन, एमाले, माओवादी, मधेसवादी सर्वत्र एकै कोटीका एकै थानको लंगोटी लगाउने नेताहरु छन् । योचाहिँ गतिलो, त्यो अगतिलो भनेर छुट्याउन सकिने दिन गएजस्तो छ । जनताले उचालेर माथि पु¥याउँछन्, माथि पुगेपछि मैमत्त हुन्छन्, फेरि तलै झर्छन् । देउवा तिनैमध्ये एक हुन् ।

 

तेह्रौ  महाधिवेशनमा तिनै देउवालाई कांग्रेस पंक्तिले मत दिएर सभापति बनाएका हुन् । देउवाका दुर्गुणसँग अनभिज्ञ रहेर उनीहरुले उनलाई रोजेका थिएनन् । निश्चय नै सुदूर विगतमा देउवामा केही गुण थिए । उनी साथीभाइसँग रमाउथे, सहज थिए । कार्यकर्ता, कांग्रेस शुभचिन्तकहरुलाई उनीसम्म सहज पहुँच थियो । तर, बुढानिलकण्ठ गृहप्रवेशसँगै उनी र कांग्रेसबीच तारको बार लाग्यो । उनी लोकतन्त्रप्रेमीहरुलाई वैरी ठान्न थाले । उनमा यो परिवर्तन आउनामा धेरैजसो उनकी ‘धर्मपत्नी’ श्रीमती आरजु देउवाको अहम् भूमिका छ भन्ने गर्छन् ।

 

निश्चय नै संगतको असर नपर्ने होइन तर संगत मात्रै निर्णायक हुँदैन । व्यक्तिको अन्तर्निष्ठा बढी शक्तिशाली हुन्छ । अन्तर्निष्ठाविरुद्ध जाने नेता कस्ता हुन्छन्, तिनको साक्षात्कारका लागि कतै अन्तै धाइरहनुपर्दैन, नेपालमै सर्वसुलभ हुन थालेका छन् । देउवा पनि तिनैमध्ये एक हुन् ।  तर किमार्थ के सत्य होइन भने नेपालमा अन्तर्निष्ठाविरुद्ध नै सबै उभिए । थिए, यहाँ पनि जो निष्ठाको पक्षमा उभिए । जस्तै, गणेशमान सिंह, मनमोहन अधिकारी र सबैभन्दा उल्लेख्य नाम हो, कृष्णप्रसाद भट्टराई । निश्चय नै भट्टराईजस्ता आध्यात्मिक उच्चतामा पुगेका बिरलै हुन्छन्, जो कत्ति पनि विचलित नभइ निष्ठामा अडिग जेल बस्न सक्छन्, चुनाव हारेर पनि हाँस्न सक्छन् । अन्तज्र्ञानले ओतप्रोत मन्तव्य दिएर प्रधानमन्त्री पद परित्याग गर्न सक्छन् । त्यस्ता युगपुरुषकै देश हो यो, र कांग्रेस पनि । तर दुर्भाग्यवश आज उनैले सिंचन गरेको कांग्रेस उनको एकरत्ति गुण नसरेका उदेकका प्राणीहरुको कब्जामा परेको छ ।

 

नेतृत्व दिने नेता हुन्छ । नीतिअनुसार चले त्यो नेता हुन्छ । नीतिको आश्रय न्युनतम् नै किन नहोस् राजनीतिक नैतिकता हो । निर्वाचनमा पराजयको प्रमुख जिम्मेवारी त्यसैले नेतृत्वकै हुन्छ । कांग्रेस जसको नेतृत्वमा निर्वाचनमा गएको थियो, उसैको हुन्छ । सभापतिको कुर्सीमा बस्नुछ तर जिम्मेवारीचाहिँ नलिने, अनि त्यो कस्तो नेता, के नतृत्व र कस्तो नैतिकता भयो ? बडो अचम्मको अकड छ । जिम्मेवारी नलिने भएपछि, ठिकै छ नि, सभापति भएर किन बस्ने ? किन बस्ने भने यसमा एउटै प्रयोजन देखिन्छ बस्नलाई बस्ने ! तर यसमा देउवालाई किन दोष दिइरहने जबकि सभापति नबन्दै उनी नचिनेका मानिस थिएनन् । चिनी चिनी, जानीबुझी कांग्रेसजनले उनलाई सभापति बनाएका हुन् र निर्वाचनै पिच्छे निरन्तर पराजयको स्वाद प्राप्त गर्न नै बनाएका हुन् । ’cause अलिकति पनि राजनीति बुझेको र कांग्रेस चिनेका हरेक मानिसलाई थाहा छ, कांग्रेसमा निर्वाचन अभियान हाँक्ने दृष्टिसम्पन्न नेतृत्व थिएन, त्यसैले पार्टीले दिशा पहिल्यान सकेन ।

 

दृष्टि नभएपछि दिशाको पत्तो हुँदैन । जब कोही दिशाहीन हुन्छ, गन्तव्य कता आफू कता हुनपुग्छ । अनि परिणाममा फेला पर्छ दुर्दशा । कांग्रेसमा हुनपुगेको त्यही दुर्दशा हो । यो दुर्दशाबाट मुक्त हुन कांग्रेसलाई जनजनमा नवजागरण र स्पूmर्ति ल्याउन सक्ने दृष्टिसम्पन्न नेतृत्व चाहिएको छ । त्यसैले युग सापेक्ष दिशा दिँदै दुर्दशाग्रस्त कांग्रेसको उद्धार गर्न सक्छ । त्यसो नभए, उद्धार सम्मव छैन, उद्धार नभए के हुन्छ, भनिरहनु जरुरी छैन, त्यो स्वतः प्रस्ट छ ।