जय नेपाल, जय बामगठबन्धन !  –राजन गर्ग

दोहोर्याइरहनै पर्दैन नेपाल संसारकै त्यस्तो अचम्मको मुलुक हो जहाँ जस्लाई जे गर्दा पनि छुट छ । त्यसमाथि सत्तामा बसेका त पशुपतिमा डामेर छाडिएका साँढे भएकाले उनीहरुलाई जस्को बाली चर्ने पनि छुट हुन्छ । सत्तासँग नजिक हुनेहरुलाई यो छुट मिल्नु अधिकार जस्तो भएको छ ।

 

भनिन्छ, बिहानीले दिउसोको सकेत गर्दछ । यो अनुवाद गरेर बनाइएको बाक्य हो । खासमा अंग्रेजको ‘मर्निङ सोज द डे’ नै हो ।

 

 

वाल्यकालमा यो के भनेको होला जस्तो लाग्थ्यो । तर साँच्चै बिहानीले दिउसोको सकेत दिदो रहेछ । केपी ओलीको नेतृत्वमा बाम गठ्बन्धन सरकार बनेपछि लागेको थियो कि अब त देशमा केहि भैहाल्छ ।

 

 

सरकार बनेको लगभग दुइ महिना नाघिसक्यो । सय दिन पुग्न अब एक महिना भन्दा कमै दिन मात्र बाकी छन् । तर न्युनतम सुधारका लक्षण सर्वसाधारण जनले महसुस गर्न पाएका छैनन । गरुन पनि कसरी ? सरकारले सुधारका एकपछि आर्का कार्यक्रमहरु ल्याएको भए पो !

 

 

यो स्वभाबिक प्रकृया नै हो । मानिसलाई सुखका दिनहरु बितेको पत्तो हुँदैन । सुख खुब मजासँग बित्छ । कहिले फेवाताल, कैले रारा ताल ! लोकप्रिय लोकगीत कहिले ललितपुर माया कहिले भक्तपुर भनेजस्तै !

 

 

कहिले मोनो रेल ल्याउने भनेर गफ दियो । कहिले मेलम्ची त कहिले रक्सौलबाट काठमाडौंसम्मको रेल गाडी आदिअदि ।

 

सत्ताको साचो आफ्नो हातबाट जनैमा झुण्डिएपछि जे गरे पनि भयो । जे बोले पनि भयो ।

 

 

मधेशका एकादुई बालबालिकालाई काखमा राखेर फोटो खिचाए पनि भयो र यिनको अभिभावकत्व लिन्छु भनेर घोषणा गर्दा पनि भयो । यसैगरी सरकार प्रमुख दिनचर्या जो बिताइरहेछन् । अनि कहाँबाट देशी बिदेशीबाट गिजोलिएको देशको बिकाश होस् ? त्यसैले विकास , आर्थि बृद्धि भनेको पनि शंकर लामिछाने को एब्स्ट्राक्ट चिन्तन प्याज जस्तै भएको छ ।

 

 

सरकार बनी हाल्यो । कम्तीमा दुइ बर्षसम्म अब कस्ले हटाउने ?

 

 

एकातिर बाम एकताको कुरा छ भने अर्कातिर मधेस मुद्धालाई संबोधन ! यी गाठी कुरा नमिलाइकन कसरी बिकास अगाडि बढ्ला ? उता प्रमुख प्रतिपक्षी नेपाली काग्रेसको होस हवासै गुम छ । नहोस पनि किन ? बाबुबाजेको बिर्ता जसरी भाँडभैलो गरिरहेको त्यत्रो सत्ता मतदाताको हातबाट कम्युनिष्टहरुले खोसेरै छाडे !

 

 

त्यत्रो सिंहदरबारको चहलपहल अधिनायकवादी बामपन्थीहरुले कब्जा गरेपछि सलाम पनि तिनैले गर्ने भए । ठेक्कापट्टा र विदेश भ्रमण र चाँदी कटाइ पनि तिनैले गर्ने ! अनि हिजो सलाम ठोक्नेहरुको लस्कर पनि तिनकै पछाडि ?

 

 

बीपीको प्रजातापन्त्रक समाजबादको भविष्य के हुन्छ ? चिन्ता उनीहरुलाई यसैको छ । कम्युनिष्टको हातमा प्रजातान्त्रिक समाजवादरुपी सत्तालाई कसरी एमाले–माओबादी कम्युनिष्टहरुलाई कसरी जिम्मा लगाउने ? नलगाउ जनताले धोका दिए, जिम्मा दिउ आफ्नो चित्तले स्वीकार्दै स्वीकार्दैन । मंसीरदेखिको छटपटीबाट हिजोको शासक र आजको प्रतिपक्ष नेपाली कांग्रेसका सदावहार नेताहरुलाई किमार्थ स्वीकार छैन ।

 

 

ओली जस्ता मान्छे देशको प्रधानमन्त्री बन्नु मुलुकको लागि दुखद भन्ने सोचबाट प्रतिपक्ष भैसक्दा पनि कांग्रेस बौरिन सकेको छैन ।

 

 

उता ओलीलाई पनि क्या मजा !? निकै भाग्यमानी हुन हाम्रा प्रधानमन्त्री केपी ओली । भाग्यमानी भए पछि भुतै कमारा भए जस्तै छ उनलाई ।

 

 

भनिन्छ, बामपन्थीहरु सपना बाड्न, झुटा अश्वासन दिन खप्पिस हुन्छन् । कम्बोडिया, क्युबा, उत्तर कोरियाका जनताले सबै भोगिसकेका छन् । भोग्दै छन । हामी हामी भने देखिरहेका छौ, नेपाल अब भेनेजुएला हुँदैछ ।

 

 

प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवा भन्छन्, अब नेपालीले त्यो भन्दा कम दुर्दश भोग्नु पर्ने देखिन्न । अब नेपालमा बोल्न पनि पाइदैन ।

 

 

कता गए हाम्रा बाममन्त्री लालबाबु पन्डित ? किन चुपचाप छन ? शायद डीभी , पिआर धारी कर्मचारीकै पछाडि छन् कि क्याहो ? अनि हाम्रा महान अर्थशास्त्री अर्थमन्त्री खतिवडा सर ? देशको ढुकुटी रित्तो छ भन्दा यी बिदेशीसँग गुहार माग्दै होलान् कि ?

 

 

दोहो¥याइरहनै पर्दैन नेपाल संसारकै त्यस्तो अचम्मको मुलुक हो जहाँ जस्लाई जे गर्दा पनि छुट छ । त्यसमाथि सत्तामा बसेका त पशुपतिमा डामेर छाडिएका साँढे भएकाले उनीहरुलाई जस्को बाली चर्ने पनि छुट हुन्छ । सत्तासँग नजिक हुनेहरुलाई यो छुट मिल्नु अचम्म होइन ।

 

 

अचम्मको कुरा के मात्र हो भने हामी नेपालीहरु चाँडै बिर्सन्छौ । हाम्रो स्मरणशक्ति साह्रै नै कमजोर छ । प्रम ओलीका चुनाब अगाडिका कुरा हामीले पनि बिर्सी सक्यौं । हामी यती सहनशील छौं कि जस्ले जे गरोस्, ती सबै विर्सन पनि हामी किन्चित ढिलाई गर्दैनौं । कथम्कदाचित विर्सिएनौं भने पनि हामी भगवान बुद्धको उपदेश पालना गर्न थालिहाल्छौं ।

 

 

हामी धेरै हदसम्म क्षमाशील छौ जस्तो लाग्छ । त्यसैले हामी निरन्तर ठगिदै आएका छौ । ठगिनु हाम्रो नियती हो । हामी त्यसमै रमाउछौं ।
समय जान केहि बेर लाग्दैन । सत्तामा हुँदा झन् समय कसरी बित्छ पत्तो हुँदैन । नत्र नेपाली कंग्रेसका नेता देउवाले केहि गर्थे होलान् । प्रम ओली, देउबा भन्दा फरक यस मानेमा छन कि उनी उखान तुक्का हालेर, मान्छे अनुसारको भाषाण गर्न माहिर छन् । ओली हत्तपत्त रिसाउदा पनि रिसाउदैनन् । यो उन्को खुबी हो । उनी बिरालाले मुसो खेलाए झै मान्छे खेलाउन जान्दछन् ।
यस्तो खुबीले युक्त भए पछि कस्को के लाग्छ ? अनि जे गरे पनि भएन ? अरु काम त कर्मचारीले गरिहाल्छन् नि । आखिर अरुको टाउकामा दोष थुपार्ने बानी हाम्रो मौलिक बानी हुँदै हो । मनानीय अर्थमन्त्रीज्युले पनि त्यही नै गर्नु भएको हो । जनता तथ्यांक बुझ्दैनन् । जे भनेनी भैहाल्यो । नयाँ बजेट आउन अब धेर समय छैन, यस परिस्थितिमा पनि राष्ट्रिय योजना आयोग गठन नहुनुले के इङ्गित गर्ला ?
बिकास, आर्थिक उन्नति भन्ने पनि गफै त रहेछ नि । आखिर जस्ले जे भने पनि, भन्न त छुट छ । हेरौ, बाम गठबन्धन सरकारले कस्तो बिकास गर्छ ? । नत्र त नेपाली कांग्रेसको हबिगत नहोला भन्ने ठाउ कतै छैन । जय नेपाल, जय बाम गठबन्धन !