कांग्रेसलाई रातो स्टिकर ! –कृष्णमुरारी भडारी

भुइचालोपछि घरघरमा लगाइएका राता, पहेंला र हरिया स्टिकर’bout नजान्ने कोही छैन । तर आजको स्तंभमा लेख्न खोजीएको भुइचालोको स्टिकर’bout होइन, नेपाली राजनीतिका तीन डन पार्टीहरु (नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी) लाई गएको निर्वाचनमा मतदाताले लगाएको रातो, पहेंलो र हरियो स्टिकर’bout हो ।

 

 

एक सातापछि महाभुकम्प (०७२ वैशाख १२ गते) गएको तीन वर्ष पुगेर चार वर्ष लाग्ने छ । यो भुइचालोले पु¥याएको क्षति र गरेको विनासवारे दोहो¥याइरहन पर्दैन । भुकम्प पिडितहरुलाई यो प्राकृतिक विपत्तीबाट जोगाउन के के काम भए ? के भएन वा केही पनि हुन सकेन ? यसवारे हामी सबै भुक्तभोगी छौं ।

 

 

एउटा कुरा भने राम्रैसंग भयो । त्यो के भने, भत्केर ध्वश्त भएका त लडिहाले, नढलेका घर वा संरचना खडा नै रहेका देखिए पनि ती बस्न लायक वा प्रयोग गर्न हुने खालका छन् कि छैनन् भनेर सरकारले इन्जिनियर पठाएर रातो, पहेंलो र हरियो स्टिकर टाँस्न लगाइहाल्यो ।

 

 

रातो स्टिकर लागेका संरचना भनेको खतरनाक हो । बस्नै नहुने गरी मर्केका, चर्केका र भत्कोका घर लगायतका संरचनाले रातो स्टिकर पाए । जसलाई मर्मत होइन, जतिसकिन्छ चाँडो पूरै ध्वश्त पारेर भत्काएपछि मात्र त्यो ठाउमा अर्को घर निर्माण गर्नु पर्छ भन्ने हो ।

 

 

पहेंलो स्टिकर लागेको घरमा मानिस वा पशुपंक्षी बस्न कुनै हालतमा हुँदैन तर सरसामान राख्दा भने फरक नपर्ने भनियो । साथै पहेंलो स्टिकर लागेको घरलाई रेट्रो फिटिंग गरेपछि मात्र त्यो मानव बस्न र पशुपंक्षी राख्न लायक हुन्छ भन्ने बिगुल फुकियो ।

 

 

हरियो स्टिकरको माने हो, अलिअलि चर्केर भत्केको जस्तो देखिने पाप्रा उक्किने र जोर्नीहरु फट्टिए झैं देखिने, लिपपोत गरेको धाँजा फाट्ने अवस्थाको हो । यस्तो भए पनि हरियो स्टिकर लागेको घरमा बस्न मिल्छ भन्ने सिफारिस हो ।

 

 

हरियो स्टिकर लाग्नु भनेको घर भत्केको जस्तो देखिए पनि बिग्रीसकेको छैन भन्ने हो । यस्ता घरमा पहिले झैं निर्धक्क भएर बस्दा फरक पर्दैन भनियो ।

 

 

यी तीनथरि स्टिकर’bout नजान्ने कोही छैन । तर आजको स्तंभमा लेख्न खोजीएको खासमा भुइचालोको स्टिकर’bout होइन । भुकम्पविद र प्राविधिकहरुले भुइचालोले नष्ट भएका संरचनालाई वर्गीकरण गरेर जसरी निराक्षरले पनि बुझन सक्ने पारेर रंगको प्रयोग गरे, यो तरीका पैंचो लिएर नेपाली राजनीतिका तीन डन पार्टीहरु (नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एमाले) लाई मापन ग¥यो भने कस्तो परिणाम आउला भनेर छायांकन गर्न खोजीएको मात्र हो ! यो चश्माबाट हेर्दा नेपाली राजनीति सजीलोसंग बुझ्न, जान्न र प्रष्ट्याउन सकिन्छ कि भनेरै हो ।

 

 

आमनिर्वाचनमा घोषणापत्र मार्फत मतदाता समक्ष पु¥याइएका तीनवटै पार्टीका नीति कार्यक्रमलाई जनताले चुनावमा कुन रंग लगाइ दिए होलान् ? पार्टीमाथि जनताले लगाएको रातो, पहेंलो र हरियो रंगको अर्थ र त्यसको सन्देश के हुन्छ होला ? यही खोजमा आजको आलेख केन्द्रित छ ।

 

 

पत्रकारितामार्फत भुकम्पका प्राविधिकहरुले प्रयोग गरेको विधिबाट हेर्दा ठूला दलहरुको हैशीयत कस्तो देखिएला ? देशका प्रमुख दलहरुले जनताबाट पाएको शिक्षालाई कसरी ग्रहण गर्न सक्छन् ? अनि उनीहरुले आफूमा के सुधार गर्नुपर्छ होला ?

 

 

वैशाख १२ गते गएको भुइचालो र त्यसपछि १४ वटा जिल्लाहरुमा लामो समय गएका पराकम्पले थप के कति क्षति पु¥याए ? शिक्षा दिए ? र, पालना गरे ? यो पनि सर्वत्र जगजाहेर नै छ ।

 

 

तर २०७४ सालको राजनीतिक भुइचालोले फनफनी घुमेर मर्किए, चर्किए र थचारिएका पार्टीको हैशीयत रातो, पहेंलो र हरियो स्टिकर कुन पार्टीले के पाउने भयो होला ? यो विषयलाई हल्कासंग पर्गेल्दा पनि यसको परिणाम एकपछि अर्को गर्दै झन्झन् धेरै चाख लाग्दो पो देखिदै आयो । यो अध्ययन पाठकहरुलाई पनि साँच्चै रोचक, घोचक र ज्ञानवद्र्धक हुनसक्ने विश्वास लेखकको रहेको छ ।

 

 

गएको चुनावमा नेपाली कांग्रेसलाई मतदाताले रातो स्टिकर लगाइ दिए । सत्तामा रहेको र सबैभन्दा ठूलो भनिने कांग्रेसलाई जनताले रातो स्टिकर लगाइदिएर के सन्देश दिए भने भुइचालोमा रातो स्टिकर लागेका घरलाई जस्तै नेपाली कांग्रेसलाई पनि गर्नुपर्छ अर्थात, संरचनामा राजनीतिक दल देखिए पनि कांग्रेस भुइचालोले मर्काएर थङ्गथिलो भएको त्यो घर जस्तो छ, जसलाई मर्मत होइन, पूरै भत्काएर त्यहाँ थुप्रिएको फोहोर डोजर लगाएर मिर्काउनु पर्छ ।

 

 

कांग्रेस भत्किएर थुप्रिएको कुडाकरकट नमिर्काउने हो भने कांग्रेस नयाँ, बलीयो र सुविधाजनक पार्टी बन्नै सक्दैन । कांग्रेस बनेन भने त्यो घरमा बस्नेहरु जो भुइचालो भन्दा ठूलो राजनीतिक उथलपुथलमा पनि बाँच्न सफल तिनको आफ्नो घर हुँदैन । आफ्नो आवास भएन भने कांग्रेसीहरु टुहुरा बन्ने छन् ।

 

 

चुनावमा मतदाताले दोस्रो संबिधानसभामा तेस्रो हैशीयतको पार्टी बनेको नेकपा माओवादीलाई पहेंलो स्टिकर लगाइ दिए । पहेंलो स्टिकर भुकम्पमा त्यस्ता घरहरुमा टाँसियो जो आंसिक रुपमा भत्किएका थिए । यसको अर्थ हो त्यस्तो घरलाई भविष्यमा पनि प्रयोग गर्न सकिन्छ तर त्यसलाई मर्मत र रेट्रो फिटिङ्ग गर्नुपर्छ । दह्रो मर्मत र रेट्रोफिटिङ्ग गरेपछि मात्र पहेंलो स्टिकर लगाइएको घर मानव वा पशुहरुको वसोवास निम्ति उपयुक्त हुन्छ ।

 

 

चुनावमा मतदाताले नेकपा एमालेलाई हरियो स्टिकर लगाइ दिएर जिताइ दिए । ठूलो भुइचालो जाँदा पनि नभत्किएका घरहरुमा मात्र प्राविधिकहरुले हरियो स्टिकर टाँसेर यो घर मानव वसोवासका लागि उपयुक्त छ भनेका थिए । यसको अर्थ हो एमालेले जुन नीति तथा कार्यक्रम अगाडि सारेर स्थानीय, प्रदेश र संघीय निर्वाचनमा भाग लिएर जनताको मत निम्ति आग्रह गरेको थियो, त्यसलाई जनताले स्वीकार गरे ।

 

 

के अव रातो स्टिकर टाँसिएको नेपाली कांग्रेस भुइचालोले ध्वश्त भएको धरापे घर जसरी नै पुरानो घर भत्काएर त्यहाँ थुप्रिएको कुडाकरकट हटाउदै नयाँ घरको जग हाल्न लाग्ला ? त्यसो नगर्ने हो भने जसरी पुननिर्माण प्राधिकरणले भुकम्प पीडितलाई पहिलो किस्ता दिदैन, त्यसैगरी रातो स्टिकर टाँसिएर पनि नवनिर्माणमा नलागेको कांग्रेसलाई जनताले भविष्यमा पनि पत्याउदैन ?

 

 

त्यस्तै पहेंलो स्टिकर लागेको नेकपा माओवादी भुइचालोले आंशिक रुपमा क्षतिग्रस्त घरलाई झै पार्टीको रेट्रोफिटिङ्ग गर्न लाग्ला ? अथवा मर्मत संभार नगरिकन बस्नै नहुने सावित भैसकेको घरमै बस्ने ढिपी नै गरिरहला ?

 

 

जहाँसम्म नेकपा एमालेको कुरा छ, निर्वाचनमा त यो पार्टीले मतदाताको अपूर्व समर्थन पायो । चुनाव पनि जित्यो । स्थानीयदेखि प्रदेश हुँदै केन्द्रसम्म सरकारहरु पनि बनायो । भुइचालोमा क्षतिग्रस्त नभएको जनाउने हरियो स्टिकर पनि पायो । कांग्रेस र माओवादीले पाल वा टहरामा जीवन विताइरहेका बेला एमालेले घरमा बस्न त पाएको छ, तर पुरानै घर अर्थात पुरानै सोच र कार्यक्रम बोकेर बसिरह्यो भने भविष्यमा पनि जनताको समर्थन पाइरहला ?