कालो बादलको खतरा –अरविन्द रिमाल

 

 

हामी समस्त नेपाली आज जुन शिक्षा, संस्कृति, भाषा, रीतिथिति र सभ्यताका साथ जीवन चलाएर आएका छौ, ती सबैमाथि विदेशी शक्तिहरुको नाङ्गो प्रहाररुपी कालो बादल मडारिरहेको खतराको सर्वत्र चर्चा भइरहेको छ ।

 

 

सामाजिक संजालहरु र चेतनशील–देशभक्तहरु यस भयावह खतराप्रति स्वाभाविक तवरले रोष एवं आक्रोश व्यक्त गरिरहेका छन् । युरोपियन युनियन, इयुको राजधानी ब्रसेल्सबाट आएको प्रहारमा भेटिकन, वाशिंगटन, लण्डन आदि पश्चिमी राजधानीहरुको मिलेमतो भएको स्पष्ट छ ।

 

 

यी सबै नेपाल र नेपालीहरुसित २५० वर्षदेखिको रिस फेर्न छटपटाउँदै जादाँ अहिले त सामान्य शिष्टाचार समेत लत्याएर नाङ्गो हस्तक्षेपमा ओर्लेका छन् ।

 

 

आफ्नो देशमा ईसाइबाहेक अरु धर्मप्रति असहनशील रहेका शासक र तिनका आज्ञाकारी संघ–संस्थाहरु नेपालमा धर्म निरपेक्षता लाद्न, त्यसअघि दशवर्षे जंगल युद्ध लाद्न सकेका, हिसाबनै बुझाउन नपर्ने गरी करोडौ–अरबौँको रकम लोभलालच वा डरधम्कीले सिधासाधा र अभाव–पीडित नेपालीहरुलाई धर्म बदल्न लगाएकाहरु नेपाल भू्िमलाई ‘सभ्यताका भीडन्तको थलो’ बनाई हाम्रो मित्रदेश चीनको विरुद्ध राज्य–विस्थापन दुष्चेष्टामा लागेका पनि सर्वविदित नै छ ।

 

 

यी कुकर्ममा साथ दिने हाम्रो दक्षिणी मित्रदेशका सत्ताधारी तथा अंग्रेजले पाले–पोषेका कर्मचारी–जासुसी संस्थाहरु आफ्नै देशका लागि प्रतिउत्पादक हुनसक्ने हालको कार्यमा सहभागी छन् वा छैनन् भन्ने अडकलमा हामी लाग्न चाहन्नौ ।

 

 

यो तिनकै अन्तस्करणको, यदि त्यो छ भने है, विषय हो । तर नेपाल र नेपालीको विरुद्ध ईसाइ पश्चिमी राज्ययंत्रको अन्तर्घात वस्तुत एशियाली शान्ति र सभ्यताकै विरुद्ध लक्षित छ । यस दुष्परिणामको असरबाट भारत अछुतो रहन सक्नेछैन भन्ने चेत तिनलाई भए जाती हुनेछ ।

 

 

हामी नेपालीहरुलाई अहिले संविधान “सुधार्न“ अर्ति दिनेहरु हिजोका दिनमा मदन भण्डारीको “ दुर्घटना“ रुपी हत्या र राजा वीरेन्द्रको वंशनाशको योजनामा सामेल थिए भन्नुमा अत्युक्ति हुनेछैन ।

 

 

’em निरन्तरको युद्ध एक वा अर्को तरिकाले गरिरहेका छन् । पात्रता नेपाली थियो होला तर योजनाको थलो त उहीँ पुराना अँध्यारा कोठा नै थिए ।

 

 

मदन भण्डारीले नेपालमा कम्युनिष्ट राजनीतिलाई बिल्कुलै नयाँ आयाम देलान् भन्ने खतरा थियो, ’emलाई । वीरेन्द्रले भारतीयहरुलाई नेपाली नागरिकता दिन र अमेरिकीहरुलाई नेपालभित्र चीनविरुद्ध हवाईअखाडा बनाउन दिन इंकार गरेकाले सिद्धयाइएको त खुला रहस्य नै थियो । जसको परिस्थितिजन्य प्रमाण यो लेखकको “१९९७सालदेखि २०१७ साल–एक अवलोकन“ मा १२ वर्षअघि नै आइसकेको थियो ।

 

 

उहिलेको पादरीको बर्दीमा नभई कुटनीतिक पहिरनमा आएका नयाँ जेसुइटहरुलाई पृथ्वीनारायण शाहले गलहत्याएर निकालेको जस्तो देश निकाला गर्न त अहिलेका शासकहरुले के सक्लान् ? र, तिनका नेपाली चाकरहरुलाई के तह लगाउन सक्लान् ?

 

 

तर नेपालीे देशभक्तहरुले सरकारको मुख नहेरी भीमसेन थापाले अंग्रेज साम्राज्यवादीविरुद्ध एशियाली अभियानको आव्हान गरेजस्तै गरी जनस्तरमा अभियान चलाउन सक्नैपर्छ ।

 

 

आज संसारमा विभिन्न भेषभुषाका अत्याचारी–आतंककारी शासनयन्त्रको विगविगि छ भने तिनकै देश विशेषमा तिनकोविरुद्ध राजनीतिक तथा जनआन्दोलन पनि अभु्तपु्र्व रुपमा बढ्दै आइरहेछ ।

 

 

लेबर पार्टीले “बेलायतमा शान्ति स्थापनाको लागि एउटा मौका दिइयोस् । पु्र्व प्रधानमन्त्रीद्वय टोनी ब्लेयर÷डेभिड क्यामेरुन÷ वर्तमान प्रम थेरेसा मे युद्ध पिपाशुहरु भनेर पर्चा–पोस्टर देशभरी नै छरिएका र टाँसिएका छन् । योे मामु्ली घटना होइन ।

 

 

बेलायतमा बस्ने नेपाली मु्लका नागरिकहरुले आफ्ना मत आगामी आमनिर्वाचनमा लेबर पार्टीलाई दिएर त्यसलाई जिताए भने नेपालभित्रै पनि देश–विभाजन, जातीय द्वन्द–कलह धेरै नै रोकिन जान्छ ।

 

 

अर्काेतिर, विश्वभरीकै आतंककारी कार्यको हेडक्वाटर रहिआएको सिआइए÷पेन्टागनमाथि धावा गर्न लाखौलाख अमेरिकी महिलाहरुले आगामी अक्टोबर महिनामा योजना बनाएका छन् भने लाखौँ अमेरिकी विद्यार्थीहरु ह्वाइट हाउस घेराऊ गरेका छन् ।

 

 

उनीहरु अब ट्रम्प शासनमा बन्दुकको नाकमा अध्ययन गर्न तयार छैनन् । आज बेलायतमा कोर्नबी र अमेरिकामा जर्ज स्यान्डर्स जस्ता राजनेताहरु आफु्माथि राजनीतिक बोक्सी लखेँट्याई राजनीतिक बोक्सीको शिकार नसहेर भए पनि र पुरानै तालले “ रुसी दलाल “ भएको लांक्षना लाग्दालाग्दै भए पनि स्वस्थ राजनीतिको लागि र युद्ध–आतंकवादको विरुद्ध लड्दै आईरहेका छन् ।

 

 

आज पश्चिमी देशहरुमा पादरी बर्दी लगाउने बाल यौन शोषकहरुको भण्डाफोर भईरहेछ भने सार्कोजी जस्ता आततायीहरु खोरमा थुनिन जाँदैछन् ।
हाम्रो नेपाली भनाई हो “ पाप धुरीबाट कराऊँदछ“ । लिबीयाको मानव संहारी जोन अफ आर्क, भीक्टर ह्युगो, कोमुनार्ड्स÷रोमा रोलानको देशको दण्डसजाँयबाट अवश्य पनि वच्न पाँउदैन होला । अनि फेरि लिबीयाकै, सिरिया र येमनका नरहत्याराहरु पनि वच्न नपाउँन् भलै ’em हिजो अमेरिकाका शासक थिए ।

 

 

तर अमेरिकी शासनतन्त्र त ’em जो अरुलाई स्वतन्त्रता दिन इन्कार गर्छन् र आफूलाई भने त्यो अपरिहार्य भएको दावी गर्ने उदगार व्यक्त गर्ने आफ्नै राष्ट्रपति अब्राहम लिँकन, ‘म राष्ट्रपतिको उच्च पद छाडनु अघि हाम्रो शासनव्यवस्थाको सबैबेथीतिको भण्डाफोर गर्नेछु’ भन्ने राष्ट्रपति केनेडीको  एकैहप्ता पछि पछाडिबाट कायरताका साथ हत्या भयो ।

 

 

अनि दुबैको असली हत्यारा त फेला परेन वा पारिएन, त्यसैले नक्कली भए पनि ‘फेला पारेरै’ प्रस्तुत गरियो ! अमेरिकाको भित्री रहश्यमयी समाज’bout धेरै जानकारी राख्ने महान्यायाधिवक्ता रोवर्ट केनेडी पनि रहश्यमयी किसिमले सिद्ध्याइए ।

 

 

यी सबै तथ्य–सत्य हालै मात्र अमेरिकी मिडीयामा आएका हुन । अब हामीले यस्ताबाट नैतिकता, सुशासन र संविधान परिमार्जन र पालनको अर्ति–उपदेश सुन्नुपर्ने र नसुने दण्ड सजाँय भोग्नुपर्ने रे । कस्तो घोर कलीकाल !!!

 

 

आफ्नो नागरिक दायित्व परिपालना नगर्नेको त भगवानले पनि सुन्नुहुन्न । त्यसैले हामी आफ्नो कर्तव्य पालन गर्न नचुकौँ ।

 

We defy your diktat;    We indict

you , the whole of Western Powers, for your temerity in interfering in our  internal affairs and for your sinister

attempts to wreck our inviolable unity and brotherhood= Long live Nepal ! Down with the imperialistic policy and practice of divide and rule !

In short this is the indictment of a proud citizen   of 85, of a proud country,  NEPAL ! रिमालको फेसबुकबाट