साच्चै कहाँली लाग्दो छ, नेपाली समाज – राजकुमार केसी

भखरै अर्थमन्त्रीले चित्रित गरेको देश को आर्थिक स्थितिलाई एकछिन नियाल्ने हो भने हाम्रो देशको अर्थतन्त्र आउँदा दिनमा अझ धेरै आर्थिक संकटको भुमरीमा पर्ने निश्चित छ । जब राष्ट्रको ढुकुटी रितिन्छ, खर्च टार्नको लागि ऋण पान गर्नु पर्ने हुन्छ । शिक्षा, स्वास्थ्य, र विकासका मुद्धा ओझेलमा पर्दै जान्छन । भ्रष्टाचार, विकृती बढदै जान्छन ।

 

 

के नेपाली समाज झन दिन प्रतिदिन असुरक्षित बन्दै गएको हो ? सामन्य हिसाबले यस्तो प्रक्षेपण गर्न गाह्रो छ । स्रोत साधन सिमित छ । त्यही सिमित स्रोत साधनहरु असिमित जनसंख्यावीच वितरण गर्नु पर्दा समाजमा अस्थिरता, अशान्ति सृजना हुनु कुनै नौलो होईन । सामन्यतया अर्थशास्त्रको सिद्धान्तअनुसार जब माग र पुर्ती वीच ब्यापक असन्तुलन पैदा हुन्छ, त्यहाँ अशान्ति र कलह सृजना हुन्छ । यो प्राकृतिक नियम नै हो । सिमित स्रोतमा पहुँचको लागी मान्छे मान्छेवीच द्वन्द्व, कलह, झैझगडा हुनु कुनै अस्वभाविक होईन ।

 

 

अफ्रीकी मुलुक रुवान्डा, सोमालिया, नाइजेरियाको विगत हामीले देखेका छौ । यदी बेलैमा सजगता नअपनाउने हो भने सायद हामी कहाँ पनि त्यो दिन आउन धेरै छैन । बढ्दो जनसंख्या, आर्थिक व्यवधान, सिमित स्रोत साधन अनि त्यसवाट उब्जिएका विकृतिहरु । भखरै अर्थमन्त्रीले चित्रित गरेको देश को आर्थिक स्थितिलाई एकछिन नियाल्ने हो भने हाम्रो देशको अर्थतन्त्र आउँदा दिनमा अझ धेरै आर्थिक संकटको भुमरीमा पर्ने निश्चित छ । जब राष्ट्रको ढुकुटी रितिन्छ, खर्च टार्नको लागि ऋण पान गर्नु पर्ने हुन्छ । शिक्षा, स्वास्थ्य, र विकासका मुद्धा ओझेलमा पर्दै जान्छन । भ्रष्टाचार, विकृती बढदै जान्छन । सामाज झनैै असुरछित वन्दै जान्छ । बिगत केहि बर्षको तथ्याङ्क हेर्ने हो भने, समाजमा अपराधका घटनाहरु कहाँली लाग्दो मात्रामा बढेको छ । जब गरिबी बढ्दै जान्छ, सुरक्षा निकायले मात्र अपराध रोक्न सम्भव हुँदैन । समाजमा जतीजती समृद्धि हुँदै जान्छ सामाजिक अपराध बिस्तारै घट्दै जान्छ । जब मान्छे आफ्नो आवश्यकता पुरा गर्न सक्दैन, अनि उ विद्रोह गरेर, चोरेर, लूटेर भएपनि आफ्नो आवश्यकता पुरा गर्न उद्यत रहन्छ ।

 

 

अहिले हाम्रो समाजमा पनि भएको त्यही हो । साधन र स्रोत कम छन, माग भने असिमित छ । बिगतमा केहि नभए पनि माग र पुर्ती वीचमा केहि हदसम्म तालमेल थियो । सामाजिक अपराध धेरै हदसम्म कम थिए । यो कहाँली लाग्दो स्थितिमा समाज कसरी अगाडी बढला ? निश्चय पनि आज यो चिन्ता को बिषय बनेको छ ।

 

 

सामाजिक अपराध जस्तै, भ्रष्टाचार बढ्नुको मुल कारण गरीबी र हाम्रो पछौटेपन पनि हो । यद्यपी, गैर आर्थिक कारणले पनि नेपाली समाज झन झन असहज देखिन थालेको छ । यो आज को नेपाली समाज सामु ठुलो चुनौती हो । के यी सामाजिक जटिलता झन चुलिदै जाला ? समाजको विकास यसरी नै होला भनेर किटान गर्न त्यति सजिलो छैन ।

 

 

हामी कहाँ विद्यालयमा नागरिक शिक्षा पढाइदैन । जब हाम्रो शिक्षामा नागरिक शिक्षा भन्ने कुरा हुँदैन, त्यतिबेला, हाम्रो शिक्षा केवल कागजी कुरामा मात्र सिमित रहन्छ । यदी समाजमा ब्यापक रुपमा विसंगतीहरु पैदा हुन थाल्यो भने अपराधका घटनाहरु बढ्दै जान्छन । हामी कहाँ भएकै त्यही छ । समाजलाई अनुशासित बनाउन नागरिक शिक्षाको ठुलो भूमिका रहन्छ । कुनै पनि समाज, समृद्ध हुन त्यो समाज कुन हदसम्म सभ्य छ भन्ने कुराले निर्धारण गर्दछ । नागरिक शिक्षा आजको नेपाली समाजमा नभै नहुने कुरा भईसकेको छ । यो आज को आवश्यकता पनि हो ।

 

 

के हाम्रो शिक्षा प्रणाली अरु देशको भन्दा खस्कदै गएको हो ? विगत केहि वर्षयता निश्चय पनि शिक्षाको स्तर घट्दै गएको चाँही साँचो हो ।

 

 

केहि बर्ष अगाडी एक जना जर्मन अनुसन्धानकर्ताले भनेको कुरा घरीघरी याद आउछ । उनले भनेका थिए, यहाँ कुनै पनि सिद्धान्तले काम गर्दैन । सबै कुरा भताभुङ्ग हुँदा हुँदै पनि दैनिक जीवन चलेकै छ । भन्न खोजेको कुरा के हो भने यदी समाजलाई नागरिक शिक्षा दिने हो भने समाजले बदलिदो परिपेक्ष्यमा विसंगती विरुद्ध उभिन जोकोइलाई पनि उत्प्रेरित गर्दो रहेछ । आजैबाट समाजमा सकरात्मक सोचको विकास गर्ने कसो नसकिएला ?

 

 

अहिले हामीमा आत्मविश्वासको कमी छ । समाजका विसंगति, कुरिती विरुद्ध हामी आखिर लड्नै पर्छ । समाजमा रहेका विसंगती त्यतिकै आफै हट्दैनन् । सरकारी तवरबाट मात्र यो सम्भव पनि छैन । नागरिक समाज, व्यक्ती सबैको संयुक्त प्रयासबाट मात्र एउटा सभ्य समाज निर्माण गर्न सकिन्छ । तर, सबैमा दृढ अठोट चाहिन्छ ।

 

 

मुख्य कुरा अहिले हामीमा सामुहिक अनुशासन र आत्मअनुशासन दुवैको खाचो छ । समाजका विसंगति, कुरिती विरुद्ध आखिर हामी लड्नै पर्छ । त्यसको लागी हामी काधमा जिम्मेवारी, मश्तिष्कमा समझदरी र हृदयमामा इमानदारिताको बोध हुन जरुरी छ ।