यसपालि एउटा प्रश्न:  के प्रधानमन्त्री भएपछि स्मरणशक्ति गुम्ने गर्छ ? –श्रीकृष्ण अनिरुद्ध गौतम

 

जे भए तापनि मान्नैपर्यो नेपाल–भारत सम्बन्ध चैत्र २३ गते बिहान जहाँ थियो, अब त्यहाँ छैन, उक्लिसकेको छ । ’cause, मोदीको उद्घोषअनुसार चिनियाँ रेललाई उछिन्दै अब भारतले ल्याइदिने रेल रक्सौलबाट काठमाडौं उक्लिने छ । त्यही रक्सौल जहाँ २०७२ सालमा पाँच महिनासम्म नेपालतर्फ आइरहेका मालवाहक गाडीहरु, तेलका ट्यांकर र ग्यास बुलेटहरु रोकिएका थिए, त्यही ठाउँबाट काठमाडौंतर्फ विद्युतीय रेल आउने भएको छ । जबकि, भारत नै चीन र जापानबाट रेलको आधुनिकीकरणका लागि सहयोग मागिरहेको छ । ओलीको भ्रमणका कारण मोदीबाट नेपालमा चाहिँ अत्याधुनिक विद्युतीय रेल आउने चामत्कारिक घोषणा भएको छ ।

 

 

चैत्र २३ गते दिल्लीतर्फ प्रस्थान गरेका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली उनका भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको निम्तोमा गएर उत्तराखण्डको पन्तनगर हुँदै चैत्र २६ मा डाक्टर उपाधिसहित घर फर्किसकेका छन् । घर नफर्किदै र फर्केपछि पनि उनले आफ्नो भ्रमणलाई सफल भनेका छन् । उनी र उनको भ्रमण दलका सदस्यहरुले उनीहरुको भ्रमणकै कारण नेपाल भारत–सम्बन्ध नयाँ ऊचाइमा पुगेको महसुस गरेका छन् ।

 

पोहोर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले र त्यसपूर्वका प्रधानमन्त्री पुष्पकमल दाहालले पनि सम्बन्धलाई नयाँ ऊचाइमा पुर्याएका थिए । ०४६ साल यता जति पनि नेपाली प्रधानमन्त्रीहरु भारत भ्रमणमा गए, उनीहरु सबैले दुई देशबीचको सम्बन्धलाई नयाँ नयाँ ऊचाइमा पुर्याएको दाबी गरेका थिए । ऊचाइ किलोमिटरका हिसाबले उक्लेको हो भने निश्चय नै अहिलेसम्ममा सगरमाथाभन्दा अग्लो भइसकेको हुनुपर्छ । तर, किलोमिटरमा हो कि मिटरमा कसैले पनि एकिनसाथ भनेको छैन, त्यसैले सम्बन्ध कति उक्लियो त्यसको एकिन जानकारी अहिले प्रतीक्षाकै विषय रहेको छ ।

 

तथापि किलोमिटर होस् कि मिटर, जेसुकै होस्, यसपालि ओलीले फेरि सम्बन्धलाई नयाँ ऊचाइमा पुर्याएका चाहिँ पक्कै हुन् ।

 

जे भए तापनि मान्नैपर्यो नेपाल–भारत सम्बन्ध चैत्र २३ गते बिहान जहाँ थियो, अब त्यहाँ छैन, उक्लिसकेको छ । ’cause, मोदीको उद्घोषअनुसार चिनियाँ रेललाई उछिन्दै अब भारतले ल्याइदिने रेल रक्सौलबाट काठमाडौं उक्लिने छ । त्यही रक्सौल जहाँ २०७२ सालमा पाँच महिनासम्म नेपालतर्फ आइरहेका मालवाहक गाडीहरु, तेलका ट्यांकर र ग्यास बुलेटहरु रोकिएका थिए, त्यही ठाउँबाट काठमाडौंतर्फ विद्युतीय रेल आउने भएको छ । जबकि, भारत नै चीन र जापानबाट रेलको आधुनिकीकरणका लागि सहयोग मागिरहेको छ । ओलीको भ्रमणका कारण मोदीबाट नेपालमा चाहिँ अत्याधुनिक विद्युतीय रेल आउने चामत्कारिक घोषणा भएको छ ।

 

जे होस्, रेल त आउने भइ गयो, अर्को पनि सुखद समाचार छ । नेपालका नदीहरु, जहाँ मोटरबोटकै सहज पहुँच स्थापित भएको छैन, त्यहाँ नरेन्द्र दामोदरदास मोदीले सोझै बंगालको खाडी हुँदै हिन्द महासागरमा पौडने पानी जहाज नै ल्याइदिने भएका छन् । यसलाई पाठकहरुले नपत्याएको नठान्नु होला, भारतीय प्रधानमन्त्रीले बोलेका हुन्, नपत्याउने कुरै भएन । पत्याएरै २२ वर्ष भयो, पञ्चेश्वर कुरेर बसिएको छ । भारतका शक्तिशाली प्रधानमन्त्री मोदीले भनेका हुन्, नपत्याएर भो !

 

भारतमा भलै प्रतिदिन किसानहरु ऋणले थिचिएर आत्महत्या गरिरहेका किन नहुन्, मोदीले नेपालमा कृषि क्षेत्रको आधुनिकीकरणमा दिलोज्यानले सहयोग गर्ने बाचा गरेका छन् । यसरी ओलीको यो भ्रमण सफल त भयो नै असाध्यै स्वप्निल पनि भएको छ । त्यो किन पनि भने ओलीको यस भ्रमणले पुराना कटु अनुभवहरुलाई चटक्कै बिर्साइदिएको छ ।

 

भूकम्पपछि भारतले सहयोग गर्ने भनेको रकम काठमाडौंसम्म रेलमार्ग नभएकै कारण ल्याउन सहज नभएको भन्ने कुरा कुन नेपालीलाई थाहा छैन र !

 

नाकाबन्दी पनि वास्तवमा भारतबाट सोझै काठमाडौं आउने रेल नभएकैले लागेको हो । रेल हुन्थ्यो भने दश गजामा धर्ना बसेकालाई रेलको चर्को सिटीले नै हटाउने थियो । रेलले किचिने डरले नै मधेस केन्द्रित दलका कार्यकर्ताहरु आफैं भागम्भाग हुने थिए । भारततर्फ पाँच महिनासम्म भात खुवाएर धर्नाकारीलाई पाल्नुपर्ने नै थिएन ।

 

हुन त २०५८ सालमै पूर्वपश्चिम रेल मार्गको सर्वेक्षण गर्ने भनेर भारतसित एमओयु भएको थियो, १६  वर्ष बितिसके खै के गर्यो, कति गर्यो, त्यसको समीक्षा नै भएको छैन । हो त, पहिलाका कुरा बिर्सिए भइगयो । पहिलाको समीक्षा किन गर्नु, नयाँ गर्ने, नयाँ नयाँ थप्दै जाने । पुराना बिर्सिने, नयाँ सम्झौता गर्दै जाने ।

 

’cause ओलीले भनी सके पुराना असहजता बिर्सेर अब सम्बन्धलाई एक्काइसौं शताब्दिअनुरुप बनाउने हो । यो एक्काइसौं शताब्दिचाहिँ के रहेछ कुन्नी, गर्दै गयो बिर्सिदै गयो । तर जनताले त भारतीय नाकाबन्दीले दिएको डरलाग्दो यातना भोगे नि, त्यो पनि बिर्सिदिने ? जनताले नबिर्सेरै उनलाई जनादेशले अलंकृत गरेका थिए । त्यही अलंकारका कारण उनले बिर्सने क्षमताको विकास गर्ने अवसर पाएका हुन् ।

 

उनी यदि आज प्रधानमन्त्री हुँदैनथे भने सम्भवतः बिर्सने थिएनन् । तथापि चुनावमा आशातीत सफलतासँगै बिर्सिने क्षमतामा उच्च अभिवृद्धि भएकोमा चाहिँ प्रधानमन्त्री बधाईका पात्र बन्न गएका छन् ।

 

एउटा प्रश्न आयो मनमा त्यो पनि राखिहालौं, प्रधानमन्त्री भएपछि मान्छेको स्मरणशक्ति बिग्रिन्छ कि क्या हो ?
मोदीका फोनका फोन र उनकी विशेष दूत भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल आगमनसँगै ओलीको बिर्सने क्षमतामा चामत्कारिक प्रगति भएको हो । दिल्लीले भ्रमणको मिति तय गरिदिएपछि उनले चीनमा हुनगइरहेको बोआओ सम्मेलन नै बिर्से । बिर्सुन् तर बिर्सदा बिर्सदै उनकै पहिलो प्रधानमन्त्रीत्वकालमा चीनसँग गरिएको यातायात–पारवहन सम्झौता नै कतै बिर्सी जाने हुन् कि ? ओलीले त्यो पनि बिर्से भने ख्यालरहोस् मोदीले बाल गन्दैनन् नि !