पोर्नोग्राफीले यौन शिक्षा दिदैन

 

 

(पोर्नोग्राफी अहिले नेपाली समाजमा पनि सहज उपलब्ध भएको छ । विभिन्न अध्ययनले नेपाल पनि इन्टरनेटमा पहुँच र पोर्नोग्राफी हेर्ने जनसंख्याको अनुपात धेरै भएको देश मध्येको एक हो । दक्षिण एसियामा नेपाल यसमा पहिलो नम्वरमा पर्छ । पोर्नोग्राफीको नकारात्मक प्रभाव’bout नेपालमा गम्भीर प्रकारका अध्ययन भएका छैनन् । धेरैको विश्वास के छ भने हाम्रो आकास खुल्ला र उदार भएसंगै यौनसंग सम्वन्धित उदारता र खुल्लापन बढदैछ र यसले सहायक उत्पादनको रुपमा यौन जन्य अपराधका समस्या पनि थपिएका छन । उदाहणको लागि बढदो बलात्कारका घटना तथा समय समयमा चर्चामा आउने ग्याङ्गरेपका घटनालाई गहिरिएर हेर्दा यो आपराधिक घटना मात्र होइन हाम्रो समाजमा सहज रुपमा उपलब्ध पोर्नोग्राफीलाई व्यक्तिको तहमा गलत रुपमा त बुझेका छैनौं भन्ने बिषय अहिले छलफलको बिषय हो । वास्तवमा पोर्नोग्राफी चलचित्रमा उत्पादनमा संलग्न अमेरिकीहरु नै यस बिषयमा के सोच्छन भन्ने बिषय नेपाली पाठकका लागि उपयोगी हुने ठानेर यो आलेख अनुदीत गरिएको हो । यो लेख न्यु र्योक टाइम्स दैनिकको मार्च ५, २०१८ को छापा संस्करणबाट लिएको हो । स्टोया पोर्नोग्राफी चलचित्रको निर्देशक र नायिका तथा स्वतन्त्र लेखिका हुन । अनुवादक अंग्रेजी बिषय प्राध्यापन गर्छन ।– सम्पादक)

 

  तस्विर : न्यु योर्क टाइम्स

 

-स्टोया

(अनुवादः राजु गौतम)

 

सन २००६ को एक दिन जव म पुर्ण सर्मपित र समाहित भएर क्यामेरा अगाडि यौन संर्सगमा संलग्न भएर पोर्नोग्राफी चलचित्रको दृष्यमा भुमिका खेल्ने’bout सोचिरहेको थिए, त्यसै वेलामा म यो क्षणभन्दा अगाडि पनि त्यसरी नै क्यामेरा अगाडि यौन समागमका धेरै दृश्यमा संलग्न रहेको विगत, अनि तत्कालिन समयमा त्यस्तो गतिविधीमा लागेको पुर्ण विराम’bout पनि सोचमग्न थिए । व्यवसायिक जीवनको सुरु गर्ने’bout सुरुका दिनमा एक शिक्षिका बन्ने र विधालयमा पढाउने मेरो इरादा ठिकै भएता पनि मैले आफ्नो इरादालाई मुर्त रुप दिने’bout कहिल्यै पनि उत्तरदायित्व लिन चाँही चाहिन । त्यसैले मेरो चाहाना पुरा भएन र म फरक व्यवसायिक जीवन सुरु गर्न पुगेको थिए ।

 

 

अमेरिकामा एकातर्फ विधमान व्यर्थको यौन शिक्षा पद्धती र अर्कोतर्फ इन्टरनेटमा यौन मनोरन्जनका सामाग्रीको कारण सहज रुपमा उपलब्धताको कारण एक पोर्नोग्राफिक चलचित्र कलाकारको नाताले प्रत्येक वयस्क अमेरिकी नागरिकप्रति मेरो कुनै न कुनै प्रकारको उत्तरदायित्व छ भन्ने मलाई लाग्छ । त्यहि उत्तरदायित्व बोधले मलाई कतिपय रातभर जागै राख्ने गर्दछ । र, यसैकारणले गर्दा म व्यक्तिगततर्फबाट जे जस्तो भूमिका निर्वाह गर्न सक्छु त्यो पुरा गर्न प्रतिवद्ध छु । र, म मेरो सहनागरिकप्रतिको दायित्वबाट कहिल्यै पनि भाग्दिन ।

 

 

एक बयस्क यौन मनोरन्जन प्रदायकको रुपमा मलाई वास्तवमा के लाग्छ भने पोर्नोग्राफी चलचित्रको उदेश्य यौन शिक्षा दिने कार्यक्रम जस्तो होइन । साथै, यसको भित्री रहस्य यौन क्रियाकलापमा संलग्न हुने वा हुने चाहना भएकालाई यौनको भित्री रहस्य उजागर गर्नु पनि होइन । त्यस्तै गरि यौन अभ्यासकर्तालाई यौन’bout पथप्रर्दशकको रुपमा निर्देशित गर्नु पनि होइन ।

 

 

 

 

अमेरिकी नारीवादी (फेमनिष्ट) आन्दोलन भित्रको ‘सेक्स फेमनिष्ट स्कुल अफ थट’की एक प्रणेता निना हार्टले र जेसिका ड्रयाक जस्ता पोर्नोग्राफी चलचित्रका नायिकाहरुले पोर्नोग्राफीलाई यौनको खुलस्त शैक्षिक बिषय वस्तुसमेत बनाइ उपयोग गर्ने गरेका छन । उनीहरुका भिडियोले यौन’bout मनोरञ्जन र शिक्षा दिने बिषयको रुपमा लिएका छन् । धेरै जसो भने पोर्नोग्राफी चलचित्रलाई बयस्कहरुको लागि विशुद्ध यौन मनोरन्जनको माध्यम बनेको छ ।

 

 

तर, हामी यस उधोगलाई पूनः एकपटक गहिरोसंग नियाल्ने अभियानमा लागेका र्छाै । हामीले यस पोर्नोग्राफी उधोगलाई बयस्क मनोरञ्जन उधोगको नाम दिएका छौ । तर, यसमा बिशेषगरि बयस्कहरुले यौनलाई कसरी लिएका हुन्छन भन्ने बिषय समावेश गरिएको हुन्छ भन्ने अर्थमा बुझियो भने चाँही त्यो खतरनाक बुझाई हुनसक्छ ।

 

 

पोर्नोग्राफीक चलचित्रमा मलाई कुनै रचनात्मक कार्यको लागि लगानी गरिन्छ । र, त्यो राम्रो पोर्नोग्राफी चलचित्रको विस्तारको लागि हो । यद्धपी ममाथी गरिएको लगानी र मैले क्यामेरा अगाडि गरेको रचनात्मक कामलाई कसरी हेरिन्छ भन्न’bout चाँही म केहि खास बिषयवस्तुको उठान गर्न भने असमर्थ छु ।

 

 

हामीसंग अहिलेसम्म पोर्नोग्राफी के भन्ने’bout एक निश्चित र बलियो परिभाषा छैन । तर, पोर्नोग्राफी चलचित्रकमा के कुराले सम्भोगका दृष्यका वार्ताहरु, सम्भोगका आसनहरु, सम्भोगका तौर तरिकाहरु र सम्भोग’boutका छलफललाई कसरी धेरैभन्दा धेरै असल र समाजमा नैतिक रुपमा स्विकार्य बनाउँन सकिन्छ भन्ने बिषयमा यस’bout भने थोर बहुत चेतना भने अबश्य छ ।

 

 

 

 

यी यस्ता बिषयहरु एक प्याण्डोरा बाकस हुन र त्यसलाई हामी खोल्न चाहान्छौ । उदाहरणको लागि, के पोर्नोग्राफी चलचित्रको दृष्यमा बयस्क यौन मनोरञ्जन दिने कलाकारले एक अर्कोसंग गरेका यौनसंग सम्वन्धित गतिविधीलाई पर्दामा प्रर्दशन गर्ने अधिकार छ ? अथवा राम्रो पोर्नोग्राफी भनेको के हो यसको परिभाषा र सीमा के हो ? र, पोर्नोग्राफीमा सामान्य भनेको के हो र असामान्य अवस्था कस्तो  हो ?

 

 

केहि पोर्नोग्राफीक कलाकारले आफ्नो सामाजिक र नागरिक जिम्मेवारीको कारण केहि बर्षयता युवा र वयस्कहरुमा पोर्नको सम्भावित नकारात्मक असरहरु न्युनीकरण गर्नको लागि उचित कदमहरु चाली रहेका छन् । हामी पनि हाम्रो क्षमताले भ्याएसम्म पोर्नोग्राफीका सम्भावित नकारात्मक असरहरुलाई कसरी न्युनीकरण गर्न सकिन्छ भनेर हाम्रो कामलाई समय सान्दर्भिक बनाउँने कोशिस जारी राखि रहेका छौ ।

 

 

समय सन्दर्भले असान्दर्भिक बिषयलाई पनि सान्दर्भिक बनाउँछ । मानिसले आफ्नो कामको अन्तिम उत्पादनमा देख्न नपाएको वा नदेखेको बिषय पुर्नस्मरण गर्न चाहान्छन । यसैले गर्दा पोर्नोग्राफी चलचित्रको रचनात्मक कार्यलाई एक रेस्लिङ्ग खेलजस्तो प्रर्दशनको बिषय वस्तु मात्र हो भन्ने कुरामा विश्वास गर्दैनन ।

 

 

जस्तो अमेरिकी पोर्नोग्राफी चलचित्रमा महिलाको सर्वोडिनेट भुमिका र लैङ्गिक असमनतालाई प्रोत्साहित गरेको भन्ने आरोपको वीचमा साइन लुसी हास्टनले स्थापित गरेको पोर्नोग्राफी चलचित्र निर्माण कम्पनी समान लैङ्गिक पोर्नोग्राफीक चलचित्र निर्माणप्रति प्रतिबद्ध छ । यसले ‘बिहाइन्ड द सिन‘ अर्थात सेटपछाडीका दृष्यहरु पनि प्रशारण गर्दछ । दर्शकलाई वास्तवमा पोर्नोग्राफी आफैमा कस्तो हुनु पर्छ भन्ने ज्ञानसमेत दिने गर्दछ । मेलै आफैले भुमिका निर्वाह गरेका कार्यहरुमा पनि न्युनतम सौन्दर्य प्रदान गर्ने कोशिस गर्ने गरेको छु । यस क्रममा ब्लग, पोष्टर र ब्यापार बढाउँने भिडियोहरु माध्यम बनेका छन ।

 

 

धेरै पोर्नोग्राफीका कलाकारहरु आफ्नो भुमिका निर्वाह गर्दाको र निर्देशकहरुले निर्देशन गर्ने क्रमका सुखानुभूति, आनन्द र मन परेका बिषय वस्तु’bout आफ्नो ब्लग वा लेखहरुमा छलफल गर्ने गर्दछन । सामान्यतया उनीहरु यस्ता लेखमा विम्व र प्रतिक भित्रमा छुपेका शब्द, भावका अर्थ’bout पनि उजागर गर्दछन । आइलर नाइट, आइसा अकिरा, कृष्टि क्यानन, एनि स्प्रीङकल र डेनी बाइल्ड जस्ता पोर्नोग्राफी कलाकारले आफ्ना सम्झनाहरु उनीहरुका लेखमार्फत पनि उजागर गरेका छन् ।

 

 

 

 

जव दर्शकहरुको सन्दर्भमा पहुँच हुन्छ उनीहरुले हाम्रा सीमाहरुलाई बुझेर त्यसमाथि छलफल गर्दै हामीलाई चलचित्रमा नियाल्न सक्छन । यौनिक स्थानान्तरणका असर’bout कुरा गर्दै पर्दामा हामी कसरी हाम्रा पोर्नोग्राफीका सहकर्मी छान्दछौ भन्ने बिषयमा उनीहरुसमक्ष पुर्याउने माध्यम बन्दछ । कहिलेकाही दर्शकहरुले हामी निवश्त्र यौन संर्सगको दृष्य खिच्नको लागि क्यामेरा अगाडि लडिरहेको अवस्थामा पुँजीवाद, यसले यौनलाई कसरी वस्तुकरण (कमोडिफिकेसन) गरेको, सार्वजनिककरण र यौनिकताका अवरोधात्मक अध्यारा पक्षहरुलाई नियन्त्रण र प्रर्दशन गर्दछौ भन्ने’bout पनि बुझ्ने मौका पाउँदछन ।

 

 

जव रचनात्मक पोर्नोग्राफीको एक काम विभिन्न प्रकारका निशुल्क वेभसाइटमा चोरी गरि सहज रुपमा उपलब्ध हुन्छ, तव सवै सन्दर्भहरु असान्दर्भिक हुन पुग्दछन् । यस्ता वेभ साइटहरुमा कैया पोर्नोग्राफीका दृष्यहरु सहज रुपमा उपलब्ध छन, कुनै क्रेडिट कार्ड वा डेविट कार्ड जरुरत पर्दैन । सर्वसाधारणको लागि यौन, अश्लिलताका सामाग्रीमा सहज पहुँच बढाइ दिएको छ । वास्तवमा यौन विकृतिसंग जोडिएर आउँने धेरै जस्तो समस्या यसैसंग जोडिएर आएका छन् ।

 

 

पोर्नोग्राफी उत्पादन कसरी वितरण (डिस्ट्रिब्युसन) हुन्छ भन्ने कुराले पनि पोर्नोग्राफीको आकार र प्रकार निर्धारण गर्दछ । यो तयारीका साथ बयस्क पुस्तामा उपलब्ध हुन्छ । पोर्नोग्राफी केवल यौन हिंसा हो र यो केवल पुरुषको मनोरन्जन र संन्तुष्टिको लागि निर्माण गरिन्छ भन्ने कुरा म नितरन्तर सुन्दै आएको छु । यो वास्तवमा एक तथ्यहिन र असन्तुलित तर्क मात्र हो भन्ने मलाई लाग्छ । धेरैजसो पुरुष र महिला अभिनित पोर्नोग्राफीले एक प्रकारका मानिसलाई सन्तुष्टि र मनोरन्जन दिन्छ । हो, तर बाँकीलाई वेवास्ता गर्नुले पोर्नोग्राफी कलाकारलाई पनि व्यक्तिगत रुपमा सन्तुष्टि दिदैन, जो दशकौदेखी महिला लक्षित पोर्नोग्राफी निर्माण गर्दै आइ रेहेका छन ।

 

 

 

 

क्याण्डिडा रोयाल्लीले सन १९८४ मा महिला उत्पादकहरु स्थापित गरिन । महिला वितरक स्थापित गरिन । ओवीडाई र इरिका लस्टहरुले विगत १० बर्षदेखी निरन्तर रुपमा महिला लक्षित पोर्नोग्राफी निर्माण गरि रहेका छन् । तर, निश्चित रुपमा उनीहरुको रचनात्मक कार्यहरु निशुल्क उपलब्ध वेभ साइटहरुमा सरल र सहज रुपमा पाइने बिषय वस्तुहरु भने अवश्य होइनन । तर, प्रशस्त मानिसहरु यस्ता कार्यहरुबाट आनन्दित पनि भै रहेका छन मानौकी कुनै गोरी र सुनकेशरी अनामिका उनीहरुको काखैमा बसेकी जस्तो ।

 

 

यौन र यौन स्वरैकल्पना ज्यादै जटिल हुन्छन । अत्यधिक कामुक यौन तपाई र तपाईको समकक्षीको सुझबुझ र ध्यानाकर्षणमा निर्भर रहन्छ । हामी पोर्नोग्राफी उधोगमा यौनका सन्दर्भलाई हाम्रो काममाथि थप्न मात्र सक्छौ तर यसको सवै सम्भावना’boutमा मलाई त्यति धेरै गहिरो ज्ञान छैन । जे भए पनि अन्तिममा यसको अर्थ भनेको बयस्कलाई यौन मनोरन्जनको माध्यम नै हो र यो एक किसिमले अपरिवर्तनीय नै हुन्छ ।

 

 

हामी हाम्रो संवेग र भावनाको श्रोत पोर्नोग्राफी हो भन्ने बिषयमा विश्वास राख्दैनौ, त्यसैगरि बडि ल्याङ्गवेज बुझ्न गर्न, यौनका सीमामाथि छलफल गर्न र बिशेषगरि यौन संर्सग नगरेका युवाको सन्दर्भमा यसले शिक्षा दिन्छ भन्नेमा पनि विश्सास गर्दैनौ ।

 

 

तर पनि पोर्नोग्राफी अहिलेसम्म कतै पनि गएको छैन । यो यथास्थितीमै छ । यसको मतलब के हो भने हामी आफैले  छनौट गर्ने बिषय हो । यसका समस्याहरु जहाँको तहि छन् । हामी सुतुरमुर्ग जस्तो बालुवामा टाउको लुकाउन सक्छौ अथवा फेरी पनि हामी युवा पुस्तालाई यौनको वास्तविक शिक्षा दिने र पोर्नोग्राफी के हो भनेर बुझ्ने, समझदारी गर्ने, के कार्य गरि रहेको छ भनेर यसको मुल्याङ्कन गर्ने, हामी गुणात्मक रुपले यसको राम्रो पक्षलाई परखने र अझ राम्रो पोर्नोग्राफी उधोग र यौनलाई समझने संस्कार निर्माण गर्न सक्छौ । एकपटक कोसिस गर्नुस ।