देश विकासको तर्क –प्रबुद्ध घिमिरे

 

विकास राज्य नियन्त्रित नभै विकासका लागि राज्यले न्यायिक भूमिका पूरा गरी जनतालाई काम गर्न उक्साउने, काम नगर्ने वा कामचोरलाई अपठ्यारो पार्ने र काम गर्नेको जीवन सजिलो हुने परिस्थिति श्रृजना गरिदिएपछि मात्र जनस्तरबाट गरिने विकास सम्भव हुने होला । जनताको चाहना र देशको आवश्यकतालाई एकाकार गर्न सक्ने इमान्दार नेतृत्वले मात्र देशलाई विकासतर्फ डोर्याउन सफल हुने होला ।

 

 

त्रिभुवन विश्वविद्यालयका जानेमाने एक प्राध्यापकसँग विकास’bout तर्क गर्ने धेरै दिनदेखिको इच्छा पूरा गर्दै विकासको चाहनालाई अझ मजबुत बनाउन लामो समयदेखि प्रयत्नरत थिए । ’cause प्राध्यापकसँगको तर्क यसका लागि सहायक हुन्थ्यो । आखिर मनमा उठि रहेको विकासको कुरा प्राध्यापक छेउ उठाउने माहौल बनाइ छाडेँ ।

 

 

विश्वविद्यालयको केन्द्रीय कार्यालय छेउको चिया पसल बाहिर उभिरहेका उनले विकास’bout जबर्जस्त तर्क दिनेछन् र मेरो तर्कशक्ति अझ विकासवादी बन्नेछ भन्ने ठानेर मैले उनलाई चिया पिउने प्रस्ताव गर्दै बढो नम्रता साथ ‘देश विकास’bout सरको धारणा जान्न पाए हुन्थ्यो’ भनी जिज्ञासा राखेँ । तर उनले मेरो विषयमा ध्यान दिएनन् । बरु अरु नै विषयमा कुरा गर्न चाहे ।

 

 

उनले विश्व विद्यालयमा भएको बेथितिको कुरा उठाए । स्कूलदेखि उच्च शिक्षासम्मका साधारण विषय र प्राविधिक विषयमा खस्कदो अवस्थाको कुरा उठाए । ज्ञानले नैतिकता निर्माण गर्न नसकेको कुरा उठाए, तर विद्वान महोदयको कुरा मलाई अलि हजम भएन ।

 

 

उनको ध्यान मतर्फ तान्नका लागि मैले उनलाई खाजाको रुपमा मालुपवा खाउँ है सर भन्ने प्रस्ताव राखेँ तर उनले यस’bout उत्तर दिएनन् । ‘मौनं सम्मति लक्षणम्’ ठानी मैले मालपुवासमेत अफर गरेँ, मगाएँ ।

 

 

उनका चलिरहेका कुराबाट उनको ध्यान आफ्नो जिज्ञासातर्फ तान्नका लागि मैले उनका कुरामा हाँमाहाँ मिलाउँदै भने– अब सबै क्षेत्रमा विकास हुन्छ । शिक्षाको क्षेत्रमा पनि विकास हुुन्छ, विकास एक विषय वा ठाउँमा मात्र हैन सबै विषय र क्षेत्रमा विकास हुन्छ भनि विकास’boutको आफनो दलिल पेश गरेँ ।

 

 

त्यसपछि पनि ती विद्वान महोदयले मेरो कुरामा सही थपेनन् बरु उनले आफ्ना कुरा गर्दै रहे । उनले भने, नेपालमा विकास भइ राखेको छ । नेपालका सरकार र जनता विकास गर्दैनन् । उनिहरु कुरा मात्र गर्छन । बरु यहाँ जे जति विकास हुने हो त्यो आफैँ हुन्छ । जसरी सञ्चार जगतमा विकास भइ रहेछ । मोवाइल प्रयोगमा विकास भएको भयै छ । एनसेलको मालिकले थोरै लगानीमा धेरै नाफा लग्यो । अरु पनि सञ्चार संस्था राम्रै कमाइ गर्दैछन् ।

 

 

अर्काकोमा काम गर्न नपाए छाक नटर्नै वा मागेर नै जीविकोपार्जन गर्नेले पनि हातमा मोवाइल राखेकै छ । उसले पनि दिनमा ८ वा १० रुपैयाको फोन गरेकै छ । खाजा नखाएर पनि फोन गर्न उ पछि पर्दैन । अझ मौकामा चौका हान्दै कहिले कहिँ त उ डाटाबाट समेत फेसबुक चलाउँछ ।

 

 

सञ्चारको विकास तिब्र गतिमा भइरहेछ । सबै पढे लेखेकाले कम्प्युटर चलाउँछन् । रिसर्च गर्नेदेखि गेम खेल्नेसमेतमा कम्प्युटरको प्रयोग बढेको छ । कम्प्युटर प्रयोगमा उल्लेख्य विकास भएको छ । गाडीको खरिद दिनानुदिन बढी रहेछ । सरकारी कार्यालय र ब्यक्ति विशेषलेसमेत गाडी खरिद बढाएकै छन् । देशको कुल सम्पत्तिको ठूलो हिस्सा गाडी र इन्धनमा जान्छ ।

 

 

तर बाटाको दूर्गति भयाबह छ । काठमाण्डौँ हिउँदमा धुलोले ढपक्क ढाकिन्छ, वर्षादमा हिलोले ढाक्छ तर पनि गाडी प्रयोग बढेको बढ्यै छ, विकास भएकै छ । खानपानमा पनि फाष्ट फुड र जङ्कफुडको प्रयोग बढेको छ । विश्वसँग तुलना गरेर हेर्दा यस क्षेत्रमा नेपालको विकास उल्लेख्य छ ।

 

 

मादक पदार्थको प्रयोगको हिसाबबाट पनि नेपाल अगाडि नै हुनपर्छ । यहि स्थिति थाहा पाएर होला केही वर्ष अगाडि भारतका एक जानेमाने सन्त श्रीश्री रवि शंकरले नेपालमा मदिरा प्रयोग’bout चर्चा गरेका ।

 

 

त्यसैगरि नेपालमा विद्यालय शिक्षामा पनि राम्रै विकास भएको छ । त्यसमा पनि सरकारी विद्यालयभन्दा बोर्डिङ्ग स्कूलको र अझ भन्ने हो भने ती स्कूल चलाउनेको विकास तिब्र छ । यूनिभर्सिटीमा प्रमाणपत्र तह चलाउन हुन्न, अरु देशमा १२ कक्षासम्म स्कूल शिक्षा हुन्छ भनेर त्रिविबाट प्रमाणपत्र तह हटा पछि उच्च माध्यमिक विद्यालय मात्र चलाउनेको सख्या र आय आर्जनमा उल्लेख्य विकास भएको छ । ती सस्थाका सञ्चालकको आर्थिक मात्र हैन राजनीतिक पहुँचसमेत बढेको छ । विकास भएकै छ ।

 

 

देशमा रोजगारको अभाव भएपनि विदेशी रोजगारीमा नेपालीको पहुँच दिन प्रतिदिन बढेको बढेकै छ । मध्यपूर्वमा उडेको चरो खस्ने गर्मिमा मात्र हैन पूर्वि एशियाका कोरिया, मलेसिया र अरु ६० भन्दा बढी देशमा नेपाली कामदारको संख्या उल्लेख्य भएको छ । घरेलु कामदारदेखि जोखिमका कामसमेतमा नेपाली पुगेकै छन् ।

 

 

युध्दग्रस्त अफगानिस्तान, इराक वा सिरियामा पनि नेपाली लुकिछिपि बसेकै छन् । इराक युद्ध समाप्ति हँुदा नहुँदा इराक जान थालेका नेपालीमाथि त्यहाँका अतिवादीले अमानवीय हत्या प्रकरण चलाएको केही समय सरकारले त्यहाँ जान सख्त रोक लगायो तर पनि लुकिछिपि नेपाली त्यहाँ पुगेकै छन् ।

 

 

नेपाल राज्यको आय नेपालीको श्रमशक्तिबाट बढेको बढ्यै छ । यसबाट देशको आर्थिक विकास भएकै छ । हिजो खेती किसानी गरेर खानेहरु विदेशी भूमिमा पसिना र रगत बेच्न गएपछि उनका आश्रित मध्ये श्रीमति र बच्चाहरु शहर पसेका पसेकै छन् । शहरी जनसख्यामा दिनानुदिन विकास भएकै छ ।

 

 

काम गर्ने मानव शक्तिको न्युनताले अधिकांश पहाडका र केही तराइका खेती किसानी गर्ने जमिन केही वर्षदेखि बाँझो बन्जड भएता पनि ती जमिनमा तरकारी, फलफूल वा उन्नत जातको नगदेवाली के लाग्दछ वा के लगाएमा बढी आम्दानी हुन्छ भन्ने ’boutमा सबै जसोलाई थाहा भएकै जस्तो छ । तत्काल उत्पादन नदिए पनि ती जमिनको विकासको रुपरेखामा हुने विकासे उत्पादन’bout धेरैको दिमागमा कोरिएकै छ ।

 

 

अरवी मरुभूमी र पूर्वी एशियाको अदभुत विकास देखेकाले समय पर्दा आफनो देशको बन्जड जमिनमा विकास गर्ने क्षमता राख्दछन् । नेपालीको विकासको सोचमा प्रशस्त विकास भएको छ ।

 

 

यस्तै नेपालमा विकासका अरु पनि धेरै आयाम छन् । नेपालमा राजनीतिक विकासको गति पनि तिब्र छ । २००७ सालले ल्याएको परिवर्तन २०१७ सालले उल्टायो । ०१७ को परिवर्तनलाई तत्कालिन राजाले समय समयमा सान लगाइ राखे ।

 

 

कहिले मुलकी ऐन, कहिले भूमिसुधार, कहिले पूर्व पश्चिम राजमार्ग, कहिले नयाँ शिक्षा योजनाको परियोजना, गाउँफर्क राष्ट्र्रिय अभियान, सुधारिएको पञ्चायत र पञ्चायतको लक्ष्य एशियाली मापदण्ड आदीका नारामा जनतालाई रुमलिराखेकै हो ।

 

 

त्यतिगर्दा पनि पञ्चायत टिकेन । टिकोस पनि कसरी पञ्चायत बाह्य विश्वको शक्ति सन्तुलनले मात्र बाँचेको थियो । बाह्य शक्ति सन्तुलन सकियो, पञ्चायत पनि सकियो । २०४६सालको परिवर्तनले बहुदल स्थापना गर्यो । देश विकासको नारा सर्वत्र लाग्यो । बहुदलीय ब्यवस्थामा बामपन्थीको सहभागिताले बहुलवादको राम्रै विकास भयो ।

 

 

२०५२ पछि बहुलवादले देशलाई विकास समृद्धि दिन नसकेकोले समानतामुलक राज्य बनाउन जनताको हातहातमा बन्दुक थमाएपछि गाउँघरका जाली फटाहा समाप्त भए । गाउँमा असल शासन स्थापनार्थ भएका प्रयाससँगै नेपालीको राजनैतिक चेतनामा ठूलै विकास भएको हो ।

 

 

२०६३ सालको सफल आन्दोलनले सामान्तवादको अवशेष राजतन्त्र समाप्त भइ देशमा उच्चतम राजनैतिक र भौतिक विकास गर्ने बाटो खुल्यो । अझ २०७२ सालको संविधान लागु भएपछि भएको संघात्मक देशमा शासन गर्ने घरघर पुग्दैछन् । एकात्मक देश ७ प्रदेशमा विभाजित बनेको छ । राज्य बृद्धिको विकास भएकै छ ।

 

 

२०७२ सालको संविधानले जनताका सबै हक स्थापना गरेको छ । त्यसैले अब जनताले न भोकै मर्नुपर्दछ, न नाङ्गै बस्नुपर्दछ, न अशिक्षा, न गरिबी, न लिङ्ग भेद, जाति भेद, वर्ग भेद वा धर्म भेद । सबैतिर विकासको तिब्रता कायमै छ । नेपालमा परिवर्तनको विकास हुने हो भएकै छ ।

 

 

अव रह्यो कुरा सार्वभौम जनताले बनाएको संविधानबाट प्राप्त नयाँ ब्यवस्थामा राजनैतिक स्थायित्व, स्थायी सरकार र भ्रष्टाचारमुक्त प्रशासन र राजनीति, घरघरमा सरकार र त्यसले जनतालाई दिने विकासको प्रत्याभूति । यी सबै चाहीँ जनतालाई ढाँट्न बनाइएका शब्दावली जस्ता छन् ।

 

 

कानूनको सर्बोच्चता भएका देशमा सरकारको स्थायित्व र परिवर्तनले खासै फरक पारेको पाईँदैन । जापानमा पनि सरकार परिवर्तन भइ रहेछ । तर्क दिन सकिएला नेपाल जापान जस्तो हैन । यहाँ चाँही स्थायी सरकार भएपछि मात्र विकास हुन्छ । यो प्रश्न पनि अचम्मको छ ।

 

 

के २०१७ सालमा जनताले काग्रेसलाई दिएको मत स्थायी सरकारको लागि पर्याप्त थिएन ? के पञ्चायतको ३० वर्षे शासनकालमा स्थायी सरकार बनाउन पुग्ने मत नभएर विकास नभएको हो ? २०४७ पछि काग्रेसले बहुमत पाएको हैन ?

 

 

संविधानसभाको पहिलो निर्वाचनमा जनताले मावोवादीलाई ठूलो दल बनाएपछि अव देशमा स्थायित्व आउँछ भनेर जनताले आशा गरेनन् ? यी सबै घटना हेर्दा नेपालमा जन अभिमत– स्थायित्व र विकासको खासै साइनो भए झैँ लाग्दैन । यद्यपि नेताहरु बहुमतलाई स्थायित्व र विकाससँग जोडदैछन् ।

 

 

बामपन्थी गठजोडले बहुमत पायो अव स्थायीत्व हुन्छ भनिँदै छ । जनता आशाको आँखा त्यता लगाउँदैछन् । तर अव पनि हुने विकास भनेको परिवर्तन नै हो । गठबन्धनले स्थायित्व दिने भन्नेकुरा शुरुबाटै खण्डित भएको छ ।

 

 

दुईदल एकिकरणबाट एक दल बन्ने तर सरकार आलोपालो चलाउने ? वाम दर्शनबाट देश विकास गर्न चाहिने वहुमत हुँदा हुँदै दुई तिहाइ पु¥याउनु पर्ने !

 

 

हिजोसम्म देशको खास भूगोल र क्षेत्रको मात्र माग उठाउने र आवश्यक परे देशलाई तहसनहस गराउनपछि नपर्ने भाषण दिएर त्यसकै आधारमा भोट बटुलेका दलसमेतलाई सरकारमा मिसाएर शुरुबाटै विकासमा चिरा पार्न थालिएको छ । बाहिरबाट नभएपछि भित्रबाट विगार्न सकिने ठानी मिसिएकासमेत भएको सरकारले स्थायित्व देला र त्यो स्थायित्वले विकास गर्ला भन्ने तिमीजस्ता नेपाली अरुपनि धेरै भएको देश हो यो ।

 

 

ती प्राध्यापकले भने–तिमिलाई र तिनलाई थाहा छैन ? नेपालमा विकास सत्ताले गर्दैन भनेर । यहाँको विकास भनेको छिटो÷छिटो राजनीतिक परिवर्तन हुनु हो । त्यसको लागि जंगलमा विप्लव, सत्तामा चार पाँचवटा दल र दलभित्रका साँढेहरु, विदेशी विध्वंशकारी र नेपालका प्रत्येक ससाना विषयमा हात हाल्न खोज्ने दक्षिणी छिमेकी, अर्को हिमालपारीको भाषा नबुझिने छिमेकी नै काफी छन् ।

 

 

त्यसमा पनि आफनो आवश्यकता नै नखुट्याइ अरुले भन्दिए वापत थोपरिएको संघीयता, देशको ठूलो संख्याका जनताको भावनासँग मेल नखाने र दक्षिणी छिमेकी सत्तापक्षको खुल्ला चाहाना विपरितको धर्मनिरपेक्षता, दल भित्रका गुट र गुट भित्रका ब्यक्तिको चरम महत्वाकांक्षा, ब्यक्तिगत स्वार्थपे्ररित राजनीति, वर्तमान नेतृत्वको स्वास्थ्य स्थिति, जसले संकटको घडीमा देशलाई उठाउन सक्षमता कायम गरेका थिए । यी सबै विषयलाई हेरेर भन्न सकिन्छ ‘कठै तिम्रो स्थायित्व र विकासको आशा’ ।

 

 

उनका तर्क सुनेपछि म उनीसँग खुशी हुन सकिन । उनले खाएको चिया र मालपुवा सित्तैमा गएजस्तो भयो । त्यसपछि म उनिसँग धेरैबेर टिकिरहन पनि सकिन । उनी जस्ता निराशावादी प्राध्यापकलाई अव मैले नभेट्ने अठोटका साथ म उनीबाट छुट्टिएको छु ।

 

 

मेरो विकासको तीब्र इच्छा अझै झनै तिब्र भएको छ । मलाई विकास चाहिएको छ । समृद्धि चाहिएको छ । म आम नेपाली विकासको आशामा अटल–अडिक भइ आशा भरोसामा बसेको छु । मेरो आशा यसपटक पुरा हुन्छ, र हुनुपर्छ ।

 

 

हाम्रा राजनीतिक नेतृत्वले पनि प्राध्यापकका जस्ता नकारात्मक कुरा नबुझेका हैनन । तर, यसपटक उनीहरु पहिलेभन्दा फरक हुने छन् । प्राध्यापक झुट्टा हुने छन् । मसमेत आमनेपालीको आशा पुरा हुने छ ।

(घिमिरे प्राध्यापक हुन् )