राष्ट्रिय उत्सव बन्यो, राष्ट्रकविको सयौं जन्मदिन !

विदेशीको अह्रनखटनबाट होइन, कवि माधव घिमिरेले राष्ट्रिय दृष्टिकोणबाट लेखिरहे ’cause नेपाल विदेशीको सहयोगले बनेको देश होइन । नेपाल नेपालीले बनाएका हुन् ! 

हाम्रो युगका श्रीकृष्ण हुन् राष्ट्रकवि माधव घिमिरे ! कृष्णको जस्तै दीर्घजीवन जीउन पाएका कवि माधव घिमिरे असोज ७ गते सयौं वर्षमा प्रवेश गरे । उनको सयौं जन्मदिन आइतवार मनाइरहँदा देश नै जन्मदिन मय बनेको छ । संचारमाध्यमहरुमा उनी छाएका छन् । घरघरमा चर्चाको विषय बनिरहेका छन् ।

 

स्वदेश तथा विदेशमा राष्ट्रकविको जन्मदिन उनका कालजयी रचनाहरु पाठ गरेर मनाइदैछ । राष्ट्रकविको सयौं वर्ष उत्सव र पूजापाठमय भैरहेको छ । पुस्तक पसलहरुमा उनका कृतिको माग ब्यापक रुपमा बढिरहेको छ ।

 

राष्ट्रकविलाई जन्मदिनको शुभकामना दिन आफन्त, छिमेकी मात्र होइन, उनकहाँ पुग्नसक्ने शुभचिन्तकहरु त निवासमै पुगिरहेका छन् । त्यहाँ पुग्न असमर्थहरु आ–आफनै ठाउमा कविको सुस्वास्थ्यको कामना गरिरहेका छन् । घिमिरेलाई उनको निवासमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मदिनको शुभकामना दिएकी छन् । प्रधानमन्त्री केपी ओली लगायत विपक्षी दलका नेताले पनि राष्ट्रकविलाई शुभकामना दिएर सुस्वास्थ्यको कामना गरेका छन् । आमजनताको त लर्कन नै लागेको कविको आँगनमा !

 

यो वर्षभरि जन्मशताब्दी विविध कार्यक्रमकासाथ मनाउन देशभर कार्यक्रमहरु बनिरहेका छन् । घिमिरेको रथारोहण र राष्ट्रियस्तरको अभिनन्दन कार्यक्रम तय गरिइसकेको छ । राष्ट्रकविको रथारोहण कार्यक्रम असोज २१ गते काठमाण्डौंमा हुने वताइएको छ ।

 

कवि माधवप्रसाद घिमिरेको जन्म लमजुङ जिल्लाको मस्र्यांदी गाउँपालिका–६, पुस्तुन बाहुनडाँडामा विसं १९७६ असोज ७ गते भएको थियो । घिमिरेका ‘गौरी’ शोककाव्यसहित ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नर किन्नरी’ आदि कविता संग्रह प्रकाशित छन् । नाटक, अनुवाद, वाल पुस्तकहरु अनगिन्ती रहेका छन् । कवि सय वर्षको उमेरमा पनि नयाँ रचना सिर्जना गरिरहेका छन् ।

 

माधव घिमिरेलाई आलोचना गर्नेहरु पनि कविको राष्ट्रव्यापी ख्याती देखेर आफ्ना पूर्वाग्रही बिचारहरु बदल्न थालेका छन् । उनका रचना प्रगतिशील भएनन् । लोक–गणतान्त्रिक आन्दोलनमा कवि सडकमा निस्किएनन् भनेर आरोप लगाउनेहरुले बल्ल आएर बुझ्न थालेका छन्, कवि दलीय बण्डामा बगेका होइनन्, देशको ‘मोरल स्ट्याण्डर्ड सेट’ गर्न पो लागेका रहेछन् ! उनका लेखाइले संपूर्ण देश र समाजलाई बाँधेको रहेछ ।

 

माधव घिमिरे मात्र होइन, लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, भूपि शेरचन, गोपालप्रसाद रिमाल जस्ता पावरफूल कविहरुले आफ्ना रचना मार्फत सधैं राष्ट्रिय एकता प्रवद्र्धन, समाज सुधार, मानवीय र नैतिक धरातललाई आधार बनाएर लेखिरहे । नकारात्मक कुराहरुलाई घटाएर सकारात्मकतिर अघि बढ्न रचनामार्फत देशवासीलाई सधै घच्घच्याइरहे ।

 

विदेशीको अह्रनखटनबाट होइन, माधव घिमिरेले राष्ट्रिय दृष्टिकोणबाट लेखिरहे ’cause नेपाल विदेशीको सहयोगले बनेको देश होइन । नेपाल नेपालीले बनाएका हुन् ! राष्ट्रिय इतिहासलाई देशको ऐना बनाउन लागे । कवि माधव घिमिरेले सधै राष्ट्रिय फिलिंग बोकिरहे ।माया, पिरती, देशभक्ति र मानवतावादलाई अंगालेर सधैभरि साहित्य सिर्जना गरिरहे । आज पर्यन्त सिर्जना गरिरहेका छन् । त्यसैले उनको सयौं जन्मदिनलाई जिवित राष्ट्रिय विभूतिको जन्मदिन सरह मनाइदैछ । जात, धर्म, वर्ग, क्षेत्र, लिंग भन्दा माथि उठेर सबैले घिमिरे जन्मदिनलाई उत्सव झैं मनाइरहेका छन् ।

 

भनिन्छ, ज्ञानको आधार तर्क हो । विवेक हो । ‘फिलिंग’ पनि हो । तर्कले फुटाउछ तर विवेक र फिलिंगले जोड्छ । देवकोटाले के नेपाल सानो छ भन्ने निवन्ध लेखेर नेपाल र नेपालीलाई अहिले पनि जोडिरहेका छन् । उनी हिमाल वा तराईमा जन्मेका भए पनि उनले देश र जनतालाई नै जोड्ने थिए । पृथ्वीनारायण शाह युरोपमा जन्मिएका भए नेपोलियन हुने थिए । जंगबहादुर रुसमा जन्मिएका भए पीटर द ग्रेट हुने थिए । नेपालमा पृथ्वीनाराण, बहादुर शाह, भीमसेन थापा, जंगबहादुर नभएका भए नेपाल छिन्न भिन्न हुन्थ्यो र आज नेपाल भन्ने देश नै विश्वको नक्शाबाट नारायणहरि हुन्थ्यो ।

 

माधव घिमिरेले पनि सदा देश र जनतालाई जोडिरहे । अहिले पनि जोड्न दत्तचित्त देखिन्छन् । एकले अर्कालाई हान्ने दलीय स्वार्थलाई कवि घिमिरेले कहिल्यै बोकेनन् । उनले सधै दलीय, क्षेत्रीय, जातीय, लैंगिक, वर्गीय चिन्तन भन्दा माथि उठेर राष्ट्रियता, मानवता, समता र समानतालाई समातिरहे । गरीव र धनी मानवका दृष्टिमा वरावर हो भनेर लेखिरहे । प्रकृति, संस्कृति र देशको ज्ञानबाट शिक्षा लिएर लेखेकाले नै उनका सिर्जनाहरु सबैको मनलाई रहिरहन सकेका हुन् ।

 

यो देश, यहाँको भूगोल, प्रकृति, संस्कृति, धर्ममा के छ र भनेर ओठ लेप्राउनेहरुका भनाइ होइन, कवि घिमिरेले यही देश, यसैको इतिहास, यहींको प्रकृति, हिमाल, नदी, बनजंगल, यहीका मान्छे, तिनकै संस्कृति र मूल्यमान्यतावारे लेखिरहे ।

 

यहाँका पीएचडी धारी, प्रोफेसर, नेताका कुरा नबुझ्ने जनता भनेर सर्वसाधारणलाई गिल्ला गर्नेहरुले नेपाली समाजको शक्तिलाई त्यतीबेला मात्र महसूस गरे जब सप्ताहमा करोडौं रुपैयाँ संकलन गरेर अस्पताल, स्कूल, कलेज बनेको देखे । नेताले चन्दा संकलन गर्दा आउदा जनताले कहिल्यै पत्याएनन् । तर जब नेताहरु पनि सप्ताह लगाएर कुनै काम गर्न बचनबद्ध हुनथाले तब मात्र जनताको पैसा संकलन हुनथाल्यो ।

 

धर्म÷संस्कृति र सामाजिक मूल्य मान्यतालाई गिल्ला गर्नेहरु पैसा उठाउन सप्ताहको सहारा लिएर पण्डित बोलाउन थालेपछि मात्र जनताले पत्याएका हुन् । हाम्रो समाजको विरासत जस्ले बुझेको छ, उसैले यसको शक्तिलाई महसूस गरेको छ ।

 

त्यसैले यो समाजको चुरो बुझेर कवि घिमिरेले निरन्तर साधना गरिरहे, लेखिरहे । त्यसैले कवि भनेर जनताले सपुतहरुलाई सम्मान गरेका हुन् । उनीहरुका गीत कविता सुनेका मात्र होइनन्, गाइ गाइकन हिडेका हुन् । भनौंन, गाउछ गीत नेपाली ज्योतिको पंख उचाली जय जय जय नेपाल सुन्दर शान्त विशाल ! कवि घिमिरेको यो गीतले नेपाली हुनमा सबै नेपालीलाई गर्बित बनाइरहेको छ ।

 

देश, जनता र कर्तब्यवारे कवि÷लेखकले लेखे÷गाएका कुराहरुले जनतालाई गौरवान्वित बनाइरहन्छ । जव उनका लेख रचनालाई जनताले आफ्नो ठानेर स्वीकार गर्छन् त्यसले कवि÷लेखकहरुलाई सन्तुष्ट पार्ने रहेछ ।

माधव घिमिरेलाई आलोचना गर्नेहरु पनि कविको राष्ट्रव्यापी ख्याती देखेर आफ्ना पूर्वाग्रही बिचारहरु बदल्न थालेका छन् । उनका रचना प्रगतिशील भएनन् । लोक–गणतान्त्रिक आन्दोलनमा यी कवि सडकमा निस्किएनन् भनेर आरोप लगाउनेहरुले बल्ल आएर बुझ्न थालेका छन्, कवि दलीय बण्डामा बगेका होइनन्, देशको ‘मोरल स्ट्याण्डर्ड सेट’ गर्न पो लागेका रहेछन् ! उनका लेखाइले संपूर्ण देश र समाजलाई बाँधेको रहेछ । 

कवि÷लेखकबाट जनता सन्तुष्ट हुने र जनताबाट आदर सत्कार र सम्मान पाएर कवि÷लेखक सन्तुष्ट हुनुले दुबैलाई एकअर्काप्रति अन्तरनिर्भर बनाएर सधैं सहयोग गरिरहेको हुन्छ । समाजले सत्कार गरेका लेखकलाई तिनको परिवारले पनि सहयोग गर्छ । यसले लेखकहरुलाई अझ सिर्जनात्मक बनाउने रहेछ ।

 

भनौंन, कवि घिमिरे प्रज्ञा प्रतिष्ठानका प्राज्ञ र उपकूलपति भए । यसबाट दाल–रोटी व्यवस्थापनमा कविलाई सहयोग भयो । कविले आफ्नो सिर्जनामै एकाग्र चित्त गर्न पाए । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र देशका जनताले सम्मान गरेपछि मैले समाजको लागि केही गरेको रहेछु भन्ने सन्तुष्टि, सहयोगले गर्दा नै लेखक÷कवि दीर्घजीवी हुने रहेछन् । ‘वील पावर’ बढ्छ र उनीहरुको भएभरको शक्ति झन् सिर्जनामा लाग्ने रहेछ । भनाइ नै छ, निरन्तर लागिरह्यो भने पहाडलाई पनि धकेल्न सकिन्छ !

 

माधव घिमिरे एउटा कवि÷लेखक हुन् । उनी सयवर्ष उमेर पुगे यो कुन ठूलो कुरा हो र ? अर्को वर्ष सत्यमोहन जोशी सय वर्ष प्रवेश गर्छन् । हरेक वर्ष कतिपय नेपालीले सय वर्षमा पाइला टेकिरहन्छन् । तर माधव घिमिरे वा सत्यमोहनको मात्र किन यत्रो चर्चा ? कतिपयको मनमा लागेको पनि छ ।

 

घिमिरेले सय वर्ष टेक्दा देशभर किन पनि हर्शोल्लास सिर्जना भएको हो भने, यिनले सधै देश, जनता र नेपाली गौरवगाथा गाइरहे । आफूमात्र गाइरहेनन्, सकल नेपालीलाई यो गाइरहनु पर्ने गीत हो भनेर झक्झक्याइरहे । प्रत्येक नेपालीलाई गौरवान्वित हुन प्रेरणा दिइरहे ।

 

दलीय स्वार्थका लागि देशमा हिंसा, अन्याय अत्याचार, शोषण, विभेद बढाइरहँदा सधैं कमजोर नै मरिरह्यो–पिल्सीरह्यो । बलीया चाँहि सधैं पुरस्कृत बनिरहे । मननीय भनाइ नै छ, युद्ध होस् वा गृहयुद्ध मर्ने सधैं कमजोर परिवारको सरकारी सिपाई र विद्रोही जनसेनाका पनि गरीव परिवारका जवान नै हुन् ! तर घिमिरे जस्ता कवि सधैं राष्ट्र र आमजनताको समृद्धिमा निरन्तर चिन्तित बनेर लेखिरहे ।

 

समाजलाई समान, न्यायपूर्ण बनाउन र जोड्न पर्ने भावबाट उनका सिर्जना कहिल्यै विमूख बनेनन् । घिमिरेले बोकेका मूल्य र मान्यता त्यत्तीकै आएका होइनन्, यी त हाम्रो आफ्नै विरासतको निरन्तरता हो । साधा जीवन उच्च बिचार नै हो । राष्ट्रकविको दीर्घजीवनको रहस्यका कारण यिनै हुनुपर्छ ।