नेपाली ठग जाति हो ?

 

 

 

यो ठगि प्रकरणलाई गम्भीरतासाथ लिएर यो प्रकरणका दोषी दण्डित गरिएन भने पर्यटन व्यवसाय ध्वँस्त मात्र होइन नेपाल देश र नेपालीको छवि नै बिग्रने निश्चित छ ।

 

 

 

नेपाल वीर लडाकु अर्थात मार्सल रेसको देश । गोर्खाली बहादुरीको देश । सर्वोच्च शिखर सगरमाथाको देश । संसारका आठ हजार मीटरभन्दा अग्ला १४ हिमाल मध्येका ८ वटा भएको देश । सवैभन्दा धेरै जैविक विविधता भएको देश । सवैभन्दा धेरै सांस्कृतिक विविधता भएको देश । भगवान गौतम बुद्ध जन्मेको देश । माता सीता, राजश्री जनक र ब्यास ऋषि जन्मेको देश । हिन्दुका अराध्यदेव महादेव पशुपतिनाथको मन्दिर भएको देश ।

 

 

यी नेपाल र नेपालीको बिशेषता’bout विधालय जीवनमा सार्नैदेखी धोक्दै आएको हो । अहिले पनि हाम्रा नानीहरुले यहि पढ्दै छन् । नेपाली जनताको राष्ट्रिय पहिचान र बिशेषता यस्तो रहेको छ ।

 

 

तर, अब नेपालीको परिचय यस्तो मात्र छैन । अब नेपालको परिचय इमान जमान नभएका, व्यवसायिक सदाचार नभएका, स्टेटमेनट अफ इन्टिग्रिटी नभएका मान्छेलाई अफ्ठारो पारेर निचोर्ने ठग्ने लिच्चण र मानवीय संवेदशिलता नभएका मान्छे बस्ने देशको रुपमा परिचय विकास भएको छ । सारा नेपाली ठग हुन भन्ने सन्देश गएको छ ।

 

 

सन्दर्भ हो, नेपालमा पदयात्रा र हिमाल आरोहणको लागि आउँने विदेशी पर्यटकलाई नक्कली र बहाना बनाएर, नभएको विरामी देखाएर उद्धार गर्ने नाम गरेको ठगि हो । त्यति मात्र होइन, हिमाली क्षेत्रमा पदयात्रा र आरोहणको लागि आउँने विदेशीलाई मुसाको लिड खुवाँएर बिरामी बनाएर त्यसपछि हेलिकप्टरबाट उद्धार गर्नेसम्मका घटना भएका छन् ।

 

 

यो ठगिमा केहि टुर-ट्राभल  र ट्रेकिंग व्यवसायी, हस्पिटल, डाक्टर र उद्धारमा संलग्न हेलिकप्टर कम्पनिहरु रहेका छन् ।

 

 

यो ठगि प्रकरणलाई सवै ठूलो सानो अन्त्यराष्ट्रिय समाचार पत्रले प्राथमिकता दिएर समाचार दिएका छन् । दि सन, डेलिमेल, गार्जियन, फाइनान्सिय टाइम्स, न्युर्योक टाइम्स, वासिङ्गटन पोष्ट, याहु न्युज, एमएसएन न्युज, साउथ चाइना मोनिङ्र्ग पोष्ट जस्ता समाचार पत्रले यो ठगि प्रकरणलाई प्राथमिकता दिएका छन् । सिएनएन, विविसी, एनवीसि, एनडीटिभी, फक्स न्युज, अलजजिरा जस्ता ठुला टेलिभिजनले पनि प्राथमिकता दिएका छन् । एपी, एफपी, पिटिआई र रोयटर्स जस्ता सञ्चार माध्यमले पनि प्राथमिकता साथ रिर्पोटिङ्ग गरेका छन् । संसारभरिका सञ्चार माध्यममा छ्यासछयास्ती समाचार छापिएका छन् ।

 

 

यी सञ्चारमा आएका सामाग्री पढ्दा नेपालमा पद यात्रामा आउँनु भनेको सिधासिधा ठगिनु आउँनु नै हो भन्ने बुझिन्छ । नेपालमा मानव जीवनमा संकटमा छ भनेर, माउन्टेन सिकनेशको डर देखाएर नचाँहिने उद्धारको लागि दवाव दिने, मुसाको लिड खुवाएर पेट विग्रिएपछि उद्धार गर्ने जस्ता बदमासी ट्रेकिङ्ग एजेन्सी गरेका छन् ।

 

 

अर्कोतर्फ डाक्टर जस्तो पेशाकर्मीले माउन्टेन सिकनेशको नाममा अनावश्यक उपचार गर्ने, हस्पिटलमा बस्नै नपर्नेलाई जवरजस्ति हस्पिटलमा राख्ने, अनावश्यक ल्यावटेष्ट गर्ने जस्ता चिकित्सा पेशाको सदाचारको विपरितका कार्य गरेका छन् । त्यस्तै हस्पिटलले पनि उद्धार गरिएका व्यक्तिको उपचार होइन मुर्गा बनाउँने काम गरेका छन । ओभर चार्ज गर्ने काम भएका छन् । नेपाल मेडिकल काउन्सीलले यस्ता डाक्टरलाई तुरुन्त कारवाही गर्न आवश्यक छ । यो त डाक्टर होइन डाका हो भन्ने संसारभर सन्देश गएको छ ।

 

 

त्यस्तै हेलिकोप्टर कम्पनिले पनि उडान घण्टा लम्वाउँने, मौसम विग्रियो भनेर उडान घुमाएर लम्वाउँने, अनावश्यक स्थानमा अवपतरण गर्ने र अनावश्यक र महङ्गो विल विजक जारी गर्ने गरेको देखिन्छ । उनीहरु जाल थापेर माछा मार्न बसेको जस्तो देखिन्छन् ।

 

 

यसबाट के देखिन्छ भने नेपालीहरु मानवीय संवेशिलतासमेतलाई असुलीको माध्यम बनाउँने ठगहरुको देश हो भन्ने सन्देश विश्वभर गएको छ । पर्यटन व्यवसायको एक क्षेत्रमा भएको बदमासीले सारा नेपाली कै बेइज्जत भएको छ ।

 

 

नेपाली पासपोर्ट वोकर विकसित देश र अन्य देश जाँदा हरेक नेपालीलाई शंकाले हेर्ने कारण आम रुपमा यस्तै ‘मोरल हार्जाड’ र ‘अखण्डताको बयान’ अर्थात ‘स्टेटमेन्ट अफ इन्टिग्रिटी’को अभावको कारण हो । यस्ता फर्जी काम दाम कमाउँनको लागि प्रयोग हुन्छन । त्यसैले असल नियतले काम गर्ने नागरिक पनि शंकाको दृष्ट्रिले हेरिन्छन् । नेपाली पासपोर्ट वोकेर भिषाको लागि विदशी राजदुतावास जादाँ होस, विदेशी विश्वविधालयमा अध्ययनको आवेदनमा होस वा विदेशी संस्थामा जागिर खानको लागि दिएका निवेदनमाथि नैतिक जोखिम अर्थात ‘मोरल हार्जाड’ छ कि भनेर हेर्ने कारण पनि यस्तै कारणले गर्दा नै हो । नेपालीलाई विदेशमा हेपिनु परेको यस्तै कारणले हो ।

 

 

यो बिषयलाई गम्भीरतासाथ लिएर यो प्रकरणमा दण्डित गरिएन भने पर्यटन व्यवसाय ध्वँस्त मात्र होइन देश र नेपालीको छवि नै बिग्रने निश्चित छ ।