विकासका झिल्काहरु र वर्तमानको आशा

“प्राप्तीभन्दा आशा मिठो” भनेझै जनता आशा गरिरहेकै छन् । तर, सरकारको कामले जनताकोे आशा पगाल्दो छ । यदि पग्लिने गति यस्तै हो भने “आशा” नतातीकनै सकिने छ । जनता फेरि निराश हुनेछन् । र, फेरि अर्को डाक्टरको खोजिमा भौतारिने छन् । “समृद्घ नेपाल र सुखि नेपाली”को नारा दिनेले फेरि जनतालाई आशा देखाउँने केही बाँकी रहने छैन ।
राजनीति समाजको मियो हो । समाजको समग्र विकास राजनीतिक विकासपछि मात्र सम्भव हुन्छ । समाज समग्रलाई लगाम लगाउँने काम राजनीतिले नै गर्दछ । जसरी सवै अंगको समग्र शरिर हो र त्यसलाई डो¥याउने काम दिमागले गर्दछ, त्यसरी नै राजनीतिले समाजको हरेक क्षेत्रलाई डो¥याउँछ ।
२००७ सालमा एकल पारिवारिक शासनको अन्त्य भएपछि नेपालले विकासका झिल्काहरु पटकपटक देख्न त देख्यो तर हालसम्म पनि विकासको वास्तविक अनुभुति भने देशले गर्न पाएको छैन । त्यस समयदेखि आजसम्म आउँदा राजनीतिक रुपले नेपालले धेरै आरोह र अवरोह पार गरेको छ । अव प्रश्न उठ्छ किन यस्तो भयो त ? किन नेपाली राजनीति आकाश उज्यालो भएझैँ वारम्वार चम्कन्छ, तर त्यो उज्यालो नेपाली जनजीवन र जगतसम्म पुग्दैन ?
प्रश्न जति सजिलो छ, उत्तर त्यति छैन । यो ठ्याक्कै यहि उत्तर हो भनेर दिने सक्ने विषय होइन पनि शरिर सुक्दै गयो रगतको परीक्षण गर्न दिइयो । तर, लामो समयसम्म रोग निको भएको छैन । विमारीले लगातार औषधि खाँदो छ, तर विमारी दिनदिनै झन झन जिर्ण जिर्ण हुँदै जाँदो छ । समय समयमा डाक्टर फे¥यो फेरि सुरुबाटै फेरी ल्यावटेष्ट । क्रम अझै चल्दै छ ।
यस विषयको विश्लेषण गर्न इतिहासलाई केही पर्गेल्नु पर्ने हुन्छ ।
२००७ को राजनीति २०१७ सम्म । २०१७ लाई २०३७ थेग्न गाह्रो भो । २०३७ ले दश वर्षमा नै डोको विसायो । २०४७ साललाई २०५१ पछि धराप थापियो । २०५१ ले बाह्र वर्षमा कम्तिमा बाह्र हजार स्वाहा । २०६३ को रिपोर्ट २०७२ मा प्राप्त भयो । त्यसकै आधारमा राजनीति तंंिग्रने आशा विश्वासमा छ ।
अव यहाँ प्रश्न उठछ, एउटै रोगलाई किन यत्रो पटक जँचाइयो त ? के रगत रिपोर्ट ठिक नआएको हो ? वा डाक्टर नै नजान्ने वा अर्ध जान्ने परेर यस्तो भयो ? यसको उत्तर पनि विमारीसँग छैन । विमारी रोगले आहत छ । उ लगातार जँचाइ रहेछ । सुरुबाट अहिलेसम्मका सबै डाक्टरको उत्तर उस्तै उस्तैछन् । सबैले विश्वास दिलाउन खोजेका छन् की यो रोग निको हुन्छ र त्यो पनि मेरै औषधिले ।
२००७ सालको क्रान्ति नेपाली कांग्रेसको नेतृत्वमा सफल भयो । आधुनिक नेपाली समाजको स्थापनार्थ यो प्रथम राजनीतिक उपचार थियो । आर्य समाजको भावभूमिबाट सुरु भएको विचारको क्रान्तिले प्रथम राजनीतिक संगठनको रुप प्रजापरिषद नामक संस्था (टंक प्रसाद आचार्यको नेतृत्वबाट सुरु भएको) मार्फत लिएको थियो । आखिर प्रजा परिषद राणा शासनको कोप भाजनबाट छिन्न भिन्न भएपछि क्रान्तिको नेतृत्व गर्न नेपाली कांग्रेस अगाडि आयो । २००७ सालले जनतालाई ठूलो आशा जगायो । त्यो क्रान्तिको सफलताको श्रेय वर्तमानसम्म कांग्रेसले लिइराखेको छ । कांग्रेसको त्यो भूमिका नेपालको राजनैतिक इतिहासमा एक कोषे ढुङ्गा ठानिन्छ ।
२००७ सालको क्रान्तिको बाहक कांग्रेस २०१५ सालसम्म पुग्दा निकै भुत्ते भइसकेको थियो । आफ्नो बचनबाट राजा फर्केर पुरातन पन्थीहुँदै सम्विधान सभाको चुनाव गर्ने गरिको सम्विधान नदिने भन्ने राजा (महेन्द्र) को हठको अगाडि कांग्रेस आफनो अडानमा अडिन सकेन । बहुदलीय व्यवस्थाको समाप्तिको पूर्व अभ्यासलाई कांग्रेसले रोक्न सकेन । यद्यपि त्यसवेलासम्म जनवलमा कांग्रेस सबैभन्दा शक्तिशाली थियो । यस कुराको प्रमाण २०१५ सालको आम चुनावमा कांग्रसले ल्याएको मतसमेतबाट थाहा लाग्दछ । आखिर त्यही संविधानको धाराको आडमा राजाले २०१७ सालको फौजीकाण्ड मच्चाउँन सफल भए । कांग्रेसले अरु वहुलवादी धारणा राख्नेहरुलाई सहयात्री बनाइ राजाको निरंकुशता विरुद्घ लडाईँ लडन जानेन जसको कारण तीन दशकसम्म नेपाल शाही हुकुमीमा जकडियो ।
२०१९ सालमा राजनीतिक दललाई प्रतिवन्ध गर्नेगरि ल्याइएको राजावादी संविधानले नेपाली जनतालाई नयाँ चक्मा दियो । कहिले नयाँ मुलुकी ऐन, कहिले भूमि सुधार, कहिले गाउँफर्क आदिका घोषणासँगै नेपाली जनताले आशाको त्यान्द्रो समाइ रहे । व्यवहारतः विश्व राजनीतिक सन्तुलनको त्यस्तो सुवर्ण मौका खास गर्न सकिने विकास नगरि लट्याङ्ग लुटुङ्गमै वित्यो ।
महेन्द्रको मृटु र वीरेन्द्र राजाको आगमनले राजनीतिलाई प्रयोगको रतिरागमा हाल्यो । देश बाहिरको खुल्ला समाजका विश्वविद्यालयको शिक्षा लिएका व्यक्ति राजा भएर आउँदा वहुलवादीसमेतले झिनो आशा राखे । तर, बाबुको कामलाई नबुझि नबुझि अगाडि बढाउने क्रममा अझ कठोर खालको बन्द खालको राजनीतिको नयाँ प्रयोग राजा विरेन्द्रको नियति बन्यो । राजाको र भाइहरुुको एउटै ससुराली भएबाट रानीका दिदी वहिनीको साँठगाँठ र प्रतिष्पर्धाको सिकार राजनीति वन्दै रह्यो ।
२०३७ सालसम्म आइपुग्दा जनता पञ्चायतबाट वाक्क भइसकेका थिए । विद्यार्थीको अगुवाइबाट सुरु भएको आन्दोलन बढदै गएपछि त्यसको रापतापबाट चेपिएको सत्ता धरमराएको मात्र हैन की सत्ताको छलबाट वालवाल बँच्यो, बँचाइयो । तर त्यो वचाव टिकाउ भएन । २०४२ सालले पञ्चायतलाई लल्कार्याे । २०४६ सम्ममा तत्कालिन राजाले व्यवस्था बचाउने सामर्थ गुमाइसकेका थिए । घरको लडाँइ झगडाबाट घाइते राजालाई भारतको नाकाबन्दि नेपाली जनताको बीचमा आफ्नो छवि सुधार्ने माध्यम बन्दै थियो, त्यहीबेला २०४६ सालमा वाम काँग्रेसको संयुक्त मोर्चा बन्यो । परिणामतः राजा बाध्य भएर बहुलवादको घोषणा गर्नपुगे । बहुदल प्राप्तिपछि जनताको आशा ह्वात्तै बढ्यो । तर, त्यो पनि धेरै भरपर्दो भएन ।
जनताको माँगलाई सहज सम्वोधन नगरि आन्दोलनको वलको अगाडि वाध्यकारी कदमको रुपमा वहुदल दिनुपर्दा राजा, शाही परिवार र पुरातनपन्थीहरु आक्रान्त भए । उता वहुदल प्राप्तिको नेतृत्व गरेको दल काग्रेसमा युग अनुकुलको आचरण आएन । काग्रेसका तीन नेता (गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह श्रेष्ठ) बीचमा नै चरम अविश्वास वढ्यो । कोइराला हावी हुँदैगए । दल भित्र उनको शक्ति आर्जनको आधार सल्लाह र मतभन्दा पनि हठ बलियो भयो । (आखिर दुई लुला कांग्रेसहरु विस्तारै शक्तिको रिङ्गबाट बाहिरिँदै गए । अवस्था यस्तोसम्म आयो की उनिहरुले काग्रेसको साधारण सदस्यतासमेत त्याग्दै मर्नुप¥यो ।)
२०४७ सालको संबिधान अन्तर्गत २०४८ सालमा भएको निर्वाचनमा बहुमत प्राप्त गर्न सफल काग्रेसले सुशासन गर्न सट्टा बहुदल प्राप्तिका सहयात्री बाममोर्चालाई किनार लगाउने नीति अंगिकार ग¥यो । यता लामो समयपछि एकठाउँ आएका पहिले टुटेफुटेका बामहरुले पनि पर्ख र हेरको नीति नलिइ रिसाहा वालकको जस्तो झ्वाँक देखाउँदै बाटाका बार भाँच्ने काम गरे । त्यही बीचमा जनताका पृज्य ठानिएका नेकपा एमालेका नेता मदन भण्डारी र जीवराज आश्रितको रहस्यमय मृत्युले दलहरु बीचको सौहार्दतालाई निकै टाडा धकेली दियो ।
आखिर काग्रेसले बहुमतको शासनको हजम गर्न सकेन । सहज बहुमतको आफ्नो शासनलाई मध्यावधिको दाउमा चडायो । २०५१ को मध्यावधिको परिणाम काग्रेसकालागि प्रत्युत्पादक भयो ।
२०५१ को असोजमा ठूलो दलको रुपमा नेकपा एमालेले सरकार बनायो । त्यो सरकारको छोटो समयमा भएको प्रख्यातिले नेपाली काग्रेसलाई असह्य हुनु अस्वाभाविक भएन । अन्ततः काग्रेसले बाम सत्ता पल्टाउन दलहरुको संयूक्त सरकारको अभ्यास थाल्यो जुन अभ्यास काग्रेससम्म मात्र सिमित भएन बरु त्यसले नेपालको राजनीतिलाई नराम्रो गरी धमिल्याउने काम गर्यो । सत्ताले गर्न सक्ने जत्ति खरावीका दिन त्यसपछि सुरु भए । शासनलाई कमाउँको माध्यम बनाइयो भने दलको मिलन र विग्रहको आधार व्यक्तिगत स्वार्थवाहेक अरु केही रहेन । छोटै समयमा बहुदलीयता नेपाली माटोमा गन्हाउन थाल्यो ।
छटपटाएको राजतन्त्र, नेपाललाई अस्थिरतामा धकेल्न चाँहाने वाह्य शक्ति, थोरै भएपनि खुल्ला समाजको स्वतन्त्रतालाई प्रयोग गर्दै प्रचारको माध्यम बनेका सञ्चार जगत आदिलाई चकित पार्दै २०५२ फागुन १ गतेबाट माओवादीले तत्कालिन सत्ता बिरुद्घ हतियार बन्द आक्रमणको शंखघोष गर्दै प्रतिकात्मक ३ गोली पडकाए । दैनिक शासन सत्ताले हदैसम्मको कुरुपता देखाउँन थालेको त्यो बेलामा जताततै मावोवादको चर्चासमेत चुलिन थाल्यो ।
त्यसपछिका करिव १० वर्ष माओवादले देशमा दुन्दुभि मच्चायो । मृत्युण्डलाई कानूनी रुपमा नै खारेज गरेको देशमा मान्छे मार्ने काम छानिछानी हुनेभयो । त्यस कर्मलाई तत्कालिन संसदमा रहेका सबै दल साथै राजाले पनि मौकाको फाइदा उठाउने रुपमा हेरे । सबैले मावोवादी आक्रमणलाई रणनीतिक प्राप्तिको कुरा बनाए । यस्तै बखत २०५८ साल जेठ १९ गते अकल्पनीय दरवार हत्याकाण्ड भयो । यस घटनाले देशको दुईसय वर्षभन्दा बढी शासनको केन्द्रभागमा रहेको दरवारप्रति जनताको विश्वास उठ्योे ।
दरवार काण्डपछि आफनो राज्यारोहणको तर्जुमा आफैँ गरेका राजा ज्ञानेन्द्र सत्तारोहणबाटै विवादित बने । दलीय किचोलोले गलिसकेका दललाई लगाम लगाइ माओवादी विद्रोहलाई वार्ता वा वलले समन गर्नै आशामा जनता उनीपट्टि केही समय फर्किए । निरिह जनतालाई उनको चुरिफुरिले छोटो चक्मा दियो पनि । तर, उनका पुरातनीय बीचार–ब्यवहारले जनतालाई लामो आशा दिलाउँन सकेन । त्यसमा पनि राजाको फौजी बलमाथिको अधिक आडलाई जनताले साथ दिउँ नदिउँ गरि रहेको बेला गलेका दलहरुले पनि ठूलो आँटसहित प्रतिकार गर्न कम्मर कसे । राजाको दलमाथिको दमनलाई गलाउँन भारतीय भूमिमा संसदवादी दलहरुको माओवादीसँग भएको १२ बुँदे सम्झौता साथको मिलनको अन्तर्यमा गणतन्त्रको बिउ लुकेको छ भन्ने बुझ्न नसकेका राजा आफ्ना हठको आखिर आफैँ सिकार भए । २०६३ को सुरु महिनाबाट नै राजा आफ्नो अस्थित्व अरुबाट जोगाइ माग्ने गरिको भएर गले । त्यसपछिका करिव २ वर्षसम्म राजनीतिक दलको निगाहामा राजतन्त्र बाँच्यो ।
२०६३ सालको अन्तरिम संविधानअन्तर्गत भएको २०६४ सालको निर्वाचनमा माओबादी ठूलो दल बन्यो । त्यसले जनतामा राम्रै झिल्को देखायो । त्यसको उर्लदो वेगयुक्त नेतृत्वबाट जनताले निकै आशा गरे । तर, माओवादीको झिल्को बल्नको सट्टा त्यो झिल्को आफैँ निभेर गयो । निर्वाचनको निकै लामो समयसम्म सरकारको कुर्सिमा चढन नपाएको माओवादी ९ महिनामा नै सत्ताबाट ओर्लिया,े ओरालियो । त्यसपछि मावोवादी आफैँ टुक्र टुक्रा भयो । यसैबीच राजतन्त्रले २०६५ सालको जेठ १५ देखि नेपालको भूमिबाट विदा पायो । देश गणतन्त्रात्मक भयो ।
गणतन्त्रपछिका ७ वर्षसम्म पनि नेपाल संविधानसभाको गहिरो भुमरीमा घुमिरह्यो । आखिर २०७२ सालको महाभुकम्पको कम्पनले नेपलको भूमिको साथै राजनीतिक दलका नेतालाई पनि मज्जाले हल्लाएपछि नेपालले संबिधान पायो । बहुलबादी राजनीतिको बाटो अपनाएको संघीय गणतन्त्रात्मक संविधानको घोषणा र कार्यान्वयनसँगै नेपाल एउटा नयाँ बाटोमा हिँडिरहेछ । २०७२ सालको संविधानको कार्यान्वयनको सुरुवातले जनतामा नयाँ आशाको झिल्को देखाएको छ । नेपाली जनता अहिले त्यही झिल्को हेरेर बसिरहेका छन् ।
२०७२ को संविधानको जगमा अहिलेको नेपालको सरकारको स्थापना भएको छ । स्थानीय तहदेखि केन्द्रसम्ममा नै दुई तिहाइको बहुमत प्राप्त गर्न सफल वामदलको बर्तमान संघीय सरकारको ६ महिना कटेको छ । सरकार चाहेको कामगर्न सक्ने अवस्थामा छ । सदन र सडकसमेतमा कमजोर प्रतिपक्ष रहेको काग्रेसले सकृय प्रतिपक्षको भूमिकासमेत अदाहा गर्न सकेको छैन । आन्तरिक किचोलो र नेतृत्वको असक्षमता हेर्दा अझै केही समय काग्रेस आफ्नै बलबुताले मजबुद हुने पनि देखिँदैन । यस्तो अनुकुल बेला यस सरकारले आँटेका काम’bout पूर्ण गृहकार्यसहित विधिको घोडा चड्न नछाडने हो भने गर्न सकिने धेरै छ । कहिँ कतै प्रचलित विधीले काममा अपठ्यारो भएमा मुलनीति (मुख्य त बहुलबाद) लाई नचलाइकन साधारण विधि परिवर्तन गर्न सरकारलाई कुनै अपठ्यारो पनि छैन ।
“प्राप्तीभन्दा आशा मिठो” जनता आशा गरिरहेकै छन् । तर, समय बित्तै जाँदो छ । जनताका आशा विश्वासका सूर्य नारायण जति माथि चडछन् आशा विश्वास कहिल्यै तात्दैन बरु पग्लँदो छ । जनता बेलाबेला एकअर्कालाई सोध्छन् यो के भएको ? सरकार उत्तर दिन्छ पर्खनुस हामी केही गरिरहेका छौँ । जनता आशामा छ । तर, सरकारको कामले जनताकोे आशा पगाल्दो छ । यदि पग्लिने गति यस्तै हो भने “आशा” नताती कन नै सकिने छ । जनता फेरि निरास हुनेछन् र फेरि अर्को डाक्टरको खोजिमा भौतारिने छन् । त्यसबेला “समृद्घ नेपाल र सुखि नेपाली”को नारा दिनेहरुले फेरि जनतालाई भन्न वा फकाउन केही बाँकी रहनेछैन । एक भनाई छ की “सचेतले अरुको अनुभवबाट सिक्छ अचेत आफ्नै अनुभवबाट पनि सिक्दैन” । सरकार बनाएका दललाई र सरकारको लगाम समाएका हातलाई बेलैमा चेतना भया ।