खेलाडी र प्रशिक्षकको वर्कतमा साफ यात्रा

 

 

विराज महर्जनको नेतृत्वमा किरण लिम्बुले गोलरक्षण गर्ने छन् । ४–४–२ को रणनीतिमा खेल्ने अपेक्षा गरिएको खेलमा भरत खवास तथा विमल धर्तिमगरले आक्रमणको जिम्मा लिने सम्भावना छ । निराजन खड्का लामो समयपछि राष्ट्रिय फुटबलमा फर्किने सम्भावना छ भने सुमन अर्यालले अन्तर्राष्ट्रिय डेब्यु गर्ने सम्भावना छ ।

 

 

 

नेपालका खेलाडीले खेलुन या नखेलुन, तर खेलकुद नेतृत्वले ‘विग टक’ दिन भने छोड्दैनन् । यस्तै यथार्थसँगै नेपाल आजबाट साफ च्याम्पियनशीप खेल्दै छ । नेपाली खेल अधिकारी तथा प्रशिक्षकसम्मले साफ च्याम्पियनशीप जित्ने भनेर ‘विग टक’ दिन भ्याए । “नेपाल दाबेदार हो” । “खागको दाबेदार?” के लगानी गरियो फुटबलमा ? कस्तो संरचना तयार गरियो फुटबल विकासका लागि ? कस्तो नेतृत्वले नेपालको फुटबल हाँके ? कति निरन्तरता दिन्छ सक्छन् नेपाली खेलाडीले फुटबलमा ? हेर्दा निरास हुनु पर्ने छ । पछिल्ला केही उपलब्धी खेलाडीको मेहनेत र प्रशिक्षकको समर्पणले आर्जिएको हो भन्दा अतियुक्ति हुँदैन ।

 

 

यो च्याम्पियनशीपको आयोजना सुरु हुँदाको बखत फिफाको बरियतामा नेपाल ईतिहासको सबैभन्दा राम्रो स्थान १२१ औं स्थानमा थियो । हाल नेपाल १६१ औं स्थानमा छ । नेपालमा जन्मिएको यो कप नेपालले चुम्न सकेको छैन । यो पटक पनि आशा गरिहाल्नु हावादारी गफ नै त नभनौं दिवा स्वप्न चै पक्कै हो । किन यस्तो भयो नेपालको फुटबल ? कारण’bout त्यति धोत्लिनु पर्दैन आफै स्पष्ट छ ।

 

 

नेपालको फुटबल गुटबन्दी र ‘म्याच फिक्सिङ्ग’ले दुई दशकमा ध्वस्त बनाईयो । गुटबन्दीको एक गुटलाई फिफाले भ्रष्टचारी ठहर गरि नेपालको फुटबलबाट गल्तियो भने म्याचफिङ्गका कलाकार प्रहरीको हिरासतमा । तर, ती खेलाडीलाई अदालतबाट दुधले नुहाई दिएपनि आम नेपाली फुटबलप्रेमीले निर्दोष नै थिए भन्ने मान्न तयार छैनन् । जब ‘म्याच फिक्सिङ्ग’माथि कार्वाहीको सिलसिला शुरु भयो । नेपाली फुटबलले जीवनदान पाए जस्तो भयो र तीन उपाधी भित्रायो ।

 

 

हो, अहिले नेपाली फुटबल लयमा छ । असम्भवलाई सम्भाव बनाउँने सामध्र्य पनि राख्छ । तर, यो नेपालको फुटबलको विकासको सुचक होईन, ’cause एकआध उपाधीले फुटबलको विकास सम्भाव छैन, जसरी एक माघले जाडो सकिदैन । नेपालमा फुटबल विकासका लागि फरक ढंगले हेरिनुपर्छ । के गर्ने फुटबल विकासका लागि ? यसका लागि निक्कै सजिलो उपाय छ, तर काम धेरै छन् ।

 

 

पहिलो त नेपालको फुटबल के्रजलाई मुल्यमा रुपान्तरण गर्ने । यसको अर्थ नेपालका सबै शहर, बजार र गाउँमा फुटबल कस्तो खेल हो भन्नु पर्दैन । खेल्न आउँन आवहान गर्नु पर्दैन । यसको अर्थ फुटबलको माहोल छ । त्यो माहोल तताउँनु पर्छ । यसका लागि पहिलो काम फुटबलको संरचनामा सुधार गर्नु जरुरी छ । नेपालमा लिग हुन्छ वा हुँदैन स्वयं अखिल नेपाल फुटबल संघका अध्यक्षलाई पनि थाहा नहुने अवस्थाबाट माथि उठ्नु जरुरी छ । अर्कोतर्फ, क्लब डिभिजन हेर्दा काठमाण्डौंमा मात्र फुटबल खेलिन्छ जस्तो छ । अब यसलाई सुधार गरि प्रत्येक प्रदेशको प्रतिनिधित्वसहितको राष्ट्रिय लिग हुनु जरुरी छ । साथै लिगलाई व्यवसायिकरण गर्नु जरुरी छ । हामी हाम्रा छोराछोरीलाई फुटबल खेलाएर पनि जीवन निर्वाह हुन्छ भन्ने वातावरण सिर्जना गर्नु जरुरी हुन्छ । त्यस्तै टेक्निकल स्कुलहरु प्रत्येक प्रदेश तथा आवश्यकताको आधारमा स्थानीय सरकारस्तरमा तयार गर्नुपर्छ ।

 

 

फुलबल पूर्वाधार विना फुटबल विकासको सम्भावना छैन । पूर्वाधारमा लगानी जरुरी छ । र, त्यसको निरन्तरता र व्यवस्थापकीय सुधार पनि आवश्यक छ । ३ देखि ५ बर्ष भित्रै केही महत्वपूर्ण पूर्वाधार विकास गरी १२ बर्षभित्रमा एसियास्तरको खेल आयोजना गर्ने पूर्वाधार विकास गर्नु आवश्यक छ । मोफसलमा फुटपाते तथा एक दुई विदेशी टिम ल्याएर गर्ने मौसमी फुटबलमा रोक लगाई ती मोफसलका प्रतियोगितालाई ईज्जत र स्थानीय गौरवको फुटबल प्रतियोगितामा रुपान्तरण गर्नुपर्छ । लिग तथा निश्चित डिभिजनको खेल आयोजना गर्ने गरि मोफसलका प्रतियोगितालाई विकास गर्न सकिन्छ । अन्तर्राष्ट्रियको अनुभवका लागि देशभित्र कति वटा प्रतियोगिता गर्ने निक्र्योल गर्नु अघि बढ्न सकिन्छ । यो हातमा लौरो हुने सबै हवल्दार प्रकृतिको प्रतियोगिताले फुटबललाई नौटंकीभन्दा केहि बनाउँदैन ।

 

 

नेपालको फुटबल विकासका लागि पूर्वाधार, फुटबल संरचना, व्यवसायिकता, फुटबलको बिकेन्द्रीकरण, लिगको निरन्तरता र प्रतियोगिताको व्यवस्थित गर्न फुटबल नेतृत्व र सरकारले गर्नुको विकल्प छैन । यो प्रतियोगितामा दुःखद वा सुखद परिणाम आए पनि नेपालमा फुटबल विकासको ठोस कार्य गर्नु जरुरी छ । नत्र खेलाडीहरुको एकोहोरो प्रयासले मात्र फुटबलमा उत्साह र उपलब्धी भित्रिदैन । जारी प्रतियोगितामा यो अपेक्षा गर्न सकिन्छ कि नेपाली खेलाडीले देशका लागि सक्दो प्रयास गर्ने छैन । तर, परिणाम आशा गर्नुभन्दा हाम्रो धरातल निहाल्नु जरुरी छ । भविष्यमा नयाँ फुटबल नेतृत्वले यसलाई मनन गर्ने छ र दह्रो धरातल निर्माण गर्ने छ।

 

 

आजको नेपालको खेल

 

अब फुटबल विकास लागि थाँतिराखेर आजको नेपालको खेलको कुरो गरौं । पाकिस्तानसँगको खेल नेपाली समयअनुसार पौने चारबजे साँझ हुँदैछ । त्यस्तै आजै पौने नौ बजे यो साफ च्याम्पियनशीपको अर्को खेल आयोजक बंगलादेश र भुटानवीच हुनेछ ।

 

 

पाकिस्तानसँग नेपालले हालसम्म १५ खेल खेलेर समान पाँच÷पाँच जीत, बराबरी र हारको नतिजा निकालेको छ । साफकै ६ खेलमा नेपालले दुई जीत तथा तीन बराबरी खेलेको छ भने एकमा हारको सामना गरेको छ । सबैभन्दा पछिल्लो २०१३ मा बराबरी खेलेका छन् ।

 

 

पाकिस्तानको फुटबल अधोगतिको फुटबल भनेर सर्वत्र भनिने र नेपालको हालको प्रदर्शन उल्लेख्य भएकोले आजको खेलमा नेपालले सुखद सुरुवात गर्ने छ । विराज महर्जनको नेतृत्वमा किरण लिम्बुले गोलरक्षण गर्ने छन् । ४–४–२ को खेल रणनीतिमा खेल्ने अपेक्षा गरिएको खेलमा भरत खवास तथा विमल धर्तिमगरले आक्रमणको जिम्मा लिनेछन् । निराजन खड्काले लामो समयपछि राष्ट्रिय फुटबलमा फर्किने सम्भावना छ भने सुमन अर्यालले नेपालको तर्फबाट अन्तर्राष्ट्रिय डेब्यु गर्ने सम्भावना छ ।

 

 

पाकिस्तानका सद्यम हुसेनको नेतृत्वमा हसन बसीर, मोहम्मद अदिल, सकिब हनिफ र बकनुल्लाहले नेपाली खेलाडीलाई कडा चुनौति दिनेछन् । नेपालले आजको खेल जिते एक खेल अघि नै सेमिफाईनलको यात्रा तय गर्न राम्रो आधार तयार हुने छ ’cause यसपछि नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने छ । अन्तिम खेल आयोजकसँग ८ तारिखमा हुनेछ । आयोजकसँगको खेलमा जित्नै पर्ने दबाब आए परिणाम झनै कमजोर हुने सम्भावना हुन्छ । आजै अर्को खेलमा भूटानलाई सहजै बंगलादेशले पन्छाउँने सम्भावना छ ।