बिमस्टेक र सहयोगात्मक क्षेत्रीय सम्वन्ध


बंगालको खाडी क्षेत्रलाई सिञ्चित गर्ने नदी प्रणालीले यो क्षेत्रको पर्यावरणको सुरक्षा गर्दछ । यस क्षेत्रका देशहरु आपसी सहयोग सञ्जालमा आवद्ध भएर मौसम परिवर्तनका असरहरु कम गर्ने र यहाँका १.५ अरब जनतालाई दिगो जीवकोपार्जनको अवसर तयार गर्न बेग्लै महत्व र तात्पर्य राख्दछ ।
बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगको लागि बंगालको खाडीको प्रयास( विमस्टेक)को चौथो शिखर सम्मेलन काठमाण्डौमा चालुरहँदा यसको सकारात्मक भूमिका र सम्भावना’boutमा बौद्धिक विमर्श शुरु भएको छ । यो बहसले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सिथीलीकरणले ल्याएको नैराश्यतालाई चिर्दै जनस्तरमा क्षेत्रीय शान्ति र समुन्नतिका आकांक्षाहरुलाई पनि जगाई दिएको छ ।
आफ्नो अस्तित्वको २१ वर्षको इतिहासमा यो संस्थाले साझा समुन्नतितर्फ कुनै ठोस पहल लिन सकेको देखिंदैन । तर, अहिले यसले प्रदर्शन गरेका इच्छाशक्ति र क्रियाशीलतालाई हेर्दा यसले क्षेत्रीय समुन्नति, विकास र भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा ठोस पाइला चाल्न सक्ने आशा गर्न सकिन्छ ।
दक्षिण एशियामा तीब्र विकासको लागि अनुकूल वातावरण सिर्जना गर्न, यस क्षेत्रको सामाजिक प्रगतिलाई गति दिन र बंगलादेश, भूटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाइलैण्डवीचमा साझाहितका विषयमा सहकार्यको अभिवृद्धि गर्ने यसको लक्ष्य छ । १९९७ मा यसको स्थापना भएयता अहिलेसम्म चालु सम्मेलन लगायत चारवटा शिखर सम्मेलनहरु भइ सकेका छन् ।
योभन्दा पहिले २०१७ को अगस्त ११ मा यसको पन्घ्रौं मन्त्रीस्तरीय सम्मेलन काठमाण्ठौमा आयोजना गरिएको थियो । यसका अतिरिक्त बेलाबेलामा विभिन्न विषयगत क्षेत्रमा अरु बैठकहरु पनि भइरहेका छन् । यसको तेस्रो शिखर सम्मेलन २०१६ मा भारतको गोआमा भएको थियो ।
विगतमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को स्थापना हुँदा यसमाथि दक्षिण एशियाई क्षेत्रका जनताको अत्यधिक आशा पलाएको थियो । तर, सार्क राष्ट्रहरु मध्ये सबभन्दा ठूला र शक्तिशाली राष्ट्रहरु भारत र पाकिस्तानबीचको प्रतिस्पर्धाको कारण यो संगठन अनिश्चिताको बाटोमा लाग्यो र पाकिस्तानमा २०१६ मा आयोजना हुने भनिएको १९सौं शिखर सम्मेलन पनि भारत र पाकिस्तानको वीचको विवादको कारण आयोजना हुन सकेन ।
यस सन्दर्भमा कतिपय वौद्धिक र कुटनीतिक बृत्तमा बिमस्टेकलाई एउटा बैकल्पिक क्षेत्रीय संगठनको रुपमा प्रस्तुत गर्न थालिएको हो । भारतले पाकिस्तानलाई आतंकवादलाई संरक्षण दिएको आरोप लगाई रहेको छ । तर, पाकिस्तानले यो आरोपको निरन्तर खण्डन गरेको छ । नेपालले सार्क प्रक्रियालाई दक्षिण एशियाको भावनात्मक एकीकरण र यसका संघटक राष्ट्रहरुको आर्थिक र सामाजिक विकासका लागि एक आवश्यक साझा मञ्चका रुपमा अघि बढाउने उद्देश्य राखेर आएको छ ।
भारत र पाकिस्तानका प्रतिस्पर्धामा तटस्थ रहेर नेपालले सार्कको १९सौं शिखर सम्मेलनको मिति तोक्ने कुरामा सहजीकरण गर्ने प्रयत्न गर्दै आएको छ । तर, अझै पनि यसको मिति तोक्न सम्भव भइरहेको छैन । सार्कले आवश्यक गति लिन नसकिरहेको यो अवस्थामा एउटा वैकल्पिक मञ्चका रुपमा बिमस्टेकको भूमिकालाई प्रस्तुत गर्ने काम पनि भइरहेको पाइन्छ । तर, अहिले नै सार्क असान्दर्भिक भइसक्यो भन्ने विश्लेषण गलत मात्र होइन आफ्नो अस्थित्वको ३८ बर्ष पार गरिसकेको क्षेत्रीय संगठनप्रति अविश्वास जगाउनु पनि हुनसक्छ ।
तर, भारत र पाकिस्तानको बीचको बढदो उल्झनका कारण यो संस्थाले गति लिएर एउटा क्रिाशील क्षेत्रीय संस्थाको रुपमा स्थापित भएर जाने अवसर गुमाउदै गएको प्रतित हुन्छ । यस्तो स्थितिमा दक्षिण एशिया र दक्षिणपूर्वी एशियाका देशहरुबीचका सहकार्यलाई जोड्ने विश्वसनीय क्षेत्रीय संगठनका रुपमा बिमस्टेक उदाउन सक्ने सम्भावनालाई नकार्न सकिदैन ।
लामो समयसम्म कुनै खास गतिशिलता, ठोस क्षेत्रीय सहयोग र विकासका परियोजनाहरु लिएर अगाडि आउन नसकेको बिमस्टेकले हालसालैका बर्षहरुमा देखाएको सक्रियतालाई यसका सदस्यराष्ट्रहरुको सहयोगका नयाँ क्षितिजहरु खोल्ने प्रतिबद्धताका रुपमा पनि लिइएको पाइन्छ ।
पाकिस्तानसितको प्रतिस्पर्धात्मक सम्बन्धका कारण भारतको सार्कप्रतिको प्रतिबद्धता अस्पष्ट र द्विविधापूर्ण हुँदै गएको सन्दर्भमा बिमस्टेक एउटा उत्साहजनक क्षेत्रीय सहयोग मञ्चका रुपमा अगाडि आएको छ र भारतले पनि यो मञ्चलाई सार्कलाई भन्दा बडी सहज ढंगले स्वीकार गरेको प्रतित हुन्छ ।
पाकिस्तान यो मञ्चबाट अलग रहेको र दक्षिणपूर्वी एशियामा रणनीतिक स्थान ओगटेको थाइलैण्ड यसको सदस्य भएको कारणले यस संस्थाको गरिमा र विश्वसनीयतालाई पनि बढाएको छ । दुबै क्षेत्रीय सहयोग संगठनका रुपमा बीस बर्षभन्दा धेरै समयदेखि अस्थित्वमा रहेका भए पनि बिमस्टेकको दक्षिण एशियायी क्षेत्रीय सहयोग संगठन (सार्क)को जस्ता राजनीतिक अन्तर्य प्रकटरुपमा अगाडि आएको छैन । विशेष रुपले यसलाई प्राविधिक र आर्थिक सहयोगको माध्यम बनाउँने र विद्युत प्रशारण, रेल तथा सडक सञ्जालको विस्तारद्वारा दक्षिण एशियाको समुन्नतिको ढोका खोल्ने अवसरको रुपमा भारतले पनि स्वीकार गर्नुले यो संस्थाले सार्क जसरी अन्यौलता र गतिहिनताको भुमरीमा फस्नु पर्दैन भन्ने विश्वास दिलाएको छ । बंगालको खाडीले जीवनको रक्त सञ्चार गराएको रणनीतिक महत्वको भूखण्डलाई समेटेको हुनाले पनि यो संगठनले दक्षिण एशिया र दक्षिणपूर्वी एशियाको समुन्नतिको मार्गचित्र प्रस्तुत गर्न सक्छ भन्ने अनुमान गर्न सकिन्छ ।
बिमस्टेकले प्रतिधित्व गरेका देशहरुको कूल जनसंख्या एक अर्ब पचास करोड रहेको छ । शुरुमा ६ बटा महत्वपूर्ण सहयोगका क्षेत्रहरु पहिचान गरी काम गर्न था।लिएकोमा अहिले कृषिको आधुनिकीकरण, गरिबी निवारण, सार्वजनिक स्वास्थ्य, वातावरण, मौसम परिवर्तन, प्रतिआतङ्कवाद, साँस्कृतिक आदान प्रदान र जनता–जनताबीचको सम्पर्क जस्ता आठवटा अरु महत्वपूर्ण क्षेत्रहरु पनि यसमा समेटिएका छन् ।
अहिले यो संस्थाका नेताहरुले बिमस्टेकलाई सवल र परिणाममुखी बनाउँने प्रतिबद्धता व्यक्त गर्ने गरेका छन् । सदस्य राष्ट्रहरुका विकास समस्याहरुको समाधानमा सहयोग पुग्ने सहयोगका क्षेत्रहरुको पहिचान पनि भै सकेको छ । तर, यो सस्थाका परियोजनाहरु समान र सन्तुलित ढंगले कार्यान्वयन हुन् भन्ने कुरामा विशेष सतर्क हुन आवश्यक देखिन्छ । सीमित पूँजी र अनेक आवश्यकताहरुमा जेलिएको नेपालले आफ्ना प्राथमिकताहरु तयार गर्दा विशेष ध्यान दिन आवश्यक हुन्छ ।
बंगालको खाडी क्षेत्र विश्वका २२ प्रतिसत जनसंख्याको वासस्थान हो । यसले यो क्षेत्रलाई सिंचित गर्ने नदी प्रणालीलाई जीवन्त राख्ने काम मात्र गर्दैन यसले समग्र भारतीय उपमहाद्वीपको पर्यावरणको सुरक्षा पनि गर्दछ । त्यसैले यस क्षेत्रका देशहरु आपसी सहयोग सञ्जालमा आवद्ध हुनुले मौसम परिवर्तनका असरहरु कमगर्ने र यस क्षेत्रमा वसोवास गर्ने १.५ अरब जनतालाई दिगो जीवन अवस्था सिर्जना गर्ने कुरामा एउटा बेग्लै महत्व र तात्पर्य राख्दछ ।
दक्षिण एशिया र दक्षिणपूर्वी एशियाका देशहरु शताब्दीयौदेखि विकासको पृष्ठभागमा धकेलिएका मुलुकहरु हुन् । यस क्षेत्रको विकट भूबनोट, समाजमा रहेको विविधता आदि कारणले विकास र आधुनिकीकरण यस क्षेत्रका गम्भीर चुनौती बनेका छन् । त्यसैले यस क्षेत्रका देशहरुले अन्तर–क्षेत्रीय सहयोग अभिबृद्धि गर्ने उद्देश्यले लिएको पहलले यस क्षेत्रलाई गरिबी र पछौटेपनाबाट छुटकारा दिन महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
बिमस्टेकमा चीन समावेश छैन यद्यपि चीनलाई पर्यवेक्षकको हैसियत दिने’bout सक्रिया विचार भइरहेको बुझिन्छ । या सस्थामा चीनको प्रतिकात्मक परियोजना बीआरआईमा संलग्न रहेका देशहरु, नेपाल, बंगलादेश, श्रीलंका र थाइल्याण्ड सदस्य हुनुले बिमस्टेक र बीआरआईकाबीचमा सहकार्यात्मक सेतु निर्माण गर्न सकिने सम्भावनालाई संकेत गर्दछ । यस्तो भएमा यसले सम्पूर्ण एशियाली महाद्वीपको एकीकृत विकास र आधुनिकीकरणको बाटो प्रसस्त गर्न सक्छ ।
यस क्षेत्रका आर्थिक र सामरिक महाशक्तिहरु चीन र भारत तनाब शिथिलीकरणको प्रक्रियाबाट गुज्रिरहेका बर्तमान सन्दर्भमा नेपालले यो बिमस्टेक शिखार सम्मेलन आयोजना गर्ने अवसर पाएको छ । वर्तमान परिस्थितिमा भारत र पाकिस्तानबीचको जटिल सम्बन्ध पनि खेलका नियमहरुको सम्मानपूर्ण पालनबाट सफलतापूर्वक व्यवस्थापन भइ रहेको सन्दर्भले पनि यो शिखर सम्मेलनको सामाजिक पूँजी अभिबृद्धि भएको महशुस गर्न सकिन्छ ।
यो ऐतिहासिक परिस्थितिमा नेपालका प्रधानमन्त्री केपी ओलीको संयोजनकारी भूमिकाले पनि बिमस्टेकलाई सफलताको नयाँ उचाइमा पु¥याउने परिस्थितिको निर्माण गरेको छ । उहाँले क्षेत्रीय शक्तिहरुबीच सम्पर्क सेतुको रुपमा नेपाललाई प्रस्तुत गर्ने गरी अगाडि बढाउनु भएको कुटनीतिक पहल र सबै राष्ट्र प्रमुखहरुलाई एकठाउँ भेला गराएर क्षेत्रीय समस्याहरुको समाधान खोज्ने तत्परताले दक्षिण एशियालाई सहकार्य र सहयोगका नयाँ युगमा प्रवेश गराएको कुरालाई कसैले अस्वीकार गर्न सक्दैन ।
बिमस्टेक भित्रको सक्रीय र समावेसी सत्प्रयासले महाद्वीपीय, क्षेत्रीय र स्थानीय सहकार्यको क्षेत्रमा नयाँ आशावाद पलाएको छ । यो सार्कको निस्क्रियता, यस’boutका अनिश्चितता र यसको शक्तिशाली सदस्य भारतले यसको अपनत्व नलिइरहेको अवस्थामा बिमस्टेक क्षेत्रीय र उपक्षेत्रीय संरचनामा प्रस्तुत हुनु आफैमा एउटा सुखद संयोग हो ।
बिमस्टेकको चालु बैठकले यदि राज्यका द्विपक्षीय समस्याहरुमा नअल्झि क्षेत्रीय सहयोगको एउटा स्थुल संन्यन्त्रको निर्माण गर्न सक्यो भने यो दक्षिण एशिया र दक्षिण–पूर्व एशियाका जनताको भाग्य परिवर्तन गर्ने औजार बन्न सक्छ ।
